मुस्लिमविरोधी हिंसाले श्रीलंकालीबीच बढाएको तनाव र त्रास

श्रीलंकामा मुसलमानहरू प्रार्थना गर्दै। तस्वीर-आइएचएच ह्यूमेनिटेरियन रिलिफ फाउण्डेशन।CC BY-NC-ND 2.0

१२ मे मा श्रीलंकाको राजधानी कोलोम्बोदेखि ८० किलोमिटर टाढा रहेको तटीय चिला शहरका एकजना मुस्लिम व्यापारीको कथित फेसबुक पोस्टको कारण मुस्लिम विरोधी हिंसा फैलिएको थियो। केहि घण्टा भित्रै भीडले उत्तर पश्चिमी प्रान्तको अन्य शहरहरूमा मुख्य रूपले मुस्लिम स्वामित्व रहेको भवन तथा घरहरूमा हमला गर्न सुरु गर्यो। १३ मे सम्ममा करिब ५०० घर, पसल, मस्जिद तथा अन्य धार्मिक केन्द्रहरू क्षतिग्रस्त भए, एक व्यक्ति मारिए र अन्य दस जना गम्भीर रूपले घाइते भए। हमला बढ्न सक्ने आशंकाकाबीच १४ मे बिहानसम्म अधिकारीहरूले पूरै देशभर कर्फ्यू जारी गरे

स्थिति नियन्त्रण गर्नको लागि अधिकारीहरूले फेसबुक र व्हाट्सएप सहित विभिन्न सामाजिक सञ्जाल नेटवर्कहरू र मेसेजिङ एपहरू पनि अस्थायी रूपमा अवरुद्ध पारेका छन्।

विगत केहि दिनदेखि श्रीलंकामा चलेको मुस्लिम विरोधी हिंसाको शृंखला विशेष रूपले उल्लेखनीय छ। देशमा पहिले भएका घटनाहरू जस्तै यो पनि पूर्ण रूपले संगठित दङ्गा होइन।https://t.co/HW2FWmHIzn pic.twitter.com/ZeLBWMtdDI

— Amarnath Amarasingam (@AmarAmarasingam) May 15, 2019

२१ अप्रिल २०१९ का दिन इस्टर पर्वको अवसरमा चर्च तथा होटलहरूमा भएको बम हमलापछि यस घटना घटेको हो। उक्त्त घटनामा २५८ जनाको ज्यान गएको थियो र देशलाई अशान्त बनाएको थियो। जब  इस्टर प्रकरण बारे तथ्य बाहिर आयो, स्थानीय कट्टरपंथी इस्लामिक समूह आक्रमणकारीको रूपमा पहिचान गरियो र आत्मघाती बम विस्फोटमा केहि अपराधी मरे। बहुसंख्यक सिंहालीद्वारा अल्पसंख्यक तमिल, मुस्लिम र ईसाईहरू विरुद्ध भइरहेको शताब्दीयौं लामो हिंसाको पृष्ठभूमिको बावजुद धेरैले आतंकवादी कार्यहरूका लागि स्थानीय मुस्लिम समुदायलाई बलिको बोका बनाइने आशंका व्यक्त गरे।

कथित फेसबुक पोस्टले दङ्गा भड्काउन प्रोत्साहित गर्यो

तिसाराने गुनासेकाराले ग्राउण्डभ्यूजको लागि एक ब्लग पोस्टमा हालैको हिंसा कसरी सुरू भयो भनी वर्णन गर्छन् :

The outburst of anti-Muslim violence began on 12th Sunday in Chilaw (the inciting incident seemingly was a Facebook post by a Muslim trader with deficient English and a cavalier attitude towards punctuation; it was translated into Sinhala by a Sinhalese whose knowledge of English was even poorer). Within hours, the violence spread to other parts of the North Western Province and to Gampaha district. Undeterred by the curfew or the presence of the security forces, the mobs attacked and burnt, as they did in Digana in 2018, Aluthgama in 2014 and nationally during Black July.

As of now, the worse of the violence seems over. Even so, this is only a reprieve. If the perpetrators of this week’s riots are not brought before the law, fast, a new outburst is bound to follow.

चिलामा १२ मे, आइतबारदेखि मुस्लिम विरोधी हिंसा फैलियो (एकजना मुस्लिम व्यापारीको कथित फेसबुक पोस्ट जसमा त्रुटिपूर्ण अंग्रेजी र दंभपूर्ण भाव उद्धरण चिह्नमा प्रयोग भएको; उक्त्त पोस्ट अंग्रेजी भाषा झन् कम दक्खल राख्ने सिंहालीद्वारा सिंहाला भाषामा अनुवाद गरिएको थियो)। केहि घण्टा भित्रै हिंसा उत्तर पश्चिमी प्रान्तका अन्य भागहरूमा र गाम्पाहा जिल्लामा फैलियो। २०१८ मा दिगाना, २०१४ मा अलुथगामा र ब्ल्याक जुलाईमा देशव्यापी रूपमा हमला गरे जस्तै कर्फ्यू वा सुरक्षा बलको उपस्थिति प्रति निडर हुँदै भीडले आक्रमण गर्यो र जलायो।

अहिले हिंसाको खराब असर सकिए जस्तो देखिन्छ। तर यो अस्थायी मात्र हो। यदि यस हप्ताको दङ्गाको अपराधीहरूलाई कानूनको कठघरामा ल्याइएन भने फेरि यसले चाँडै एउटा उग्र रूप लिने निश्चित छ।

फेसबुक पोस्टबाट उद्धृत मुस्लिम व्यापारीको कथन “धेरै नहास, एक दिन रुनु पर्नेछ,” जसले कथित रूपमा मानिसहरूलाई यो एउटा आसन्न हमलाको चेतावनी थियो भन्ने विश्वास दिलायो।

भीडको प्रतिशोधको कारण भएको तोडफोडको तस्वीर तथा भिडियोहरू सामाजिक सञ्जालमा फैलिएको थियो:

श्रीलंकामा मुसलमानलाई अहिले कुन कुराले सचेत बनाइरहेकोछ भन्ने सानो झलक। कैयौं घर, मस्जिद तथा व्यवसाय ध्वस्त भए। #SriLanka pic.twitter.com/UhEMUJzqiF

— Amarnath Amarasingam (@AmarAmarasingam) May 14, 2019

हिजो राती अतिवादी बौद्धधर्मी एउटा भीडले मुस्लिमको स्वामित्व रहेको यस सुपर मार्केटमा हमला गर्यो। #terrorism pic.twitter.com/VrHNkda7Xe

— CJ Werleman (@cjwerleman) May 14, 2019

निर्माण गर्न जीवनभर मेहनत लाग्छ तर यसलाई जलाएर खरानी बनाउन पलभर…pic.twitter.com/gAt99xZGPD

— Zahrah Imtiaz (@Imtiaz88Zahrah) May 14, 2019

मुस्लिमको स्वामित्व रहेको  #LKA को सबैभन्दा ठूलो पास्ता फैक्ट्री भीडले जलाएर खरानी बनाए। केहि महिना अघि मात्र यो फैक्ट्री संचालनमा आएको थियो। फैक्ट्रीमा ७०% भन्दा बढी कर्मचारी सिंहाली थिए। प्रत्यक्षदर्शीका अनुसार कम्तिमा ५०० जनाको एउटा भीडले फैक्ट्री ध्वस्त पार्यो।  #Minuwangoda pic.twitter.com/0lMgFUYgXU

— Usman Ali ?? (@usmanali_la) May 14, 2019

एकताको अपिल

मुस्लिम विरोधी यी हमलाका पछाडि कट्टर बौद्धधर्मी समूहको हात रहेको आभास मिल्छ। प्रहरीले विशेष गरी कुरुनेगाला, कुलियापिटिया, निकावेराटिया र चलामा हिंसा तथा अशान्ति मच्चाउने शंकास्पद ७८ जनालाई पक्राउ गरेको छ। अधिकारीहरूका अनुसार, स्थिति अहिले नियन्त्रणमा छ।

विगत केहि दिनदेखि उत्पन्न तनावपूर्ण स्थिति प्रति थप शंकास्पद व्यक्तिहरूको पहिचान गर्न प्रहरीले सीसीटिभी भिडियो फुटेज जाँच्दै। अहिलेसम्म ७८ जनालाई गिरफ्तार गरियो र कैद गरियो-प्रहरी प्रवक्त्ता #LKA #SriLanka #CommunalAttacksLKA pic.twitter.com/lOzeaCZzbp

— Sri Lanka Tweet ?? (@SriLankaTweet) May 15, 2019

ग्राउण्डभ्यूज मार्फत जितेन्द्र इ चिट्टी यस कठिन घडीमा शान्ति तथा एकताको लागि श्रीलंकालीहरूसँग अनुरोध गर्छन्:

Sri Lanka must bring its communities together, no matter what race or creed. Because these attacks were not against Christians or tourists. These mobs were not against Muslims. They were against each and every one of us, and their damage to our mindsets and our morals and our sense of belonging is real – for Sinhalese, and Tamil, and Muslim, and Burgher, and every other ethnic and religious group.

श्रीलंकाले आफ्ना समुदायहरूलाई एकै ठाउँमा ल्याउँनै पर्दछ चाहे कुनै पनि जाति वा सम्प्रदायको होस्। किनभने यी आक्रमण ईसाईहरू वा पर्यटकहरूको विरुद्धमा थिएनन्। यी भीडहरू मुसलमानको विरुद्धमा थिएनन्। ती हामीमध्ये जो कोहीका विरुद्ध थिए र उनीहरूले हाम्रा दृष्टिकोण, निष्ठा र आफ्नोपनको भावनामा पुर्याएको चोट वास्तविक थियो – सिंहाली, तमिल, मुस्लिम, बर्घर र अन्य सबै जातीय तथा धार्मिक समूहका लागि।

पत्रकार चथुरी दिसानायके ट्वीट् गर्छन्:

घृणाको ज्वाला कुनै पनि धर्मसँग सम्बन्धित छैन, यसले आफ्नो बाटोमा रहेका सम्पूर्ण वस्तु नष्ट गर्दछ,मिनुवांगोडा, श्रीलंका मे १४, २०१९ pic.twitter.com/0i9Hq2GXDt

— Chathuri Dissanayake (@ChathsD) May 14, 2019

आईटी विशेषज्ञ अफजल भन्छन्:

हाम्रा समुदायहरूले सबैलाई पूर्ण रूपमा नष्ट गरिरहेका कुरा भुलेर एक-अर्कासँग लडिरहेका भएतापनि हाम्रो राष्ट्रिय झण्डा, हाम्रो राष्ट्रिय गानले हामीलाई एकसाथ एउटा नाम श्रीलंकाको मातहतमा ल्याउँछ। जागौं र एक हुनाको तात्पर्य के हो एक नजर हेरौं! #SriLanka pic.twitter.com/HtBCwZAdAV

— Afzal (@TonyStarkLK) May 15, 2019

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.