- Global Voices नेपालीमा - https://ne.globalvoices.org -

यूट्यूबबाटै जापानको भ्रमण

श्रेणी : पूर्व एशिया, जापान, कला र संस्कृति, नागरिक मिडिया, मिडिया र पत्रकारिता, यात्रा
nagasaki glover gardens

ग्लोवर गार्डेन, नागासाकी। फोटो-नेभिन थम्पसन।

के तपाईं कुनै समयमा जापान भ्रमण गर्न चाहनुहुन्थ्यो, तर मौका मिलिरहेको थिएन? शायद तपाईंको समय नमिलेर वा हवाई जहाजको टिकट (र बिदा मनाउन चाहिने अन्य कुराहरू) अत्यन्त महँगो भएको हुनाले होला। तर अब चिन्ता लिनु पर्दैन, यूट्यूब च्यानल काप्पा२७००एस [1]ले तपाईंलाई सम्पूर्ण पर्यटकीय स्थलको भ्रमण गराउँदछ।

सन् २०१२ को जुलाईमा शुरु भएको “यात्रा, परिभ्रमण र भोजन [2]” मा समर्पित च्यानलको भिडियो अहिलेसम्म करिब पचास लाखले हेरेका छन्।

पर्यटक मनोरञ्जनस्थल बारेमा भिडियोहरू अपलोड गर्ने व्यापारिक-प्रयोजनका अनेक च्यानलहरू विपरीत काप्पा२७००एसको फरक विशेषता छ: भिडियोको दृश्यबारे यसमा कुनै मौखिक वर्णन छैन। बरु, भिडियोले लोकप्रिय पर्यटकीय स्थलको वरिपरि शान्त वातावरणमा टहलने सुविधा प्रदान गर्दछ।

यात्रीहरू वा जापान भ्रमण गर्न चाहने कुनै पनि व्यक्तिको लागि भिडियो विशेष रूपले उपयोगी छ, भ्रमण बारे प्रत्येक भिडियो अंग्रेजीमा व्याख्या गरिएको हुन्छ; स्क्रीनमा देखाइएको कुनै खास पर्यटकीय स्थल भ्रमण गर्न लाग्ने समयको जानकारी समावेश गरिएको हुन्छ।

काप्पा२७००एस यूट्यूब प्रोफाइलले जापानको लगभग सबै जसो ठाउँको कम्तिमा दुई सय [3] भिडियो प्रस्तुत गरेको छ। यहाँ केहि उदाहरणहरू प्रस्तुत गरिएका छन्।

पूर्वी क्योटो

क्योटो जापानको सबैभन्दा लोकप्रिय पर्यटकीय स्थलहरूमध्ये एक हो जसले २०१७ मा १ करोड ५० लाख आगन्तुकहरू [4]को स्वागत गरेको छ। शहरको सबैभन्दा लोकप्रिय पर्यटकीय स्थल यसको पूर्वी भाग हो, जहाँ  हिगाशियामा [5]पर्दछ। कियोमिजु मन्दिर [6] वरिपरिका क्षेत्र, गियोन   [7]पोन्टोचो [8]को आसपास, दुवै तर्फ चिया घरहरू तथा साना मधुशाला भएका साँघुरो गल्ली यस भिडियोको मुख्य आकर्षण हुन्।

माइजुरु र आमानोहाशीदेत

क्योटो प्रान्तको एकान्त तथा ग्रामीण भेग मुख्य रूपले जापान सागरको तटमा रहेको आमानोहाशीदेत [9] (“स्वर्गको तैरने पुल”) एक अर्को लोकप्रिय पर्यटकीय गन्तव्य हो जुन अहिलेसम्म जापान बाहिरका पर्यटकहरूलाई खासै जानकारी छैन।

भिडियो ओसाका स्टेसनबाट शुरु हुन्छ, बाटोमा माइजुरु [10]को ऐतिहासिक नौसेना बेस रहेको स्थानमा बिसौनी छ। यो नौसेना शहर विक्टोरियन युगको रातो-ईंटाद्वारा निर्मित वास्तुकला [11]नेभी करी [12]–को लागि प्रसिद्ध छ – करी १८७० को दशकमा पहिलो पटक एडमिरल टोगोद्वारा [13] जापानमा भित्र्याइएको थियो।

भिडियो आमानोहाशीदेत [14]को भ्रमणसँगै समाप्त हुन्छ।

कुराशिकी

पश्चिमी जापानको ओकियामा स्थित कुराशिकी [15]एउटा अर्को पर्यटकीय गन्तव्य हो जुन जीर्णोद्धार गरिएका विभिन्न कुरा वा परम्परागत जापानी भण्डार गृहहरूको कारण प्रसिद्ध छ। यस भिडियोले कुराशिकी बिकन ऐतिहासिक स्थल [16]को परिभ्रमण गराउँदछ त्यसपछि ओकायामा क्यासल [17]को भ्रमण गराउँदछ।

माचुयामा तथा दोगो ओनसेन

शिकोकु द्वीपको उत्तरपश्चिमी साँघुरो भाग [18]मा अवस्थित माचुयामा सम्भवत: जापानको सबै भन्दा प्रसिद्ध तातो पानीको मुहान हो, दोगो ओनसेन [19]

नात्सुमे सोसेकीको १९०६ मा प्रकाशित उपन्यास, जापानको प्रसिद्ध साहित्यिक रचनाहरूमध्ये एक बोत्च्यन [20] (坊っちゃん)ले शहरलाई अहम् स्थान मानेतापनि दोगो ओनसेनको मुख्य सार्वजनिक स्नान घर [21]ले एनिमेटेड फिल्म स्पिरिटेड अवे [22]लाई स्नान घर समावेश गर्न प्रेरित गरेको छ।

यो भिडियोले मुख्य स्नान घर [23]को भ्रमण गराउँदछ; पेय पदार्थ [24] र मिठाई, माचुयामा क्षेत्रमा उत्पादित अमिलो फल तथायुजु [25] बाट बनाइएका, बिक्री गर्ने क्याफेमा छोटो विश्राम पनि गराउँदछ।

नागासाकी

नागासाकीको क्योशो शहर दोस्रो परमाणु आक्रमण भएको शहर जसको कारण दोस्रो विश्वयुद्ध समाप्त भएको [26]हुनाले जापान बाहिर चिनिए तापनि यो बन्दरगाह शहरको लामो तथा समृद्ध इतिहास छ, युरोप र चीन बीचको ऐतिहासिक सम्बन्ध।

भिडियोले नागासाकी एटोमिक बम्ब म्युजियम [27]पिस पार्क [28]साथै ग्लोवर गार्डेन [29] र स्कटल्याण्डका थोमस ग्लोवर [30]को नागासाकीस्थित पूर्व घरको यात्रा पनि गराउँछ। १९६० को दशकमा जापान बाहिरी विश्वका लागि खुल्ला भएको केही समय पश्चात् थोमस ग्लोवर नागासाकीमा बसोबास गरे। ग्लोवर युरोपेली प्रविधि – बन्दूक समेत जापानमा उपलब्ध गराउने एक संपर्क व्यक्तिको रूपमा सेवा गरे र देशलाई दोस्रो विश्वयुद्धमा होमिन सहयोग गरेका हुन सक्छन्।

युट्युबबाट जापानको हरेक भाग भ्रमण गर्नुहोस्

यहाँ प्रस्तुत गरिएका भिडियो यात्रा केहि उदाहरण मात्र हुन्। काप्पा२७००एस च्यानलमा जापानभर खिचिएका सयौं भिडियोहरू छन् जसमा जापानको प्राचीन राजाधानी नारा [31], जापानको दोस्रो सजीव तथा रंगीन शहर ओसाका [32]समेत छन्।

यदि तपाईं प्रतिष्ठित माउन्ट फ़ुजीको दृश्य [33]हेर्दै हुनुहुन्छ भने, काप्पा२७००एसले यसलाई पनि आफ्नो भिडियोमा समावेश गरेको छ।