तावान्तिनसुयो [3] पनि भनिने इन्का साम्राज्यका बेला प्राचीन पेरुभियनले सडक तथा पुलहरूको वृहत सञ्जाल [4] विकास गरेका थिए ताकि विशाल इलाका [5]मा फैलिएका समुदायले एक अर्कासँग सञ्चार गर्न सकून्।
त्यस ताकाका पुलहरू [6]मध्ये क्वस्वाचाका [7] वा क्वेसुवाचाका (केचुआ [8] भाषामा “डोरीको पुल”) कुस्को [9]को दक्षिणी भेगमा अवस्थित कानास प्रान्तमा रहेको अपुरिमाक नदी [10]को साँघुरो भागमाथि अहिलेसम्म विद्यमान छ।
Ultimo puente Inca #Queshuachaca [11] https://t.co/A9Qs5jFRYG [12] pic.twitter.com/5283LESYgg [13]
— Inka Jungle (@inkajungle) 12 de junio de 2017 [14]
इन्कानिर्मित अन्तिम पुल, क्वेसुवाचाका।
क्वस्वाचाका एण्डिज पर्वतीय भूभागको रैथाने घाँस इचु [15]बाट बनाइएको हो। ५०० वर्षभन्दा बढी समयदेखि यहाँका स्थानीयले यो प्राचीन प्रविधि र परम्परालाई जीवितै राखेका छन् [4]। प्रत्येक वर्ष जुनमा हुँइचिरी, चौपिबन्दा, चोक्केहुआ तथा कोलाना क्युहेका ग्रामीण समुदाय एकत्रित भएर [16] एक समारोहका बीच यस पुललाई इन्काकै जमानामा प्रयोग गरिने सामग्री प्रयोग गरी पुनर्निर्माण गर्छन्।
सन् २०१३ मा क्वस्वाचाका पुलको पुनर्निर्माणसँग गाँसिएका ज्ञान, सीप, तथा रीतिरिवाज युनेस्कोको अमूर्त सांस्कृतिक सम्पदाका प्रतिनिधि सूचीमा अंकित गरियो [17]। यस वर्णनका अनुसार:
[Las comunidades] consideran que este trabajo en común no es solamente un medio para mantener en buen estado una vía de comunicación, sino que es también una forma de estrechar los lazos sociales que existen entre ellas. El puente se considera un símbolo sagrado del vínculo que une a las comunidades con la naturaleza y con su historia y tradiciones […].
[समुदायहरूले] यसलाई पारवहनका निम्ति मात्र नभई उनीहरूका सामाजिक सम्बन्ध सशक्तिकरण गर्ने माध्यमका रूपमा हेर्छन्। यस पुललाई प्रकृति, परम्परा तथा इतिहाससँग यी समुदायका पवित्र बन्धनका रूपमा हेरिन्छ। […]
पुलको पुनर्निर्माण तथा परम्पराको पुनर्ताजगी
पुनर्निर्माणको प्रक्रिया तीन दिन [18]सम्म चल्छ, प्रत्येक दिनका गतिविधिहरू क्रमबद्ध तवरमा स्थापित गरिएका छन् [19] ।
पहिलो दिन संरक्षक आपु [20]लाई प्रसाद चढाएर शुरु हुन्छ। पुल बनाउनका लागि चाहिने मुख्य सामग्री संकलन गरिन्छ र त्यसलाई बटारी पातला त्यान्द्रा बनाइन्छ। दिउँसो समुदायहरू आफूसँगै सामग्रीहरू लिई आउछन्, र ती मसिना त्यान्द्रालाई बटारी मोटा डोरी बनाउछन् — चारवटा पुलको भुईं बनाउन र बाँकी दुई रेलिङ बनाउन।
त्यसपछि मुख्य डोरीलाई नदी वारिपारि फिजाइन्छ। दोश्रो दिन नदीका दुवै किनारमा सुरक्षित किसिमले अड्काइन्छ, र पुराना डोरीहरूलाई चुडाएर झारिन्छ।
तेश्रो दिन चाकारुहाक (इन्का इन्जिनीयर) ले डोरीको पुल बनाउछन् — हिंड्न मिल्ने भुईं बनाइन्छ र रेलिङलाई सन्तुलित राख्न डोरीद्वारा भुईंसँग बाँधिन्छ।
अन्त्यमा अन्तिम दिन त्यस क्षेत्रका संगीत तथा नृत्य प्रस्तुत गर्नुका साथै पुल उद्घाटन गरिन्छ।
Cruzando el #Queshuachaca [11], el último puente inca de #Perú [21]. MMRGonzlez1 http://t.co/mmKTmps1Ot [22] pic.twitter.com/FRAUXdoaUw [23]
— Maducho Arias (@maducho) 9 de junio de 2015 [24]
पेरुको इन्कानिर्मित अन्तिम पुल क्वस्वाचाका तर्दै।
एक सामाजिक सञ्जाल प्रयोगकर्ताले एजेप्लसले निर्माण गरेको भिडियो ट्वीटरमा पोष्ट गरे। यस भिडियोमा कसरी हरेक वर्ष पुल बनाइन्छ भन्ने कुरा देखाइएको छ।
El puente colgante Q'eswachaka desde hace siglos se vuelve a tejer una y otra vez. Hermosidad incaica de la que podemos aprender para lograr colectivamente #elpuentequefalta [25]. https://t.co/h8aJDuxQI3 [26]
— Ciudadano Intermodal (@arriagadaPAD) 17 de junio de 2018 [27]
सदियौंदेखि बनाइदै आइएको झोलुङ्गे पुल क्वस्वाचाका एक पटक फेरि बनाइएको छ। इन्कानिर्मित सुन्दर निर्माण जसबाट हामीले मिलेर काम गर्न सिक्न सक्छौं।
इन्स्टाग्राममा पनि प्रयोगकर्ताहरूले पुल तरेको तस्वीर भेटिन्छन्: