सबैले मनन गर्नैपर्ने नेल्सन मन्डेलाका १७ महावाणी

Nelson Rolihlahla Mandela was the first democratically elected president of South Africa. Photo released by South Africa The Good News under Creative Commons (CC BY 2.0).


नेल्सन मन्डेला लोकतान्त्रिक निर्वाचनबाट चुनिएका प्रथम दक्षिण अफ्रिकी राष्ट्रपति थिए। क्रियटिभ कमन्सअन्तर्गत साउथ अफ्रिका द गुड न्यूजद्वारा प्रकाशित फोटो। (CC BY 2.0)

लोकतान्त्रिक निर्वाचनबाट चुनिएका प्रथम दक्षिण अफ्रिकी राष्ट्रपति तथा नोबेल पुरस्कार विजेता नेल्सन मन्डेलाको ९५ वर्षको उमेरमा सन् २०१३, डिसेम्बर ५ का दिन देहावसान भयो। दक्षिण अफ्रिकामा रहेको रंगभेद नीतिविरुद्ध संघर्षका कारण मन्डेलाले २७ वर्ष जेलमा बिताए। सन् १९९० मा जेलमुक्त भएको चार वर्षपश्चात् उनी राष्ट्रपति बने र एक कार्यकालपछि उनले सो पदका लागि फेरि प्रयाश गरेनन् जुन अफ्रिकी राजनीतिमा विरलै देख्न पाइन्छ।

विश्वमा चारैतिर मन पराइएका यी राजनीतिज्ञ शब्दका जादुगर नै थिए। उनले सन् १९६४ मा न्यायालयमा रिभोनिया देशद्रोह सुनुवाइका बेला गरेको विद्रोहपूर्ण भाषणबाट लिइएको उनको एक चर्चित अभिव्यक्ति:

I have fought against white domination, and I have fought against black domination. I have cherished the ideal of a democratic and free society in which all persons live together in harmony and with equal opportunities. It is an ideal which I hope to live for and to achieve. But, if need be, it is an ideal for which I am prepared to die.

मैले श्वेत बर्चस्वको विरोधमा लडेको छु, र मैले अश्वेत बर्चस्वको विरोधमा लडेको छु। मैले लोकतान्त्रिक र स्वतन्त्र समाजको आदर्श सँगालेको छु जहाँ सबै जना एक आपसमा सद्भावका साथ बस्छन् र सबले समान अवसर पाउँछन्। यस आदर्शका लागि र यसलाई प्राप्त गर्नका लागि म बाँच्न चाहन्छु। तर, चाहिएको खण्डमा यस आदर्शका लागि म ज्यान दिन तयार छु।

रिभोनिया देशद्रोह सुनुवाइका बेलाको भाषणका अलावा मन्डेलाले आफ्नो जीवनभरि निकै गहकिला र सम्झनयोग्य अभिव्यक्तिहरू छाडेर गएका छन्। उनको देहान्त भए पनि, उनी ट्वीटर प्रयोगकर्ताहरूमार्फत विश्वसँग जोडिएका छन्। मन्डेलाको निधनको समाचारप्रति प्रतिक्रिया जनाउँदै उनीहरूले मन्डेलाका अमरवाणी शेयर गरेका छन्।

कसैलाई आँक्ने कामका बारेमा:

मलाई मेरा सफलताले नआँक, मलाई म कति पटक लडेँ र फेरि पनि उठेँ त्यसको आधारमा आँक। — नेल्सन मन्डेला

म सन्त होइन, तर भने तपाईंले सन्त भनेको त्यो पापी ठान्नुहुन्छ जसले प्रयाश गर्न कहिल्यै छाड्दैन। — नेल्सन मन्डेला

द्वेषका बारेमा:

द्वेषले मनमस्तिष्कलाई धमिल्याउँछ। यसले रणनीतिमा बाधा पुर्याउँछ। नेतृत्व गर्नेले घृणा कदापि गर्नुहुन्न। — नेल्सन मन्डेला

यदि उनीहरूले घृणा गर्न सिक्न सक्छन् भने उनीहरूलाई माया गर्न सिकाउन सकिन्छ, किनकि घृणाभन्दा प्रेम मानव हृदयमा स्वाभाविक रूपमा उत्पन्न हुन्छ।

कोही पनि घृणा गर्दै जन्मिएको हुँदैन — नेल्सन मन्डेला

क्षमाका बारेमा:

आँटिला व्यक्ति शान्तिका लागि क्षमा दिन डराउँदैनन्।

तपाईंले यस संसारमा करुणाबाट धेरै पाउन सक्नुहुन्छ न कि प्रतिशोधबाट।

खेलकुदका बारेमा:

निराशाले घेरेको अवस्थामा खेलकुदले आशा जगाउँन सक्छ।

नेतृत्वका बारेमा:

पछाडिबाट नेतृत्व गर ताकि अरुलाई लागोस् उनीहरू अगाडि छन्

जातीयताका बारेमा:

म जातीयता मन पराउँदिन किनकि म यसलाई बर्बरता ठान्दछु, चाहे त्यो अश्वेत या श्वेत व्यक्तिबाट गरिएको होस्।

संकल्पका बारेमा:

नगरेसम्म कुनै पनि कार्य सधैं असम्भव लाग्छ।

बहादुर त्यो व्यक्ति होइन जो डराउँदैन तर त्यो हो जसले भयमाथि विजय प्राप्त गर्छ। — नेल्सन मन्डेला, लङ वाक टु फ्रिडम, सन् १९९४

विपरित परिस्थितिमा पनि सत्यको साथ नछाड्नेहरू सम्मानका भागी हुन्छन्। — नेल्सन मन्डेला, सन् १९६९

स्वतन्त्रताका बारेमा:

स्वतन्त्र हुनु भनेको साङ्लो चुडाउनुमात्र हैन, परन्तु अरुको स्वतन्त्रता उकास्ने र अरुलाई सम्मान गर्दै बाँच्नु हो।

शिक्षाका बारेमा:

शिक्षा संसार बदल्ने सबैभन्दा शक्तिशाली साधन हो। — नेल्सन मन्डेला। श्रद्धाञ्जली।

कारावासका बारेमा:

भनिन्छ कि कसैले कुनै देशको जेलभित्र नगई त्यस देशको बारेमा पूर्ण रूपमा थाहा पाउँदैन।

कर्तव्यका बारेमा:

कुनै पनि व्यक्तिले आफ्ना मान्छे र देशका लागि कर्तव्य पूरा गरेको ठान्दछ भने उसको आत्माले शान्ति पाउँछ।

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.