विश्व क्षयरोग दिवस [2] मार्च २४ तारिखमा पर्छ । विश्वका सरुवा रोग मध्ये क्षयरोग एक प्रमुख सरुवा रोग हो र विश्वको करिब एक तिहाई जनसंख्या [3] –२.४ अर्बभन्दा बढि मानिस क्षयरोगबाट प्रभावित छन् । विश्व स्वास्थ्य संगठनको तथ्यांक [4] अनुसार, भारत क्षयरोगले प्रताडित देश हो र यस रोगबाट अघि बढ्न पर्याप्त मात्रामा कदम नचालिएको धेरैले महसुस गरेका छन् ।
भारतमा क्षयरोग लागी बाँचेकाहरूको अगुवाइमा संचालित सर्वाइवर्स अगेन्स्ट टिबी (क्षयरोग विरुद्ध बाँच्नेहरू – SATB) नामक वकालत गर्ने समूहले भारतको क्षयरोग विरुद्ध लडाइलाई सुदृढ गर्ने काम गरिरहेका छन् । उनीहरूको पछिल्लो प्रयत्न बेटा भर्जनको नि:शुल्क एप टिबी सम्बन्धि कुराकानी [5] (टीबी पे चर्चा) हो । यो बिरामीलाई शिक्षा दिने एक बहुभाषिक कार्यक्रम हो जसमा बिरामीहरूका लागि शिक्षामा आधारित चलचित्र समेटिएका छन् र यी एप, यूट्युब [6] एवं बिरामीहरूका लागि सहयोगी एपमा उपलब्ध छन् । चलचित्रका साथसाथै यो एप हिन्दी, मराठी, गुजराती र मलायलम गरी चार भाषामा उपलब्ध छ ।
#Tuberculosis [7] is one of the three main killer infectious diseases, along with malaria and HIV/AIDS. TB kills one person every 18 seconds, yet the disease can be prevented, treated and cured #WorldTBDay2018 [8] pic.twitter.com/xyJ0xgJFMA [9]
— MSF INDIA (@MSF_Ind) March 20, 2018 [10]
३ मुख्य मृत्यु गराउने संक्रमित रोगमध्ये मलेरिया र एचआईभि सहित क्षयरोग एक हो । प्रत्येक १८ सेकेन्डमा क्षयरोगले एक जना मर्ने गर्छ, तर यस रोगबाट बच्न, यसको उपचार गर्न र रोगीलाई निको पार्न सकिन्छ ।
भारतमा क्षयरोग
९६ लाख विश्वव्यापी टिबीका मामिलामध्ये भारतमा [11] मात्र २२ लाख टिबीका मामिला छन् । प्रत्येक वर्ष यस रोगले गर्दा २४ अर्ब डलर खर्च पर्छ जसले गर्दा भारतमा निरन्तर गम्भीर स्वास्थ्य र आर्थिक संकट निम्तिने गरेको छ।
भारतमा प्रशस्त मात्रामा बिरामीहरूका लागि क्षयरोग विरुद्ध लड्न प्रचार र विद्यमान सहयोग नपुगेको [13] धेरैले महसुस गरेका छन् । हफिङटन पोष्टमा डा. मधुकर पाईले भारतमा क्षयरोग विरुद्ध लड्नु पर्ने चुनौतीहरू [14]बारे भन्नुभयो:
India also has the highest number of patients [15] with multidrug-resistant TB in the world, including cases nearly impossible to cure.
Although India has the world's largest TB epidemic, quality of TB care remains suboptimal [16], especially in the private and informal sector, where most patients seek initial care. The average TB patient is diagnosed only after several months [17] and seeing multiple providers, most of whom do not follow standard guidelines [18]. Most patients who start treatment are not tested to see if their TB is drug resistant.
Apart from poor care [18], TB in India is fueled by broader socioeconomic factors, including extreme poverty, high prevalence of malnutrition, smoking, and diabetes.
भारतमा धेरै मात्रामा बिरामीहरू [15] क्षयरोग विरुद्ध विभिन्न थरीका औषधी खानु पर्ने तथा झण्डै निको नहुने अवस्थामा छन् ।
भारतमा विश्वको सबैभन्दा ठूलो क्षयरोगको महामारी भए तापनि बिरामीहरू प्रारम्भिक सेवा लिन आउने प्राय: निजि तथा अनौपचारिक क्षेत्रमा क्षयरोगको सेवा कम गुणस्तर [16]को छ। टिबीको औसत बिरामी निदान केही महिनापछि [17] र धेरै हेरिसकेपछि र प्राय: मापदण्ड निर्देशिका पालन नगर्ने [18] बिरामीहरू मात्र हुन्छन्। धेरै बिरामीहरूको उपचारको शुरुवात गरे पनि टिबी औषधी प्रतिरोधक हो कि हैन भनेर परिक्षण गर्दैनन् ।
अपर्याप्त हेरचाह [18]को अलावा चरम गरिबी, कुपोषणको उच्च व्यापकता, धुम्रपान र मधुमेह सहितका व्यापक सामाजिक आर्थिक कारकले गर्दा भारतमा टिबी झन फैलिएको छ।
भारतमा पोषण, गरीबी र टिबी एक सँग जोडिएका छन् । टिबीबाट प्रभावित मानिसहरूले रोग निदान गर्न तथा उपचार गर्न निकै नै खर्च हुने र आयको ह्रास हुने जस्ता स्वास्थ्य सेवासँग जोडिएका गम्भीर आर्थिक बाधाहरूको बारम्बार सामना गर्दछन् । सबै रोगीहरूलाई ५०० रूपैयाँ (अमेरिकी डलर ८) को मासिक नगद लाभको लागि स्वास्थ्य मन्त्रालयले गरेको प्रस्ताव [19]ले प्रतिरोधको सामना गर्दैछ ।
देशबाट टिबी हटाउन भारतीय सरकारले धेरै कदम [20] चालेको छ । भारतमा टिबी हेरचाहको स्तर विकास गर्ने यस कदममा दैनिक औषधीबाट उपचार गर्ने व्यवस्था, सुक्ष्म र औषधी-संवेदनशीलता परीक्षण लागु गर्ने जस्ता कार्य समावेश [21] छन्। भारत सरकारले टीबीलाई एक सूचनीय रोग [22] उल्लेख गरेको छ। यस अन्तर्गत हावाको माध्यमबाट सर्ने यस रोगको हरेक मामिलाको सबै निजी चिकित्सकहरू, हेरचाह गर्ने व्यक्तिहरू र टीबीद्वारा पीडित रोगीको उपचार गर्ने सबै क्लिनिकहरूले प्रतिवेदन पेश गर्नु पर्ने हुन्छ।
Tackling TB: @MoHFW_INDIA [23] issues notification criminalising non notification of Tuberculosis. Docs, chemists can face jail up to 2 years under IPC Sections 269, 270 for not reporting TB cases to local health authorities @ddgtb2017 [24] @JPNadda [25] @PMOIndia [26] @thetribunechd [27]
— Aditi Tandon (@anshumalini3) March 21, 2018 [28]
टिबी नियन्त्रणका लागि: @MoHFW_INDIA ले क्षयरोगको सूचना नदिनुलाई आपराधिक भनी नोटिस जारी गरेको छ। स्थानीय स्वास्थ्य अधिकारीहरूलाई टिबी केस सम्बन्धि प्रतिवेदन पेस नगरेमा डाक्टर,औषधी विक्रेताहरूलाई आईपीसी खण्ड २६९, २७० मातहत २ वर्षसम्म जेल चलान हुनसक्नेछ
१३ मार्च २०१८ मा, भारतीय प्रधानमन्त्री नरेंद्र मोदीले सन् २०२५ सम्म भारतबाट टीबी हटाउन महत्वाकांक्षी अभियान [29] शुभारम्भ गर्नु भयो । विश्वव्यापी निर्धारित मिति भने सन् २०३० सम्म हो ।
Sharing my remarks at the ‘Delhi End-TB Summit.’ During the programme we also launched the TB Free India movement. https://t.co/uQSDUdAqyt [30] pic.twitter.com/CUWRm8qNIL [31]
— Narendra Modi (@narendramodi) March 13, 2018 [32]
दिल्ली टिबीको-अन्त्य शिखर सम्मेलनमा मेरो विचारहरू राखें । कार्यक्रमको दौरान हामीले टीबीरहित भारत आन्दोलन पनि शुभारम्भ गर्यौ ।
Govt of India commits to eliminate TB by 2025. India alone accounts for 25% of global TB cases.Govt of Uttar Pradesh, catering to 220 million citizens is committed to lead the country’s campaign against TB through universal access to quality diagnosis & treatment for all
#UPvsTB [33] pic.twitter.com/OWlqvbD59T [34]— Pooja Bhatt (@PoojaB1972) March 15, 2018 [35]
सन् २०२५ सम्म भारत सरकारले टिबीको अन्त्य गर्नको लागि प्रतिबद्धता जाहेर गरेको छ । भारतमा मात्रै विश्वको २५% टिबी मामिलाहरू देखिएका छन् । उत्तर प्रदेश सरकार आफ्ना २२ करोड नागरिकहरूलाई उच्च कोटिको निदान र सबैका लागि उपचारमा सर्वव्यापी पहुँचको माध्यमले भारतको टीबी विरुद्ध अभियानको नेतृत्वका लागि प्रतिबद्ध छ ।
तर रिपोर्टहरू [36]ले भारतको यस लक्ष्यमा शंका गरेका छन् किनकि भारत आफ्नो राष्ट्रिय ह्रास दरमा पछि परेको छ । धेरैले यस चुनौतीलाई निराकरण गर्न सरकारी र गैरसरकारी क्षेत्रहरूबाट धेरै प्रयासहरू आवश्यक रहेको महसुस गरेका छन्।
Community mobilisation is key to ending TB. We can't fight alone, we need to fight together: GCTA CEO @blessi_k [37] @SpeakTB [38] @MoHFW_INDIA [23] @StopTB [39] @TBHDJ [40] @GHS [41] pic.twitter.com/nOBuY9lryR [42]
— Global TB Coalition (@G_C_T_A) March 12, 2018 [43]
टिबी अन्त्य गर्न सामुदायिक परिचालन जरूरी छ। हामी एक्लै लड्न सक्दैनौँ, हामी सँगै लड्न आवश्यक छ।
सन् २०१८ फेब्रुअरीमा मुम्बईमा स्वतन्त्र रूपमा आयोजित टेड कार्यक्रममा मुम्बईमा बस्ने चिकित्सक र अध्ययनकर्ता डा जरिर उडवाडिया [44] यस रोग तथा यसलाई नियन्त्रण गर्न भारतले गरेको संघर्षबारे भन्छन्:
वहाँले यस भिडियो [45]मा प्रत्येक मिनेट यस रोगले एकजना भारतीयको मृत्यु हुन्हुने गरेको बताउँछन् र यस्ता बिरामीको कथा सुनाउछन् जो पूर्ण रूपमा औषधि-प्रतिरोधी-क्षयरोगले (TDR-TB) ग्रस्त भेटिएका थिए।
धेरै जसोलाई टिबी बिरामीको स्थिति बुझ्न कठिन हुन्छ जबसम्म बिरामी/निको भएकाहरूले आफैं भनिदिदैनन् । गत वर्ष मुम्बाईको TEDxGSMC [46] कार्यक्रममा जनस्वास्थ्य विशेषज्ञ, धावक, साईक्लिस्ट तथा पर्वतारोही डा सौरभ राणे आफू २० वर्षको हुँदा अत्यन्तै औषधि-प्रतिरोधी-क्षयरोगले (XDR TB) ग्रस्त भएको थाहा पाए पश्चात् कसरी परिवर्तन भएकोबारे बताउनु [47] भयो । यस भिडियोमा डा राणेले आफू यस रोगलाई कसरी सामना गरेको र हरेक व्यक्तिका लागि यस रोगको निदान, सही रूपमा उपचार र जीवन बचाउने औषधीहरू उपलब्ध गराइनु पर्ने बारे पैरवी गर्छन्।
टिबी विरुद्ध टिबी लागी बाँचेकाहरू
अगस्त २०१६ मा सुरु भएको सर्वाइवर्स अगेन्स्ट टिबी [48] (टीबी विरुद्ध बाँच्नेहरू – एसएटीबी) नामक आन्दोलन टिबी लागी बाँचेकाहरूको अगुवाइमा संचालित छ र यस समूहले भारतलाई क्षयरोग विरुद्ध लड्न सघाइरहेका छन्। टिबी लागी बाँचेकाहरूले टिबीबाट बच्न गरेका संघर्ष र उनीहरूको अनुभव अनुसार भारतमा टिबी नियन्त्रन र रोकथाम प्रभावकारी गर्न रोगी केन्द्रित कदमको लागि उनीहरू पैरवी गर्छन् । जनस्वास्थ्य विशेषज्ञ र स्तम्भकार चपल मेहराले यो काम संचालन तथा व्यवस्थापन [49] गर्दै आएका छन्।
India has 2.2 million cases of #Tuberculosis [7]
An average TB patient consumes 14600 pills to cure it.
To take in it #SurvivorsAgainstTB [50] is born. What do they provide? … It's HOPE! #TEDxGateway [51] @foodrecyclebin [52]— Monis Khan (@ItsMonis) February 4, 2018 [53]
भारतमा २२ लाख टिबीका मामिला छन्। टिबी बिरामीले रोग निको पार्न औसतमा १४६०० पिल्स खाने गर्छन् । यसको सामना गर्न#SurvivorsAgainstTB [50]को जन्म भएको छ। तिनीहरूले के गर्छन् त?… यो आशाको दियो हो !
सन् २०१७ मा, सर्वाइवर्स अगेन्स्ट टिबीले क्षयरोग सम्बन्धि पहिलो हिंदी डिजिटल इन्टरफेस सुरू गर्यो [54]। पोर्टलको उद्देश्य क्षयरोगबाट प्रभावित समुदायहरूलाई रोगको बारेमा महत्त्वपूर्ण जानकारी प्रदान गरेर सहयोग पुर्याउनु [54] हो । यस प्लेटफार्मको अर्को विशेषता कैंयन् क्षयरोगबाट बचेकाहरूलाई प्रोफाइल गर्नु हो। उनीहरूले टिबीको उपचार, यस सम्बन्धित मानसिक स्वास्थ्य, लैंगिक समस्या र लाञ्छनाको बारेमा कथाहरू र सूचनाहरू फैलाउन मद्दत गर्दछन् ।
माथिल्लो भिडियोमा, मुम्बईमा एमडीआर-टीबी (बहु-औषधी प्रतिरोधी टीबी) बाट बाँचेकी दीप्ति चवणले हिन्दी भाषामा क्षयरोग विरुद्ध आफ्नो लडाइँको कथा बताउँछिन्।
गत वर्ष एसएटिबीले भारतमा नाइन लाइभ्स – वीमेन एण्ड ट्युबरकुलोसिस इन इण्डिया [55] (नौ जीवन-महिला र भारतमा क्षयरोग) भन्ने पुस्तक लोकार्पण गरे जसमा क्षयरोगबाट बच्ने ९ जना महिलाहरूले भोगेका भेदभाव र लाञ्छनाको बावजुद क्षयरोग विरुद्ध पाएको सफलता प्रोफाइल गरिएको छ।
एसएटिबीको टकिंग टिबी एपले टीबीसँग सम्बन्धित महत्वपूर्ण समस्याहरूको बारेमा साइड इफेक्ट, लाञ्छना, पोषण र उपचार सहितको जानकारी प्रदान गर्छ ।
https://t.co/KXH3tEkx2Z [56] – A multilingual patient education program comprising films and an app. Watch our #Malayali [57] protagonist talk about the importance of #TB [58] treatment and completion. Share widely #TalkingTB [59] @ChapalMehra [60] @WSJ [61] @nytimes [62] @TIME [63] @VidyaKrishnan [64] @shibuvij [65] @StopTB [39] pic.twitter.com/xmeRwmdRxa [66]
— Survivors Against TB (@SATB1231) March 20, 2018 [67]
टकिंगटिबीडटकम – चलचित्र र एप समावेश भएको बहुभाषी रोगीलक्षित शैक्षिक कार्यक्रम । हाम्रो #Malayali नायकले #TB उपचार र समाप्तिको महत्वबारे कुरा गरेको हेर्नुहोस्। यसलाई व्यापक रूपमा सेयर गर्नुहोस्।
When a #TB [58] patient decides to speak, the world is forced to listen. https://t.co/KXH3tEkx2Z [56] – India's first multilingual Patient Education Program, led by survivors to offer information to TB. @VidyaKrishnan [64] @RPrasad12 [68] @menrao [69] @scroll_in [70] @SrBachchan [71] @RonnieScrewvala [72] @thewire_in [73] pic.twitter.com/mvwcGEmEiu [74]
— Survivors Against TB (@SATB1231) March 19, 2018 [75]
जब #TB रोगीले बोल्न निर्णय गर्दछ, यो संसार सुन्न बाध्य हुन्छ। टकिंगटिबीडटकम – भारतको पहिलो बहुभाषी रोगीलक्षित शैक्षिक कार्यक्रम, टिबी लागी बाँचेकाहरूको नेतृत्वमा टिबीको जानकारी प्रदान गर्न ।
भारतमा टीबी विरुद्ध लड्न अन्य संस्थाहरूले पनि धेरै प्रयास गरेका छन् ।
“#TB [58] survivors release report identifying key issues patients face” Tuberculosis – India's Ticking Time Bomb- The Survivors’ Manifesto https://t.co/UMNtgrhYUk [77] @ChapalMehra [60] @doctorsoumya [78] @deepticomesback [79] @foodrecyclebin [52] @bsindia [80] @WHOSEARO [81] @DrSinghAtAIIMS [82] @shibhu [83]@paimadhu [84] @acftbup [85] pic.twitter.com/eYq7kQAhIq [86]
— Survivors Against TB (@SATB1231) March 22, 2018 [87]
“#TB लागी बाँचेकाहरूले बिरामीहरूले सामना गर्ने मुख्य मुद्दाहरू पहिचान गरेको प्रतिवेदन प्रकाशन” ट्युबरकुलोसिस – इण्डियाज टिकिङ टाइम बम – द सर्वाइवर्स म्यानिफेस्टो
Mumbai, which suffers so terribly from TB and drug-resistant TB, lights up red to #EndTB [88]. Dynamic local TB program going all out! @ddgtb2017 [24] @DrRaghuramRao [89] @arunkjhaies [90] @StopTB [39] @MoHFW_INDIA [23] @GHS [41] @sreenivas_nair [91] @paimadhu [84] pic.twitter.com/O6LLeCyfK4 [92]
— Puneet K Dewan (@puneetkdewan) March 21, 2018 [93]
मुम्बई, जो टीबी र औषधी प्रतिरोधी टीबीबाट अत्यन्त ग्रसित छ, टीबी अन्त्य गर्न रातो बत्तिमा रंगिदै । गतिशिल स्थानीय टिबी कार्यक्रम प्रसारण हुँदै!
Four brave women, including @almostbutnotyet [94] of @SpeakTB [38] on ‘Women in India:Leading the fight against TB in India’ at #AmCenterND [95] with @US_CDCIndia [96] @usaid_india [97] #EndTB [88] pic.twitter.com/rBRLHVy4fZ [98]
— REACH (@SpeakTB) March 19, 2018 [99]
‘भारतमा महिलाहरू: भारतमा टीबी विरुद्ध लडाइँको नेतृत्व’ कार्यक्रममा @SpeakTB की @almostbutnotyet सहित चार बहादुर महिलाहरू
एसएटीबीले आशा गर्दछ कि क्षयरोगबाट बच्नेहरूको कथाहरूले यी मानिसहरू र तिनका परिवारहरूले क्षयरोग विरुद्धको लडाइमा सामना गरेका चुनौतीहरू बुझ्न सहयोग गर्नेछ । क्षयरोगबाट बच्नेहरूका मागहरू सार्वजनिक डोमेनमा छन् र निर्णय निर्मातालाई सहयोगको माग गरिरहेका छन् । दीप्ति चवणले अन्तरवार्तामा आफ्ना आशा व्यक्त [100] गरेकी छिन् :
Hopefully, these stories will spur decision makers to act on these recommendations.
आशा छ, यी कथाहरूले निर्णय निर्माताहरूलाई यी सिफारिसहरू कार्यान्वयनमा ल्याउन उत्प्रेरित गर्नेछन् ।