- Global Voices नेपालीमा - https://ne.globalvoices.org -

राष्ट्रिय संग्रहालयको आगलागीमा आफ्नो सबैभन्दा पुरानो महत्वपूर्ण वस्तुहरु जलेर खरानी बन्दा दु:खित ब्राजिल

श्रेणी : ल्याटिन अमेरीका, ब्राजिल, कला र संस्कृति, नागरिक मिडिया, प्रकोप

अग्निनियन्त्रकहरुले घण्टौंसम्म राष्ट्रिय संग्रहालयमा लागेको आगो निभाउन प्रयास गरे। पानीको अभावको समस्या थियो। तस्विर: फेलिपको फेसबुक लाईभ [1] स्क्रीनशट।

ब्राजिलियनहरू देशको सबैभन्दा पुरानो र संभवतः सबैभन्दा महत्त्वपूर्ण, ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो प्राकृतिक तथा मानव विज्ञान सङ्ग्रह रहेको भवन राष्ट्रिय संग्रहालय [2] आइतवार ३ सेप्टेम्बरमा जलेर खरानी बन्यो [3] जुन आगो रातभरि दन्केको थियो।

राष्ट्रिय संग्रहालय १८१८ मा पोर्चुगलका तत्कालिन राजा डी. जोआओ छैटौंद्वारा रियो दि जेनेरियोमा स्थापित भएको थियो। संग्रहालय त्यही अवधिमा दरबारमा राखिएको थियो। उक्त्त स्थान १८८९ सम्म पोर्चुगाली र ब्राजिलियन शाही परिवारको निवास भएको थियो। यो स्थान जहाँ ब्राजिलको पहिलो राष्ट्रिय संवैधानिक सभा पनि आयोजना गरिएको थियो।

संग्रहालयको २०० बर्ष भन्दा बढीको इतिहासमा यसले लगभग २ करोड वस्तुहरू [4]को संग्रह गर्यो – यस वर्ष जुन महिनामा संग्रहालयको वार्षिकोत्सव मनाइएको थियो। नष्ट भएका वस्तुहरुको पूर्ण विवरण आउन बाँकी रहेको भएतापनि अमेरिकामा पाइएको सबैभन्दा पुरानो मानव जीवाश्म, प्राचीन मिश्रको कलाकृति र १८१८ मा ब्राजिलमा दासत्व उन्मूलनको सक्कली पत्र जस्ता महत्त्वपूर्ण वस्तुहरु सबै नष्ट बनेका पुष्टि भएको छ।

संग्रहालयका कर्मचारी र वैज्ञानिकहरू सहित केही व्यक्तिहरू आफ्नो ज्यान जोखिममा राखेर केही वस्तुहरु जोगाउन [5] जलिरहेको भवन भित्र पसे।

आगन्तुकहरूको संख्या प्रत्येक वर्ष घट्दै गएको भएतापनि आगलागी पश्चात अनलाइन प्रतिक्रिया जनाउनेहरू धेरै थिए – २०१७ मा राष्ट्रिय संग्रहालय भन्दा लुभ्रेको भ्रमण धेरै ब्राजिलियनहरुले गरे [6] ।

पत्रकार तथा प्रोफेसर फेलिप मिलानेजले आगो दन्किरहँदा संग्रहालयको लाईभ-स्ट्रिम [7] गरे:

एकजना ट्विटर प्रयोगकर्ताले आगोमा कुन कुन वस्तुहरु नष्ट भएको हुन सक्छन् भनेर तस्विर सहित एउटा लामो थ्रेड पोस्ट गरे [8], :

लेडीज शा-अमन-इन-सु स्कीफ। इजिप्ट, लो सिजन c. 750 BC

काराजास इन्डियन। सेरामिक डल (लिटजोको सानो प्रतिमा) कुनै मिति छैन। रिक्बाक्टस इन्डियन। रेडियल क्राउन, कुनै मिति छैन।

योरुबा जाति। फिमेल सिक्रेट सोसाइटी ग्लेन्दे मखुन्डो, कुनै मिति छैन। र त्यहाँ अझै पनि भवन छ।

फेसबुक पेज रियलिडेड सिमुलाडाले पोस्ट गरेको भिडियोमा संग्रहालयमा आगलागी हुनु अघिको हवाई दृश्य देख्न सकिन्छ।

बेपरवाहको परिणाम

दुःखद घटना पश्चात वर्षौंदेखि राष्ट्रिय संग्रहालयलाई कसरी अधिकारीहरुले बेवास्ता गरेका छन् भनेर मानिसहरुले पत्तो पाए। संग्रहालय राज्यद्वारा व्यवस्थापन गरिएको हो र संघीय विश्वविद्यालय रियो दि जेनेरियो (यूएफआरजे) ले आर्थिक सहायता कटौती गर्दै लगेको छ।

लुईसा नुनेज, विश्वविद्यालयको एक विद्यार्थीले ट्विटरमा सम्झना गरिन् कि यो २०११ देखि यूएफआरजेको भवनमा छैटौं ठूलो आगलागी थियो।

२०११ प्राया भर्मेल्ह्या दरबार
२०१२ फ्याकल्टी अफ लेटर्स
२०१४ सेन्टर फर हेल्थ साईन्सेस प्रयोगशाला
२०१६ रेक्टर निवास
२०१७ छात्रावास
२०१८ राष्ट्रिय संग्रहालय
यी यूएफआरजेको संरक्षणमा रहेका भवनहरू हुन् जसले पछिल्लो दशकमा आगलागी घटनाको सामना गर्नु परेको छ।

रियो दि जेनेरियो राज्य पनि एक अभूतपूर्व बजेट संकटको माध्यमबाट गुज्रिरहेको छ: बारुणयन्त्रका कर्मचारी सहित सार्वजनिक सेवाका कर्मचारीहरूको तलब निरन्तर कटौती भएको छ। संग्रहालय नजिकैको दुई हाइड्रान्टहरूमा पानी थिएन, त्यसैले अग्निनियन्त्रकहरूले नजिकैको तालबाट पानी पम्प गरेर कामचलाऊनु परेको थियो जसले गर्दा ४० मिनट काममा ढिलो हुन गएको [16] थियो।

स्थानीय अखबार फोल्हा दि एस पाउलो [17]ले मे २०१८ को एउटा लेखमा संग्रहालयको वार्षिक बजेट करिब ५००,००० रियास (१२५,००० अमेरिकी डलर) रहेकोमा गत चार वर्षमा उल्लेखनीय कटौती गरेको उल्लेख गर्यो। ट्विटर प्रयोगकर्ता ड्यान पिम्पाओले २०१३ देखि संग्रहालयको बजेट कति कटौती गरिएको छ भनेर देखाउने ग्राफ पोस्ट गरेका छन्:

२०१३ देखि २०१८ सम्मको राष्ट्रिय संग्रहालयको बजेट। तपाईं आफै विश्लेषण गर्नुहोस् र आफ्नै निष्कर्ष निकाल्नुहोस्।

संग्रहालयमा आगलागी। तस्विर-फेलिप मिलानेज, अनुमति लिएर प्रयोग गरिएको।

संग्रहालयको २०० औं वार्षिकोत्सवमा, व्यवस्थापनले माक्साकालिसोरको कंकाल, ब्राजिलमा एसेम्बल गरिएको पहिलो ठूलो डायनासोर संग्रह कोठा पुनः खोल्नको निमित्त क्राउडफन्डिङ अभियान [20] शुरू गर्यो। ३० हजार रियासको सुरुवात लक्ष्यबाट ५८ हजार रियास जम्मा भयो – तथापि चाहिएको १ लाख रियास जुटाउनु हुनेछ।

प्राध्यापक स्टेभेन्स रेहन फेसबुकमा टिप्पणी गरे [21]:

Na festa dos 200 anos, nenhum ministro de estado compareceu. O orçamento despencou de R$ 531 mil em 2013, para R$ 54 mil em 2018.

Esse ano todo o investimento do governo no Museu Nacional foi o equivalente a 1/4 do que cada deputado de Brasília recebe por mês somente para contratar assessores.

२०० औं वार्षिकोत्सव पार्टीमा कुनै राज्य मन्त्रीको उपस्थित थिएन। बजेट २०१३ मा ५३१,००० रियासबाट २०१८ मा ५४,००० रियासमा झर्यो।

यस वर्ष राष्ट्रिय संग्रहालयमा सरकारको कुल बजेट प्रत्येक व्यवस्थापिका सभा सदस्यले सल्लाहकार नियुक्त्त गर्दा लाग्ने बजेटको एक चौथाई बराबर छ।

एक ट्विटर प्रयोगकर्ताले अन्य सरकारी खर्चसँग उक्त्त बजेटको तुलना गरे:

राष्ट्रिय संग्रहालयको वार्षिक बजेट: – ३० चुनाव प्रचार
– माराकाना रंगशालाको मर्मत लागतको ०.०००४%
– १ संघीय न्यायाधीशको प्रति वर्ष खर्च
– ३ वर्ष अघि सीनेटको कार्पेट फेर्दा परेको लागत।
– सर्जियो कैब्रालको गहना संग्रहको कानमा लगाउने टर्मालिन गहनाको मूल्य [रियो दि जेनेरियोका पूर्व राज्यपाल, भ्रष्टाचारको आरोपमा हाल कारागारमा]

संग्रहालयले अग्नि सुरक्षा योजना लागू गर्नको लागि नेशनल बैंक अफ इकोनोमिक एन्ड सोसियल डेभलपमेन्ट मार्फत अतिरिक्त स्रोत प्राप्त गर्ने क्रममा थियो। पहिलो किस्ता अक्टोबरमा निकासा हुने [23] थियो।

पत्रकार ब्रेलीर पिरेजले जलिरहेको भवन देख्दा पनि केही गर्न नसकेका ब्राजिलियनका मनोभाव प्रस्तुत गरेका छन्:

राष्ट्रिय संग्रहालयको आगलागी देशको कठोर दृष्टान्त हो जसले विज्ञान, ज्ञान र सबैभन्दा महत्वपूर्ण इतिहासलाई उपेक्षा गर्दछ।