सेता झण्डाहरू: श्रीलंकालीहरू शोकमा

इस्टर सन्डेको बम विस्फोटपछि, मानिसहरू उनीहरूका घर बाहिर, सार्वजनिक ठाउँहरूमा र उनीहरूका सवारी साधनहरूमा जहाँत्यहीँ सेता झण्डाहरू झुन्ड्याइरहेका छन्। श्रीलंकामा सेतो रङ शोकको प्रतीकको रूपमा प्रयोग गरिन्छ। तस्वीर- ग्राउण्डभ्यूज।

अमालिनी दे सेराहको यस लेख सुरुमा श्रीलंका स्थित पुरस्कार विजेता सिटिजन जर्नालिज्म वेबसाईट ग्राउण्डभ्यूजमा प्रकाशित भएको थियो। सम्पादित संस्करण ग्लोबल भ्वाईसेजसँगको सामग्री साझेदारी सम्झौताको रूपमा तल प्रकाशित गरिएको छ।

२१ अप्रिल, २०१९ इस्टर सन्डेका अवसरमा प्रार्थनाको लागि भेला भएका ईसाई धर्मावलम्वीमाथि लक्षित श्रृंखलाबद्ध बम विस्फोटमा परी श्रीलंकामा सयौं व्यक्तिको ज्यान गएको छ। बम विस्फोट भएको विभिन्न छ स्थानमध्ये तीन चर्चहरू थिए-कोटाहेना स्थित सेन्ट एन्थोनी चर्च, कटुवापिटिया स्थित सेन्ट सेबास्टियन चर्च र बाटिकोलोवा स्थित जियोन चर्च। हमला भएको एक दिनपछि २२ अप्रिलमा निम्न फोटोहरू र कुराकानी संकलन गरिएका थिए।

Kochchikade. Image via GroundViews.

कोच्चिकाडे स्थित सेन्ट एन्थोनी चर्च। तस्वीर- ग्राउण्डभ्यूज।

कोच्चिकाडे

कोटाहेना, कोच्चिकाडे स्थित सेन्ट एन्थोनी चर्च (कोलोम्बो-१३) सुरक्षा घेरा नजिक प्रचण्ड गर्मीमा जम्मा भएका मानिसहरू माथि सेता र काला झण्डाहरू फरफराउदै।

St. Anthony's church at Kochikade, Kotahena (Colombo 13). Image via GroundViews.

८:४५ बजे राती चल्न रोकिएको घडी। तस्वीर- ग्राउण्डभ्यूज।

“See the clock?” a man passing by says, “it’s frozen at 8.45, when the blast went off.”

“घडी हेर्नु भयो?” एकजना व्यक्ति भन्छन्, “यो ८:४५ मा रोकिएको छ, जब ठूलो आवाज सहित बम विस्फोट भयो।”

प्रसिद्ध क्याथोलिक चर्च त्यस दिन भएको श्रृंखलाबद्ध विस्फोटका पहिलो निशाना थियो। विस्फोटका कारण टुटेफुटेका टुक्रा – फुटेको सिसा जसले चर्चको अग्रभागमा रहेको प्रतिमा घेरिएको थियो र मुख्य प्रवेशद्वारमा रहेको सुरक्षात्मक सिसा- सूर्यको प्रकाशमा चम्किरहेका थिए जब पुलिस, सेना तथा स्वास्थ्यकर्मीले टुक्राहरु हटाए।

Image via Groundviews.

शोकाकुल व्यक्तिहरू भेला हुँदै। तस्वीर- ग्राउण्डभ्यूज।

Everyone comes here to pray, from near and far. Who’d do something like this to such a holy place?

सबैजना यहाँ प्रार्थना गर्न आउँछन्, नजिक र टाढाबाट। यस्तो पवित्र स्थलमा कसले यस्तो कार्य गर्न सक्यो?

श्रीलंकाको राजधानी बाहिरी इलाकामा पर्ने कोटाहेना स्थित यस चर्च श्रीलंकामा जुनसुकै धार्मिक विश्वास भएको मानिसहरूका लागि आश्रयस्थलको रूपमा रहेको छ। विस्फोटपछि त्यहाँ शोक छाएको छ।

सेता झण्डाहरू झुन्ड्याउदै। तस्वीर- ग्राउण्डभ्यूज।

I helped move the bodies; all day, from 9am in the morning till 6pm in the evening. We were carrying them and lining them up, to take to the morgue. At a point, you lose count.

बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म दिनभर मैले शव बोक्न मद्दत गरें। शवगृहमा लैजान हमीले ती शवहरूलाई बोकिरहेका र पंक्तिबद्ध बनाएर राखिरहेका थियौं। त्यस बेला शव गन्ने फुर्सद थिएन।

उनको खुट्टामा पट्टी बाँधिएको छ, तल्लो भागमा लागेको चोट देखाउन खुट्टा उचाल्छन्। भित्रबाट खसेको एउटा काँटीले चोट लाग्न पुगेको थियो जब उनी र अन्यले आक्रमणमा परेका पीडितहरूलाई उद्धारका लागि सहयोग गर्न प्रयास गर्दै थिए। चोटबाट बगेको रगतको कारण उनी ढले र पुलिसले उनलाई उपचारको लागि पठाउनु परेको थियो। उनको खुट्टामा पट्टी बाँधियो र सहयोग गर्न फर्केर आए।

Image via GroundViews

इस्टर साँझमा उपस्थित हुँदै। तस्वीर- ग्राउण्डभ्यूज।

I didn’t even want to believe it…all the small children…the women. We don’t think about how life can end so suddenly.

म यसमा विश्वास समेत गर्न चाहँदिन थिएँ … सबै साना बच्चाहरू… महिलाहरू। अचानक जीवन कसरी समाप्त हुन सक्छ भन्ने हामी सोच्दैनौं।

त्यस दिन उनले देखेका शवको स्थिति बारे विस्तृत विवरण सुनाउँछन्- क्षति इङ्गित गर्न स्वयं आफ्नो शरीर एवं अंगहरूमा हातले संकेत गर्दै। जुनसुकै धर्मका भएपनि समुदायका धेरै व्यक्तिहरू कोलोम्बो नेशनल अस्पतालमा घाइतेहरूलाई आपत्कालीन उपचार तथा शवलाई कोलोम्बो शवगृहमा पुर्याउनका लागि आएका थिए।

Image via GroundViews

Jन्याय, बदला होइन। तस्वीर- ग्राउण्डभ्यूज।

स्वतन्त्र नागरिक समूहद्वारा आयोजित एउटा सानो इस्टर साँझ कार्यक्रममा पनि उक्त्त व्यक्तिले भाग लिए जुन कार्यक्रम चर्चबाट दक्षिण तर्फको १५० वर्ष पुरानो जुबली स्मारकमा भएको थियो। “न्याय, बदला होइन” भन्ने अभिव्यक्ति लेखिएका छन् र तेज हावाको सम्मुख मैनबत्तिहरू बालिएका छन्। एक घण्टा भन्दा बढी समयपछि, यस स्थानको नजिक पार्क गरिएको वाहनमा विस्फोट भयो जतिबेला बम डिस्पोजल टोलीको विशेष टास्क फोर्स (एसटीएफ) ले भित्र पाइएको एउटा विस्फोटक पदार्थलाई निस्क्रिय पारिरहेको थियो।

Image Via GroundViews

जहाँतहीँ सेता झण्डाहरू। तस्वीर- ग्राउण्डभ्यूज।

We are not thinking if it's someone we know, or someone who lives close by. We are tying these flags for all those who lost their lives.

हामी यो सोचिरहेका छैनौं हामीले चिनेका कुनै व्यक्तिको बारेमा, वा कुनै व्यक्ति जो छिमेकमा बस्ने गर्दछ। हामी यी झण्डाहरू ती सम्पूर्ण व्यक्तिहरूका लागि बाँधीरहेका छौं जसले आफ्नो ज्यान गुमाएका थिए।

Image via GroundViews

सेता झण्डाहरू बाँध्दै। तस्वीर- ग्राउण्डभ्यूज।

उनको हातभरी डोरीमा बाँधीएका काला र सेता शोक झण्डाहरू छन्। टोलमा बस्ने पुरुषहरूको एउटा ठूलो समूहले जम्पेता सडक, एक व्यस्त सडक जुन चर्चको प्रवेशद्वार हुँदै सिधा जान्छ, एक छेउदेखि अर्को छेउसम्म झण्डाहरू सहितको डोरीलाई बाँधीरहेका छन्।

Image via GroundViews

कडा पहरा दिइएको चर्च। तस्वीर- ग्राउण्डभ्यूज।

The 8am service was being carried out in both Sinhala and Tamil. Those attending were mostly people from outside these neighbourhoods. Then the explosion happened.

बिहान ८ बजेको प्रार्थना सिंहाला र तमिल भाषा दुबैमा गरिँदै थियो। उपस्थित व्यक्तिहरू प्राय: टोल बाहिरका थिए। त्यसपछि विस्फोट भयो।

टोलमा बस्ने एक दम्पती भन्छन् बिहान ८ बजेको इस्टर प्रार्थना सामान्यतया सिंहाला भाषामा गरिन्छ। यो वर्ष, शनिवार मध्यरातको इस्टर प्रार्थना तमिल भाषामा आयोजना गरिएको थियो, र उक्त क्षेत्रका अधिकांश उपासकहरू यसमा उपस्थित हुने गर्थे।

Image via GroundViews

पेरियामुल्ला। तस्वीर- ग्राउण्डभ्यूज।

पेरियामुल्ला, नेगोम्बो

रित्ता सडकमा सेता झण्डाहरू फरफराउदै जहाँ कर्फ्यू हटाइएपछि लामो समयसम्म साना पसलहरू र रेस्टुराँहरू बन्द रहेका छन्।

Image via GroundViews

नेगोम्बो ग्रांड मस्जिद। तस्वीर- ग्राउण्डभ्यूज।

We are worried for our community too, and we want the country to know that we also reject what happened. Muslims do not stand by this.

हामी हाम्रो समुदायको निम्ति पनि चिन्तित छौं, र हामी चाहन्छौं कि जे भयो हामी पनि त्यसलाई तिरस्कार गर्दछौं भन्ने देशलाई थाहा होस्। मुस्लिमहरू यस्ता कार्यलाई समर्थन गर्दैनन्।

Image via GroundViews

एउटा मुस्लिम टोल। तस्वीर- ग्राउण्डभ्यूज।

मस्जिदका प्रमुखहरू भन्छन् पाकिस्तानी परिवारहरू आइतबारको विस्फोटहरूमा परेर मृत्यु भएको व्यक्तिहरूका आफन्तबाट आक्रमणमा परेका छन्। ढुङ्गाले झ्यालहरू तोड्दै उनीहरूले आक्रमण गरे, घरमा ढुंगा हाने। यी परिवारहरू शरणार्थी हुन् जो दुवै अहमद मुस्लिम समुदाय वा ईसाई धर्ममा छन् जो पाकिस्तानको दमनबाट भागेका हुन्। त्यसपछि परिवारले नेगोम्बो पुलिसलाई सम्पर्क गरे र सुरक्षा मागे – प्रमुखहरूले भने यो एक अनुरोध थियो र पुलिसद्वारा सुरक्षा दिइएको थियो।

Image via GroundViews

मस्जिदमा प्रार्थना गर्दै। तस्वीर- ग्राउण्डभ्यूज।

We say prayers five times a day. This is not the usual time of prayer for us. It is a special prayer, one of mourning.

हामी दिनमा पाँच पटक प्रार्थना गर्छौं। यो सदा झैं प्रार्थना गर्ने समय होइन। यो विशेष प्रार्थना हो- शोकको।

नेगोम्बो ग्रान्ड मस्जिद भित्र जनाजाँ वा अन्तिम संस्कारको प्रार्थना गरिंदैछ। समाप्ति पश्चात परिसर बाहिरदेखि ल्याइएको कफन वरिपरि मानिसको भीड जम्मा हुन्छ र समुदायलाई अन्तिम श्रद्धा व्यक्त गर्न केहि समय दिइन्छ।

Image via GroundViews

जनाजाँ प्रार्थनाको लागि कफन बोक्दै। तस्वीर- ग्राउण्डभ्यूज।

She was 13. Her father’s Muslim but her mother is Catholic, so she’d gone to church on Sunday. That’s how our communities are, we are so mixed and connected.

उनी १३ वर्षकी थिइन्। उनको बुबा मुस्लिम हुन् तर आमा क्याथोलिक, यसैले उनी आइतबार चर्च गएकी थिइन्। यसले हाम्रो समुदाय कस्ता छन् भन्ने देखाउँछ, हामी मिश्रित नश्लका र जोडिएका छौं।

मस्जिदमा ईसाई महिलाहरूको एउटा सानो समूहको पनि उपस्थिती थियो। उनीहरूले प्रार्थना र शवको माथि रोजरीको श्लोकहरू पढ्छन्। नजिकै घर भएका महिलाहरू दावी गर्छन् कि कटुवापिटिया चर्चको वरपरको इलाकामा मुस्लिम परिवार बस्दछन्।

कटुवापिटिया, नेगोम्बो

Image via GroundViews.

कटुवापिटियामा सेता झण्डाहरू। तस्वीर- ग्राउण्डभ्यूज।

सेता झण्डाहरू अँध्यारो आकाशमा फरफराउछन्। सैनिक बल र पुलिस अधिकारीहरू साँघुरो बाटोमा लाइन लागेर बस्छन् किन कि शोकाकुल व्यक्तिहरू चढेका सवारी साधनहरू र पैदाल यात्रीहरू वरिपरि के हुँदैछ भनेर त्यहीँ बाटो भएर जाने प्रयास गर्दैछन्।

Image via GroundViews.

कटुवापिटिया सडक। तस्वीर- ग्राउण्डभ्यूज।

There’s a funeral happening at every few houses, down almost every little lane.

लगभग हरेक साना गल्लीको कुनै न कुनै घरमा अन्तिम संस्कार भइरहेको छ।

कटुवापिटिया सडक शोक परेको घरहरू रहेका लामो खण्ड हो । घर बाहिरका ब्यानरले सेन्ट सेबास्टियन चर्चको बिस्फोटमा मारिएका पूरा परिवार वा एउटा परिवारको विभिन्न सदस्यहरूलाई संकेत गर्दछन्।

Image via GroundViews.

सैनिक बल सडकमा पहरा दिँदै। तस्वीर- ग्राउण्डभ्यूज।

Image via GroundViews.

चर्च नजिकै मानिसहरू। तस्वीर- ग्राउण्डभ्यूज।

Look at how close their houses are to the church. It must be a quick walk to mass and back. How would they have even known that their walk that day would end this way?

उनीहरूका घर चर्चको कति नजिकै छन् हेर्नुहोस्। प्रार्थना गरेर फर्किन कत्ति पनि समय नलाग्ने हुनुपर्छ। उनीहरूलाई कसरी थाहा होस् त्यस दिनको हिँडाइ यसरी समाप्त हुनेछ भन्ने?

mage via GroundViews.

थप सेता झण्डाहरू। तस्वीर- ग्राउण्डभ्यूज।

शवहरू एकै ठाउँ गाड्ने कार्य सुरू भएको छ, केहि शवहरू नेगोम्बोको समाधिस्थल रहेको स्थलतिर गाड्नलाई लगिदैछ। ठूलो संख्यामा कफन राख्नको लागि पर्याप्त स्थान आवश्यक पर्ने हुनाले खाली जमिन व्यवस्था गरियो।

हमलाका अपराधीहरू बारे खुलासा हुनेछ, र देशका उच्च अधिकारीहरूले गरेका राजनैतिक टिप्पणीले निराशा बढाउँछ, तथापि आगामी केहि दिनसम्म शव गाड्ने कार्य जारी रहनेछ। अप्रिल २१ मा हमलाबाट मृत्यु हुनेको संख्या २५३ पुगेको छ र यो संख्या अझ बढ्दैछ।

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.