- Global Voices नेपालीमा - https://ne.globalvoices.org -

अस्ताउदै गरेको आर्मेनियन गाउँका अन्तिम बासिन्दा

श्रेणी : मध्य एशिया र काकेशस, आर्मेनिया, अर्थशास्त्र र व्यापार, नागरिक मिडिया, प्रशासन, युवा, राजनीति

यो साझेदार पोस्ट [1] ग्लोबल भ्वाइसेजको साझेदार चाइखाना डट ओआरजी [2]बाट लिइएको हो। शब्द र भिडियो : लिलित मिखितार्यन।

राजधानी येरेभानबाट १५० किलोमिटर दुरीमा पर्ने आर्मेनियन गाउँ लेर्नाग्युघ अस्ताउदैछ।

पहिलेको सुदृढ समुदाय हाल आएर चार जनामा सीमित भएको छ। दुर्गम यो गाउँ जाडो याममा देशका अन्य भागबाट अलग्गिन्छ र यहाँ विद्यालय जस्ता आधारभूत सेवा पनि छैन।

यहाँको अवस्था यति नाजुक छ कि यहाँका दुई परिवारमध्ये ६० वर्षीय निकोल मार्तिरोस्यान र उनकी श्रीमती हेयकुश निकोघोस्यान गाउँ छोड्नेबारे सोच्दैछन्।

अर्को परिवारका ह्रान्त मिनास्यान र उनकी श्रीमती मार्गरिट कोचोयान यस गाउँमा ३० वर्षदेखि बस्दै आएका छन्। ह्रान्त ६२ वर्षका भए र उनको मृत्यु पश्चात् उनको परिवार लेर्नाग्युघमा बस्छ भन्ने उनलाई झिनो आशा छ। उनका एक छोरा विदेशमा काम गर्छन् र अर्का छोरा अर्कै गाउँमा बसाइ सरेका छन्।