- Global Voices नेपालीमा - https://ne.globalvoices.org -

ग्लोबल भ्वाइसेज शिखर सम्मेलन २०१७, कोलम्बो, श्रीलङ्काबाट: इन्टु द डीप पोडकाष्ट

श्रेणी : दक्षिण एशिया, श्रीलङ्का, नागरिक मिडिया, मानव अधिकार, यात्रा, Global Voices Podcast

डिसेम्बर २०१७ मा, श्रीलङ्काको कोलम्बोस्थित एक होटलको गेम रूममा – जहाँ ध्वनिको राम्रो व्यवस्था थियो – त्यही समयमा बाहिर आँधी बेहरी चल्न शुरु भएको थियो – विश्वभरबाट ग्लोबल भ्वाइसेजका दश योगदानकर्ताहरू अन्तर्राष्ट्रिय मित्रता, अन्तर-सांस्कृतिक सहयोग र समुदायको महत्त्वबारे छलफल गर्न भेला भए।

विश्वका ६० देशहरूका सयौं लेखक, अनुवादक तथा सम्पादकहरूमध्ये यिनीहरू दुई वर्षे ग्लोबल भ्वाइसेज शिखर सम्मेलनमा मिडिया, समुदाय र संगठनको भविष्यबारे चर्चा गर्नका लागि माउन्ट लैविनिया होटलमा एकत्रित भएका थिए।

ग्लोबल भ्वाइसेजको पोडकाष्ट इन्टु द डीपमा हामीहरू यस्ता प्रसंगबारे चर्चा गर्छौ जसले मिडियामा चाहिए जति कवरेज पाएको हुँदैन। यस पोडकाष्टमा हामी तपाईंलााई ग्लोबल भ्वाइसेज शिखर सम्मेलनको झझल्को दिंदैछौ।

ग्लोबल भ्वाइसेज भावुक व्यक्तिहरूको अन्तर्राष्ट्रिय सञ्जाल हो जसले अनलाइन क्षेत्रमा हुने कुराकानीहरूमा नजर राख्छन्। १६७ देशहरूमा रहेका हाम्रा १४०० भन्दा धेरै, अधिकतम स्वयंसेवकहरूले यी देशका कथाहरू लेख्छन् र ३० भन्दा बढी भाषामा अनुवाद गर्छन्। सन् २००५ देखि हामी हाम्रा डिजिटल रिपोर्टमार्फत संसारभरि समझदारीको सेतु बनाउन मद्दत गर्छौ।

एपिसोडमा हामीले क्रियटिभ कमन्स लाइसेन्स अन्तर्गत केभिन म्याकलियोडको संगीत राइट अफ प्यासेज [1], क्वासी मोशन [2] तथा टिकोपिया [3] प्रयोग गरेका छौं।

फिचार इमेजका रूपमा हामीले कोलम्बोमा आयोजित ग्लोबल भ्वाइसेज शिखर सम्मेलनका बेला फारिस आदमले खिचेको सेल्फी प्रयोग गरेका छौं। अनुमतिमा प्रयोग गरिएको।