- Global Voices नेपालीमा - https://ne.globalvoices.org -

जापानले पर्यावरणभन्दा विकासलाई अंगीकार गरेर आफ्नो भविष्यलाई बन्धक राख्दै

श्रेणी : पूर्व एशिया, जापान, अर्थशास्त्र र व्यापार, नागरिक मिडिया, राजनीति, वातावरण, विकास, द ब्रीज
[1]

२०१४ मा आएको आँधी पछिको जलमग्न नारा, जापान स्थित भूमिगत स्टेशन। यस वर्ष जापानले बाढी र विनाशकारी आँधी सहित रेकर्ड-तोड्ने आँधीको अनुभव गर्यो। बाढी र विनाशकारी आँधीले तीन महिनाको अवधिमा मुख्यतया पश्चिमी जापानलाई पटक पटक प्रभावित पार्यो। फोटो: जेम्स गोचेनोयर (CC BY 2.0)

गत ग्रीष्ममा देशभर तापमान ४५ डिग्री भन्दा माथि पुग्न सक्ने भयका बीच जापानी प्रधानमन्त्री पदको दौड परम्परागत शैलीमा चल्यो।

प्रधानमन्त्री पदमा रहेका  शिन्जो आबे [2]का लागि लिबरल डेमोक्रेटिक पार्टीको विश्वसनीयतालाई पुष्टि गर्न अपरिहार्य थियो। उनलाई आफ्नो दोस्रो कार्यकालमा गोप्य मण्डलीसँग सम्बन्धित कैयौं अफवाह [3]को फलस्वरूप दलहरुका वफादारीको अवस्था बदलिएको छैन भनी सुनिश्चित गर्न जरुरी थियो । तर स्पष्टतः मोरितोमो शिक्षण संस्था बारेको अफवाह [4] शान्त भएको थियो, जहाँ प्रधानमन्त्रीद्वारा कट्टर सम्राट भक्ति तथा सैन्यवादी शिक्षा पुनर्जीवित गर्न बनाइएको ओसाका स्थित एक दक्षिणपन्थी अतिवादी विद्यालय निर्माणको गोप्य रूपमा समर्थन गरेका विश्वास गरिएको थियो। प्रधानमन्त्रीले मोरितोमो एवं  अन्य अफवाह [5]मा आफ्ना सिद्दान्तसँग सम्झौता गरेका थिए भन्ने सर्वसाधरणले सन्देह गरेका कुरा चुनाव र सर्वेक्षणले देखाएतापनि आबेले उल्लेखनीय अन्तरले विजय हासिल गरे।

विजय हासिल गरेको केही दिनपछि आबेले यूकेबाट प्रकाशित हुने फाइनान्सियल टाइम्स [6]मा लेख लेखे। “जापानको लागि एकजुट होऔं र हाम्रो ग्रह बचाउन अब काम गरौं [7]” शीर्षकको लेखले पाठकहरूलाई जलवायु परिवर्तनसँग जुध्नको निम्ति आग्रह गर्यो जब कि आफ्नो प्रशासनले कोइलाले चल्ने हानिकारक ऊर्जा उत्पादन गृहहरू स्थापना गर्ने विरोधाभाषपूर्ण ढंगले [8] कार्य अगाडि बढाएको छ।

देश भित्र र बाहिर दुबैतिर आबे प्रशासनको पर्यावरणीय जागरूकताको कमी र सीमित स्रोतसाधनको जथाभावी दोहन [10]बारेमा आलोचना गरिएको छ। गर्मीको समयमा, आबेका सहकर्मीहरू एक-अर्कालाई सांकेतिक भाषामा शिष्टतापूर्वक सम्बोधन गरिरहेका थिए, बाँकी देशवासीहरू अहिले जापानमा सामान्य जस्तै बनेको प्राकृतिक विनाशमा अझ बढी प्रभावकारी प्रतिकार्यको माग गरिरहेका थिए। जून महिनामा ओसाकामा ५ जनाको ज्यान जाने गरीआएको भूकम्प [11]को कारण रेकर्ड-तोड्ने तूफान र  [10]अतिशय बाढी [12]एवं विनाशकारी आँधीले तीन महिनाको अवधिमा मुख्यतया पश्चिमी जापानलाई पटक पटक प्रभावित पार्यो। देशको दोस्रो ठूलो कन्साई अन्तर्राष्ट्रिय विमानस्थल [13]को धावन मार्गमा व्यापक बाढी र पुल खसेको कारण धेरै दिनदेखि संचालनमा आएको थिएन।

जलवायु परिवर्तनमा प्राथमिकता

जापानमा जलवायु परिवर्तन अवश्यम्भावी   [14]रहेतापनि आबे प्रशासनको २०२० को टोकियो ओलम्पिक [15], संवैधानिक सुधार [16]र स्वाभाविक रूपमा आर्थिक वृद्धि [17]का एजेन्डा निर्णायक रूपले तय छ।अगस्तमा आयोजना गरिने ओलम्पिक बारेमा उच्च तापक्रम र आर्द्रताका कारण गम्भीर आलोचना भएतापनि आबेको लिवरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले यथास्थितिमा राख्ने प्रतिज्ञा गरेको छ किनभने ग्रीष्मकालीन खेलको समय परिवर्तन गर्दा जापानमा प्रतिकूल आर्थिक प्रभाव [18]पर्न सक्छ।यो एउटा विडम्बनापूर्ण स्थिति हो किनकि १९६४ को टोकियो ओलम्पिक अक्टोबरमा सम्पन्न भएको थियो [19], जुनबेला जापानी खेल उत्सव (उन्दोकाइ) परम्परागत रूपमा [20]आयोजित गरिन्छन्।

जलवायु परिवर्तन (किको हेन्दो) र ग्लोबल वार्मिंग (ओन्दान्का) नि:स्सन्देह जापानी भाषामा परिचित शब्दहरू हुन्, तर तापमान वृद्धिको कारणलाई असीमित आर्थिक विकास र एकाधिकारसँग जोडेर [21]पर्याप्त मात्रामा हेरिएको छैन। दुई दशक पहिले, क्योटो संधिको प्रस्ताव गरेर जापानले पर्यावरण प्रति जागरूक राष्ट्रको रुपमा आफूलाई पेश गर्यो [22] तर आबे र उनको नव-अनुदारपन्थी गुट [23]ले मन्त्रीमण्डल बनाएपछि पार्टीको प्राथमिकता एक पटक फेरि स्वतन्त्र व्यापार र कम सीमित आर्थिक विकास तर्फ बदलियो। “जापानलाई पूर्व अवस्थामा फर्काउने” (निहोन वो तोरिमोदोसु) [24], आर्थिक वृद्धि प्रि-बबल कालको स्तर [25]मा पुर्याउने एलडीपीको दृष्टिकोणको बावजूद धनी र गरीब बीचको अन्तर [26]लाई बेवास्ता गर्न गाह्रो भइरहेको छ।

वातावरण भन्दा आर्थिक विकासमा जोड

तापमानमा केही डिग्री वृद्धि हुनासाथ मलेरिया र देंगु ज्वरो [27] चाँडै फैलिनेछ भन्ने भविश्यवाणीदेखि लिएर होन्शुको मुख्य द्वीप बस्न योग्य हुने छैन [28] जबसम्म त्यहाँका वासिन्दाहरूलाई निरन्तर वातानुकूलित भवनहरू भित्र राखिंदैनन् भन्ने सम्मको भयानक चिन्ता व्यक्त भइरहँदा सम्भवतः जापानमा सबैभन्दा सामान्य प्रतिक्रिया मौन रहनु वा उदासीनता देखाउनु र नीरस [29] वाक्यांश शिकातागानाइ (“केहि गर्न सकिँदैन”) भन्नु हो।

अन्य युरोपेली र उत्तर अमेरिकी देशहरूमा जस्तै जापानका धेरै नागरिकहरूले दान्काइ सेदाई   [30]भनेर पनि चिनिने अत्यन्तै परिश्रमी सेवानिवृत्त पीढीलाई आश्चर्यजनक आर्थिक चमत्कार प्राप्त भयो किनभने उनीहरूले युद्धमा पूर्णतया तहस-नहस बनेको देशलाई पुनर्निर्माण गरे भन्ने सोचेका देखिन्छ। सोच विचार नगर्नु वास्तविकता हो, यस “चमत्कार” को प्रतिफलले अधिक खपतको अपरिमित जीवनशैली [31]लाई बढावा दियो – जब कि विश्वव्यापी आबादी बढ्दो छ र प्राकृतिक स्रोत साधनहरु रित्तिदै, बिग्रदै या नष्ट हुँदै छन्-जुन स्पष्ट रूपले दिगो छैन। अनुमान गर्न सकिन्छ प्रारम्भिक शोवा काल [32]को जापानी सैन्यवाद केवल आर्थिक विकासको सिद्धान्तको लागि कट्टर भक्तिमा केन्द्रित गरिएको छ।

भविष्यका पीढीले के सोच्लान्?

भविष्यको पीढीले अन्ततोगत्वा “आबेनोमिक्स [33]” जसले प्राकृतिक वातावरणको मूल्य चुकाएर आर्थिक विकासलाई प्राथमिकता दिन्छ, लाई कसरी मूल्यांकन गर्नेछन्? न्यूनतम पारिश्रमिकको बदलामा अविवाहित वा विवाहित दुवैको निमित्त बढी समय सम्म कामको माग गर्दै र पारिवारिक प्रतिबद्धताहरू परवाह नगरि के जापानी उद्योगले बढ्दो आर्थिक असमानता सिर्जनाको लागि मूल्य तिर्नेछ? के केही दशक भित्रै अनगिन्ती जनावर र वनस्पतिका प्रजातिहरूको चरम विनाश आर्थिक विकासको लागि स्वीकार्य मूल्य हुन्छ ?

यथास्थितिमा वफादार रहने राष्ट्रमा पनि कहिलेकाही विरोध प्रदर्शन हुन्छ। १८६० को उत्तरार्धमा सुरू भएको मेइजी पुन:स्थापना [34]को समयमा एवं द्वितीय विश्वयुद्ध अघि [35]द्वितीय विश्वयुद्ध पछि [36]ऐतिहासिक क्षणहरू थिए जब सर्वसाधारणले भत्किनै लागेको सामाजिक संरचनाको लागि जापानी नेताहरु र आर्थिक रूपले प्रभावशाली व्यक्तिहरूलाई दोषी ठहराए।

के कुनै बेला यस्तो अवस्था पनि आउनेछ जुन बेला युवा पीढी क्रुद्ध बनेर अभियान चलाउनेछन् र अत्यधिक खपतको विरुद्ध गम्भीर रूपले आलोचना गर्नेछन्?