
पश्चिमी जापान स्थित ओकायामा, कुराशिकीमा बाढी। स्क्रीन क्याप-एनएचके वर्ल्ड जापान।
इतिहासमै सबभन्दा धेरै वर्षा रेकर्ड गरिएको पश्चिम जापानको अधिकांश भागमा भारी वर्षाको कारण कम्तीमा १७८ जना मानिसको मृत्यु भएको छ र अन्य ६० भन्दा बढी हराइरहेका छन्।
बाढीले पश्चिमी होन्शुको धेरै भागमा विशेष गरी ओकायामा र हिरोशिमाको छिमेकी प्रान्तहरु प्रभावित पारेको छ। स्थानीय अधिकारीहरुले बाढीमा फसेंका व्यक्तिहरुको उद्धार तथा नगरपालिकामा पानी आपूर्ति जस्तो आधारभूत सेवाहरू पुनर्स्थापित गर्न संघर्ष गर्दै गर्दा जापानीहरू किन मृतकका संख्या अधिक भयो र किन केन्द्रिय सरकारले विपत्तिमा अत्यन्त सुस्त प्रतिक्रिया जनायो भन्ने जान्न चाहिरहेका छन्।
जापानी वर्षा ऋतुमा केही दिन पहिलेदेखि नै रेकर्ड तोड्ने वर्षा भइरहेको थियो, तीव्र वर्षाको स्वरुपले जापानको मौसम विज्ञान प्राधिकरणलाई विशेष गरी पश्चिमी जापानमा जुलाई ५, बिहीवारका दिन अनियंत्रित बाढी आउन सक्ने भविष्यवाणी गर्न प्रेरित गरेको छ।
बिहीवार साँझ सम्ममा यो बताइएको थियो कि केही क्षेत्रमा गएको ७२ घण्टा भित्रमा पहिले नै ४०० मिलीमिटर भन्दा बढी वर्षा भएको थियो वा वार्षिक वर्षादको दुई गुणा। तर अझै हुने संभावना थियो।

जुलाई ५, पश्चिमी जापानमा वर्षा।क्याप्सन: “७२ घण्टा भित्रमा भएको वर्षा … टोकियो क्षेत्र विनाशकारी वर्षाबाट बच्यो।” स्क्रीन क्याप एएनएन आधिकारिक यूट्यूब च्यानल।
सप्ताहान्तभर वर्षा रोकिएन। इतिहासमा पहिलो पटक जापानको मौसम विज्ञान एजेन्सीले एक साथ ८ प्रान्तहरुमा बाढीको चेतावनी जारी गर्यो (अन्ततः यो संख्या ११ पुग्नेछ)।
ओकायामा स्थित संरक्षित पर्यटकीय नगरी कुराशिकीले नगरपालिकाको लगभग ३० प्रतिशत प्रभावित हुनेगरी सर्वाधिक खराब बढीको सामना गर्यो।
https://t.co/q8WI2MWjPM
【大雨】午前8時51分に上空から撮影した岡山県倉敷市真備町箭田付近です。住宅の屋根付近まで水につかっています。(達)#大雨 #岡山 #倉敷 pic.twitter.com/q5hqaL7QXq— 朝日新聞 映像報道部 (@asahi_photo) July 7, 2018
मूसलधारे वर्षा: बिहान ८:५१ बजे लिइएको फुटेज [जुलाई ७, शनिबार] याता नजिकै ओकायामा स्थित कुराशिकी शहरको माकिबी। घरका छत सम्म बाढीको पानी।
हिरोशिमा, पश्चिममा ओकायामासँग सीमा जोडिएको अर्को पहाडी प्रान्तको धेरै ठाउँमा भूस्खलनको कारण दर्जनौं मानिसहरु जिउँदै पुरिएर मृत्यु भएको प्रमुख समाचार बन्यो।
‘Why didn’t I tell her to evacuate?’ asks newlywed, after losing wife of three weeks in Hiroshima landslide https://t.co/ErU4sP9ajY
— The Japan Times (@japantimes) July 10, 2018
किन मैले उनीलाई त्यस ठाउँ छाड्न भनिन? तीन हप्ता अघि मात्र विवाह गरेर ल्याएका आफ्नो श्रीमती हिरोशिमा भूस्खलनमा गुमाएपछि एक व्यक्ति प्रश्न गर्छन्।
जापानमा माउन्ट फुजीको पश्चिम तर्फका लगभग हरेक प्रान्तलाई वर्षाले प्रभावित गर्यो। जब कि शहरको पूर्व तर्फ ड्याम फुट्ला कि भन्ने त्रास थियो, सामान्यतया शान्त भएर पश्चिम क्योटो हुँदै बग्ने कामो नदीमा तीव्र जल प्रवाह भयो र शहरको प्रमुख किनमेल क्षेत्रलाई खतरामा पार्यो।
鴨川氾濫してる… pic.twitter.com/6dehUA828H
— jerry. (@SeorehMot) July 5, 2018
कामो नदीमा बाढी आइरहेको छ।
वर्षाको परिमाण तथा दायरा, बाढी र भूस्खलनको कारण पश्चिम जापानभर एकैसाथ घटित ठूलो विपत्तिको पूर्ण स्तर बुझ्न कठिन थियो। सप्ताहन्तमा म्यापिङ अनुसन्धानकर्ता हिदेनोरी वातानाबेले पूरा क्षेत्रमा क्षतिग्रस्त आधारभूत संरचना पत्ता लगाउन गूगल अर्थको उपयोग गर्ने इन्टरेक्टिभ टूल बनाए। वातानाबेले उक्त्त टूल चाँडै सर्वसाधारणको लागि अनलाइनमा उपलब्ध हुनेछ भने।
先ほど紹介されたコンテンツです。Google Earthの地形に写真をオーバレイして表示しています。 pic.twitter.com/sHbDuqIxOq
— 渡邉英徳 (@hwtnv) July 9, 2018
अघिल्लो ट्वीटमा उल्लेख गरिए जस्तै [क्षतिग्रस्त क्षेत्रका फोटो] गूगल अर्थमा आवरणको रुपमा देखाइएका छन्।
सुस्त सरकारी प्रतिक्रिया प्रति रोष प्रकट
जुलाई ९ सोमवार सम्ममा विपत्तिको आधिक्यलाई जापानी मौसम विज्ञान एजेन्सी (जेएमए) द्वारा आधिकारिक नाम दिइएको थियो:
【報道発表】(H30.7.9)気象庁は、今般の豪雨について、その名称を「平成30年7月豪雨」と定めました。https://t.co/prbTqe6UCx
— 気象庁 (@JMA_kishou) July 9, 2018
समाचार प्रकाशन (९ जुलाई, २०१८): जेएमएले विपत्तिलाई आधिकारिक रूपमा “जुलाई २०१८अतिवृष्टि” नाम दिएको छ।
प्रधानमन्त्री शिन्जो आबे तथा उनको मन्त्रीमण्डल समस्यासँग जुध्न असफल भएको भन्दै आलोचित बन्न थाल्यो।
मिडिया कभरेजले जुलाई ५, बिहीवार सबेरै जारी अतिवृष्टिलाई अत्यन्त ठूलो संकटको रूपमा उल्लेख गरेको छ। यस बीच बिहीवार, आबे तथा सत्तारुढ डेमोक्रेटिक पार्टीका वरिष्ठ सदस्यहरूले आबेलाई पार्टी प्रमुख र प्रधानमन्त्रीको रुपमा अभूतपूर्व तेस्रो कार्यकालका लागि शुभकामना व्यक्त्त गर्दै टोकियोको एक निजी समारोहमा उल्लासमय साँझ बितायो।
時計は20:30過ぎを指している。この頃にはもう被害の状況がけっこう明らかになっていたのではなかろうか。#赤坂自民亭 pic.twitter.com/o7u1qVZ0Nm
— 背中まで45分 (@senakamade_45) July 10, 2018
घडीमा रातको ८:३० बजिसकेको थियो [विहीबार, जुलाई ५]। यस बेलासम्म कति विनाश भयो भन्ने स्पष्ट हुनु पर्दैन?
वामपन्थी झुकाव राख्ने असाही समाचारपत्र तथा टेब्लोइड निक्कन गेन्दाइले प्रधानमन्त्री माथि आक्षेप लगाउदै केही दिन बिताए:
日刊ゲンダイ
【何が「国民の生命が第一」だ】『人が豪雨にのまれている中、この政権は何をしていたのか』
「総裁選対策の飲み会や地方回り、政権延命めくらましにかまけて、全ての対応が後手後手で被害拡大」
「官邸は7日まで何もやらず、非常災害対策本部、大雨特別警報の遅れに囂々の非難…」 pic.twitter.com/zuhuwBUwmn
— 但馬問屋 (@wanpakutenshi) July 9, 2018
निक्कन गेन्दाइ टेब्लोइड:
[पहिलो तस्वीरको हेडलाइन] “मानिसहरू पानीमा डुबिरहँदा यो सरकार साँचो अर्थमा के गर्दै थियो ?”
[दोस्रो तस्वीरको हेडलाइन तथा लेख]: “मानिसको जीवन पहिला भन्नुको तात्पर्य के हो?”
“उनीहरु एउटा मद्यपान पार्टीमा आफ्नै राजनीतिक रणनीति योजना बनाउदै वा नजिकका मित्रहरुसँग भेटघाट गर्दै आफ्नो शासनलाई सकृय राख्न ध्यानमग्न थिए। बाढीको संकट बारे तत्काल नसोच्दा क्षति ज्यादा हुन पुग्यो।”
“मन्त्रिमण्डलले जुलाई ७ सम्म केही गरेन” […]
मृत्यु दर र क्षति भयावह किन बन्यो भन्ने बारेमा प्रश्नहरु
जापानले ठूलो प्राकृतिक विपत्तिको सामना गरिरहेको स्पष्ट हुँदाहुँदै लगभग एक हप्तापछि जुलाई ११ मा प्रधानमन्त्री आबेले बाढी प्रभावित क्षेत्रको भ्रमण गर्ने प्रबंध मिलाए। संभावित मृतकका संख्या २०० नाघ्न लागेको अतिरिक्त पश्चिम जापानभर ७० हजार घरहरु डुबानमा परेका थिए र २० लाख मानिसहरु आफ्ना घर छाड्न वाध्य भएका थिए।
बाक्लो हिलो माटो, क्षतिग्रस्त यातायात संरचना तथा ड्याम फुट्न सक्ने जोखिमका कारण पनि विस्थापित व्यक्तिहरुलाई सहायता पुर्याउन कठिन भयो विशेष गरी पिउने पानी र खाना। क्षतिग्रस्त घरबाट निस्केको काम नलाग्ने वस्तुको थुप्रोलाई के गर्न सकिन्छ भनेर समाधान खोज्न स्थानीय अधिकारीहरुलाई कठिनाई परिरहेको छ।
अचानक अतिवृष्टि हुने देशमा किन मृतकको संख्या अधिक हुन पुग्यो भन्ने बिषयमा मानिसहरु निरन्तर उत्सुक बनिरहेका छन्। ओकायामा प्रान्त जहाँ अहिलेसम्ममा बितेको हप्ता भित्र सबभन्दा धेरै मानिसहरुको मृत्यु भएको छ, त्यहाँ बाढीको खतरा बारे पहिले नै जानकारी थियो भनिन्छ।
रोयटर्स न्यूज एजेन्सीका लागि रिपोर्टिङ गर्दै लिन्डा सीगले उल्लेख गरिन् कि धेरै मानिसहरुलाई ठाउँ खाली गर्ने चेतावनी पछि कहाँ जाने भन्ने थाहा थिएन। साथै, जापानले परम्परागत रूपमा ठूलो बाढी भन्दा भूकम्पको लागि बढी तयारी गरेको छ, जबकि आवासको लागि उपलब्ध भूमिको कमीको कारण धेरै घरहरु भूस्खलन हुन सक्ने संभाव्य स्थानमा बनाइएका छन्।
अन्तमा माइनिची समाचारपत्रले समीक्षा गर्यो, विद्यमान बाढी सुरक्षालाई तीव्र बाढीले पूर्णतया नष्ट बनाएको हुनुपर्छ।
त्यस पछि, जलवायु परिवर्तनले विपत्तिलाई कसरी सहयोग पुर्याएको हुनसक्छ भन्ने बारेमा प्रश्नहरु सोधिँदै छन्। पृथ्वीको सतहको औसत तापमानमा वृद्धिले अतिशय मौसम घटनाको आवृत्ति र तीव्रतामा वृद्धि गर्न सघाउ पुर्याइरहेको पूर्वानुमान गरिएको छ जस्तै भारी वर्षा विशेष गरी पश्चिमी जापानमा।
पश्चिमी तथा अंग्रेजी भाषा बोलिने देशहरूमा मिडियाले मुख्य रुपमा जापानमा भारी वर्षा र बाढीको जानकारी दिइरहँदा जापानको समाचार बारे, जापानको वायर सर्भिस क्योदोले बतायो कि यो विश्वभरि एकै समयमा भएको धेरै मौसम घटनाहरूमध्ये एउटा विपत्ति थियो:
世界気象機関(WMO)は10日、7月には日本が豪雨に見舞われた一方、北アフリカや米西海岸で記録的な高温となるなど世界各地で異常気象が観測されていると発表した。
[जेनेभा- स्थित] विश्व मौसम विज्ञान संगठन (डब्लूएमओ) ले जुलाई १० मा घोषणा गरेको छ कि जापानमा मूसलधारे वर्षा भइरहँदा उत्तर अफ्रिका तथा उत्तर अमेरिकाको पश्चिमी तटमा रेकर्ड तोड्ने गर्मी भएको छ, जबकि विश्वको हरेक ठाउँमा असामान्य जलवायु स्वरुप देखिएको छ।
निशीनिप्पोन सिम्बुन, फुकुओका स्थित पश्चिम जापानमा प्रकाशित हुने एक मुख्य दैनिक पत्रिकाले पनि लेख्यो:
西日本を中心に甚大な被害をもたらした記録的豪雨で、気象庁は過去最多となる11府県に大雨特別警報を出した。「50年に1度」の異常気象を基準に発表される大雨特別警報だが、昨年の九州豪雨に続いて福岡県では2年連続で発表されたことになる。「異常」が「日常」になりつつある中、どうすれば命を守れるのか。
जब रेकर्ड तोड्ने गरी आएको मूसलधारे वर्षाले ठूलो क्षति पुर्यायो, जापानको मौसम विज्ञान एजेन्सीले ११ प्रान्तहरुमा मौसम चेतावनी जारी गर्यो जुन एकै पटकमा जारी गरिएको चेतावनीको अहिलेसम्मकै सबैभन्दा ठूलो संख्या थियो।
२०१७ को वर्षा र बाढी पश्चात “५० वर्षमा एकपटक” भनेर वर्षा र बाढीलाई विशेष मौसम चेतावनीको रूपमा वर्णन गरिए पनि, फुकुओका प्रान्तमा यो लगातार दोस्रो वर्ष यस्तो विशेष चेतावनी हो ।
जब असामान्य मौसमलाई सामान्य ठानिन्छ भने कसरी हामी आफूलाई सुरक्षित राख्ने?