विश्वभरिका नागरिक मिडिया सबैलाई उपलब्ध गराउन हामी ग्लोबल भ्वाइसेजमा प्रकाशित लेखहरू माथिका भाषाहरूमा अनुवाद गर्दछौं ।

प्राकृतिक प्रकोपतर्फ अग्रसर इरानको अहवाज क्षेत्रमा जारी पानीको अभाव

यस तस्वीरले पृष्ठभूमिमा अहवाज क्षेत्रको सिमसार क्षेत्रमा अत्याधिक गर्मी, उच्च नूनयुक्त पानी र पानीको अभावका कारण छाला गलेका तीन भैंसीहरू देखाएको छ । एक अहवाजी महिला किसान बाँझो बारीमा दिक्क भएर आफ्नो हात उठाउँदैछिन् । फोटो : मेहर न्युज एजेन्सी, पुन:वितरणको अभिप्रायले प्रकाशित

इरानी संस्थापनको सूचना तथा सञ्चारमा रोक लगाउने लामो समयदेखिको प्रयासका वावजुद यस देशको दक्षिण तथा दक्षिण पश्चिम दिशामा अवस्थित पुरातनवादी अरब संस्कृतिको अहवाज क्षेत्रमा भीषण तथा शीघ्र रूपमा बढिरहेको पानीको अभावको बारेमा एक रूपमा सचेतना बढिरहेको छ । परिस्थितिको जानकारी नभएका अवलोकनकर्ताहरूको लागि यो निरन्तर बढिरहेको विपत्ति जलवायू परिवर्तनको कारण जन्मेको एक प्राकृतिक प्रकोप हुन सक्छ ।

तथापि, यस्ता नीतिहरूको बारेमा जानकारहरूलाई थाहा छ कि एक पछि अर्को सरकारहरूले उक्त क्षेत्रमा बाँध निर्माण तथा नदी मोड्ने वृहत कार्यक्रम संचालन गरेका छन् र कुनै समयका उपकारी नदीको पानीको वहाव परिवर्तन गरी इरानकै अर्को गैर अरबी क्षेत्रतर्फ पुनर्दिशा दिएका छन् । यस्ता नीतिहरूको निश्चित परिणाम देखिएका छन्– मरुभूमिकरण र साधारण रूपमा बाँच्नको लागि इरानका अन्य क्षेत्र तथा अन्य देशमा अहवाजीहरूको वृहत आप्रवासन

अहवाजीहरू यस बाँध तथा नदी कार्यक्रमलाई विचारपूर्वक तथा लामो समयको लागि हिसाब गरिएको जनसांख्यिक सन्तुलन परिवर्तनका लागि जातीय सफाया इच्छित कार्यक्रमको रूपमा हेर्छन् न कि अयोग्य कार्यक्रमको परिणाम, जुन क्षेत्रमा इरानले दावी गरेको ९५ प्रतिशत भन्दा बढी तेल तथा ग्याँस रहेको छ । यसरी हेर्दा, यसको लक्ष्य अरबीहरूलाई जबरजस्ती धपाउने र उनीहरूको सम्प्रभूता वा उनीहरूको श्रोत माथिको अधिकारको दावी अन्त्य गर्ने देखिन्छ । यस प्रक्रियामा प्राकृतिक वासस्थान, वन्यजन्तु, अन्नबाली तथा चौपायाहरू निकै प्रताडित भएका छन्, सँगै वातावरणविद्हरूले यी समस्या समाधानमा ध्यान नदिएमा निकै ठूलो पर्यावरणीय क्षति व्यहोर्नुपर्ने चेतावनी दिएका छन् ।

यस कार्यक्रमको कारणले भएको ठूलो क्षतिमध्ये विशेष रूपमा करुन नदीको विनाशलाई लिन सकिन्छ जुन कुनै समयको चिनिएको सिमसार क्षेत्रको मुख्य जलमार्ग तथा खाडीको मुख्य मुहान थियो, जुन समुद्रमा जाने साधन र माछा मार्नेको डुङ्गा तथा कृषिका लागि वितरित पानीका कारण व्यस्त थियो। यो अहिले घटेर केही क्षेत्रमा निकै सानो रूपमा बगिरहेको छ साथै कुनै समयको जलप्राणीहरूको राम्रो उपस्थिति अहिले लगभग पूर्णरूपमा लोप भएको छ । यी शासकले निर्माण गरेको गटभान्ड बाँध जसको पिँधमा नुन रहेको छ, वृहत रूपमा यसलाई नै यो विनाशको मुख्य तत्वको रूपमा हेरिएको छ । यो बाँध, जसलाई वृहत र विभिन्न रूपमा “नुनिलोपनको कारखाना”, एउटा “वातावरणीय शिक्षाको प्रदर्शनी”, एउटा “वातावरणीय विपत्ति”, र “ठूलो राष्ट्रिय गल्ती” भनेर निन्दा गरिएको छ, ले नदीमा नुनिलोपनको स्तर २५ प्रतिशतले वृद्धि गरेको छ जसले पानीलाई जलजीवका लागि विषालु बनाएको र अन्य वर्ग प्रजातिका लागि पिउन अयोग्य बनाएको छ साथसाथै अन्नबालीको सिंचाईका लागि समेत प्रयोग गर्न अयोग्य बनाएको छ ।

ह्याम्जा काबी, ग्रामीण इलाका हावीजेका एक कृषक ग्लोबल भ्वाइसेजसँगको ह्वाट्सएप कुराकानीमा निराशाका साथ भन्नुहुन्छ :

We’ve been abandoned here. We had six million palm trees in this region – now five million have died due to the high salinity levels of the water. Our environment’s polluted, our animals such as water buffalos are dying. Is this the justice that the Islamic Republic promised for us? So many locals here have been poisoned by drinking the contaminated water, with many, including children and elderly people, having severe dysentery. We don’t even have an emergency health clinic to go to for treatment – we have to travel hundreds of kilometers to get to the hospitals in Ahwaz.

हामी यहाँ त्यागिएका छौं । हामीसँग यो क्षेत्रमा साठी लाख खजुरका रूख थिए – पानीको उच्च नुनिलोपनका कारण त्यसमध्ये अहिले पचास लाख रुख मरिसकेका छन् । हाम्रो वातावरणलाई प्रदुषित बनाइएको छ, हाम्रो जनावरहरू जस्तै भैंसीहरू मरिरहेका छन् । के इस्लामिक गणतन्त्रले हामीलाई गरेको न्यायको वाचा यही हो ? यहाँका धेरै स्थानीय दूषित पानी पिउनाका कारण विषालु प्रभावमा परेका छन्, त्यसमध्ये धेरैलाई कडा किसिमको आउँ रगत छ जसमा बच्चा तथा बुढा पनि रहेका छन् । हामीसँग आकस्मिक उपचारमा जानको लागि एउटा स्वास्थ्य केन्द्र समेत छैन, हामीलाई अहवाजमा रहेका अस्पताल जान सयौं किलोमिटरको यात्रा गर्नुपर्ने हुन्छ ।

काबी अगाडि भन्नुहुन्छ :

Our ‘unforgivable sin’ is that we were born Arab, which is why we’re subjected to all this misery and suffering. When we look around at our conditions, our burnt lands and our devastated environment we can imagine Hell. We see and breath only dust here. The regime massacred and buried all of us, human and animals alike. Where are those humanitarians and environmental activists who fight for the environment to help stop our slow death?

हाम्रो ‘अक्षम्य अपराध’ यो हो कि हामी अरबी भएर जन्म्यौँ, जसका कारण हामी यी सबै दु:ख र कष्टका भागीदार भयौँ । जब हामी हाम्रो वरिपरीको अवस्था हेर्छौं, हाम्रो सुक्खा जमीन र विनाश भएको वातावरण, हामी नर्कको कल्पना गर्छौं । हामी यहाँ खाली धूलो देख्छौं र धूलोमा श्वास फेर्छौं । यी शासकले हाम्रो हत्या गरेर पुरिदिएका छन्, मानिस र पशु उस्तै गरी । हामीलाई विस्तारै मर्नबाट बचाउन ती वातावरण जोगाउन लड्ने मानवतावादी र वातावरणवादी अधिकारकर्मी कहाँ छन् ?

इरानी समाचार संस्थाहरूका अनुसार, अहवाजीहरूलाई उपलब्ध गराइएको बिग्रँदो अवस्थाको नुनिलो, गन्हाउने खानेपानीको कारण रोफे, हावीजेरमेज शहरका दर्जनौं वासिन्दाहरू विषालु प्रभावमा परेका छन् । त्यसैगरी कृषि प्रयोगका लागि भएको पानीको अभावले कृषकलाई परेको प्रभावका कारण उनीहरू अभावको अवस्थामा पुगिरहेका साथै नुनिलोपन तथा विषालुपनका कारण बाँकी रहेको वितरित पानीले अन्नबालीको क्षयीकरण भैरहेको छ, जुन पानी अप्रशोधित ढललाई सिधै जलमार्गमा मिसाइएको कारण मात्रै नभै तेल तथा ग्याँस प्रशोधन केन्द्रहरूबाट पठाइएका विषालु रसायनका कारण एकदमै प्रदुषित भएको छ । सरकारले यहाँको धेरैजसो क्षेत्रलाई अनर्थकारी ढङ्गले महङ्गो ऊखु उत्पादन कार्यक्रमको लागि परिवर्तन गरिरहेकोले यो समस्या झन् विकराल हुँदै गएको छ, जसको लागत आम्दानी भन्दा निकै बढी छ, र प्रशोधन प्रकृयामा प्रयोग हुने रसायनबाट प्रदुषित अवशेषहरूलाई पुन: पानीमा फाल्नु पूर्व नदीको बाँकी पानी पनि प्रयोग गरी नदी किनारामा अत्यधिक पानी चाहिने प्रशोधन प्रकृयाका लागि प्रशोधन केन्द्रहरू बनाइएका छन् ।

यस क्षेत्रको कुनै समयको प्रख्यात सामुद्रिक जीवन पूर्णतया नष्ट भएको छ, खाडीको मुहानमा रहेका नदी तथा सिमसार क्षेत्रमा अत्यधिक मात्रामा हुने माछा तथा चराचुरुङ्गीहरू कि त पूर्ण रूपमा लोप भएका छन् कि त एकदमै हराउँदै गइरहेका छन्

धेरै पिंढीले आफ्ना जमिन सिंचाई गरिरहेका कुनै समयका उपकारी नदीहरूलाई सरकारले बाँध बाध्ने तथा अर्कोतर्फ मोड्ने कार्य गरेपछि अहवाजका किसानहरूलाई खजुर खेती, जसको मिठाईले उक्त क्षेत्रभरी प्रसिद्धी कमाएका थिए, लोप हुने हो कि भन्ने त्रास फैलिएको छ, जुन पानीले ती रूखहरूलाई जोगाइराखेको थियो तिनलाई नै अर्कोतर्फ पठाइएपछि, जातीय रुपमा भन्नुपर्दा इरानको फारसी (पर्सियन) बस्ने क्षेत्रतर्फ, ती खजुरका रूखहरु सुक्छन् र मर्छन् ।

किसानहरूलाई उनीहरूको खेतबारीका लागि वा आफूलाई बचाउन र उनीहरूका घरपालुवा जन्तुका लागि पानीको अभावमा छोडेर ती ‍किसानहरूको वैकल्पिक पानीको श्रोत उपलब्ध गराउने याचनाको सुनुवाइ भएको छैन, नदीहरूमा धेरै थोरै नूनयुक्त पानी बग्नाले मरुभूमिकरण बढ्दो छ ।

खजुरका रूखहरू मरुभूमिको कडा गर्मीमा पनि बाँच्न सक्षम हुने भए पनि तिनलाई पानी चाहिन्छ, स्वच्छ पानीको अभाव र बाँकी रहेको नुनयुक्त पानी वितरणका कारणले अहवाजमा भएका ती रूखरहरू सुकिरहेका छन् । वर्तमान संकट सम्बन्धी एक दस्तावेजमा अहवाजको ग्रामीण सहकारी संस्थाका उपप्रमुख यसरी वर्णन गर्नुहुन्छ ‘करुन नदीमा जलको अन्तरप्रवाह परिणाम निकै नै घटेको छ । नदीमा थोरै पानीको स्तरको कारण खाडीबाट करुन नदीमा नुनयुक्त पानीको प्रवाह बढेको देखेका छौं जसले यस नदीको पानीमा नुनिलोपनको मात्रा बढाएको छ ।’

अहवाजको ग्रामीण इलाकाका किसान खलफ घेजी यस उजाड अवस्था तथा शासकले हस्तक्षेप वा जनतालाई सहयोग नगर्ने अवस्थाका बारेमा अचानक निराशा र क्रोधबीच दिशा बदल्दै भन्नुहुन्छ :

Why don’t the authorities listen to our voices? Our Buffaloes are dying because of the river drying up. We don’t have jobs. Our only source of income is our livestock. If these animals are starved, we will starve too. While the massive profits from the oil and gas resources from the Ahwaz region goes straight to the Iranian regime’s coffers, with the Ahwazi people attaining no benefit from their natural resources; it’s common to hear Ahwazis lament the discovery of oil and gas since both are widely seen as having brought nothing but oppression, poverty and suffering, along with the pollution from their extraction.

अधिकारीहरू हाम्रा स्वर किन सुन्दैनन् ? हाम्रा भैंसीहरू मरिरहेका छन् किनकि यी नदी सुक्दै गइरहेका छन् । हामीसँग रोजगारी छैन । हाम्रो आम्दानीको स्रोत भनेकै हाम्रा चौपाया हुन् । यदि यी जनावरहरू भोकै रहन्छन् भने हामी पनि भोकै रहन्छौं । अहवाज क्षेत्रका तेल र ग्याँसका श्रोतहरूको मुख्य नाफा इरानी शासनको तिजोरीमा गइरहेको समयमा, अहवाजी नागरिकहरूले उनीहरूको प्राकृतिक श्रोतबाट कुनै फाईदा नपाइकन; तेल तथा ग्याँसको खोजप्रति अहवाजीहरूको रोष सामान्य नै देखिन्छ किनकि वृहत रूपमा हेर्दा यी दुवैले उत्पीडन्, गरिबी र कष्टका साथसाथै तिनीहरूको उत्खननले प्रदुषण बाहेक केही ल्याएका छैनन् ।

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.