बंगलादेशी विवाहमा पस्किइने खानाको मेनुमा आएको परिवर्तन

दुलहा र दुलही विवाहमा फोटो खिचाउँदै। फोटो: सानिम हक, अनुमतिमा प्रयोग गरिएको।

सबैले विवाह मन पराउँछन्, र यदि तपाईं खाना प्रेमी हुनुहुन्छ भने बंगलादेशी विवाहमा उपस्थित हुने मौका गुमाउन चाहनु हुने छैन। बंगालीहरुका खाना प्रतिको लगावलाई हेर्दा उनीहरूले वैवाहिक समारोहमा थप मेहनत गर्नेमा कुनै आश्चर्य मान्नु पर्दैन।

सामान्यतया बंगलादेशमा विवाहको सिजन डिसेम्बरदेखि जनवरीसम्म हो, जब तापमान घट्दछ। विवाह मेनुमा विशेष गरी पुलाउ, बिर्यानी, चिकेन रोस्ट कोर्मा, कबाब , रेजाला, बोरहानि जस्ता खानाका परिकार समावेश गरिएका हुन्छन्। भोजनपछिको मिष्ठान्नमा गुलियो दही, पायेस, जरदा (यो चामलबाट बनाइएको मिठो बंगलादेशी खाना हो) र विभिन्न प्रकारका मिठाइ हुन्छन्। जब दुलहा विवाहमा पुग्छन्, उनलाई शरबत र मिठाइले स्वागत गरिन्छ।

केही दशक पहिले, विवाहहरू आफ्नो घर वा छिमेकी परिसरभित्र व्यवस्थापन गरिने गरिन्थ्यो र परिवार तथा मित्रहरूद्वारा स्वागत सत्कार गरिने गरिन्थ्यो। आजकल, सामुदायिक केन्द्र र अन्य हलहरूमा विवाह आयोजना गर्ने गरिन्छ जहाँ व्यावसायिक क्याटरिङ सेवा प्रदायक तथा सेफहरूले खाना व्यवस्थापन गर्दछन् । उपन्यासकार तथा पत्रकार इजरा अहमद आफ्नो बाल्यकालको स्मरण गर्छन् :

গলির মুখে লাল, সাদা আর সবুজ মেশানো কাপড়ের গেট। চনমনে রোদের মধ্যে হয়তো বাড়ির ভেতরের উঠানে বিরিয়ানির হাঁড়ি চড়েছে ইটের চুলার ওপর, লাকড়ির ধোঁয়ায় চারদিক অন্ধকার। ছাদে টানানো ত্রিপল অথবা সামিয়ানার নিচে ভাঁজ খুলে বসানো হয়েছে হালকা খয়ের রঙের চেয়ার, টেবিল। অনেক মানুষের ব্যস্ত ছোটাছুটি, কিছু মানুষ দুপুরের রোদে উদোরপূর্তি শেষে কাপড়ে ঝোলের দাগ মেখে বের হয়ে গলির মোড়ের দোকানে গলায় ঢালছে সেভেন আপ অথবা চিবাচ্ছে পান। বাতাসে ভাসছে কেমন এক আনন্দের সুর। বলছি অনেক বছর আগে এই ঢাকা শহরে বিয়ের অনুষ্ঠানের কথা।

राता, सेता र हरिया कपडाले सिंगारिएको विशाल स्वागतद्वार लेन सुरु हुने स्थान (अतिथिहरूलाई स्वागत गर्ने ठाउँं) मा थियो। चर्को घाममा बिर्यानीले भरिएका भाँडाहरू ईटाको अस्थायी चुल्हामाथि रखिएका हुन्थे। दाउरा बाल्दा चुल्हाबाट निस्केको धुवाँले उक्त्त स्थान भरिन्थ्यो। छतमा तिरपालको मुनी हल्का खैरा मेच र टेबल मिलाएर राखिएका हुन्थे। व्यस्त मौरी झै मानिसहरू काममा खटिरहेका हुन्थे। र कोही खाना खाएर कपडामा परेको दागसँगै गइरहेका देखिन्थे। उनीहरु बिना अभिप्राय नजिकैको पसलमा सेभेन अप (पेय पदार्थ) वा पान किन्न जान्थे। वातावरण आनन्दले भरिएको हुन्थ्यो। यो धेरै वर्षअगाडि ढाकामा सम्पन्न विवाहको दृश्य थियो।

ती दिनहरूमा क्याटरिङ्गको खानाले अतिथिहरूलाई सत्कार गर्नु राम्रो मानिन्नथ्यो। तर अहिले मानिसहरू समयको मागसँगै क्याटरिङ्ग खानाको चलन चलेको देखिन्छ। पश्चिम बंगाल, भारतका सिद्धार्थ मुखोपाध्याय बंगाली विवाहमा आएको परिवर्तनबारे लेख्छन्:

এখন অবশ্য নিজেদের ক্ষমতা মত গৃহকর্তা ক্যাটারারের হাতে এই সব দায়িত্ব সঁপে দিয়ে নিশ্চিন্তে থাকতে চান৷ আসুন বসুন বলে খাওয়ানোর মানসিকতা বদলেছে ৷ আগে তো বাড়ি এসে নিমন্ত্রণ না করলে অনেকে আসতেনই না৷ কর্মব্যস্ততার কথা মাথায় রেখে এখন তো ফোন অথবা ফেসবুক- হোয়ার্টস অ্যাপ মারফতও নিমন্ত্রণ গ্রহণ করা হচ্ছে।

अहिले भोज आयोजकहरू क्याटरिङ्ग सर्भिसलाई सम्पूर्ण जिम्मेवारी दिएर आतिथ्यको लागि निश्चिन्त हुन चाहन्छन्। व्यक्तिगत रूपमा अतिथि सेवा गर्ने प्रवृत्ति परिवर्तन भएको छ। पहिले अतिथिहरूलाई उनीहरूका घरमा गएर निमन्त्रणा नगरेसम्म विवाहमा सहभागी हुन आउँदैन थिए। आजकल कहिलेकाँही फोन कल मार्फत र फेसबुक वा व्हाट्सएप मार्फत पनि विवाह निमन्त्रणा स्वीकार गरिन्छ।

बर्तमान बंगलादेशी विवाहको मेनु सम्बन्धी एक झलक

वैवाहिक संस्कृतिमा आएको  परिवर्तनसँगै बंगलादेशी व्यञ्जनमा खानाको परिकारमा परिवर्तन आएको छ। पहिले, सामान्य परिकारहरू जस्तै चिकन रोस्टसँग पुलाउ, मसालेदार मटन रेजाला (तरकारी), गोरुको भुटेको मासु, टिकिया (खसीको मासुको मसिनो टुक्रा), टमाटर, काक्रा, बोरहानी सहितको सलाद र जोर्दा वा खिर जस्ता भोजनपछिको मिष्ठान्नले सत्कार गर्ने गरिन्थ्यो। आजकाल मेनुमा बिर्यानी,मुगल व्यञ्जन  जस्ता खर्चिला र मिश्रित खानाको चलन बढ्दो छ।

दुलहाको लागि एक विशेष व्यवस्था पनि छ। धनी परिवारको लागि दुलहा र दुलहाको मण्डलीलाई सिंगै भेडाको रोस्टले सत्कार गर्ने चलन छ।

दुलहालाई मिठाईले स्वागत गरिंदै। फोटो: सानिम हक । अनुमतिमा प्रयोग गरियो।

सिंगै भेडाको रोस्ट

दुलहालाई सत्कार गरिएको छ। फोटो: सानिम हक| अनुमतिमा प्रयोग गरिएको।

सादा पुलाउ

यो लोकप्रिय मुख्य व्यञ्जन प्राय: सबै बंगाली विवाहमा हुने खाना हो। सादा पुलाउ प्याज, हरियो खुर्सानी, मटर, घिउ तथा अन्यसहित बास्नादार चामल (बासमती, चिनगुरा आदि) बाट बनाइन्छ। यो रोस्ट र तरकारी (अलग थालीमा) सँग सत्कार गरिन्छ।

सादा पुलाउ-एक प्रचलित मसालेदार खाना । फोटो: सानिम हक। अनुमतिमा प्रयोग गरिएको।

बिर्यानी

दक्षिण एसियाली मिश्रित खाना बिर्यानी अहिले विवाहमा प्रचलित छ । मसला, बास्नादार चामल, मासु (चिकन, मटन, गोरु वा माछा), घिउ (क्लारिफाइड बटर) र अन्य स्वाद बढाउने पदार्थ मिसाएर बिर्यानी बनाइन्छ। पुलाउ (रोस्ट र तरकारीसँग खाइने) जस्तो नभई बिर्यानी मासु र मसला (र सब्जी) मिसाएर बनाइएको परिकार हो।

A post shared by PaThaN swrov (@imfoysalpathan) on

मटन रेजाल (मसालेदार भेडाको मासु)

मटन रेजाला बंगालको एक मौलिक खाना हो जुन खसीको मासु र सब्जिसँग तयार गरिन्छ। यो विशेषत: पुलाउ वा खानासँग बाडिन्छ।

रेजालाको अर्थ नरम खसीको मासुको ग्रेवी हो। तपाईंले यसको स्वाद बिर्सन सक्नु हुनेछैन। यो बंगलादेशी विवाहमा प्रचलित लोकप्रिय मेनु हो। तस्विर: सानिम हक। अनुमतिमा प्रयोग गरिएको।

चिकन रोस्ट

बंगलादेशी विवाहको अर्को लोकप्रिय परिकार चिकन रोस्ट हो। तस्विर: सानिम हक। अनुमतिमा प्रयोग गरिएको।

टिकिया (खसीको मासुको कीमाबाट तयार गरिएको परिकार)

टिकिया सामान्यतया पुलाउ वा बिर्यानीसँग लिइन्छ। त्यसैले यो विवाह मेनुको एक स्वाभाविक विकल्प हो।


विवाहमा एक लोकप्रिय परिकार टिकिया। तस्विर: सानिम हक। अनुमतिमा प्रयोग गरिएको।

बोरहानि

बोरहानि, दहिमा पुदीनाको पात, मरिच, हरियो खुर्सानी र पानी मिसाएर बनाइएको पेय पदार्थ हो। यसले विवाहको स्वादिष्ट भोजनलाई पचाउन सहयोग गर्दछ।

A post shared by Maisur (@abumaisur) on

जरदा

जरदा चामाल विवाहमा भोजनपछिको विशेष मिष्ठान्न हो।

जरदा, चामाल, घ्यु, चिनी, सेफ्रोन र सुन्तलाको रसबाट बनाइन्छ।तस्विर: सानिम हक।अनुमतिमा प्रयोग गरिएको।

पान (बिटिल लिफ)

पान, सुपारी, सुर्तिको पत्ता तथा अन्य मसला प्रयोग गरेर तयार गरिन्छ।

विवाहमा भोजनपछि पान बाँड्नु एक पुरानो परम्परा हो। तस्विर: सानिम हक। अनुमतिमा प्रयोग गरिएको।

बंगलादेशी विवाहमा बाडिने खानाको परिकार परिवर्तन हुँदै गरेको भएतापनि एउटा गुण सधैं उस्तै रहन्छ – ती स्वादिष्ट हुन्छन्।

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.