- Global Voices नेपालीमा - https://ne.globalvoices.org -

ताइवानको ताइपेइमा जुन २ मा हुनगइरहेको ग्लोबल भ्वाइसेजको एशिया प्रशान्त मिडिया सम्मेलनमा सहभागी हुनुहोस्

श्रेणी : पूर्व एशिया, ताइवान (ROC), नागरिक मिडिया, Announcements

ग्लोबल भ्वाइसेजको एशिया टीमले ताइवानको ताइपेइमा आउँदो जुन २ मा एशिया प्रशान्त मिडिया सम्मेलन [1] आयोजना गर्दैछ। जिभी समुदाय र साझेदार संस्थाका आन्तरिक बैठकका साथै यस कार्यक्रमको अन्तिम दिन जुन २, २०१९ मा सार्वजनिक कन्फरेन्स आयोजना गरिनेछ। यस कन्फरेन्समा सहभागी हुन यहाँ [2] दर्ता गर्नुहोस्।

ग्लोबल भ्वाइसेज एशिया प्रशान्त मिडिया सम्मेलनमा पत्रकार, ब्लगर, डिजिटल अधिकारकर्मी तथा अनुसन्धानकर्ताहरूको भेलाले एक अर्कासँग अनुभव र ज्ञान साट्नुका साथै नयाँ सम्बन्ध र साझेदारी गर्ने मौका जुराउनेछ। दुई विषयवस्तु: “एशिया प्रशान्तमा डिजिटल निरंकुशताको उदय र चुनौतीहरू” तथा “डिजिटल निरंकुशताप्रति नागरिकका प्रतिक्रिया”अन्तर्गत यस सम्मेलनले नयाँ तकनीकी राजनीतिक चुनौतीहरू तथा यसबाट इन्टरनेट अधिकार तथा एक्टिभिज्म, डिजिटल सुरक्षा तथा गोपनीयता, डिजिटल समावेशिता र विकासमा पर्न जाने असरलाई सम्बोधन गर्नेछ।

ताइवान फाउण्डेशन फर डेमोक्रेसी, ओपन टेक्नोलोजी फाउण्डेशन तथा ओपन सोसाइटी फाउण्डेशनको सहयोगमा ताइवानको सूचो विश्वविद्यालयको चाङ्ग फो-चुआन सेन्टर फर स्टडी अफ ह्युमन राइट्सले यो सम्मेलन सहआयोजना गर्दैछ।

अन्य सबै जिभी कार्यक्रम [3]जस्तै ग्लोबल भ्वाइसेज एशिया प्रशान्त मिडिया सम्मेलनले विविध तथा सक्रिय विश्वव्यापी समुदायसँगको सिकाइ तथा साझेदारीका विशेष अवसर प्रदान गर्नेछ। सभास्थल, दर्ता, कार्यक्रम तथा अन्य विवरणका लागि सम्मेलनको वेबसाइट [1] हेर्नुहोस् र यस मितिलाई सम्झिराख्नुहोस्!