नेपालमा नयाँ प्रजाति बाघे माउसुली ((युब्लिफेरिस माकुलारियस) ) हालै फेला पारिएको छ । नेपाली अनुसन्धाता र प्रकृतिप्रेमीले यसलाई देशमा भेटिएको माउसुलीको ११ औं प्रजाति भएको बताइरहँदा अनौठा पाल्तु जीवको रूपमा यसको अवैध कारोबार हुनसक्ने सम्भावनालाई लिएर संरक्षणविद्हरू चिन्तित पनि छन्।
जब यामबहादुर रावतले देख्दै अनौठो माउसुलीको फोटो फेसबुकमा पोस्ट गरे, सरिसृप विशेषज्ञ करण शाहले यो नेपालकै नयाँ प्रजाति हुनसक्ने सुझाएका थिए। “त्यसपछि उनले पोस्ट हटाए र थप अनुसन्धान गर्दा नेपालको नयाँ प्रजाति भएको पुष्टि भयो,” ग्लोबल भ्वाईसेजसँग कुराकानी गर्दै शाहले बताए।
अनुसन्धान टोलीका एक सदस्य जीवन थापाले फेसबुकमा पोस्ट गरे:
Happy to share a new species of lizard recorded from Nepal. This documentation from Nepal added a new family, genus and species of herpetofauna from Nepal. Now, this species becomes the 11th gecko species for Nepal.
नेपालमा फेला परेको माउसुलीको नयाँ प्रजातिको तस्वीर सेयर गर्न पाउँदा खुशी छु। यो माउसुलीको अभिलेख भएसँगै नेपालमा सरिसृपको नयाँ परिवार, वर्ग र प्रजाति थपिएको छ। यो नेपालमा पाइने माउसुलीको ११ औं प्रजाति हो।
दुईवटा बाघे माउसुली सुषुप्त अवस्थामा पश्चिम नेपालको बाँके जिल्लास्थित काम्दी जैविक करिडोरमा पहिलो पटक भेटिएका हुन्। यिनीहरू निशाचर हुन्छन्। करिडोरले नेपालको बाँके राष्ट्रिय निकुञ्जलाई भारतको उत्तरप्रदेशस्थित सुहेलवा वन्यजन्तु आरक्षसँग जोडेको छ। जमिनमा बस्ने लजालु स्वभावका यी माउसुली अफगानिस्तान, उत्तर–पश्चिम भारत र पाकिस्तानका सुख्खा बासस्थानमा पाइएका छन्। यद्यपि, नेपालमा ३० डिसेम्बर २०१६ मा पहिलो पटक साल (सोरिया रोबुस्टा) मिश्रित पतझर वनमा भेटिएका थिए।
अनुसन्धान टोलीले पछि अन्य क्षेत्रमा पनि यी माउसुली पाइएको प्रमाण फेला पार्यो। १८ अप्रिल २०१७ मा नवलपरासीमा दुईवटा थप बाघे माउसुली भेटिए। १० जुन २०१८ मा पश्चिम नेपालको सुर्खेतमा पनि यो माउसुली भेटियो।
उक्त टोलीले आफ्नो अनुसन्धान लेखमा लेखेको छ:
Common Leopard Geckos remained undetected in Nepal until now. This could be attributable to the secretive nocturnal nature of the species or the limited research on the herpetofauna in western Nepal. These new records from three different localities indicate that the species is likely to have much wider distribution in Nepal, including Banke National Park, which lies between the sites of these observations.
बाघे माउसुली नेपालमा हालसम्म पत्ता लागेको थिएन। यसको कारण माउसुलीको यो प्रजाति निशाचर भएकाले वा पश्चिम नेपालमा सरिसृपबारे सीमित अनुसन्धान भएकाले हुनसक्छ। तीन भिन्न स्थानबाट प्राप्त अभिलेखले यो प्रजाति बाँके राष्ट्रिय निकुञ्ज लगायत अन्य क्षेत्रमा पनि पाइनसक्ने संकेत गरेको छ।
अन्य माउसुलीभन्दा फरक, यिनीहरूको आँखाको ढकनी चलाउन मिल्ने किसिमको हुन्छ तर यिनीहरूको पञ्जा सतहमा टाँसिने हुँदैन – यसको अर्थ यिनीहरू सुतेको बेला आँखा खोल्न र बन्द गर्नसक्छन् तर चिल्लो ठाडो सतह भने चढ्न सक्दैनन्। यिनीहरूको खुट्टा एकदमै सानो हुन्छ र पञ्जा नरम हुन्छन्। यी माउसुली बीस वर्षसम्म बाँच्छन् र समातिएका कुनै कुनै ३० वर्षसम्म बाँचेका छन्।
महँगो र उच्च माग
अनौठा जीव पाल्न सौखिनहरू माझ उच्च मागको कारण यी सुन्दर माउसुलीको वैध तथा अवैध दुवै प्रकारको कारोबार हुने गरेको छ।
Hardwick’s gecko (AKA Indian leopard gecko)
Why I don’t have one: HARD to get, and when they’re available, they’re RIDICULOUSLY overpriced thanks to demand. That also goes for other Eublepharis sp. that’s NOT a Common leopard gecko. pic.twitter.com/X1KrCT9ISH— ?MSU’s Cowboy In The Jungle ?? (@mc_copperhead) July 9, 2018
हार्डविक्स गेक्को (अर्थात इन्डियन बाघे माउसुली)
किन मसँग छैन: पाउन कठिन छ र जब ती उपलब्ध हुन्छन्, अधिक मागका कारण ती अत्यन्त महँगा हुन्छन्। अन्य युब्लिफेरिस प्रजाति पनि उस्तै महँगा छन् जुन बाघे माउसुली होइनन्।
रेप्टाइल्स पत्रिकाका अनुसार समातेर पालिएका माउसुलीको मूल्य २० देखि ३,००० हजार अमेरिकी डलरसम्म पर्छ। यद्यपि, डीसी नेपालले रिपोर्ट गरे अनुसार नेपाल–भारत सीमाका सुरक्षाकर्मीले जफत गरेको पाँच वटा बाघे माउसुलीको मूल्य १८ करोड ४० लाख नेपाली रूपैयाँ (१६ लाख ५० हजार अमेरिकी डलर) निर्धारण गरिएको थियो।
बाघे माउसुलीको अवैध कारोबार भारतबाट हुने गरेको विश्वास गरिएतापनि यसको करोबारमा संलग्न व्यक्तिहरूले नेपालमा पाइने माउसुलीलाई समेत निशाना बनाइरहेका हुन सक्दछन्। यद्यपि, जोखिममा परेका प्रजातिहरूको आइयुसिएनको रातो सूचीमा यो अद्भुत प्रजाति समावेश गरिएको छैन। त्यसैले, अनुसन्धाताहरूको टोलीले नेपालमा पाइने यी माउसुलीको विस्तृत लेखाजोखा राख्नुपर्ने सुझाव दिएको छ जसले गर्दा यिनीहरू कहाँ–कहाँ पाइन्छन् भनेर विस्तारमा बुझ्न र यो आकर्षक प्रजातिको संरक्षणमा सहयोग पुग्नेछ।