प्लास्टिकजन्य फोहरलाई सडकमा रूपान्तरण गर्दै एक भारतीय प्राध्यापक


टड रेबल्डको यो पोस्ट प्रथम पल्ट वातावरणीय समस्याका समाधानमा प्रकाश पार्ने पत्रिका एनसियामा प्रकाशित भएको थियो र सामग्री साझेदारी सम्झौताअन्तर्गत यहाँ पुनः प्रकाशित गरिएको छ।

प्लास्टिक प्रदूषण विश्वकै सबैभन्दा ठूला चुनौतीमध्ये एक हो। गत साता साइन्टिफिक रिपोर्टस् जर्नलमा लेख्दै वैज्ञानिकहरूले ग्रेट प्यासिफिक प्याच (प्रशान्त महासागरमा जम्मा भएको फोहरको डुंगुर) हामीले अनुमान गरेभन्दा १६ गुणा बढी रहेको घोषणा गरे।

यी सबैले प्लास्टिकजन्य फोहरलाई रिसाइक्लिङ्ग अर्थात पुनर्चक्रण र पुनःप्रयोग गर्ने उपायहरू पत्ता लगाउनु पहिलेको भन्दा निकै महत्वपूर्ण रहेको जनाउँछ।

अब भारतको मदुराइस्थित त्यागराज कलेज अफ इन्जिनीयरिङ्गका प्राध्यापक राजगोपालन वासुदेवनको कुरा गरौं। देशभरि प्लास्टिकजन्य फोहरको बढ्दो समस्या देखेर उनले रिसाइकल गरिएका तथा मसिना टुक्रा पारिएका प्लास्टिकजन्य फोहरलाई लामो समयसम्म टिक्ने लचकदार सडकमा रूपान्तरण गर्ने तरिका पत्ता लगाए:

When I started the work, some of the companies in the United States they came to know that, they were offering a lot of money. They wanted the technology to be given to them, but I said no, we are not giving like that. I'm giving to my country freely.

जब मैले यो कार्य सुरु गरे केही अमेरिकी कम्पनीले त्यसबारे थाहा पाए र उनीहरूले मलाई धेरै पैसा दिने कुरा गरे। उनीहरूलाई त्यो प्रविधि चाहिएको थियो, तर मैले नाइ भने। म यो प्रविधि आफ्नो देशलाई सित्तैमा दिंदैछु।

आजको मितिसम्म, यस प्रविधिबाट भारतमा हजारौं किलोमिटर राजमार्ग बनाइएका छन् र प्लास्टिकजन्य फोहरको उचित व्यवस्थापन गरिएको छ जसले अन्यथा पर्यावरणलाई असर गर्ने थियो:

India's got 41 lakhs (4.1 million) kilometers, only 1 lakh is laid. The other roads should be laid. That is the motivation for the whole work.

भारतमा ४१ लाख (४.१ मिलियन) किलोमिटर सडक छ जसमध्ये यो प्रविधिबाट जम्मा १ लाख किमीमा प्लास्टिक बिछाइएको छ। यो नै अझ यस्तै कार्य गर्नका निम्ति प्रेरणा हो।

हंगेरीको बुडापेस्टअवस्थित फिल्मनिर्माता सेठ कोलमनले यो भिडियो निर्माण, छाँयांकन तथा सम्पादन गरेका हुन्।

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.