- Global Voices नेपालीमा - https://ne.globalvoices.org -

‘मैले जीवनमा आफैंलाई भेटें': आफ्ना समकक्षी वृद्धहरूलाई सल्लाह दिन अब्बल आर्मेनियन नाउ

श्रेणी : मध्य एशिया र काकेशस, आर्मेनिया, अर्थशास्त्र र व्यापार, कला र संस्कृति, नागरिक मिडिया

चायखाना डट ओआरजी [1]को यो आलेख [2] ग्लोबल भ्वाइसेजसँगको साझेदारीअन्तर्गत यहाँ पुनः प्रकाशन गरिएको हो। शब्द तथा तस्वीर: अन्जेला फ्रंग्यान [3]इन्ना मिखितार्यन। [4]

१५ स्क्वायर मीटरको यो कोठा पुरुषहरूका लागि मात्र छुट्याइएको छ। येरेभानको बाहिरी भागमा अवस्थित तोलिकको सोभियत शैलीको कपाल काट्ने पसल उनीहरूका लागि सुस्ताउने ठाउँ हो: आफ्ना कथा भन्ने, आफ्ना समस्याबारे कुरा गर्ने — र कपाल कटाउने। यो पसल पुरुषहरूका लागि आश्रयस्थल भएको छ, राजधानीमा लोकप्रिय नयाँ पुस्ताका सौन्दर्य सैलुनबाट छुटकारा पाउने ठाउँ।

६७ वर्षीय तोलिक आफ्ना ग्राहकमाझ सम्मानित छन्। धेरैले उनलाई ४० वर्षभन्दा अघिदेखि विश्वास गर्दै आएका छन्, आफ्ना कपाल र विचार दुवैका लागि। आर्मेनियाको पुरुषआधिपत्य भएको समाजमा यो पसल एउटा यस्तो ठाउँ हो जहाँ पुरुषहरू आफू कमजोर देखिने चिन्ताबाट मुक्त — आफ्ना कपाल र रूपरंगबारेका चिन्ता लगायत आफ्ना कमजोरीका बारे खुल्न सक्छन्।