- Global Voices नेपालीमा - https://ne.globalvoices.org -

बुल्गेरियाई पर्यावरण अभियन्ताहरुलाई पिरिन राष्ट्रिय निकुञ्ज बचाऔं अभियान प्रति महत्वपूर्ण न्यायिक सफलता

श्रेणी : पूर्वी र मध्य युरोप, बुल्गेरिया, Good News, अर्थशास्त्र र व्यापार, डिजिटल एक्टिभिज्म, नागरिक मिडिया, वातावरण, विकास
Map, Pirin National Park, Pirin, Bulgaria, raised-relief map, wall, skis [1]

बोरोभेट, बुल्गेरिया स्थित माउन्टेन रिजर्व सर्भिसको भित्तामा ठड्याइएको पिरिन पर्वत क्षेत्रको पहाड तथा उपत्यकाको नक्सा। फोटो-ग्लोबल भ्वाइसेज, CC-BY।

पर्यावरण अभियन्ताहरु उत्साहित बने जब अप्रिल २६ मा बुल्गेरियाको सर्वोच्च प्रशासनिक न्यायालयले पूर्व रणनीतिक पर्यावरणीय मूल्याङ्कन सञ्चालन नगरेसम्म युनेस्को विश्व सम्पदा स्थल, पिरिन राष्ट्रिय निकुञ्जमा नयाँ निर्माण थाल्न अनुमति दिने योजनाहरू रोक्नै पर्ने फैसला सरकारलाई सुनायो [2]
फर द नेचर भनिने एक गठबन्धनले मुद्दा दायर गरेको थियो र न्यायलयको फैसलाको स्वागत गर्यो [3] प्रकृतिको सुन्दर रचना सुरक्षित राख्ने आफ्नो अभियान [4]मा एक महत्वपूर्ण कदमको रुपमा।

विश्व वन्य जन्तु कोष (डब्ल्यूडब्ल्यूएफ)-बुल्गेरियाका अनुसार, गठबन्धन सदस्य:

The [government] plan permits construction on an area that is 12.5-times larger than currently permitted area and could lead to commercial logging affecting nearly 60 per cent of the park (currently no commercial logging is permitted in the park). Development of the plan has been financed by the EU.

[सरकार] योजनाले हाललाई अनुमति दिइएको क्षेत्र भन्दा १२.५ गुणा ठूलो क्षेत्रमा निर्माण अनुमति दिन्छ र निकुञ्जको लगभग ६० प्रतिशत भू-भागलाई असर पुर्याउँदै व्यावसायिक रुपमा रुख कटान कार्यको थालनी हुन सक्दछ (हाल निकुञ्जमा कुनै व्यावसायिक रुख कटान अनुमति छैन)। विकास योजनामा यूरोपियन यूनियनद्वारा वित्तीय सहयोग भएको छ।

पिरिन राष्ट्रिय निकुञ्जमा निर्माण कार्यको आशंकाले पाँच-महिना लामो [5] विरोध प्रदर्शनको लहर बुल्गेरिया र विदेशमा [6] उठाइदिएको छ। सबैभन्दा पछिल्लो चरणको विरोध प्रदर्शन अप्रिल २६ मा सोफिया, ब्लागोभग्राद, प्लोभदिभ, स्लिभेन र लण्डन [7]मा भएको थियो। उक्त्त विरोध प्रदर्शनमा सहभागीहरुले कृष्ण सागर (ब्ल्याक सी) क्षेत्रमा प्राकृतिक सम्पदा संरक्षणको माग पनि गरे।

न्यायलयको फैसलाले बुल्गेरियाई पर्यावरण तथा जल मन्त्रालयद्वारा पूर्व रणनीतिक पर्यावरण मूल्यांकन नगरी सन् २०१४-२०२० को अवधिका लागि पिरिन राष्ट्रिय निकुञ्जको मस्यौदा व्यवस्था योजना स्वीकार गर्ने निर्णय उल्ट्याइ दियो। मन्त्रालयले बान्स्को शहर नजिकै नयाँ स्की सुविधा निर्माण गर्न अनुमति दिएको थियो।
कानूनी लडाईंको पहल गर्ने अभियन्ताहरु भन्छन् [8] यस्तो गतिविधिले पुरै निकुञ्जलाई खतरामा पार्दछ र यूरोपियन यूनियन डाइरेक्टिभ २००१/४२/ ईओ को प्रत्यक्ष उल्लंघन हो, जसमा पर्यटन, वन, उद्योग तथा जैविक विविधतालाई प्रभावित पार्ने निर्णयको मामलामा पर्यावरणीय मूल्यांकन गर्नै पर्दछ।

न्यायलयले सूचित गरेको छ कि [2] आवश्यक पर्यावरणीय मूल्याङ्कन नगरी “योजनाको कार्यकलापले वातावरणमा असर पुर्याउँन सक्थ्यो वा सक्ने थिएन भन्ने बारेमा मन्त्रालयको यथोचित मूल्यांकन गर्ने आधार थिएन।” तीन-न्यायाधीश प्यानलले बताए अनुसार यस्तो मूल्याङ्कन पर्यावरण मूल्याङ्कन नियमनको मापदण्डमा आधारित हुनुपर्छ, जुन बिषय अहिलेसम्म थिएन।

सर्वोच्च प्रशासनिक न्यायालयको फैसला उनीहरुले प्रशंसा गरेता पनि बुल्गेरियाई पर्यावरण अभियन्ताहरु यसलाई आफ्नो#SavePirin [9], अभियान अन्त्य भएको मान्न सतर्क छन् किन भने प्रभावशाली वित्तीय स्वार्थले पर्यटन परियोजनाको निमित्त उक्त्त क्षेत्र दावी गर्न खोज्नेछ भन्ने कुरामा उनीहरु सचेत छन्। जस्तो कि, कानूनी रूपमा मन्त्रालयलाई अपील पेश गर्न दुई हप्ताको समय छ, जुन पाँच-न्यायाधीश प्यानलमा पेश गरिने छ।

खुशीको समाचार @zazemiata + बुल्गेरिया स्थित #Pirin राष्ट्रिय निकुञ्ज क्षति पुर्याउँने योजनाको विरोधमा हजारौं मानिसहरु!

बुल्गेरियामा मुख्य धारका संचार माध्यम प्राय: कुलीन वर्गद्वारा संचालित छन् र वास्तवमा तीनले अभियानलाई समर्थन गर्दैनन्, विरोध प्रदर्शनलाई महत्वहीन ठान्छन् र कम सहभागिता जनाउँछन्। उदाहरणका लागि अभियन्ताहरुलाई “हरित घूसखोरहरु” भनेर पुकारेको छ हालैको एक लेखले [15] ।(Bul. зелени рушветчии)

बुल्गेरिया यूरोप र बाल्कन क्षेत्रमा मिडिया स्वतन्त्रता प्रति सबभन्दा पछाडि छ।
बुल्गेरिया जसले अहिले आलोपालो प्रणालीको अध्यक्षता गरिरहेको छ, मिडिया स्वतन्त्रताको सन्दर्भमा सबै यूरोपियन यूनियन देशहरुमा अन्तिम स्थानमा छ। euractive.com मा पनि सबभन्दा निकृष्ट छ।