विश्वभरिका नागरिक मिडिया सबैलाई उपलब्ध गराउन हामी ग्लोबल भ्वाइसेजमा प्रकाशित लेखहरू माथिका भाषाहरूमा अनुवाद गर्दछौं ।

गुयनाको वापीशाना जनजाति लोप हुनै लागेको भाषालाई पुनर्जीवित गर्ने प्रयासमा

आफ्नो गाउँ फर्की अन्य व्यक्तिहरूलाई वापीशाना भाषा लेखपढ गर्न सिकाउन तालिम लिएका वापीशाना शिक्षकहरूको पहिलो समूह (२०११) प्रमाणपत्र प्राप्त गर्दै। फोटो सौजन्य-एड्रियन गोमेज, अनुमति लिएर प्रयोग गरिएको।

गुयनाको रुपुनुनी नदी र ब्राजीलियन सीमाको बीचमा रहेको हराभरा घना जंगलको मध्य भागमा आदिवासी जनजाति वापीशाना बसोबास गर्दछन्। भाषाविद् तथा सांस्कृतिक अभियन्ता एड्रियन गोमेज दुर्गम वापीशाना गाँउमा जन्मेका हुन्, तथापि उनी वापीशाना भाषा अंग्रेजी भन्दा कमै बोल्छन् – गुयना र ब्राजिलमा बोलिने आदिवासी अरावाकन भाषा।

आजकाल उनी लोप हुन लागेको भाषा पुनर्जीवित गर्ने प्रयास गर्दै छन्।

संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) का अनुसार विश्वको ४० प्रतिशत भन्दा बढी भाषाहरू लोप हुने अवस्थामा छन्। १९९७ मा वापीशाना साक्षर युवाहरूको घट्दो संख्या प्रति चिन्तित हुँदै गोमेजले वापीशाना भाषा पुनर्जीवित गर्न वापीशान वादुनीनाओ आसीओ (“डब्ल्यूडब्ल्यूए”, “हाम्रो सन्ततिको लागि वापीशाना”) को गठन गरे।

सन् २०११ मा डब्ल्यूडब्ल्यूएले आदिवासी जनजातिहरूको अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्रलाई ध्यानमा राख्दै समुदायको भाषा, संस्कृति र भूमि स्रोतहरूलाई संरक्षित राख्नको निमित्त चार वर्षे युवा साक्षरता कार्यक्रम शुरुवात गर्यो। गोमेज भन्छन् लुप्तप्राय: भाषाहरूको संरक्षण गरेर मानिसहरूले आफ्ना कथाहरू आफ्नै भाषामा भन्न सक्छन् फलस्वरूप सुदृढ परम्परा कायम राख्छन्।

भाषा संचार हो – तर यो ज्ञान र शक्तिको साधन पनि हो।

गोमेज भन्छन्:

In our part of the world of formerly colonised countries, ‘true decolonisation’ is still lacking, for there is still the continuation of colonial structures and mentalities in the context of the independent nations.

पूर्व औपनिवेशिक देशहरू रहेको विश्वमा ‘वास्तविक उपनिवेशवादको अन्त’ अझै बाँकी छ, किनकि अझै पनि स्वाधीन राष्ट्रहरूको सन्दर्भमा औपनिवेशिक संरचना र मानसिकता कायम छ।

ग्लोबल भ्वाईसेजले वापीशाना भाषा बारे गोमेजका राय बुझ्न उनीसँग ईमेल मार्फत कुराकानी गरेको थियो।

भाषाविद् तथा सांस्कृतिक अभियन्ता एड्रियन गोमेज नेदरल्यान्ड स्थित लीडेनमा जहाँ उनी विश्वविद्यालयमा अध्यापन गर्दछन्। फोटो सौजन्य-गोमेज, अनुमति लिएर प्रयोग गरिएको।

ग्लोबल भ्वाईसेज (जीभी): यस भाषालाई संरक्षण गर्न तपाईंलाई के ले प्रेरित गर्यो र संरक्षणले ल्याएको भिन्नतालाई कसरी हेर्नुहुन्छ?

Adrian Gomes (AD): I realised that I did not know my own cultural heritage or background very well, despite being able to speak the language. It’s not that the knowledge was hidden, but due to my exposure to mainstream culture, I had not been actively involved in the activities of my culture. I missed out on a lot on trips to the deep forest and the wide-ranging savannah … and the practical lessons passed on by our elders through on-the-spot occurrences … I felt incomplete when it came to knowing my roots — I missed a sense of belonging — of being Wapishana. I wanted to do something about it.

Guyana's 9,000-strong Wapishana population was no longer equivalent to the number of speakers (around 5,000 or less). As people favoured the national language, English, as well as Creole and even Portuguese, our Indigenous language was no longer being passed on to the next generation. There is a growing number of young adults who speak only English.

The WWA's literacy programme has revitalised the language in 17 villages in south Rupununi by increasing literacy at the grassroots level. This … gave people a sense of pride and expanded their self-esteem. There are now approximately 1,000 Wapishana-literate people.

एड्रियन गोमेज (एजी): मैले महसूस गरें कि म भाषा बोल्न सक्षम भएतापनि मलाई मेरो आफ्नै सांस्कृतिक परम्परा वा पृष्ठभूमि राम्ररी थाहा थिएन। यो अधुरो ज्ञानको कारण नभएर मूलधारको संस्कृतिसँगको सम्मुखताले भएको थियो, म मेरो संस्कृतिको गतिविधिमा सक्रियतापूर्वक सहभागी बनेको थिइन। मैले घना जंगल र विशाल घासे मैदान यात्रा गर्ने सुअवसर गुमाएँ… र हाम्रा अग्रजहरूका प्रत्यक्ष अनुभव मार्फत हस्तान्तरित व्यावहारिक शिक्षा…। मैले मेरो परम्परा बारे थाहा पाउने सन्दर्भमा अपूर्ण महसूस गरें- मलाई वापीशाना हुनुको आफ्नोपन महसूस भएन। म यस बारेमा केही गर्न चाहन्छु।

गुयनाको ९,००० बहुसंख्यक वापीशाना जनसंख्या वापीशाना भाषा बोल्न जान्ने संख्या (करिब ५,००० वा त्यसभन्दा कम) को बराबर थिएन। मानिसहरू राष्ट्रिय भाषा अंग्रेजी साथै क्रिओल र पोर्चुगिज समेत बोल्न मन पराउने भएकाले हाम्रो आदिवासी भाषा नयाँ पुस्तामा हस्तान्तरण हुन छोड्यो। अंग्रेजी मात्र बोल्ने युवाहरूको संख्या बढ्दो छ।

डब्ल्यूडब्ल्यूएको साक्षरता कार्यक्रमले दक्षिण रुपुनुनीको १७ गाँउहरूमा सर्वसाधारणको साक्षरता वृद्धि गरेर भाषालाई पुनर्जीवित गरिएको छ। यसले… मानिसहरूमा गर्वको भावना जगायो र उनीहरुको आत्मसम्मान बढायो। अहिले लगभग १,००० जना वापीशाना साक्षर मानिसहरू छन्।

जीभी: डब्ल्यूडब्ल्यूएले अन्य कस्ता गतिविधिहरू सञ्चालन गर्दछ?

AG: At the WWA centre, we archive language data, strengthen the capacity of local WWA tutors to train others, promote the language through reading and spelling competitions, and collaborate with like-minded partners. People have even been inspired to produce their own reading materials. The WWA is recognised as the local authority for the translation of certain documents, and we have got approval from the Ministry of Education for a Wapishana/English pilot project in three villages …

एजी: डब्ल्यूडब्ल्यूए केन्द्रमा, हामी भाषाको डेटा संग्रह गर्दछौं, अन्यलाई तालिम दिने स्थानिय डब्ल्यूडब्ल्यूए प्रशिक्षकहरूका क्षमता अभिवृद्धि गर्छौं, पढाइ र हिज्जे प्रतियोगिताका माध्यमबाट भाषालाई प्रचार गर्छौं र समान विचारधारा भएका साझेदारहरूसँग सहयोगका लागि समन्वय गर्छौं। मानिसहरूलाई स्वयं आफ्ना पढ्ने सामाग्री उत्पादन गर्न पनि उत्प्रेरित गरिएका छन्। डब्ल्यूडब्ल्यूएलाई केही कागजातहरू अनुवादको लागि स्थानीय प्राधिकरणको रूपमा मान्यता प्राप्त छ र तीन गाउँहरूमा वापीशाना / अंग्रेजी अगुवा परियोजनाको लागि हामीलाई शिक्षा मन्त्रालयबाट अनुमोदन प्राप्त भएको छ।

जीभी: के कस्ता चुनौतीहरू रहेका छन्?

AG: Through the literacy courses, we have managed to preserve the language to a large extent; However, participation dwindled toward the end of the four-year programme. Part of the struggle was that we also needed a more advanced level programme. A considerable number of youth were not motivated enough to participate … English tends to be promoted, celebrated and exalted at the expense of native languages, which are seen as old fashioned.

The WWA has to create programmes that span generations … [to]  ‘create space’ for the Wapishana language in modern technology …

एजी: साक्षरता कार्यक्रमहरू मार्फत हामीले केही हदसम्म भाषा संरक्षण गर्ने व्यवस्था गरेका छौं; यद्यपि, चार वर्षे कार्यक्रमको अन्तमा सहभागिता घट्यो। संघर्षको हिस्सा यो थियो कि हामीलाई एउटा उन्नत स्तरको कार्यक्रमको आवश्यकता पनि थियो। उल्लेखनीय संख्यामा युवाहरू कार्यक्रममा भाग लिन उत्प्रेरित भएनन्… स्वदेशमा बोलिने भाषाहरू, जसलाई पुरानो जमानाको रुपमा हेरिन्छ, लाई उपेक्षा गर्ने युवाहरूमा अंग्रेजी भाषा प्रति प्रचार, गुणगान र मोहको रुझान देखिन्छ।
डब्ल्यूडब्ल्यूएले पुस्तौ विस्तार हुने कार्यक्रम बनाउनुपर्दछ… आधुनिक प्रविधिमा वापीशाना भाषाको लागि स्थान बनाउन…

वापीशाना भाषामा लेख्न तथा पढ्न सिकिरहेका विद्यार्थीहरू। फोटो सौजन्य-गोमेज, अनुमति लिएर प्रयोग गरिएको।

जीभी: प्राविधिक उपकरणहरूले भाषा संरक्षणमा लाभ पुर्याउँछन्?

AG: Digital media and technology have helped in archiving materials … at the disposal of younger Wapishana who want to get connected with their cultural heritage. The community radio station facilitates programmes and songs in Wapishana, as well as storytelling and literacy lessons. It sends the message that our Indigenous language is affirmed and valued.

In principle, there is no reason why we cannot have access to digital tools such as WhatsApp or Facebook. Like the Wayana community in Suriname, we can use the Wapishana language to send messages to one another via these networking platforms to increase our reach.

एजी: डिजिटल मीडिया एवं प्रविधिले सामग्री संग्रहमा मद्दत पुर्याएका छन्… युवा वापीशानाको चाहना अनुसार, जो आफ्नो सांस्कृतिक परम्परासँग जोडिन चाहन्छन्। सामुदायिक रेडियो स्टेशनले वापीशाना भाषामा कार्यक्रम तथा गीतहरूको साथसाथै कथा वाचन एवं साक्षरता शिक्षा सुविधा प्रदान गर्दछ। यसले हाम्रो आदिवासी भाषा अनुमोदित र सम्मानित छ भन्ने सन्देश प्रवाह गर्दछ।

सैद्धान्तिक रूपले हामी व्हाट्सएप वा फेसबुक जस्ता डिजिटल उपकरणमा किन पहुँच बनाउन सक्दैनौं भन्ने कुनै कारण छैन। सुरिनामको वाना समुदायले जस्तै पहुँच वृद्धि गर्नको निमित्त हामी यी सञ्जाल प्लेटफर्महरू मार्फत एक अर्कालाई संदेश पठाउन वापीशाना भाषा उपयोग गर्न सक्छौं।

नेदरल्यान्ड स्थित लीडेन विश्वविद्यालयमा एड्रियन गोमेज, जहाँ उनी एक भाषाविद्को रूपमा रहेका छन्। फोटो सौजन्य-गोमेज, अनुमति लिएर प्रयोग गरिएको।

जीभी: तपाइँ कसरी विद्यार्थीहरूलाई आकर्षित गर्नुहुन्छ?

AG: By incorporating Wapishana reading and writing into friendly competitions at the district and regional levels of the annual Indigenous Heritage celebrations, we promote the idea that language literacy can be fun. And by translating Wapishana stories into English, we have paved the way for the possibility of the production of bilingual (diglot) booklets … We're trying to design a special introductory course at the University of Guyana for non-Wapishana speaking students. My work at Leiden University has enabled me to build a network with other Indigenous scholars working on new methodologies …

The Ministry of Culture had asked for English translations of a number of our Wapishana stories … The Amerindian Research Unit of the University of Guyana also approached us regarding an introductory course on the Wapishana language. I am regularly asked to give guest lectures and seminars there, and train students to embrace new methodologies in working with Indigenous peoples [at Leiden University].

एजी: वार्षिक आदिवासी परम्परा उत्सवको जिल्ला तथा क्षेत्रीय स्तरमा मैत्रिपूर्ण प्रतियोगिताहरूमा वापीशाना वाचन एवं लेखन समावेश गरेर हामी भाषा साक्षरता मनोरन्जक हुन सक्दछ भन्ने विचारलाई बढावा दिन्छौं। अनि अंग्रेजी भाषामा वापीशाना कथाहरूको अनुवाद गरेर हामीले द्विभाषिक (द्विभाषिक संस्करण) पुस्तिकाहरू उत्पादन सम्भावनाको लागि मार्ग प्रशस्त पारेका छौं… हामी गैर-वापीशाना भाषी विद्यार्थीहरूका लागि गुयना विश्वविद्यालयमा एक विशेष आधारभूत पाठ्यक्रम डिजाइन गर्ने प्रयास गरिरहेका छौं। लीडेन विश्वविद्यालयको मेरो कामले मलाई नयाँ पद्धति अनुसार काम गरिरहेका अन्य आदिवासी विद्वानहरूसँग सञ्जाल निर्माण गर्न सक्षम बनाएको छ…
संस्कृति मन्त्रालयले हाम्रो विभिन्न प्रकारका वापीशाना कथाहरूको अंग्रेजी अनुवादका लागि आग्रह गरेको थियो… गुयाना विश्वविद्यालयको अमेरिकन अनुसन्धान इकाईले पनि हामीलाई वापीशाना भाषामा एक आधारभूत पाठ्यक्रमको सन्दर्भमा वाचनका लागि प्रस्ताव गर्यो। मलाई त्यहाँ नियमित रूपमा अतिथि लेक्चर तथा सेमिनारहरूका लागि आग्रह गरिन्छ र विद्यार्थीहरूलाई आदिवासी समुदायसँग [लीडेन विश्वविद्यालयमा] काम गर्दा नयाँ पद्दति अपनाउन प्रशिक्षित गर्दछु।

जीभी: गैर-वापीशाना भाषीलाई वापीशाना भाषीहरूसँग जोड्ने कुनै प्रयास भएका छन् ?

AG: … [T]wo leaders of the Macushi, another Indigenous group, asked us to share our experiences to help them start their own local language literacy programmes. So, while the languages are distinctly different, groups might benefit from working on common strategies to teach our languages to our own peoples and also to non-Indigenous groups.

… Well-planned multilingual education places value on the national community. Being aware of differences does not equate to feeling estranged from those who are different; bilingual education can increase pride in diversity and strengthen national unity. If we weaken Indigenous culture, we weaken an integral part of Guyanese culture.

एजी: अर्को आदिवासी समुदाय माकुसीका दुई जना अगुवाहरूले उनीहरूका आफ्नै भाषा साक्षरता कार्यक्रम सुरुवात गर्नको निमित्त हाम्रा अनुभवहरू सेयर गर्न अनुरोध गरे। त्यसकारण, भाषाहरू अलग अलग भएतापनि हाम्रो भाषा आफ्नै जनसमूह र गैर आदिवासी समुदायलाई सिकाउनको लागि साझा रणनीति अनुसार काम गर्दा समुदाय लाभान्वित हुन सक्दछ।

… सुनियोजित बहुभाषी शिक्षाले राष्ट्रिय समुदायमा महत्त्व राख्दछ। भिन्नतासँग जानकार रहनु भनेको फरक समुदायसँग टाढा महसूस गर्नु होइन; द्विभाषी शिक्षाले विविधतामा गर्व बढाउन र राष्ट्रिय एकता बलियो बनाउन सक्छ। यदि हामीले आदिवासी संस्कृति कमजोर बनायौं भने हामी गुयना संस्कृतिको अभिन्न भाग कमजोर पार्छौं।

जीभी: के रुपुनुनीको दुर्गमताले तपाईंको प्रयासलाई सीमित गर्छ?

AG: One of the main constraints is a lack of internet access and telecommunications in most villages, including Maruranau, where the WWA centre is located. We are still waiting for mobile internet. An unreliable postal system in the Rupununi also hinders communication and prevents timely access to information.

एजी: एउटा प्रमुख अवरोध भनेको डब्ल्यूडब्ल्यूए केन्द्र रहेको मारुरानाउ सहित प्राय: सबै गाउँहरूमा ईन्टरनेट पहुँच र दूरसंचार सुविधा नहुनु हो। हामी अझै मोबाइल इन्टरनेटको लागि प्रतीक्षा गरिरहेका छौं। रुपुनुनी स्थित हुलाक सेवा भरपर्दो नरहेको कारण पनि संचारमा बाधा पुर्याउँछ र ठीक समयमा प्राप्त गर्नुपर्ने सूचनाको पहुँचमा रोकावट ल्याउँछ।

एड्रियन गोमेज तथा उनको पत्नी। गोमेजका अनुसार उनको पत्नीले उनलाई वापीशाना भाषा पुनर्जीवित पार्ने आफ्नो उद्देश्यमा सहयोग पुर्याएकी छिन्। फोटो सौजन्य-गोमेज, अनुमति लिएर प्रयोग गरिएको।

जीभी: बालबालिकाहरूले आफ्नो मूल भाषाको निश्चित परिमित विशेषताहरु मात्र सिक्न जरुरी छ भन्ने भाषाविद् नोम चोम्स्कीको सिद्धान्त प्रति तपाईंको मत के छ?

AG: A similar view that places less importance on Indigenous language was revealed by Lightbown and Spada, who noted that most teachers working in Inuit Indigenous communities believed that the mother tongue is important mainly for use outside of school. This suggests that it’s not important in school and that for language preservation, external use of it would suffice …There can be just as much lack of understanding with Wapishana parents and teachers; in fact, some are opposed to the bilingual pilot programme.

In addressing this, I share the academic, cognitive and social benefits children have as a result of being literate both in their native and majority languages. Past bilingual education efforts in Wapishana communities have shown a significant improvement in children’s performance. With a more sustained programme, we can expect even greater levels of achievement.

एजी: यस्तै दृष्टिकोण, जसले आदिवासी भाषालाई कम महत्त्व दिन्छ, बारेमा लाइटबाउन र स्पाडाद्वारा खुलासा गरिएको थियो, उनीहरूले उल्लेख गरे कि आदिवासी समुदायका सदस्यसँग काम गर्ने अधिकांश शिक्षकहरू मुख्य रूपले विद्यालय बाहिर मातृभाषाको उपयोग गर्न महत्वपूर्ण छ भन्ने विश्वास गर्छन्। यसबाट स्पष्ट हुन्छ कि मातृभाषा विद्यालयमा आवश्यक छैन र भाषा संरक्षणको लागि यसको बाह्य उपयोग पर्याप्त हुन्छ… वापीशाना आमाबाबु र शिक्षकहरू बीच समान असमझदारी हुनसक्छ; वास्तवमा केहीले द्विभाषी अगुवा कार्यक्रमको विरोध गर्छन्।

यसलाई सम्बोधन गर्न म बालबालिकाहरू आफ्ना मातृभाषा र बहुसंख्यक भाषाहरू दुबैमा साक्षर हुँदाको परिणामस्वरूप उनीहरुलाई शैक्षिक, मनोवैज्ञानिक एवं सामाजिक लाभ प्राप्त हुने कुरा सेयर गर्दछु। वापीशाना समुदायमा विगतको द्विभाषिक शिक्षा प्रयासले बालबालिकाहरूको प्रदर्शनमा महत्त्वपूर्ण सुधार देखाएको छ। दिगो कार्यक्रमले झन उच्च स्तरको उपलब्धि हासिल हुने अपेक्षा गर्न सक्छौं।

जीभी: नयाँ परियोजनाहरूका लागि कुनै योजना?

AG: … Guyana will host an interpreting and translation workshop in the early part of next year, which other Indigenous organisations in both Guyana and Suriname have already signalled their interest in attending. We feel good about expanding our network; bringing communities with similar challenges together to look for solutions.

एजी: … गुयनाले अर्को वर्षको प्रारम्भमा व्याख्या र अनुवाद कार्यशाला आयोजना गर्नेछ, यसमा गुयना र सुरिनाम दुवै देश स्थित अन्य आदिवासी संघ संस्थाहरूले सहभागी जनाउने इच्छा पहिले नै संकेत दिएका छन्। उस्तै चुनौती भएको समुदायहरूलाई समाधान खोज्नको निमित्त एकै ठाउँमा ल्याउन पाउँदा हामी हाम्रो सञ्जाल विस्तारमा खुशी छौं।

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.