यी कोलम्बियन पत्रकारहरू पाब्लो एस्कोबारलाई नायक ठान्दैनन्

युट्यूबमा उपलब्ध “ला पुया”को श्रृंखला “पाब्लो एस्कोबार इज अ हिरो” को स्क्रीनशट।

यो खलबली नेटफ्लिक्सको श्रृंखलाबाट शुरु भएको हैन तर नार्कोसले अवश्य पनि उत्तर अमेरिकी लोकप्रिय संस्कृतिमा सन् १९८० ताकाको कोलम्बियन लागुपदार्थ कारोबारी पाब्लो एस्कोबारको हैसियत उकास्न मद्दत गर्यो। सन् २०१५ मा प्रिमीयर गरिएपश्चात् यस विवादास्पद श्रृंखलाले कोलम्बियाको अन्तर्राष्ट्रिय छविबारे संवाद शुरु गराएको छ। यस देशको छवि सदैव कोकेन सजिलै पाइने र आकर्षक व्यक्तित्व भएका लागुपदार्थ कारोबारीको प्रभुत्व भएको ठाउँका रूपमा रहेको छ।

यसको प्रतिक्रियामा कोलम्बियन समाचारपत्र एल एस्पेक्तादोरद्वारा सञ्चालित परियोजनाअन्तर्गत युट्यूब च्यानल ला पुया (स्पेनिशमा “द टन्ट” अर्थात कटाक्ष) चलाउने कोलम्बियन पत्रकारहरूले एक भिडियोमार्फत अहिले पनि एस्कोबारलाई “नायक” मान्ने व्यक्तिहरूलाई जवाफ फर्काएका छन्। अन्य कुरामध्ये यस भिडियोले कोलम्बियाको इतिहासमा सबैभन्दा निराशाजनक समयमध्ये एकको दुःखान्त प्रकरणहरू र तथ्यांकहरूमा प्रकाश पार्दछ। जस्तै कि एल एस्पेक्तादोरका भूतपूर्व निर्देशक गिलेर्मो कानो को सन् १९८६ डिसेम्बर १७ का दिन भएको हत्या र सन् १९८९ सेप्टेम्बरमा उनीहरूको कार्यालय छेउमै भएको बम आक्रमण

It is common in other countries to see people with T-shirts of him, encouraged by series such as Netflix's ‘Narcos’. And then when they come to Colombia they pay a lot of money to go on a tour so they can admire his great accomplishments. […] This “hero” prompted thousands of people to run towards drug trafficking money [like] pigeons chasing corn and rendered the national economy into a little pot to launder the money that came from drug trafficking. This “hero” was not a friend of the people: he committed 623 attacks, left 1710 civilians in pain, and killed 402.

This “hero” forced us to escape from an abandoned briefcase in the street or from a stationed car with no one inside [thinking] there [it was] one more bomb. This “hero” forced us to stay indoors, to suspect from everyone, and to react with fire and violence. This hero forced us to live in constant fear.

नेटफ्लिक्सको ‘नार्कोस’ जस्ता श्रृंखलाबाट प्रेरित भई अन्य देशमा उनका फोटो छापिएका टिशर्ट लगाउने मानिसहरू देख्नु कुनै नौलो कुरा होइन। र जब उनीहरू कोलम्बिया आउँछन् उनका (एस्कोबार) ठूला उपलब्धिको प्रशंसा गर्नका लागि टन्न पैसा तिरेर टूरमा जान्छन्। […] यस “नायक”ले हजारौं मानिसलाई परेवाले दाना खान कुदेझै लागु पदार्थको कारोबारबाट प्राप्त हुने पैसाको पछि दौड्न उक्साए। उनले लागु पदार्थको कारोबारबाट आउने पैसालाई वैध बनाउन राष्ट्रिय अर्थतन्त्रलाई एउटा सानो भाँडोमा परिणत गरिदिए। यो “नायक” मानिसहरूका साथी थिएनन्: उनले ६२३ आक्रमण गरेका थिए जसमा १७१० जना पीडित भए र ४०२ जनाको मृत्यु भयो।

यस “नायक”ले हामीलाई सडकमा छोडिएको बेवारिसे ब्रीफकेश वा कोही पनि नभएको रोकिराखेको कारमा एउटा अझ बम भएको आशंकामा त्यहाँबाट भाग्न बाध्य गरायो। यस “नायक”ले हामीलाई घरभित्र बस्न बाध्य गरायो, सबैसँग सशंकित गरायो, र आगजनी तथा हिंसामार्फत प्रतिक्रिया जनाउन बाध्य गरायो। यस “नायक”ले हामीलाई सदैव त्रासमा बाच्न बाध्य गरायो।

यस भिडियोमा संकेत गरिएका टूर नार्को टूर हुन्। यी टूरहरूले पर्यटकहरूलाई मेडेजिन शहर वरपर रहेका पाब्लो एस्कोबारको जिन्दगीसँग सम्बन्धित ठाउँहरूको पथप्रदर्शन गराउँछन्। सन् २०१८ मा ग्लोबल भ्वाइसेजको साझेदार रेडियो एम्बुलान्तेले आफ्नो पुरस्कार विजेता पोडकास्टको एक श्रृंखलामा यस टूरको वर्णन गरेको थियो।

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.