- Global Voices नेपालीमा - https://ne.globalvoices.org -

नेपालका कामीरिता शेर्पाद्वारा २२ औं पटक सगरमाथा आरोहणको कीर्तिमान

श्रेणी : दक्षिण एशिया, नेपाल, खेल, जातीयता र वंश, नागरिक मिडिया, यात्रा

४८ वर्षीय कामीरिता शेर्पा सर्वोच्च शिखर सगरमाथामा सबैभन्दा धेरैपटक पुग्ने आरोही बनेका छन्। तस्वीर अनुमतिमा प्रयोग गरिएको।

शेर्पा माउन्टेन गाइड कामीरिता शेर्पाले [1] विश्वको सर्वोच्च शिखर सगरमाथा चुचुरोमा २२ औं पटक [2] पाइला टेक्दै २१ औं पटक आरोहण गरिसकेका आरोहीहरू आप्पा शेर्पा र फुर्बा तासी शेर्पालाई पछि पारेका छन्। यो विश्व कीर्तिमान हो।

अनुभवी गाइड कामीरिता अन्य नौ जना चिनियाँ आरोहीसहित मे १५, २०१८ मंगलबार राती चुचुरोतर्फ लम्केका थिए र मे १६ बुधवार बिहान सगरमाथा चुचुरो चुमे [2]

उनी शेर्पा गाइडका रुपमा आबद्ध रहेको एभरेष्ट टुर कम्पनी सेभन समिट ट्रेकले [3] उनको नयाँ विश्व कीर्तिमान घोषणा गर्यो [4]:

This morning 8:30 AM Kami Rita Sherpa made 22 successful ascents of Mt. Everest as a part of Seven Summit Treks Everest Expedition!

Congratulations to Kami Rita Sherpa!

8:30AM on 16th May 2018(Nepal time), Kami Rita summited the highest peak Everest (8,848m) for 22 times and broke the world record titled “Most ascents of Everest – Male.”

आज बिहान ८:३० बजे कामीरिता शेर्पाले सर्वोच्च शिखर सगरमाथा चुचुरोको सफल आरोहण गरेका छन्, सेभन समिट ट्रेक एभरेष्ट एक्स्पेडिसनको एक सदस्यको रुपमा।

कामीरिता शेर्पालाई बधाई छ!

१६ मे २०१८ बिहान ८:३० बजे (नेपाल समय), कामीरिता शेर्पाले सर्वोच्च शिखर सगरमाथा (८,८४८ मिटर) २२ औं पटक आरोहण गरेर “पुरुषतर्फ सगरमाथामा सबैभन्दा धेरै पटक पुग्ने आरोही” को विश्व कीर्तिमान उपाधि प्राप्त गरे।

शेर्पा [5] तिब्बती जातीय समूहभित्र पर्ने समुदाय हो । नेपालको हिमाली भेगका मूलवासी शेर्पा धेरै कुशल र अनुभवी पर्वतारोहीहरूमा गनिन्छन्। तथापि, गैर-नेपाली व्यक्तिहरूले शेर्पा शब्द सामान्यतया सगरमाथा क्षेत्रमा काम गर्ने गाइड वा भरियालाई जनाउन प्रयोग गर्ने गर्दछन्।

पर्वतारोहीहरूका लागि बाटो बनाउने, डोरी टाँग्ने र पर्वतारोहणका लागि आवश्यक सामान बोक्ने काम शेर्पा गाइडका पेशा [6]भित्र पर्दछ। यो खतरनाक काम हो, तर एक सिजनमा नेपालीको औसत आयभन्दा धेरै बढी ६,००० अमेरिकी डलरसम्म कमाइ हुन्छ। सरकारले विदेशी पर्वतारोहीहरूलाई गाइड लैजान अनिवार्य गरेको छ [7]

कामीरिता शेर्पा समुदायका हुन् र उनको मूल थलो सोलुखुम्बु जिल्लास्थित थामे गाउँ हो। उनले पहिलो पटक १९९४ मा सगरमाथा आरोहण गरे । पर्वतारोही तथा साहसिक कार्यमा लागी परेका व्यक्तिका लागि विश्वको सर्वोच्च शिखर आरोहण [8] जीवनमा एक पटकको अग्नि परीक्षा भए तापनि यो हरेक वर्ष उनको निम्ति संस्कार बनेको छ।

उनले सिएटलस्थित कमर्सियल गाइडिङ कम्पनी माउन्टेनर्स फर अल्पाइन एसेन्टस इन्टरन्यासनलका लागि व्यावसायिक गाइडका रूपमा लामो समय काम गरे। हाल उनी नेपालीहरूद्वारा संचालित सगरमाथा आरोहण सम्बन्धी नियमित सेवा दिने दर्जनौ कम्पनीहरुमध्ये एक सेभन समिट ट्रेकसँग आबद्ध [7] छन्।

उनले के २, चो-ओयू, ल्होत्से, अन्नपूर्ण र अन्यसमेत गरेर हिमालय पर्वत श्रृंखलाको ८,००० मिटरभन्दा माथिका सबैजसो शिखरहरू [2] आरोहण गरेका छन्।

आफ्नो हालैको कीर्तिमान कायम गर्नु अघि उनले मलाई भने:

Summiting Everest? It's just like another daily chore. These days we've technology and weather forecasting service which has made climbing Everest much easier.

सगरमाथा आरोहण? यो अर्को दैनिक घरायसी काम जस्तै मात्र हो। आजकल हामीसँग प्रविधि र मौसम पूर्वानुमान सेवा छन् जसले सगरमाथा आरोहण ज्यादै सहज बनाएका छन्।

"Summiting Everest? It's just like another daily chore," says Kami Rita Sherpa, 21 times Everest summiteer. "These days we've technology and weather forecasting service which has made climbing Everest much easier." These days only those die who don't listen to their Sherpa guides. Otherwise, if you have will power and commitment, you too can do it! And Kami Rita is going to do it for the 22nd time. All the best Kami Rita, you're a legend! ——————– #everestsummit #everestsummiteer #kamiritasherpa #guinnessbookofrecords #willpower #courage #youcandoit #nepal #worldrecord #inspiration #meetingthelegend #instablogger #travelblogger #traveldiary #instalike #instapic #picoftheday [9]

A post shared by Sanjib Chaudhary [10] (@sankuchy) on

कामीरिता मात्र समाचारमा छाउने एक्लो नेपाली हैनन्। नेपालकै लाक्पा शेर्पा [11]ले पनि पहिलेको आफ्नै कीर्तिमान तोड्दै नवौं पटक सगरमाथा आरोहण गरेर विश्वमा सबैभन्दा धेरैपटक सगरमाथा आरोहण गर्ने महिला बनिन्।

२०१८ का अन्य प्रमुख पर्वतारोहीहरूमा अस्ट्रेलियन स्टीभ प्लेन हुन् जसले ११७ दिनमा सातै वटा महादेशका सबैभन्दा अग्ला शिखर आरोहणको कीर्तिमान [12] कायम गरे र दुबै खुट्टा गुमाएका चिनियाँ जिया बोउ [13]ले पनि सगरमाथा सफल आरोहण गरे।

तथापि, कामीरिता आफ्ना छोराछोरीहरूले आफू जस्तै शेर्पा गाइडको पेशा अँगालेको चाहँदैनन्, मुख्यतः हालैका वर्षहरूमा पर्वतमा भएका दु:खद घटनाका कारणले। सन् २०१४ र २०१५ मा सगरमाथा हिम पहिरो [14]मा परेर मृत्यु हुनेमा शेर्पाहरूसहित प्राय: स्थानिय गाइड र भरिया थिए।

४,००० भन्दा बढी पर्वतारोहीहरूले ७,००० भन्दा धेरैपटक सगरमाथा आरोहण [15] गरिसकेका छन्। तापनि हरेक वर्ष सैकडौं आकांक्षीहरूलाई आफ्नो शौर्य र साहस परीक्षण गर्ने चुनौती दिँदै यस भव्य पर्वतले लोभ्याउँदै आएको छ।