जुलाई १६,२०१८ का दिन संसारभरका नेटिजेनले अकिरा [2]प्रदर्शनको तीसऔं वर्षगाँठ मनाए, एक अभूतपूर्व चलचित्र जसले क्रान्तिकारी परिवर्तन ल्यायो [3] र एनिमेसनलाई अँगिकार गर्न प्रेरित गर्यो [4] । यस उत्सव मनाउन जापानी तथा अन्य देशका प्रशंसकहरूले चलचित्रको आफ्ना मनपर्ने दृश्यहरू सेयर गरे-तीस वर्षदेखि अहिलेसम्म पनि किन अकिरा यति धेरै मानिसहरूका लागि चित्ताकर्षक बनिरहेको छ।
अकिरा लेखन तथा निर्देशन १९८८ मा ओतोमो कात्सुहिरो [5]ले गरेका थिए जो पहिलेदेखि नै जापानमा प्रसिद्द मांगा कलाकार थिए। उनका लोकप्रिय मांगा सीरीजको आधारमा त्यहीँ नाम [6]मा सुरुमा मासिक धारावाहिक रूपमा १९८२ देखि प्रकाशित गरिएको थियो।
कथा विनाशकारी परमाणु घटनापछिको नियो टोकियो (पोस्ट अपोक्यालिप्टिक नियो-टोकियो) २०१९ को हो, एक तानाशाही राज जहाँ विरोध दबाइन्छ, भ्रष्टाचार अनियन्त्रित रुपमा चल्दछ र कानूनी शासनको नाममा भ्रम मात्र फैलाइन्छ। वाल्यकालदेखिको साथी कानेदा र तेत्सुओ मोटरसाइकल चढ्ने एउटा स्थानिय गुटको नेतृत्व गर्दछन्, मोटरसाइकल दुर्घटनाले तेत्सुओमा शक्तिशाली अलौकिक क्षमता जागृत गराउँदछ, उनीहरूको सम्बन्धमा चिसोपना र उनीहरूमाथि शासन गर्ने मजबूत सैनिकको निमित्त खतरा सावित हुँदै।
युद्धपछिको जापानी पप संस्कृतिमा पाइने वास्तविकता, जब १९४५ मा संयुक्त राज्य अमेरिकाले जापानी शहरहरू हिरोशिमा र नागासाकी [7]मा परमाणु बम खसाल्दा दुई आक्रमणमा तत्कालै कम्तीमा २ लाख मानिसहरू मारिए, जस्तै अकिराको विषयवस्तुले वास्तविक जीवनको घटनाहरू विनाश, निराशा र प्रतिरोध क्षमता प्रतिध्वनित गर्दछन्।
मांगा सीरीज र १९९८ को चलचित्र दुबै साइबरपङ्क टुर-डे-फोर्स हुन् जहाँ एम्फेटामाइन-पपिङ, मोटरसाइकल पंक, परिष्कृत सैन्य हार्डवेयर र ट्रान्सह्युमानिज्म पनि समावेश हुन्छन्।
चलचित्रमा विस्फोटक उथलपुथल [8]ले जून १६,१९८८ मा नियो टोकियोको जन्म भयो। वास्तवमा चलचित्र पनि यही मितिमा रिलीज भएको थियो र यो वार्षिकोत्सव जापान लगायत विश्वभर मनाईयो।
Happy Birthday AKIRA for the 30th anniversary ?? ?#AKIRA [9] #アキラ [10] #AKIRA_Animation_30th_Anniversary [11] pic.twitter.com/mLopBI1RY7 [12]
— じょお (@llJooHll) July 17, 2018 [13]
३० औं वर्षको जन्मदिनको शुभकामना अकिरा। #AKIRA,# ア キ ラ,# AKIRA_Animation_30th_Anniversary
On this day, July 16th of 1988, Akira destroyed the original Tokyo. Highly recommended movie, a timeless classic and an absolute work of art. pic.twitter.com/89wqjGyght [14]
— Niche Gamer (@nichegamer) July 16, 2018 [15]
आजकै दिन जुलाई १६, १९८८ मा अकिराले मौलिक टोकियो ध्वस्त पार्यो। हेर्नै पर्ने चलचित्र, उत्कृष्ट र पूर्णतया सृजनात्मक कला।
ह्यासट्याग #AkiraWeek [16] मा विश्वव्यापी अनलाइन उत्सवको रुपमा जापान टाइम्सले अकिरा प्रति समर्पित लेखहरूको एक श्रृंखला [17] पप संस्कृति लेखक माट श्ले [18]को अगुवाईमा निर्माण गर्यो। शृंखलाको एक लेखमा श्लेले फिल्म बुझ्न सजिलो होस् भन्ने हेतुले जापान टाइम्सका पाठकहरूलाई केही उपयोगी आवश्यक शब्दावली सहित बाइकर पंक जस्तै जापानी भाषा कसरी बोल्ने [19]भन्ने बारेमा वर्णन गर्छन्:
That film, and the manga that inspired it, are set in the far-flung year of 2019, when Tokyo has been destroyed by a 新型爆弾 (shingata bakudan, new type of bomb) that started 第三次世界大戦 (Daisanji Sekai Taisen, World War III). Rebuilt as the dystopian ネオ東京 (Neo-Tokyo), the megalopolis is populated by corrupt politicians, revolutionaries, 超能力者 (chōnōryokusha, those with psychic powers) and teenage 暴走族 (bōsōzoku, motorcycle gangs).
त्यो चलचित्र र मांगा जसले चलचित्रलाई प्रेरित गर्यो, २०१९ भन्दा धेरै पहिले तैयार गरिएका हुन्, जब टोकियो तेस्रो विश्व युद्द दाइसान्जी सेकाइ ताइसेन (第三次世界大戦) मा नयाँ प्रकारको बम शिंगता बाकुदान (新型爆弾) ले ध्वस्त भएको छ। आतंक व्याप्त काल्पनिक समाजネオ東京 (नियो टोकियो) को रुपमा पुनर्निर्माण गरिएको ठूलो शहरमा भ्रष्ट राजनीतिज्ञहरू, क्रान्तिकारीहरू, 超能力者 (चोनोर्योकुशा, अलौकिक शक्ति भएका) र किशोरहरूका 暴走族 (बोसोजोकु, मोटरसाईकल समूह) बसोबास छ।
श्रृंखलाको अर्को लेखमा [20] श्लेले अकिरा अभूतपूर्व हुनाको केही प्राविधिक पक्ष बारे भन्छन्:
“Akira” was painted digitally — a revolutionary step at the time — on a PC with a 12 megahertz processor and a handmade heat diffuser that, Oliff wrote, “chugged like an old farm truck.” Initially, the colorist sent drafts to Otomo for approval, but eventually, the “Akira” creator told Oliff he trusted him with it completely. In an interesting cross-cultural moment, Epic’s colorized version was converted back into Japanese and released in Japan soon thereafter.
१२ मेगाहर्ट्जको प्रोसेसर तथा हाते ताप प्रसारक भएको पीसीमा “अकिरा” डिजिटल रुपमा चित्रित गरिएको थियो जुन त्यस समयको एउटा क्रान्तिकारी कदम थियो। ओलिफले लेखे खेतको पुरानो ट्रक गुड्दा एकनासले सुस्तरी आउने आवाज जस्तै।सुरुमा चित्रकारले अनुमोदनका लागि ओतोमोलाई ड्राफ्ट पठाए तर अकिरा निर्माताले ओलिफलाई उनी प्रति पूर्ण विश्वास रहेको बताए। एक रोचक भिन्न सांस्कृतिक महत्वमा कथाको रंगीन संस्करण जापानीमा परिवर्तित गरिएको थियो र त्यस पश्चात चाँडै जापानी भाषामा रिलीज गरियो।
धेरै प्रशंसकहरूका लागि चलचित्रमा प्रयोग भएको उत्कृष्ट दृश्य शैलीको कारण अकिरा यादगार बनेको छ:
AKIRA (1988) is an animated masterpiece. It is completely mindblowing how much work must have gone into some of the animated sequences and backgrounds. pic.twitter.com/yOdyJywA9B [21]
— Rocket Adrift (@RocketAdrift) August 13, 2018 [22]
अकिरा उत्कृष्ट एनिमेटेड चलचित्र हो। यो अद्भुत छ, एनिमेटेड दृश्य र चित्रको पछाडिको भाग तयार गर्न कति मेहनत लाग्यो होला।
ट्विटरमा भाईरल बनेको थ्रेडमा एकजना अकिरा प्रशंसकले कुन कुराले चलचित्रको एनिमेसनलाई आकर्षक बनायो भन्ने कुरा ध्यानपूर्वक विचार गरे:
Alright, let's take a closer look at some of these pencil tests from Akira! Look at this amazing tracking shot! That tunnel! I bet a lot of folks assume this was 3D CGI but NOPE. It was hand drawn!#Akira [23] #Akira30 [24] #アキラ [10] #PencilTest [25] #2DAnimation [26] #Sakuga [27] pic.twitter.com/Vf92OKkvZn [28]
— Art-Eater ➡⬇↘?? (@Richmond_Lee) July 20, 2018 [29]
ठीक छ, अकिराको केही पेन्सिल टेस्ट ध्यानपूर्वक हेरौं! यस आश्चर्यजनक दृश्यलाई हेर्नुहोस्।त्यो सुरुङ निश्चय पनि धेरैले यो थ्रीडी सीजीआइ भन्ठान्नेछन् तर होइन। यो हातले बनाइएको थियो।
There's dozens of individually interesting animations happening in here, but they flow together so cohesively. All the motions are actually very gentle, but their combined effect is incredibly unsettling.#Akira [23] #Akira30 [24] #アキラ [10] #PencilTest [25] #2DAnimation [26] pic.twitter.com/L5XgYvmmqc [30]
— Art-Eater ➡⬇↘?? (@Richmond_Lee) July 20, 2018 [31]
यहाँ व्यक्तिगत रूपमा आकर्षक लाग्ने दर्जनौं एनिमेसन छन्, तर तिनीहरू एकसाथ निरन्तर रुपमा बग्दछन्। सम्पूर्ण गति वास्तवमा स्थिर छ तर संयुक्त प्रभाव अविश्वसनीय रूपले अस्थिर छ।
मांगा र एनिमेटेड फिल्मको चित्र सार्वजनिक स्थलमा पनि राखिएका देखिए, एक ट्विटर प्रयोगकर्ताको शब्दमा:
渋谷にて
デカイ鉄雄
スクリーントーンの削りや
モアレがまた良いですな。#アキラ [10] pic.twitter.com/TZ7AWLo87T [32]— shigehico (@msomohico) August 14, 2018 [33]
टोकियो, शिबुया स्थित भीमकाय तेत्सुओ (मांगा सिरिज र एनिमटेड फिल्मको मुख्य प्रतिद्वन्दी पात्र) को स्क्रीनटोन। मलाई मोइर प्याटर्न टेक्निक आँफैलाई मनपर्छ।
संसारभरका धेरै मानिसहरूको लागि अकिराको कथा र विषयवस्तुहरू विचारोत्तेजक भैरहने छन्।
“In 1988, Akira looked and sounded like nothing I’d ever seen. It was long, yet insanely fast. And by the end of it, I had no more of a clue what it was about than I had done at the start.”@DavidBennun [34] on 30 years of anime’s blockbuster masterpiece.https://t.co/hni0NJCEyv [35] pic.twitter.com/MWA5bbB505 [36]
— The Quietus (@theQuietus) July 8, 2018 [37]
“१९८८ मा अकिरा मैले कहिल्यै नदेखेको वस्तु जस्तो प्रतीत हुन्थ्यो। यो लामो भएतापनि थाहै नपाई सकिन्थ्यो। यसको अन्त्यसम्म पनि मैले सुरुमा के गरेको थिएँ बाहेक यो के को बारेमा थियो भन्ने चाल पाइँन”।@DavidBennun एनिम्सको ३० वर्ष, ब्लकबस्टर उत्कृष्ट कार्य।
अकिराको तीसऔं वर्षगाँठको अवसरमा प्रकाशित निवन्धमा निवन्धकार [38]डेभिड बेनुन लेख्छन् [35]:
What I now grasp is that it was, and is, different in Japan. For the simple and very good reason that Japan was, and is – and we can only hope remains – the only nation to have actually experienced nuclear warfare.
अहिले मैले बुझेको के हो भने यो जापानमा फरक थियो र छ। यसको कारण के हो भने हामीले रहलपहल मात्र आशा गर्न सक्दछौं – वास्तवमा परमाणु युद्धको अनुभव गर्ने एकमात्र राष्ट्र जापान थियो र छ।
तपाईं ह्याशट्याग# ア キ ラ [10], #Akira [23], #Akira30 [24], र #AKIRA_Animation_30th_Anniversary [11] मा अकिराको थप समीक्षा हेर्न सक्नुहुन्छ।
अकिराको कथावस्तु र पात्रहरुको समीक्षाको लागि प्रशंसकद्वारा बनाइएको फिल्मको अंग्रेजी-भाषा ट्रेलर यहाँ प्रस्तुत गरिएको छ।