सर्वोच्च शिखर सगरमाथा आरोहण साहसिक कार्यमा लागि परेका हरेक व्यक्तिको इच्छा-सूचीमा पर्दछ, तर आरोही कामीरिता शेर्पाले सर्वाधिक आरोहणको कीर्तिमान राखेका छन्। तमाम चुनौतीहरू सामना गर्दै उनले यस वर्ष पहिले मे १५ मा र पुन: मे २१, २०१९ मा एक सातामै दुईपटक सगरमाथाको सफल आरोहण गरेर आफ्नो सगरमाथा आरोहण संख्या २४ पुर्याए।
Kami Rita Sherpa does it again. Breaking his own record for most summits on Mt Everest the 49-year-old Sherpa climbed the world’s highest mountain twice in a week– 24 times in total. Time: 6:38 am. Congratulations!! pic.twitter.com/fvJOEeCz73
— Bhadra Sharma (@bhadrarukum) May 21, 2019
कामीरिता शेर्पाले फेरि आरोहण गरेर देखाए। ४९ वर्षीय शेर्पाले एकै सातामा दुईपटक सगरमाथाको सफल आरोहण गरेर सर्वाधिक २३औं पटक आरोहणको आफ्नै कीर्तिमानलाई तोड्दै आरोहण संख्या २४ पुर्याए। समय बिहान ६: ३८ बजे। बधाई छ!! pic.twitter.com/fvJOEeCz73
— Bhadra Sharma (@bhadrarukum) May 21, 2019
उनी कार्यरत रहेको सेभेन समिट ट्रेकले फेसबुकमा सार्वजनिक गर्यो:
21 May 2019 !
24th Ascents of Mt Everest 8848m by Kami Rita Sherpa, HUGE CONGRATULATIONS TO OUR SENIOR GUIDE.
This morning 6:30 AM Kami Rita climbed the Mt Everest for 24 times (2nd Ascents of this season) and broke his own record of 23rd Ascents! […]
According to the Tashi Lakpa Sherpa, MD at Seven Summit Treks, this morning at 6:30 AM Kami Rita climbed the highest peak via South Side with A TEAM OF INDIAN POLICE. “Guiding a team of Indian Police Mt Everest Expedition 2019 this morning Kami Rita Sherpa climbed Mt Everest for 24 times; he made the entire country proud, this is a golden mark in the history of mountaineering?? ” Sherpa added.
२१ मे २०१९!
कामीरिता शेर्पाद्वारा ८८४८ मिटर उच्च सगरमाथाको २४औं आरोहण, हाम्रा वरिष्ठ गाइडलाई धेरै धेरै बधाई।
आज बिहान ६:३० बजे कामीरिता शेर्पाले (यस सिजनमा दोश्रो आरोहण) २४औं पटक सगरमाथा आरोहण गरे र २३औं पटक सगरमाथा आरोहणको आफ्नै कीर्तिमान तोडे।
सेभेन समिट ट्रेकका प्रबन्ध निर्देशक तासी लाक्पा शेर्पाका अनुसार कामीरिता शेर्पाले भारतीय प्रहरी टोलीसँग दक्षिण मोहडाबाट सर्वोच्च शिखर आरोहण गरे। “भारतीय प्रहरी सगरमाथा अभियान दल २०१९ लाई नेतृत्व गर्दै आज बिहान उनले पूरा देशलाई गौरवान्वित बनाए, यो पर्वतारोहणको इतिहासमा एक शुभ संकेत हो” शेर्पाले भने।
You: I went to the gym twice this week.
Kami Rita Sherpa: https://t.co/S9FM71AWGh
— Anup Kaphle (@AnupKaphle) May 21, 2019
तपाईं: यस हप्ता म दुईपटक जिम गएँ।
कामीरिता शेर्पा: https://t.co/S9FM71AWGh— Anup Kaphle (@AnupKaphle) May 21, 2019
Congratulations Kami Rita Sherpa for 24th sucessful ascent of Mt Everest including double ascents in 7 days from Nepal side !
via https://t.co/f3DnsQmRuI pic.twitter.com/qqqfaXAJjv— Suraj SHAKYA (@surajshakya) May 21, 2019
नेपाल तर्फबाट एकै सातामा दुईपटक आरोहण सहित २४औं पटक सगरमाथाको सफल आरोहणका लागि कामीरिता शेर्पालाई बधाई!
via https://t.co/f3DnsQmRuI pic.twitter.com/qqqfaXAJjv
— Suraj SHAKYA (@surajshakya) May 21, 2019
कामीरिता नेपालको अधिकांश हिमाली भेग तथा हिमालमा बसोबास गर्ने शेर्पा समुदायका हुन्। धेरै शेर्पाहरू आफ्नो क्षेत्रको कुशल पर्वतारोही तथा विशेषज्ञ हुन् र चरम उचाइ चुनौती दिन चाहने विदेशी पर्वतारोहीहरूलाई उनीहरूले लामो समयदेखि व्यावसायिक गाइडको रूपमा सेवा प्रदान गरिरहेका छन्।
कामीरिता शेर्पा प्रसिद्ध पर्वतारोहीहरूका गाउँ भनेर चिनिने नेपालको सोलुखुम्बु जिल्लास्थित थामे गाउँका हुन्। थामेले आप्पा शेर्पा (उर्फ सुपर शेर्पा) जसले सुरूमा सर्वाधिक सगरमाथा आरोहणको कीर्तिमान राखेका थिए र आङरिता शेर्पा जसले बिना अक्सिजन १० पटक सगरमाथा आरोहण गरेर ‘हिउँ चितुवा’ उपनाम पाएका थिए लगायत प्रसिद्ध पर्वतारोहीहरू जन्माएको छ।
सेभेन समिट ट्रेकका अनुसार कामीरिता शेर्पाले पहिलो पटक १३ मे १९९४ मा सगरमाथा आरोहण गरेका थिए। उनले के२ र ल्होत्से एक एक पटक, मनास्लु २ पटक, चो-ओयू ८ पटक गरी जम्मा ३६ पटक ८००० मिटर माथिका शिखरहरू आरोहण गरेका छन्।
पढ्नुहोस्: नेपालका कामीरिता शेर्पाद्वारा २२ औं पटक सगरमाथा आरोहणको कीर्तिमान
सगरमाथा आरोहणको क्रममा कामीरिता शेर्पाले सगरमाथामा जलवायु परिवर्तनको प्रष्ट प्रभाव देखेका छन्। यस वर्षको सुरूमा बीबीसी नेपाली सेवासँग कुराकानी गर्दै कामी रिताले भने:
Earlier we had to climb 12-13 ladders [at Kumbu Icefall] but we can do with 3-4 these days. […]
In earlier days Camp 2 used to see a lot of snow. Now there’s only a glacier. […] Above Balcony there used to be snow up to hips, now you see only rocks.
पहिले १२/१३ वटा भर्याङ चढ्नुपर्थ्यो भने अहिले तीन-चारवटाले पुग्छ। […]
पहिले क्याम्प टूमै कति धेरै हिउँ हुन्थ्यो। अहिले हिमनदी मात्र छ। […] बाल्कोनीभन्दा माथि कम्मरसम्म हिउँ हुन्थ्यो अहिले ढुङ्गामात्र देखिन्छ।
सगरमाथामा करिब ३०० पर्वतारोहीहरूको मृत्यु भएको छ र केहि शवहरू मात्र तल ल्याइएका छन्। अहिले सगरमाथामा हिउँ पग्लेर हिउँमा पुरिएका शवहरू देखिन थालेका छन्।
हालै प्रकाशित अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रको प्रतिवेदन अनुसार हिमालयले शताब्दीको अन्त्यसम्ममा आफ्नो एक तिहाई भन्दा बढी हिउँ गुमाउनेछ। यसको अतिरिक्त सगरमाथालाई डम्पिङ साइट जस्तो देख्न सकिने बनाउदै धेरै पर्वतारोहीले टेंट, आरोहण उपकरण, ग्याँस सिलिन्डर र मानव मलमूत्र छोड्ने गर्दछन्। तथापि, सगरमाथा आरोहण एउटा महत्त्वपूर्ण व्यावसायिक गतिविधि हो, सयौं आकांक्षीहरू शिखर पुग्नका लागि शेर्पा गाइडको सहयोग खोज्ने गर्दछन्।
विगत वर्षहरूमा जस्तै यस वर्ष पनि दक्षिण अफ्रिकाकी सराय एन कुसी खुमालो सफलतापूर्वक सगरमाथा आरोहण गर्ने पहिलो अश्वेत अफ्रीकी महिला बन्दै नयाँ कीर्तिमान कायम भएको छ र सगरमाथामा केहि आरोहीहरूको मृत्यु भएको र केहि हराइरहेका छन्। तथापि सगरमाथा आरोहण प्रतिको अनुराग कहिल्यै कम हुने देखिन्न।