
लाकोयो, मूलत: हिस्पेनिक व्यञ्जन हो जुन आजकाल मेक्सिकन व्यञ्जनमा पुनरागमन गर्दैछ। तस्विर: पादागुवान/ विकिमिडिया, CC BY-SA 4.0
मेक्सिकोमा एउटा नयाँ अनलाइन आह्वानले मानिसहरुलाई आफ्नै स्वदेशी मूलको स्वास्थ्यप्रद व्यञ्जन खान थाल्नको निमित्त प्रोत्साहन गरिरहेको छ।
ह्यासट्याग #RetoTlacoyo मार्फत मानिसहरुले बिन्स, लिमा बिन्स र दही पनिर (तर मिश्रण धेरै भिन्न हुन्छ) ले भरिएको मकैको टोर्टियाबाट बनेको एक पौष्टिक हिस्पेनिक हलुका भोजन लाकोयो सेयर गरे।
एक नागरिक समाज एलिएन्जा पोर ला सालुद एलिमेन्तारिया (एलाइन्स फर हेल्थ न्युट्रिसन) ले मानिसहरुलाई जंक फूडको सट्टा पौष्टिक मेक्सिकन भोजन खान प्रोत्साहित गर्न आह्वान गरेको थियो।
रिपोर्ते इन्डिगोले लाकोयो बारे यसरी वर्णन गर्छ:
Según algunos registros, los españoles probaron los tlacoyos por primera vez en el tianguis de Tlatelolco y les gustó tanto, que incluyeron este alimento en su dieta, no sin antes agregarle productos derivados de la res y lácteos.
La composición básica de un tlacoyo es un pequeña empanada de maíz azul nixtamalizado rellena de frijoles, habas, alberjón, chicharrón o requesón. Se sirven cubiertos, a manera de complemento, con una mezcla de ingredientes como crema, queso, salsa, nopales, cebolla y cilantro.
रिपोर्ट अनुसार स्पेनिसहरूले लातेलोल्को बजारमा पहिलो पटक लाकोयो चाखे र उनीहरूलाई यत्ति मिठो लाग्यो कि यसमा गोरुको मासु र दुग्ध उत्पादनहरू थपेर लाकोयोलाई आफ्नो खानामा समावेश गरे।
लाकोयोमा मुख्यतया भिजाएर पकाइएको नीलो दानादार मकैको कचौडीमा बिन्स, लिमा बिन्स, मटर, सुँगुरको छाला वा दही पनिर मिसाइएको हुन्छ। एक परिपूरकको रूपमा लाकोयोमा क्रीम, पनीर, चटनी, क्याक्टस, प्याज र धनियाँ जस्ता सामाग्रीको मिश्रण बनाएर भोजन पस्कने गरिन्छ।
मोटोपना मेक्सिकोमा एउटा गम्भीर सार्वजनिक स्वास्थ्य चिन्ताको बिषय छ, जहाँ अधिकांश ल्याटिन अमेरिकी देशहरूको तुलनामा तैयार गरिएको खाद्य पदार्थ धेरै उपभोग हुन्छ।
एलिएन्जा पोर ला सालुद एलिमेन्तारियाले परम्परागत मेक्सिकन सन्तुलित आहारलाई छोडेर औद्योगीकृत खाद्य पदार्थ उपभोग गर्नाले मानिसहरूको वजन बढ्न सघाउ पुर्याइरहेको तर्क गरेको छ।
#RetoTacloyo को प्रोमोटरहरू उनीहरूका आधिकारिक ट्विटर अकाउन्टमा योगदान सेयर गरिरहेका छन्:
¡Al #RetoTlacoyo también se suman más allá de los límites territoriales nacionales! ?
??
Foto de @jlo517 ¡gracias! pic.twitter.com/usSrIa6uhT— Actúa por la salud (@actuaporlasalud) 20 de septiembre de 2018
फोटो: लाकोयो च्यालेन्जमा सहभागी हुनुहोस्। हाम्रो खानालाई महत्त्व दिनुहोस्। विश्व सम्पदा। अत्यधिक पौष्टिक, सस्तो, लोकप्रिय भोजन जसमा हाम्रो सन्तुलित आहारमा पाइने सबैभन्दा महत्वपूर्ण पदार्थ रहेको हुन्छ। इम्बेडेड ट्विट: विदेशमा लाकोयो … किन मेक्सिकनले लाभदायक र स्वस्थ आहारको परम्परा त्याग्ने। लिमा बिन्स र मेक्सिकन शैलीको क्याक्टस सलाद सहितको लाकोयो।
#RetoTlacoyo हाम्रो राष्ट्रिय सीमा बाहिरसम्म फैलिएको छ!
फोटो: @ jlo517 धन्यवाद! pic.twitter.com/usSrIa6uhT
#retotlacoyo estaban buenísimos pic.twitter.com/B4WujHLRNH
— rob (@robcornejo0801) 22 de septiembre de 2018
#retotlacoyo स्वादिष्ट थिए pic.twitter.com/B4WujHLRNH
#RetoTlacoyo de frijolito con nopales y salsita de cacahuate pic.twitter.com/qfpHi0ejGO
— Nats (@_IsNat) 22 de septiembre de 2018
#RetoTlacoyo बिन्स, क्याक्टस र बदामको सससँग pic.twitter.com/qfpHi0ejGO
इन्स्टाग्राम प्रयोगकर्ता nutricionycocinamx र djchrisolive पनि आह्वानमा सहभागी बने र आफ्ना फोटोहरू सेयर गरे: