रोजली लोपेस स्टार ट्रेक हेर्दै, आफ्नो विद्यालयको टेलिस्कोप प्रति मोहित हुँदै र अपोलो मिशन बारे प्रसारण हुने सम्पूर्ण समाचारमा चाख लिँदै ब्राजिल स्थित रियो दि जेनेरियोको मध्यम-वर्गीय परिवारमा हुर्किन्।जब अप्रिल १९७० मा अपोलो १३ पृथ्वीमा फर्कनु थियो, त्यसबेला अन्तरिक्षयान पृथ्वीतिर फर्कने मार्ग गणना गर्ने कार्यमा जिम्मेवार महिला फ्रान्सिस नर्थकट बारेको समाचारले उनको ध्यान खिँच्यो।
“ह्यूस्टन [टेक्सास, संयुक्त राज्य अमेरिका] को नियन्त्रण कक्षमा एउटी महिला देखाइनु मेरो निम्ति एउटा ठूलो प्रेरणा थियो,” ग्लोबल भोइसेज (जीभी) सँगको एक टेलिफोन साक्षात्कारमा लोपेसले बताइन्।
मिशनको अठचालिस वर्षपछि रोजली लोपेस संसारको सबैभन्दा महत्त्वपूर्ण वैज्ञानिकहरूमध्ये एक बनेकी छिन्। नेशनल एरोनटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेशन (नासा) को ग्रह विज्ञान विभाग निर्देशक, बृहस्पति ग्रहको चन्द्रमामा रहेका अधिकांश ज्वालामुखी अनुसन्धान तथा ७१ वटा रेकर्ड कार्यका लागि ग्यालिलियो मिशनमा कार्यरत रहँदा सन् २००६ मा गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा आफ्नो नाम दर्ता गर्न सफल भइन्।
सन् २००२ देखि लोपेस सौर्य मण्डलको दोस्रो ठूलो ग्रह शनिको चन्द्रमा टाइटन सँगै प्रोब कसिनी अन्वेषण कार्यमा सम्मिलित अन्यसँगै जिम्मेवारी वहन गर्दै छिन्। उनले पृथ्वी बाहिर टाइटनमा प्राणीको सम्भावना बारे खोज कार्य शुरु गर्ने छिन्।
सन् २०१८ मा लोपेस इकारस जर्नल सम्पादन गर्ने पहिलो महिला बनिन्। प्रसिद्ध खगोलविद् कार्ल सागनद्वारा प्रकाशित जर्नल ग्रह विज्ञानमा एउटा सन्दर्भ सामाग्री हो। उनले आफ्नो योजना र भविष्यका पीढ़ीहरूलाई मद्दत गर्न विज्ञानको क्षेत्रमा महत्त्वपूर्ण भूमिकामा महिला उपस्थिति देख्न पाउदा हुने प्रभावका बारेमा जीभीसँग कुराकानी गरिन्।
जीभी: तपाईं इकारस जर्नल सम्पादन गर्ने पहिलो महिला कसरी हुनु भयो?
Rosaly Lopes (RL): Carl Sagan started Icarus because at the time there was no scientific journal to publish works exclusively on planetary science. The editors all came from Cornell University because at the time the submissions were all sent there and passed from one professor to another. There were few editors, I think three or four. The last one stayed for more than 10 years. He and the American Astronomical Society, which has a division for Planetary Sciences, started to ask who would like to be a candidate. I presented myself as a candidate and they chose me.
रोजली लोपेस (आरएल): कार्ल सागनले इकारस सुरू गरे, किनकि त्यसबेला ग्रह विज्ञानमा विशेष प्रकाशनहरू प्रकाशित गर्ने कुनै वैज्ञानिक जर्नल थिएन। सम्पादकहरू सबै कर्नेल विश्वविद्यालयका थिए किनभने त्यस समयमा सबै प्रस्तुति त्यहाँ पठाइने गरिन्थ्यो र एक प्राध्यापकबाट अन्यलाई हस्तान्तरण हुन्थ्यो। त्यहाँ केही सम्पादकहरू थिए, मलाई लाग्छ तीन वा चारजना। एक जना १० वर्ष भन्दा बढी त्यहाँ बसे। उनी र ग्रह विज्ञान विभाग भएको अमेरिकन खगोल समाजले उम्मेदवार बन्न इच्छुक को छ भनेर सोध्न थाले। मैले आफैंलाई उम्मेदवारको रुपमा प्रस्तुत गरें र उनीहरुले मलाई चुने।
जीभी: वैज्ञानिक तथ्याङ्क, तथ्य र अनुसन्धानमा सवाल राख्ने धारणा प्रति तपाईं के सोच्नुहुन्छ?
RL: It is a small part of the population which think this. But there are people who do not want to believe that it is human activity which is causing [climate change]. This is because there are a lot of people who are afraid that our mode of life has to change. I am optimistic, I think that we will discover ways of using energy that do not cause global warming. The problem is that the question has become more political than scientific.
आरएल: जनसंख्याको एउटा सानो हिस्सा छ जसले यो सोच्दछ। तर मानव गतिविधिका कारण जलवायु परिवर्तन भइरहेको छ भनेर विश्वास नगर्ने व्यक्तिहरु छन्। किनभने धेरै व्यक्तिहरू यस्ता छन् जो आफ्नो जीवनको मोड परिवर्तन गर्नु पर्ला भनेर डराउँछन्। म आशावादी हुँ, मलाई लाग्छ कि हामी ग्लोबल वार्मिङ नगराउने ऊर्जा प्रयोग गर्ने तरिकाहरू खोज्नेछौं। समस्या यो छ कि सवाल वैज्ञानिक भन्दा बढ्ता राजनीतिक बनेको छ।
जीभी: सन् २००५ मा तपाईंले सामुदायिक शिक्षामा विशेष गरी हिस्पेनिक युवा तथा महिलाका लागि समावेशिता सम्बन्धी आफ्नो कामको लागि कार्ल सागन पदक प्राप्त गर्नुभयो। तपाईं यस बारेमा आफ्नो थप व्यक्तिगत धारणा बताउन सक्नुहुन्छ?
RL: Inclusion is important because science needs talent, it needs dedicated people, and it does not matter it they are men or women, of different ethnicities, or anything. It is important to have youths aimed at a career in sciences and technology because it is our future. Medicine is also very linked to the area of technology. Science has to be a field prepared to include all.
आरएल: समावेशिता महत्त्वपूर्ण छ किनभने विज्ञानमा प्रतिभा चाहिन्छ, समर्पित मान्छे चाहिन्छ र यसले भिन्न जातजातिका महिला हुन् वा पुरुष वा अन्य जे भए पनि सरोकार राख्दैन। विज्ञान तथा प्रविधिमा युवाहरुले उन्नतिको उद्देश्य राख्नु महत्त्वपूर्ण छ किनभने यो हाम्रो भविष्य हो। चिकित्सा पनि प्रविधि क्षेत्रसँग पूरै जोडिएको छ। विज्ञानले सबै क्षेत्रलाई समावेश गर्न तयार हुनुपर्छ।
जीभी: महिलाहरु भन्छन् कि विज्ञानको क्षेत्रमा उनीहरुका लागि वातावरण ज्यादै असहज छ, उनीहरु आफैंलाई अझ धेरै प्रमाणित गर्नु पर्ने अवस्था छ। के तपाईं यसमा सहमत हुनुहुन्छ?
RL: I think that this is a little bit of a myth. I think that 50 or 30 years ago, yes. But, today, for example, in the area of Planetary Sciences, women constitute 30 or 35 percent. Now seeing a woman scientist is not a thing that people consider ‘different’. From the moment that you have 25 percent women in a scientific area, it starts to be something more normal.
आरएल: मेरो विचारमा यो एउटा मिथक जस्तै हो। मलाई लाग्छ यो कुरा ५० या ३० वर्ष पहिले सत्य थियो। तर आज, उदाहरणका लागि, ग्रह विज्ञानको क्षेत्रमा महिलाहरू ३० वा ३५ प्रतिशत छन्। अहिले महिला वैज्ञानिकलाई देख्नु मानिसले सोचेजस्तो ‘नौलो’ कुरा छैन। वैज्ञानिक क्षेत्रमा २५ प्रतिशत महिला भएमा यो सामान्य लाग्न थाल्नेछ।
जीभी: के तपाईंले कहिल्यै पूर्वाग्रह सामना गर्नु परेको थियो?
RL: No and I never worried much about this. People should not lose time worrying about this. I was always of the opinion that, if somebody has a prejudice, the problem is theirs, not mine. It is better to go forwards and do the work in the best way that you can.
आरएल: थिएन, म यस बारेमा कहिले पनि चिन्तित भइन। हामीले चिन्ता लिएर समय बर्बाद गर्नु हुँदैन। यदि कसैले पूर्वाग्रह राख्छ भने यो उनीहरुको समस्या हो, मेरो होइन भन्ने सोच्थे। अगाडि बढ्नु राम्रो हो र गर्न सकिने काम राम्ररी गर्नु पर्छ।
जीभी: तपाइँले यस क्षेत्रमा कसरी रुचि लिन थाल्नु भयो?
RL: I grew up with the Apollo programme and it was that which inspired me a lot. I wanted to be an astronaut, at first, but I saw that I was a woman, Brazilian, and very short-sighted. So, really, it was not going to happen. I decided that I was going to help the space programme as a scientist. I decided this very early and never strayed from this path.
आरएल: म अपोलो कार्यक्रमसँगै हुर्के बढें जसले मलाई धेरै प्रेरित गर्यो। सुरुमा म एक अंतरिक्ष यात्री हुन चाहन्थें, तर म एउटी ब्राजिलियन महिला थिएँ र धेरै टाढासम्म देख्न नसक्ने (अल्प दृष्टि ) आँखाको समस्या थियो। त्यसैले मैले सोचेजस्तो भएन। मैले निर्णय गरेँ कि म एक वैज्ञानिकको रूपमा अन्तरिक्ष कार्यक्रममा सहयोग गर्न जाँदैछु। मैले यस बारेमा सुरुमा नै निर्णय लिएँ र यो मार्ग कहिल्यै छोडिन।
जीभी: आमा-बाबुले तपाईको रुचिलाई कसरी लिए?
RL: Fortunately, they supported me a lot, because without this I could not have taken on anything. My mother was worried that I, as an astronomer, would not have a job. But she made a point of me learning English and French, for me to have a way of earning money, even if the profession did not give me money. They encouraged me a lot such that I studied abroad, they paid for everything, made sacrifices, because they saw that, especially at that time, there was no field of astronomy in Brazil. Now it is better.
आरएल: सौभाग्यवश वहाँहरुले मलाई धेरै प्रोत्साहन दिनुभयो, त्यस्तो नभइ दिएको भए मैले केही गर्न सक्ने थिइन। एक खगोलविद्को रूपमा मलाई रोजगारी नमिल्ला भन्ने मेरी आमालाई चिन्ता थियो। तर यदि मेरो पेशाबाट कमाइ नभएमा पनि वहाँले मलाई अंग्रेजी र फ्रेन्च भाषा सिक्न लगाएर पैसा कमाउने बाटो देखाउनु भयो र ढुक्क हुनुभयो। वहाँहरूले मलाई धेरै प्रोत्साहन दिनुभयो। मैले विदेशमा अध्ययन गरेँ, सम्पूर्ण खर्च व्यहोर्नुभयो, त्याग गर्नुभयो किनभने त्यस समय ब्राजिलमा विशेष गरी खगोल विज्ञानको क्षेत्रमा केही नभएको वहाँहरूले देख्नुभयो।अहिले त्यहाँ राम्रो छ।
जीभी: के यो क्षेत्रमा विकासशील देशका व्यक्त्ति जोडिनु स्वाभाविक हो?
RL: It is not very common, but it is changing. When I started, really, it was not at all common. But now I am seeing more and more people. There are opportunities, especially if you are very dedicated and study a lot. We need talents working in those areas, so it is important to encourage all the people who really like the field.
आरएल: यो त्यत्ति स्वाभाविक छैन, तर यो परिवर्तन हुँदैछ। जब मैले सुरू गरें, वास्तवमा यो कति पनि स्वाभाविक थिएन। तर अहिले धेरै भन्दा धेरै व्यक्त्तिहरु देखिरहेकी छु। विशेष गरी यदि तपाईं धेरै समर्पित हुनुहुन्छ र धेरै अध्ययनशील हुनुहुन्छ भने अवसरहरू छन्। हामीलाई ती क्षेत्रहरूमा काम गर्ने प्रतिभा चाहिन्छ, त्यसकारण सबै व्यक्त्तिहरुलाई प्रोत्साहन गर्नु आवश्यक छ जसले वास्तवमै यो क्षेत्रलाई मन पराउँछन्।
जीभी: एउटा ब्राजिलियन पत्रिकाले तपाईंलाई ‘ब्राजिलियन जसले नासामा सफलता प्राप्त गरिन्‘ भनेर उल्लेख गर्यो। तपाईं उक्त्त महिमा बारे के भन्नुहुन्छ?
RL: (laughs) I did not know about that title, interesting. Everything in life is effort and a little luck, take advantage of the opportunities that appear. I took on some risks. At 18 years old, I left Brazil to study in Britain and it was difficult. My English was good, but not excellent for university level and I had difficulties. My preparation in Brazil was lower than the British students, although I had attended good schools. Afterwards, I was in Britain with a good job with the government, I worked at Greenwich Observatory, but decided that it was not what I wanted to do, because there was no chance of doing research. I took a risk, left the job and went to the USA to participate in JPL [Jet Propulsion Laboratory] with NASA, with a scholarship for two years’ duration. Fortunately, it worked out, but it was a risk, because I knew what I wanted. My father said that the most important thing life was to have a passion, go after it and don’t give up.
आरएल: (हाँस्दै) मलाई त्यो महिमा बारे थाहा छैन, रोचक। जीवनमा सबै कुरा प्रयास र अलिकति भाग्य हो, पाएको अवसरको फाइदा उठाउनु पर्छ। मैले केही जोखिम मोलें। १८ वर्षको उमेरमा बेलायतमा पढ्न मैले ब्राजिल छोडें र त्यसबेला गाह्रो थियो। मेरो अंग्रेजी राम्रो थियो, तर विश्वविद्यालय स्तरको लागि उत्कृष्ट थिएन र मलाई कठिनाइ थियो। ब्राजिलमा मैले राम्रा स्कूलहरूमा अध्ययन गरेकी भएतापनि मेरो अभ्यास ब्रिटिश विद्यार्थी भन्दा कम थियो। पछि, बेलायतमा मैले राम्रो सरकारी जागिर पाएँ, मैले ग्रीनविच अब्जरभेटरीमा काम गरें तर त्यहाँ अनुसन्धान गर्ने कुनै अवसर नभएकाले मैले गर्न चाहेकी जस्तो यो भएन भन्ने निर्णय गरें। मैले जोखिम मोलें, जागिर छोडें र नासाको जेपीएल [जेट प्रपल्सन ल्याबोरेटोरी] मा दुई वर्षे छात्रवृत्तिमा अमेरिका गएँ। सौभाग्यले यो फलदायी सावित भयो, तर यो एक जोखिम थियो, किनभने मलाई थाहा थियो कि मैले के चाहेकी थिएँ। मेरो बुबाले भन्नु भएको सबैभन्दा महत्त्वपूर्ण कुरा जीवनमा उत्साह हुनु पर्दछ, लागि पर्ने र हार नमान्ने।
जीभी: तपाईंले कसिनी मिशनमा भाग लिनुभयो र सक्रिय ज्वालामुखी बारे विश्वको अग्रणी विशेषज्ञहरूमध्ये एक हुनुभयो। तपाईं आफ्नो कुन योजनालाई सबैभन्दा धेरै मन पराउनु हुन्छ?
RL: That is difficult to know. I think that my work on the Galileo Mission, on the volcanic moons of Jupiter, was what most stands out even today. But, I hope that my most important work, I have not done it yet. That I still have time ahead.
आरएल: यो भन्न गाह्रो छ। मलाई लाग्छ कि ज्वालामुखीको कारण उत्पन्न बृहस्पति ग्रहको चन्द्रमा सम्बन्धी ग्यालिलियो मिशनमा मेरो काम सबैभन्दा बढी महत्वपूर्ण थियो र आजसम्म पनि छ। तर मेरो सबैभन्दा महत्त्वपूर्ण कार्य, मैले अहिले सम्म गरेकी छैन। त्यसको निम्ति अझै समय छ।
जीभी: तपाइँको अर्को योजना के हो?
RL: I just received funding from NASA, a large project of mine was approved to study the moon Titan in more depth, which is a moon of Saturn. We want to do this study with a lot of researchers, spread over all the United States, in Hawaii, Chicago, Britain. We are conducting a study on the possibility of life developing on Titan.
आरएल: मैले भर्खरै नासाबाट वित्तीय सहयोग प्राप्त गरें, शनि ग्रहको चन्द्रमा टाइटनको विस्तृत अध्ययन सम्बन्धी मेरो एक ठूलो प्रोजेक्ट अनुमोदन गरिएको थियो। हामी यो अध्ययन संयुक्त राज्य अमेरिकाभर, हवाई, शिकागो, बेलायतमा छरिएर रहेका धेरै शोधकर्ताहरूसँग मिलेर गर्न चाहन्छौं। हामी टाइटनमा प्राणीको सम्भावना बारे अध्ययन गरिरहेका छौं।
जीभी: तपाईंलाई हामी पृथ्वी बाहिर अर्को ग्रहमा रहन सक्ने दिनको नजिक छौं भन्ने लाग्छ?
RL: This is what we are going to study, not only the biological aspect, which already has a team of biologists in Chicago researching if life could develop in the ocean of liquid water underneath a layer of ice on Titan, but if organic material, which could serve as food for that life, that we know exists in the atmosphere and on the surface, could penetrate the ocean and after, with cryovolcnanism, ice-volcanic activity, if it could come to the surface and we could detect those signs of life.
आरएल: यस बारेमा नै हामी अध्ययन गर्न गइरहेका छौं, केवल जैविक दृष्टिकोणबाट मात्र होइन, पहिलेदेखि नै शिकागोमा जीव विज्ञानको एउटा टोली छ जसले टाइटनमा बरफको तह मुनि रहेको तरल पानीको समुद्रमा प्राणीको विकास गर्न सकिन्छ कि भनेर अनुसन्धान गरिरहेका छन्। तर यदि वायुमण्डल र सतहमा पाइने अर्गानिक पदार्थले प्राणीको लागि खानाको रूपमा काम गरेमा समुद्रमा प्रवेश गर्न सक्दछ र त्यस पश्चात आइस भोल्क्यानो हलचल, क्रायोभोल्क्यानिज्मको कारण यदि यो सतहमा आउन सके हामी प्राणीका संकेत पत्ता लगाउन सक्छौं।
जीभी: परन्तु के तपाई सोच्नुहुन्छ कि हामी त्यस दिनको नजिक छौं जब हामी ती वातावरणमा रहन सक्छौं?
RL: I am talking about the possibilities of microscopic life, which is one of the fundamental questions to know if life developed in other planets and moons. The possibility of colonization, there are now plans to make a base on the Moon, but I think that will take a long time. If I have an opportunity to go to Space, I will go. My dream of being an astronaut is still there.
आरएल: म सूक्ष्म प्राणीको संभावनाहरुका बारेमा कुरा गरिरहेकी छु, जुन अन्य ग्रहहरु तथा चन्द्रमामा प्राणी छन् कि भन्ने थाहा पाउन मूलभूत प्रश्नहरुमध्ये एक हो। अब चन्द्रमामा आधार बनाउने योजनाहरू छन्, तर मलाई लाग्छ कि वस्ती बसाल्ने सम्भावना लामो समय लाग्न सक्छ। यदि मलाई अंतरिक्षमा जाने अवसर मिलेमा म जानेछु। एक अंतरिक्ष यात्री बन्ने सपना अझै छ।
जीभी: इकारस कार्ल सागनले सुरुआत गरेका थिए र केही समय उनी यसका सम्पादक रहे। उनी तपाईंका अनुमोदकमध्ये एक थिए? अन्य अनुमोदकहरु को को हुन्।
RL: I knew Carl Sagan personally, because when I worked on the Galileo Mission, he was also working on it. He did very important things, not only for the field of sciences, but for having been the first scientist who stood out for publicizing sciences in a big way. At the time that he started doing this, with TV programmes and everything else, the majority of scientists thought that it was not a good thing. ‘A scientist should not waste time doing those things’. Carl Sagan broke this barrier. He showed that he could be a great scientist and publicize science at the same time. I always did a lot of publicizing, because I think it is very important to inspire the next generation. He helped me to do this, I won the medal (with his name) for exactly this. There are still people who have prejudices, but it is reducing.
आरएल: मैले व्यक्तिगत रूपमा कार्ल सागनलाई चिनेकी थिएँ किनभने जतिबेला म ग्यालिलियो मिशनमा काम गर्थे उनी पनि त्यहाँ काम गरिरहेका थिए। उनले धेरै महत्त्वपूर्ण कार्यहरु गरे, विज्ञानको क्षेत्रको लागि मात्र नभएर पहिलो वैज्ञानिक हुनुको नाताले विज्ञानको व्यापक रुपले प्रचार प्रसार गरेर अव्वल ठहरिए। त्यतिबेला उनले टिभि कार्यक्रमहरू तथा सबैमा यस्तो गरिरहँदा अधिकांश वैज्ञानिकहरूले राम्रो मानेका थिएनन्। ‘ एउटा वैज्ञानिकले यस्ता कार्य गरेर समय बर्बाद गर्नु हुन्न'। कार्ल सागनले यो मान्यतालाई तोडे। उनले आफू एक महान वैज्ञानिक भएको र विज्ञानको प्रचार प्रसार एकसाथ गर्न सक्षम रहेको देखाए। मैले सँधै प्रचार प्रसारको काम धेरै गरे, किनकि मलाई लाग्छ यो आउने पीढीलाई प्रेरित गर्न धेरै महत्त्वपूर्ण छ। उनले मलाई यस्तो गर्न सहयोग गरे, मैले यसका लागि पदक (उनको नामको) जितें। अझै पनि पूर्वाग्रह राख्नेहरु छन्, तर यो कम हुँदैछ।
जीभी: कसमस [सागन १९८० टिभि शो] अझै पनि धेरै मानिसहरूका लागि एक दृष्टान्त हो।
RL: It is. But, when I was a girl in Brazil I had not heard of it. There were few books about astronomy at that time. My father gave me ‘The Universe’ by Isaac Asimov, and this was very important. I remember that when I was growing up, there was the mission Apollo 13, which had to return to Earth. The reports of two newspapers that I got in Rio de Janeiro talked of a girl Francis Northcutt. Her nickname was Poppy. She worked for a company for an airspace company, calculating orbits for spaceships and she had been helping the calculations for Apollo 13 to return. Just showing a woman, in the Houston control centre, was a very big inspiration for me. Funny, I never met her in person. She left NASA soon after, went to study law and become a lawyer. It is important for women scientists to raise awareness to inspire today’s girls.
आरएल: हो। तर, जब म ब्राजिलमा बालिका थिएँ, मैले यस बारे सुनेकी थिइन। त्यस समयमा खगोल विज्ञानको बारेमा केही किताबहरू थिए। मेरो बुबाले मलाई आइज्याक असिमोभद्वारा लिखित ‘द युनिभर्स’ दिनुभयो र यो धेरै महत्त्वपूर्ण थियो। म सम्झन्छु जब म ठूली हुँदै गइरहेकी थिएँ, त्यसबेला मिशन अपोलो १३ थियो, जुन पृथ्वीमा फर्किनु थियो। रियो दि जेनेरियोमा दुई समाचार पत्रको रिपोर्टमा फ्रान्सिस नर्थकट बारे चर्चा गरिएको पढें। उनको उपनाम पप्पी थियो। उनले एक एयरस्पेस कम्पनीको लागि काम गरिन्, अंतरिक्षयानका लागि कक्षहरू गणना गर्ने र अपोलो १३ पृथ्वीमा फर्कने गणना कार्य गर्न मद्दत गर्दै थिइन्। ह्यूस्टन नियन्त्रण केन्द्रमा एउटी महिला देखाउनु नै मेरो लागि एकदम ठूलो प्रेरणा थियो। अचम्म, मैले उनीसँग व्यक्तिगत रुपमा कहिल्यै भेंटिन। उनले चाँडै नै नासा छोडिन्, कानून अध्ययन गर्न गइन् र एक वकील बनिन्। आजका बालिकालाई प्रेरित गर्नको निमित्त जागरूकता बढाउन महिला वैज्ञानिकहरुका लागि महत्वपूर्ण छ।