- Global Voices नेपालीमा - https://ne.globalvoices.org -

बसन्त ऋतुमा जापान फर्की आउने सबैका प्यारा गौंथलीहरू

श्रेणी : Good News, नागरिक मिडिया, वातावरण
Swallows in Umeda Station [1]

ओसाकाको उमेदा स्टेशनमा गौंथलीहरू । फोटो: फ्लीकर प्रयोगकर्ता muzina_shanghai। लाइसेन्स: CC BY-NC-ND 2.0

प्रत्येक बसन्तमा जापानले चेरीका फूलहरू [2], धानका बेर्ना [3] तथा हे फिभर [4] (एक प्रकारको ज्वरो) तथा गौंथलीहरूलाई स्वागत गर्दछ। गौंथलीहरूलाई ट्रेन स्टेशन, विद्यालय, सपिङ्ग आर्केडहरू अनि तिनीहरूले गुँड बनाउनसक्ने जुनसुकै ठाउँमा पनि स्वागतयोग्य आगन्तुकका रूपमा हेरिन्छ।

बसन्त ऋतुको आगमनलाई मध्यनजर गर्दै इन्टरनेट मेम क्युरेट गर्ने एक जापानी साइट फन्डोले प्रत्येक वर्ष अप्रिलमा जापान फर्किने गौंथलीहरूलाई स्वागत गर्दै लेखिएका विभिन्न ट्वीटहरू जम्मा पारेको छ [5]

Sign: Welcome back, swallows!

Tweet: We wanted to the swallows to build a nest, and when we installed this nest and created this poster, sure enough, they decided to nest! The swallows are nesting right near the entrance to our store, so when you stop by, be sure to keep an eye out for them!

साइन बोर्ड: स्वागत छ गौंथलीहरू!

ट्वीट: गौंथलीहरू आएर यहाँ बसून् भन्ने चाहनाका साथ हामीले यो गुँड तथा पोस्टर बनाएका हौं, अवश्य पनि उनीहरूले यहाँ बस्ने निर्णय गरून्! गौंथलीहरूले हाम्रो स्टोरको प्रवेशद्वारनिर गुँड लगाएका छन्, तपाईं यहाँबाट जादा एक पटक त्यतातिर हेर्नुहोला!

गौंथलीहरू (Hirundo rustica [8], जापानी भाषामा ‘शुबम’ भनिन्छ) प्रवासी पञ्छी हुन्। यिनीहरू जाडो याम फिलिपिन्स, भियतनाम, मलेशिया, इन्डोनेशिया तथा अन्य देशहरूमा बिताउछन् [9] र हरेक अप्रिलमा गुँड लगाउन जापान फर्किन्छन्। यी चराहरू यताउता गरेको दृश्य यात्रुहरूलाई मनोरम तथा दर्शनीय लाग्छन्:

म अहिले तोबु तोजो शिन्रिनकोयन स्टेशनमा छु। फेरि यस वर्ष पनि गौंथलीहरू आफ्ना गुँड बनाउनमा व्यस्त छन्।
?

गौंथलीहरूले जापानमा जतासुकै गुँड बनाउने हुनाले यिनीहरूको विष्ठा बटुवामाथि नपरोस् भन्नाका लागि विशेष सावधानी अपनाइन्छ:

(तामा सिटी न्यूज) केइयो वाकाबादाइ [15] स्टेशनमा गौंथलीको विष्ठा संकलनका लागि गुँडमुनि एउटा चारपाटे मंच जडान गरिएको छ।

Swallows in Japan [16]

फ्लीकर प्रयोगकर्ता हाजिमे नाकानोको तस्वीर: “ओकुतामाको कोरी स्टेशनमा राखिएको गौंथलीहरूको सन्देश।” CC BY 2.0

(translation) From the resident swallows of Kori Station: “We will once again be in your care this year. While our droppings may be annoyance, we hope you will watch over us until we return back to our home islands in the south.”

(अनुवाद) कोरी स्टेशनका रैथाने गौंथलीहरूको तर्फबाट: “हामी यस वर्ष पनि तपाईंहरूको संरक्षणमा रहनेछौं। हाम्रा विष्ठाले तपाईंहरूलाई दुःख दिए पनि हामी आशा गर्छौ हामी दक्षिणी टापुअवस्थित आफ्ना घर नफर्किउञ्जेल तपाईंहरूले हामीलाई संरक्षकत्व प्रदान गर्नु हुनेछ।”

यी चराहरूको व्यवहार मैत्रीपूर्ण भए पनि आफूलाई बस्ने ठाउँ दिने मानिससँग सँधै डराउँछन्:

ए, गौंथलीहरू! यहाँ मानिसहरू छन्! तिमीहरू किन भाग्दैनौ (हाँसो)? तिमीहरू हामी मानिसहरूसँग एकदमै परिचित भैसकेका छौं! ??

मानिसहरूमाफ गौंथलीहरूको बसाइँ छोटो हुन्छ। मेको अन्त्यतिर बचेराहरूले प्राय गुँड छाडिसकेका हुनेछन्:

गौंथलीहरूको चिरबिर पनि सुन्दिन म आजकल। हिजो विद्यालय जाने बाटोमा मैले गुँड छाडेर हिंड्दै गरेका गौंथलीहरू देखें। छवटा बचेराहरू मज्जाले उडेर गए…कति आराम भो!

धेरैजसो जापानी हरेक बसन्तमा फर्की आउने गौंथलीहरू कुरेर बस्छन् र उनीहरूको लागि त्यो अनुभव संगाली राख्ने योग्य हुने गर्छ।

यी चराहरूले आफूसँगै धेरै खुशी बोकी ल्याउने गर्छन्। म उनीहरूको एकदम ख्याल राख्नेछु।