जापानी छाडा बिरालोहरूप्रति इन्स्टाग्राममा विशेष चासो

cats in japan

आमानोहाशिदाते, जापान स्थित मन्दिरमा बिरालो। फोटो- नेभिन थम्पसन।

यदि तपाईं इन्टरनेटमा बिरालोहरू खोज्दै हुनुहुन्छ भने, “ब्याकस्ट्रिट क्याट्स अफ जापान” (रोजी-उरा न्यानिकिची, 路地 裏 の ゃ ゃ ん 吉) हेर्नुहोस्, १ लाख भन्दा बढी फलोवरहरू रहेको एक इन्स्टाग्राम अकाउन्ट

गुमनाम फोटोग्राफरले साथीहरू बनाएका छन् र जापानको एक अज्ञात स्थानबाट छाडा बिरालोहरूको हजारौं फोटोहरू खिंचेका छन्।

नयाँ बर्षको शुभकामना! हामी २०१९ मा जिइरहेका छौं!

बिरालोहरूका विभिन्न मुद्रा कैद गरिन्छन्। कुनै बसेका वा अलकत्रा फैलिएको निर्जन स्थानको जमिन मुनीबाट बाहिर आउन खोजेका जस्ता देखिन्छन्।

ठीक छ, ठीक छ म सडक साँच्चीकै छिटो सफा गर्नेछु।

छाडा बिरालोहरू जापानमा जहाँतहीँ भेटिनु सामान्य कुरा हो। लगभग ३५% घरधुरीसँग घरपालुवा जनावर छ र ती मध्ये धेरैले घरको सदस्य जत्तिकै लाड प्यार पाएका छन्। जापानीहरू तिनीहरूलाई सुखी राख्न एक वर्षमा करिब ३.८ ट्रिलियन येन (३.८ बिलियन अमेरिकी डलर) खर्च गर्दछन्।

पाल्तु जनावर जापानमा लोकप्रिय भएतापनि धेरै व्यक्तिले पाल्तु जनावर बारे स्वामित्वको आशय नै नबुझी बिरालो खरिद गर्दछन्। जब उनीहरुलाई बिरालो झर्को लाग्दो, वयस्क, यौन परिपक्व जस्तो लाग्न थाल्दछ, उनीहरूले उक्त जनावरलाई छोड्न सक्दछन्। जब जनावर पाल्ने वृद्ध व्यक्तिको मृत्यु हुन्छ वा वृद्दाश्रममा राखिन्छ, कुनै समय अत्यन्त प्रिय पाल्तु जनावरलाई पनि परित्याग गरिन्छ।

यसको परिणाम लगभग पूरा देशभर ठूलो संख्यामा पाल्तु जनावरहरू छाडा छाडिन्छन्। तीमध्ये केहीले मानिसहरूबाट सहानुभूति, खाने कुरा र संरक्षण प्राप्त गर्छन्, यी इन्स्टाग्राम प्रयोगकर्ताले गरे जस्तै।

२०१८ लाई धन्यवाद! […] मलाई आशा छ २०१९ सबैका निम्ति उपलब्धिपूर्ण हुनेछ।

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.