स्विस ब्रुअरी टर्बिनेनब्रुले आफ्नो सिजनल बियर उत्पादनमा नेपालका पूर्व राजाको नाम र तस्वीर प्रयोग गरेपछि नेपालीहरू माझ आक्रोश पैदा गर्यो।
नेपाली मसला टिमुर प्रयोग गरेर नौलो स्वादको बियर उत्पादन गरेपछि टर्बिनेनब्रुले वीरेन्द्र नाम राख्ने निर्णय गर्यो, १९७२ देखि २००१ सम्म नेपालका राजा रहेका वीरेन्द्रको नामसँग मिल्दोजुल्दो। साथै बियरको गिलास हातमा लिएर मुस्कुराइरहेको जस्तो देखिने बनाएर राजाको तस्वीरलाई तोडमोड गर्यो।यसले धेरै नेपालीहरू विशेष गरी राजतन्त्र समर्थकहरूलाई आक्रोशित बनायो।
राजा वीरेन्द्रलाई एक उदार राजाको रूपमा मानिन्थ्यो, उनी अन्य परिवारका सदस्यहरूसँग २००१ मा शाही भोजमा मारिएका थिए।
Because the #beer included a Nepalese spice, the Turbinenbräu brewery in Zurich decided to name one of its seasonal beers after King Birendra, who reigned over #Nepal from 1972 to 2001 – and whose name the brewery thought sounds like beer.
Beer is King ? pic.twitter.com/xCVc4vwm4t
— dhirajkarki (@dhirajkarki) April 28, 2018
नेपाली मसला राखेर बनाइएको बियर हुनाले ज्यूरिखस्थित टर्बिनेनब्रु ब्रुअरीले आफ्नो सिजनल बियर उत्पादनमध्ये एकको नाम राजा वीरेन्द्रसँग जोड्यो, जसले नेपालमा १९७२ देखि २००१ सम्म शासन गरेका थिए – उहाँको नाम ब्रुअरीले बियर जस्तै सुनिने भन्ठान्यो।
बियर राजा हो?
केही राजावादी समूहले नेपालमा स्विट्जरल्याण्ड दूतावास अगाडि स्वर्गीय राजाको विरासत “अपमान” गरिएकोमा विरोध जनाए। तथाकथित वीरेन्द्र बियर विरुद्ध एक अनलाइन याचिका पनि जारी गरिएको थियो।
समाचार अनुसार नेपालस्थित स्विस राजदूतले उक्त्त बियर उत्पादक कम्पनीलाई संपर्क गरेर बियरको सम्पूर्ण अनलाइन विज्ञापन हटाउन अनुरोध गर्यो। त्यसपछि कम्पनीले नेपाली मसला टिमुर प्रयोग गरिएको बियरको प्रचारलाई रोक्ने निर्णय गर्यो।
King of Beers! Not. Birendra had gout, so wouldn't have enjoyed the dubious honour of being featured as flavour of the month by a bunch of obtuse Swiss hipsters! https://t.co/2AIaP9EgbV
— rabithapa (@rabithapa) April 26, 2018
बियरका राजा! होइन। वीरेन्द्रलाई वाथ भएको थियो त्यसैले कुण्ठित स्विस हिप्पीहरूको समूहद्वारा फ्लेवर अफ द मन्थ भन्दै प्रचारित गरिएकाले संदेहपूर्ण सम्मानको आनन्द लिने थिएनन् होला।
यद्यपि, सबै नेपालीहरूले टिमुरको स्वाद भएको बियर उत्पादनको कारण अपमानित महसुस गरेनन्।
People love Late King Birendra.
People love Beer,too!
So How and why does naming a beer “Birendra” offend people and hurt their sentiments??
I got no opinion on this one, just curious!— Maanchhe (@novemberbridges) April 21, 2018
मानिसहरू स्वर्गीय राजालाई मन पराउँछन्।
मानिसहरू बियर पनि मन पराउँछन्!
त्यसकारण कसरी र किन बियरको नामाकरण “वीरेन्द्र” गर्नाले मानिस र उनीहरूका भावनालाई अपमानित गर्छ??
मलाई यस बारेमा कुनै सम्मति मिलेन, केवल उत्सुक छु!
ब्रुअरीका संस्थापक तथा मालिक एड्रियन वेबरले राजाको नाम र सम्मानमा आँच पुर्याउने आफ्नो कम्पनीको कुनै नियत नरहेको स्पष्ट पारे।
१५ मे २०१८ मा ग्लोबल भ्वाइसेजलाई पठाएको ईमेलमा उनले बियर उत्पादन अझै बिक्री मा रहेको तर यो वसन्त ऋतुमा मात्र उपलब्ध हुने बताएका छन्।
The Birendra Beer is still on sale. But it was only meant to be a seasonal beer for Springtime. Although we have undoubtedly great success also among our Nepalese customer in Zurich, we are looking forward to the next seasonal beer, the summer special. This beer called «Taifun» is spiced with Ginger and cooked with rice. It will be saleable by the end of this week.
वीरेन्द्र बियर अझै बिक्रीमा छ। तर यो वसन्त ऋतुको लागि मात्र मौसमी बियर थियो। निश्चय नै हामीले ज्यूरिखमा हाम्रो नेपाली ग्राहक माझ ठूलो सफलता प्राप्त गरेको भए तापनि हामी अर्को मौसमी बियर, ग्रीष्म ऋतु विशेषको उत्पादन गर्न लागेका छौं। «ताइफुन» भनिने यो बियर अदुवा र पकाइएको चामलको मसला राखेर बनाइएको छ। यो यस हप्ताको अन्त्य सम्ममा विक्रीमा राखिनेछ।
यो विवाद दुर्भाग्यपूर्ण हो किन कि यो नेपाली मरीच भनेर चिनिने टिमुरको उपयोग बारे प्रचार-प्रसार पाउने अवसर हुन सक्थ्यो। जान्थोजाइलम वर्गमा पर्ने टिमुर जंगलबाट संकलन गरिन्छ र चटनी, मसला र औषधीको रूपमा प्रयोग गरिन्छ। नेपालका ३० जिल्लामा जान्थोजाइलमका आठ प्रजाति प्रचुर मात्रामा पाइन्छन्।
जान्थोजाइलम तेल धेरै युरोपेली देशहरूमा उपभोग गरिन्छ।पकवानको एक सम्मिश्रणको रूपमा टिमुरको प्रयोग संयुक्त राज्य अमेरिका जस्ता देशहरूमा पनि चासो लिन थालिएको छ।
टिमुरको प्रयोग गरेर नयाँ स्वादको बियर उत्पादन गरिनु निश्चय नै एउटा मौलिक प्रयोग थियो तर दुर्भाग्य, नामाकरण तथा तस्वीर विवादको कारण उपेक्षित बन्यो।