- Global Voices नेपालीमा - https://ne.globalvoices.org -

आर्मेनियाको “भेल्भेट रेभल्युशन” हाक्ने महिला क्रान्तिकारी

श्रेणी : मध्य एशिया र काकेशस, आर्मेनिया, नागरिक मिडिया, प्रशासन, महिला र लिङ्ग, मानव अधिकार

यो लेख ग्लोबल भ्वाइसेजको साझेदार चाइखानाडटओआरजि [1]द्वारा लिखित साझेदारी पोष्ट [2] हो। शब्द तथा भिडियो: आरेन मेलिक्यान [3]

आर्मेनियामा हालका प्रधानमन्त्री हुनुको पछाडि महिलाहरूको हात रहेको छ। तथापि धेरैका लागि सुधारमुखी विरोधी नेता निकोल पाशिन्यानलाई गत मे मा सत्तामा ल्याउने “क्रान्ति” भर्खर शुरु भएको छ।

यस बसन्तमा लगभग ४० दिनसम्म आर्मेनियाका सडक तताउने हजारौं महिलाहरू सरकारमा परिवर्तनका लागि मात्र विरोध गरिरहेका थिएनन् बल्कि परम्परागत पितृसत्तात्मक समाजमा उनीहरूका अधिकारका [4] लागि।

मारिया कारापेत्यान, ३०, इम्याजिन सेन्टर फर कन्फ्लिक्ट ट्रान्सफर्मेशनका विकास प्रमुख, आभ्निक मेलिक्यान, २२, गैरमुनाफामूलक संस्था सोसाइटि विदाउट भ्वाइलेन्सका परियोजना संयोजक र २३ वर्षीया राजनीतिक अधिकारकर्मी लिलिथ बाघदसार्यन — यी तीन प्रदर्शनकारीहरूका लागि संसदमा वा मन्त्रीमण्डलमा सीट [5] मात्र पर्याप्त छैन।

उनीहरूका लागि प्रवृत्ति परिवर्तन तथा सत्तामा पुग्न बढीभन्दा बढी आर्मेनियन महिलालाई चाहिएको सीप प्रदान गर्नु आवश्यक रहेको छ।

यस अर्थमा, यी महिला प्रदर्शनकारीहरू साच्चिकै “क्रान्तिकारी” हुन्।