- Global Voices नेपालीमा - https://ne.globalvoices.org -

सन् १९०४-१९०५ को रसिया-जापान युद्धको दौरान ट्रेन्चहरुमा खिचिएका जापानी सैनिकका फोटोहरु

श्रेणी : पूर्व एशिया, चीन, जापान, इतिहास, नागरिक मिडिया, फोटोग्राफी
Japanese water guard protecting the camp's supply from contamination [1]

“जापानी जल रक्षक शिविरको आपूर्तिलाई प्रदूषणबाट सुरक्षित राख्दै ।” (स्रोत) [1]

हालै, उत्कृष्ट ब्लग पब्लिक डोमेन रिभ्यु [2]ले १९०४-१९०५ को रूस-जापान युद्ध [3]को दौरान जापानी सैनिक र शिविर जीवन चित्रण गरिएको रंगीन चित्रहरूको केही संग्रह सेयर गर्यो। रंगीन स्टेरियोग्राफले युद्धको एक आकर्षक झलक प्रदान गर्दछ जुन २० औं शताब्दीको घटनाहरुका मुख्य रुपमा एक सूचक थियो [4] जसमा ट्रेन्च (सिपाहीहरु शत्रुको आक्रमणबाट बच्न जमिनमा खनिएको गहिरो लामो खाडल) युद्ध समेत थियो जसको परिणामस्वरूप ठूलो संख्यामा क्षति भयो। युद्धको मैदानमा विकसित प्रविधि स्टेरियोग्राफ समावेशका लागि धन्यवाद।

स्टेरियोग्राफ अमेरिकन फोटोग्राफर टी. डब्ल्यू. इन्गर्सल [5]द्वारा खिचिएका थिए, जसले १९४९ मा पोर्ट आर्थर (हाल ल्यूशुनकोउ [6], उत्तरपूर्वी चीनको दालियन [7] जिल्ला) को यात्रा गरे,लामो तथा रक्त्तपातपूर्ण युद्ध [8]को दृश्य रुस-जापान युद्ध [9]। इन्गर्सल, जसको सम्झना गरिन्छ [10] खासगरी पछिल्लो शताब्दीको अन्तमा संयुक्त राज्य अमेरिकाको स्टेरियोग्राफिक दृश्य [11]का लागि, लगभग एक सय तस्विर [12]का श्रृंखलामा जापानी दैनिक जीवन शैलीको अभिलेख राख्न सफल भए।

स्टेरियोग्राफ प्रायः नाटकीय जस्ता देखिएतापनि ट्रेन्च युद्द गर्न वाध्य पारिएका सैनिकहरुले सामाना गर्ने चुनौतीपूर्ण अवस्था, सफा पानीको स्रोतहरू फेला पार्ने तथा सुरक्षित राख्ने, पर्याप्त खाना वा घाइते भएपछि हेरचाह सहितका कार्यहरुको अभिलेख राख्दछ।

इन्गर्सलका तस्विरहरू बिना कुनै विदित प्रतिलिपि अधिकार अब पब्लिक डोमेनमा प्रवेश गरेका छन् रबोस्टन पब्लिक लाइब्रेरी [13], मोनाश विश्वविद्यालय [14]लफायट कलेजको स्किलमन लाइब्रेरी [12]. सहित विभिन्न संस्थाहरूद्वारा अनलाइन होस्ट गरिएको छ। लफायट संग्रह विशेष गरी रोचक छ किन कि तस्विरहरु विवरणात्मक क्याप्सन सहित छन् जुन इन्गर्सल आफैले लेखेको देखिन्छ।

"Japanese Recruits Just Off the Transport." [15]

“जापानी रिक्रुटहरु वाहनबाट बाहिरिँदै।”((स्रोत) [15])

[…] The futile assault on the fortress lasting from August 9th to August 26th cost 25,000 men. The transports were kept busy bringing fresh troops to Dalny. (source [15])

[…] अगस्ट ९ देखि अगस्ट २६ सम्म किल्लामा निरर्थक हमलाले २५,००० सैनिकको क्षति। वाहनलाई डान्लीमा नयाँ सैनिक टुकडी ल्याउन व्यस्त राखिएका थिए।

A Japanese trench guard at mess [16]

“एकजना जापानी ट्रेन्च गार्ड भोजनगृहमा।” (स्रोत [16])

[…] The men were not allowed to leave the trenches for any purpose. Here they had to watch and wait, eat, sleep and drink. The filth was sickening, the cold intense, and a bursting Russian shell might at any moment maim or kill them, while it was certain death to show a head above the protecting wall of the trench, only fifty or a hundred yards from the muzzle of a Russian sharpshooter's gun. (source [16])

[…]सैनिकहरुलाई कुनै पनि उद्देश्यको लागि ट्रेन्च छोड्ने अनुमति थिएन। यहाँ उनीहरूले हेर्न तथा कुर्न, खान, सुत्न र पिउन पर्दथ्यो। फोहोर घिनलाग्दो थियो, अत्यन्त चिसो र विस्फोटक रसियन ग्रिनेडले जुन सुकै समयमा उनीहरूलाई अपाङ्ग वा मार्न सक्दथ्यो। ट्रेन्चको सुरक्षा पर्खाल माथि टाउको निकाल्नु भनेको मृत्यु निम्त्याउनु जस्तै थियो, रसियन शार्पसुटरको बन्दुकको नालबाट यो पचास वा सय यार्ड मात्र टाढा थियो।

Manchurian Merchants on Market Day in Dalny [17]

“डान्लीमा हाटको दिन मन्चुरियन व्यापारीहरु।”(स्रोत) [17]

[…] On May 25th Dalny was occupied, and became the base of the besieging army. Manchurian merchants flocked here in great numbers and did a thriving business. (source) [17]

[…] मे २५ मा डान्ली कब्जा भएको थियो, र घेराबन्दी सेनाको अड्डा बन्यो। यहाँ ठूलो संख्यामा मन्चुरियन व्यापारीहरु ओइरिए र सफल व्यवसाय गरे।

[18]

“जापानी सैनिकले आफ्नो शिविरको भाँडा धोँदै।” (स्रोत [18])

[…] Every Japanese soldier carried what he called his “panican” which somewhat resembled the American workman's dinner pail. It had several compartments, and in these the soldier carried his “iron” ration of rice, dried fish, bacon, salt and sometimes a pickle or a little sweetmeat. It is the belief of European and American physicians that the marvelous power of recovering shown by the wounded Japanese soldier was due to their simple diet. (source [18])

[…] हरेक जापानी सैनिकले बोक्ने आफ्नो “प्यानिकन” अमेरिकी कामदारको डिनर डोल जस्तो देखिन्थ्यो। यसमा धेरै डिब्बाहरु थिए, र यी डिब्बाहरुमा सैनिकहरूले आफ्नो “थोरै खानाको आपतकालीन आपूर्ति” को चामल, सुक्खा माछा, सुंगुरको मासु, नुन र कहिलेकाहीँ अचार वा अलिकति स्विटमिट बोक्थे।यूरोपियन र अमेरिकन चिकित्सकहरूको धारणा यो छ कि घाइते जापानी सैनिकमा देखिएको स्वास्थ्यलाभ गर्ने अद्भुत शक्ति उनीहरूको साधारण आहारको कारण थियो।

[19]

“जापानी ट्रेन्चको दृश्य।”(स्रोत [19])

[…] The Japanese during the siege dug over eighteen miles of these [trenches], not counting the zigzag approaches from one parallel to the next. The trench shown in the picture is one before redoubt “P” that was taken in the so-called third grand assault from October 29th to November 1st, retaken at night by the Russians and again retaken by the Japanese. It was here that one regiment, ordered to storm the redoubt, refused to obey, and was promptly sent behind the firing line, while the ninth regiment was led forth and covered itself with immortal glory by taking the redoubt […] (source [20])

[…] जापानीले घेराबन्दीको समयमा यी [ट्रेन्चहरू] अठार माइल भन्दा बढी खने, एउटा समानान्तर ट्रेन्चबाट अर्को ट्रेन्चसम्मको घुमाउरो मार्गको पहुँच उक्त्त दूरीमा समावेश गरिएको छैन। तस्विरमा देखाइएको ट्रेन्च अस्थायी किल्ला “पी” पहिलेको हो जुन अक्टोबर २९ देखि नोभेम्बर १ सम्मको कथित तेस्रो ठूलो आक्रमणमा लिइएको थियो, रूसीले रातको समयमा कब्जा गरेका थिए र पुन: जापानीले कब्जा जमाएका थिए। यहाँ एक रेजिमेन्ट थियो, अस्थायी किल्लामा आक्रमण गर्न आदेश दिइयो, आज्ञा पालन गर्न इन्कार गर्यो, र तुरुन्त फायरिंग लाइनको पछि पठाइएको थियो, जबकि नवौं रेजिमेन्ट अगाडि बढ्यो र अस्थायी किल्ला कब्जा गरेर अविस्मरणीय गौरव प्राप्त गर्यो […]

Japanese Wounded Entering Hospital at Dalny [21]

“जापानी घाइतेहरु डान्ली स्थित अस्पतालमा भर्ना हुँदै।” (स्रोत [21])

[…] Many of the Russian government buildings and store houses were used for hospital purposes, to make room for the thousands upon thousands of wounded who kept pouring in. The hospitals were so full at times that new arrivals had to be deposited in the street, where they staid until a place could be provided for them.

[…]हजारौँ घाइते भएकाहरु र लगातर थपिने घाइतेहरुलाई राख्नको निमित्त धेरै रूसी सरकारी भवनहरू र भण्डारण घरहरू अस्पतालको प्रयोजनका लागि उपयोग गरिएका थिए। अस्पतालहरू कहिलेकाहीँ पूरै भरिन्थे र नयाँ आएका घाइतेहरुलाई सडकमा राख्नु पर्दथ्यो जहाँ उनीहरू ठाउँ खाली नभएसम्म शान्त रहन्थे।

Unlocking Breech of an "Osaka Baby" [22]

“ओसाका बेबी” तोप अनलक गर्दै (स्रोत [22])

The enormous coast defense guns which the Japanese brought over from Japan to use against Port Arthur were christened “Osaka Babies” by the war correspondents. These guns were designed to defend the coast of Japan against a naval attack, and were not expected ever to be moved from the foundations on which they rested. But when it became evident that the Russians had taken the heaviest naval guns from the useless warships in Port Arthur and had mounted them on their posts, it became necessary to have weapons of equal power to combat them. (source [22])

पोर्ट आर्थर विरुद्ध प्रयोग गर्न जापानीहरुले जापानको अन्य स्थानबाट ल्याएका विशाल समुद्र तट सुरक्षा बन्दूकहरू जसलाई युद्ध संवाददाताहरूले “ओसाका बेबी” नामकरण गरेका थिए। यी बन्दुकहरू जापानको तर्फबाट नौसेना आक्रमणको विरुद्धमा रक्षा गर्न निर्माण गरिएका थिए र ती बन्दुकहरुलाई कहिले पनि त्यहाँबाट अन्यत्र कतै नलैजाने सोचले राखिएका थिए। तर जब रूसीहरूले पोर्ट आर्थरको प्रयोगविहीन युद्धपोतबाट सबै भन्दा ठूला नौसेना बन्दूकहरू कब्जामा लिएका थिए र उनीहरूले पोष्टमा राखेका स्पस्ट भएपश्चात उनीहरूसँग लड्न उस्तै शक्तिको हतियार हुनु आवश्यक भयो।

Recreation in a Japanese Army camp [23]

जापानी सैनिक शिविरमा मनोरञ्जन। Attribution 2.0 Generic (CC BY 2.0) (स्रोत [23])

The Japanese have a wonderful way of acquiring Western ways. They investigate everything, and whatever they think will improve their way of living or working they readily accept. They even had a commission examine the advantages of Christianity over their own religions, but the commission reported that the Japanese were much gentler and more honest and moral people than any Christian nation as a whole, and that the Christian zealots and hypocrites had no counterpart in Japan. Our picture shows Japanese private soldiers dancing a quadrille under the instruction of an American war correspondent. The Osaka band is playing and these soldiers are practicing with an earnestness as if all Japan had their eyes on them. Their pastimes were all innocent sports with nothing rough about them, games like fox and geese, and occasionally the low singing of an endless victory-hymn by General Fukishima, who fought under Marshal Oyama. (source [23])

जापानीहरूसँग पश्चिमी तौर-तरिका ग्रहण गर्ने अद्भुत कला छ। उनीहरु सबै कुराको अनुसन्धान गर्छन्, र आफ्नो जीवन शैली वा काममा सुधार ल्याउन सहयोग पुर्याउँछन् भन्ने लागेमा सजिलै स्वीकार्छन्। आफ्नै धर्ममा भन्दा ईसाई धर्मको फाइदाहरु बारे जाँच गर्ने उनीहरुको आयोग पनि थियो तर आयोगले जापानी कुनै पनि ईसाई राष्ट्र भन्दा धेरै विनम्र, इमानदार र नैतिक व्यक्ति भएको र जापानमा ईसाई कट्टरपन्थी तथा पाखण्डी जस्ता कोही पनि समकक्षमा नभएको रिपोर्ट गर्यो। हाम्रो तस्विरले जापानी निजी सैनिकहरू एक अमेरिकी युद्ध संवाददाताको निर्देशनमा क्वाड्रिल नाचिरहेको देखाउँछ। ओसाका ब्यान्ड बजाइरहेको छ र यी सैनिकहरूले उत्साहसाथ अभ्यास गरिरहेका छन्, मानौं सबै जापानीहरुका ध्यान उनीहरुतर्फ नै भए जस्तो। फ्याउरो र हांस जस्ता उनीहरुलाई कठिन नहुने सरल खेलहरु र कहिलेकाहीँ मार्शल ओयामाको अधीनमा लडेका जनरल फुकुशिमा रचित विजय स्तुति गान गाएर फुर्सदको समय बिताउथे।

थप तस्विरहरु फ्लिकरको  बोस्टन पब्लिक लाइब्रेरी [13] संग्रहमा,मोनाश विश्वविद्यालय [14]को संग्रहमा रलफायट कलेजको स्किलमन लाइब्रेरी [12]संग्रहमा पाउन सकिन्छ।

सम्पूर्ण तस्विरहरु Attribution 2.0 Generic (CC BY 2.0) अन्तर्गत बोस्टन पब्लिक लाइब्रेरीको आधिकारिक फ्लिकर अकाउन्ट [13]बाट लिइएका हुन्। तस्विर क्याप्सन टी. डब्ल्यू. इन्गर्सल,लफायट कलेज लाइब्रेरी [24] लगायत अन्य स्रोतहरुबाट प्राप्त, पब्लिक डोमेन (प्रतिलिपि अधिकार अविदित [25])।