बिटकोइन, ट्यूलिप र नाइजेरियन सेयर बजारमा के समानता छ

अनस्प्लासको पब्लिक डोमेन फोटोहरू, विकिमिडिया कमन्सको तस्विर www.vpsi.org द्वारा रिमिक्स गरिएको (CC BY 2.0)।

एन. एम. बास्सी

सबैले अझ धेरै पैसाको अभिलाषा राख्दछन्: भिखारी, विद्यार्थी, चोर, कामदार, अरबपति-प्रत्येक व्यक्ति। पैसाले तपाईंको उपलब्ध विकल्प, तपाईं बस्न सक्ने ठाउँ र तपाईंले गर्न सक्ने वा नसक्ने कुराहरु बारे निर्धारण गर्दछ। त्यसैले मानिसहरु अधिक पैसा, अधिक स्रोत प्राप्त गर्न सधैं प्रयासरत छन्। अर्थशास्त्रीहरू यसलाई असीमित चाहनाको नियम भन्दछन्। मानिस सधैं धेरै चाहन्छ र हाम्रो चाहना अतृप्त हुन्छ।

अधिक पैसा प्राप्त गर्न हामी विभिन्न कार्यहरु गर्दछौं: हामी काम गर्छौं, हामी चोरी गर्छौं, हामी माग्छौं। परन्तु अझै प्रतिष्ठापूर्ण ढंगले र कहिलेकाहीँ बढी सफलतापूर्वक, हामी लगानी गर्छौं। लगानीले मानिसहरूको आर्थिक भविष्य परिवर्तन गर्ने र तिनीहरूलाई गरिबीबाट हटाउने क्षमता राख्दछ। वस्तु तथा सेवा प्रदान गर्ने व्यवसायले यस्तो अभ्यास लामो समयदेखि गरेका छन्, तर मान्यता बदलिएको देखिन्छ-सबै भन्दा महत्वपूर्ण लगानी ती हुन् जसलाई तपाईंको समय र निगरानी  आवश्यकता पर्दछ, जसबाट तपाईंलाई प्रतिफल प्राप्त हुन्छ।

घर जग्गा, कमोडिटिज,सेयर बजार, विदेशी मुद्रा कारोबार र हालैको क्रिप्टोकरेन्सीको कुरा गरौं। यी लगानीका अवसरले तपाईंलाई प्रतिफल दिन्छन् जुन तपाईंको समय वा प्रयासमा निर्भर हुँदैनन् तर सही ठाउँमा सही समयमा गरिएको लगानीले तपाईं संपन्न बन्न सक्नुहुनेछ वा लगानी नगरेको भन्दा कमसेकम संपन्न बन्नुहुनेछ। उत्तम योजना, यस्ता लगानी विफल नभएको खण्डमा: जब घर जग्गा कारोबारमा गिरावट आउँछ, जब विदेशी मुद्रा कारोबारमा कमी आउँछ, जब वस्तुको (उदाहरणका लागि कच्चा तेल) मूल्यमा अचानक गिरावट आउँछ र क्रिप्टोकरेन्सीको मूल्यमा गिरावट आउँछ।

ट्यूलिप मेनिया

नाटकीय ढंगले लगानी डुब्नु नौला घटना होइनन्। सबैभन्दा पुरानो घटना १७ औं शताब्दीको ट्यूलिप मेनिया हो। १०० वर्ष अघि ट्यूलिप डचमा आयात गरियो, ट्यूलिप धनाढ्य तथा उच्च-मध्यम वर्गमा विस्तारै आकर्षक र लोकप्रिय बने। ट्यूलिप सुन्दर थिए र प्राप्त गर्न कठिन थियो त्यसैले मानिसहरुले ट्यूलिपलाई प्रतिष्ठाको रुपमा लिए। केही मानिसले यसलाई पैसा कमाउने अवसर ठाने, फूलेपछि फाइदा हुने आशामा ठूलो मात्रामा ट्यूलिपको कन्द खरिद गरे। चाँडै, एम्स्टर्डम स्टक एक्सचेंजमा ट्यूलिप कारोबार सुरु हुन थाल्यो, र अन्य धेरै मानिसहरूले पनि मूल्य बढ्ने अनुमानको भरमा ट्यूलिप खरिद गर्न थाले।

ट्यूलिपको व्यावहारिक प्रयोग थिएन, सुगन्धको कमी थियो र कुनै औषधीय गुण थिएन, ट्यूलिप मेनिया उचाइमा पुगेको बेला एउटा ट्यूलिप कन्दको मूल्य अहिलेको पैसामा ७६ हजार अमेरिकी डलर सम्ममा खरिद गर्नलाई आफ्नो घर बिक्री गर्ने  लगानीकर्ताहरु थिए। समझना छ?

त्यसपछि सुरुका खरिदकर्ताहरुले आफूसँग भएको ट्यूलिप बिक्री गर्न थाले, र त्यसैले मूल्य कमजोर भयो। जब मूल्य ओरालो लाग्यो, अझ धेरै व्यक्तिहरु बिक्री गर्न  हतारिए र चाँडै नै त्यहाँ बिक्रेताहरुको बहुलता भयो, खरिदकर्ताहरु कोही भएनन्। बिक्रीमा  थप सन्त्रास पैदा  भयो र करिब एक महिना भित्रमा पहिले ७६ हजार अमेरिकन डलरमा बिक्री भएको ट्यूलिपको मूल्य एक डलर भन्दा पनि कम हुन पुग्यो। बजार नियन्त्रण गर्न र ट्यूलिप समस्या हल गर्नका लागि नियमहरू पारित गर्ने सरकारको प्रयास असफल भयो। ट्यूलिप बबल फुट्यो, ट्यूलिप बजार ध्वस्त भयो, ट्यूलिप मेनिया समाप्त भयो र यस नोक्सानीबाट पहिलेको अवस्थामा फर्कन डच सरकारलाई वर्षौ लाग्यो।

जब मैले पहिलो पटक ट्यूलिप आकर्षणको बारेमा पढेँ, मैले क्रिप्टोकरेन्सी र बिटकोइनसँग समानता फेला पारेँ, विशेष रुपले अस्वाभाविक। ट्यूलिपको व्यावहारिक उपयोग नरहेतापनि मानिसहरुले आफूलाई जरुरत नभएको वस्तु खरिद गरे सँगै ट्यूलिप मेनिया सुरु भयो किन भने कुनै दिन कसैले वास्तविक मूल्य भन्दा बढीमा खरिद गर्नेछ भन्ने उनीहरुले विश्वास गरे।

रहस्यमय सातोशी नाकामोतोद्वारा आविष्कृत  बिटकोइन साथी-साथी बीच सापटीका लागि नयाँ मोडेल डिजाइन गरिएको थियो-एक मुद्रा जसले बैंक, एक्सचेन्ज र सरकार जस्ता तेस्रो पक्षलाई वेवास्ता गर्दछ र सुरक्षित, प्रामाणिक, प्रमाणित तरिकाले प्राप्त गर्न चाहनेहरुलाई रकम प्रदान गर्दछ।यसले मुद्राको अनेक मांगलाई पूर्ति गर्यो र सही अर्थमा नयाँ संभावनाका ढोका खोल्यो। समस्या? बिटकोइन र क्रिप्टोकरेन्सी सामान्यतया, कम्तीमा अहिलेसम्म आफ्नो उपयोगिता सिद्द गर्न असफल भएको छ।

आजसम्म बिटकोइनको कुनै स्वतन्त्र प्रयोग छैन। यसले विद्यमान विनिमय प्रणालीले गर्न नसक्ने केही कार्य गर्न सक्दछ तथापि यसलाई व्यापक उपयोगको निम्ति नगदमा परिवर्तित गर्न आवश्यक छ। त्यसैले ट्यूलिप खरिदकर्ताहरुले वास्तविक मूल्य नभएको फूलमा हजारौं डलर लगानी गरे जस्तै मानिसहरु मुद्रामा लगानी गरिरहेका छन् जसको मूल्यको औचित्य सिद्द हुन अझै बाँकी छ। र जब मानिसहरु वास्तविक मूल्य नभएका वा प्रत्यक्ष प्रयोजन नभएका वस्तुहरुमा पैसा खन्याउँछन्, उनीहरुले गम्भीर खतरा मोलिरहेका छन्।

नाइजेरियन सेयर बजार

सन् २००० को दशकको अन्तमा नाइजेरियन सेयर बजारमा सुधार आउन थाल्यो। पहिले अज्ञात रहेको सेयरको मूल्य बढ्न थाल्यो र चाँडै सेयर बजारमा अखबारको मुख्य समाचारमा छाइरहेको थियो। लगानी विश्लेषकहरूले बजार पूंजीकरण को रूपमा सेयर मूल्यमा आएको वृद्धिमा खुशी मनाए। मानिसहरूले १००% सम्म मुनाफा कमाइरहेका थिए। यसमा आधारित रहेर सेयर दलाली कंपनीहरुले सघन मार्केटिङ प्रयासहरू सुरु गरे। पहिले प्राप्त लाभ प्रमाणको रूपमा प्रयोग गर्दै, तिनीहरूले नाइजेरियन सेयर बजारमा लगानी गर्न हजारौं मानिसलाई विश्वस्त पारे। मानिसहरूले अल्पकालीन खरिद-बिक्रीको आधारमा अनुमान लगाउन थाले र लाभ, सम्पत्ति आधार वा अघिल्लो लाभांश / बोनस सेयर रेकर्ड बारे बिना सोच-विचार सेयरमा लाखौं खन्याए। सेयर बजारको बढ्दो ग्राफमा प्रोत्साहित हुँदै अझ धेरै सट्टेबाजी लगानीकर्ताहरूले पैसा खन्याए, केही व्यक्तिहरु लगानीकर्ताहरुलाई बिक्री गरिएको संदेहास्पद सेयरमा प्रशस्त लगानी गर्नको निमित्त ऋण लिन समेत तयार भए।

एक वर्ष भन्दा कम समय भित्र नाइजेरियन सेयर बजारमा एकाएक गिरावट आयो। मार्च २००८ मा १३.५ ट्रिलियन नायराको उच्च विन्दुदेखि बजार पूंजीकरण जनवरी २००९ मा ४.६ ट्रिलियन नायरामा गिरावट आयो। सयौं सेयर दलालले आफ्नो काम गुमाए, कंपनीहरु बंद भए र पेन्सन कोष आफ्ना दायित्वहरु पूरा गर्न असमर्थ भए।

तीन घटनाले सिकाएका पाठ तथा टिप्पणीहरु

  • प्रारम्भमा लगानी गर्ने व्यक्तिले अक्सर सट्टेबाजीबाट लाभ उठाउँदछ
  • वास्तविक मूल्य बिनाको वस्तु अत्यन्त अस्थिर हुन्छ
  • मानिसहरू सधैं अन्य कुराभन्दा पैसा कमाउन प्रयास गर्दैछन् र उनीहरु कुनै पनि लहडमा निर्भर हुँदै संदेहपूर्ण ‘लगानी’ गर्न तम्सिन्छन्
  • जब कुनै कुरा समाचारमा/ सधैं जसो आइरहन्छ, उक्त्त वस्तु खरिद गर्ने उत्तम समय नहुन सक्छ
  • जति तपाईं आफ्नो लगानीको बारेमा जान्नु हुन्छ उति राम्रो
  • पैसाको अन्दाज नगर्नुहोस् जसलाई तपाईं गुमाउन तयार हुनुहुनेछैन
  • कतिबेला पछाडि हट्ने थाहा पाउनुहोस् – लालची नबन्नुहोस्!
  • इन्टरनेटमा ठूलो संख्यामा उपलब्ध सिक्कादेखि सावधान रहनुहोस्, विशेष गरी “केही चन्दा” माग्नेहरुसँग

यो लेख तयार हुँदासम्म बिटकोइन ९-१० हजार अमेरिकन डलरमा व्यापार गर्दैछ, दुई महिना पहिलेको भन्दा लगभग आधा मूल्यमा। लगानीकर्ताहरु माझ ज्यादै त्रास छ, जसले कम मूल्यमा खरिद गरेका थिए-जनवरीमा मूल्य ९६० अमेरिकन डलर थियो-नाफामा बिक्री गरे र जसले ८ हजार अमेरिकी डलरभन्दा बढीमा खरिद गरे उनीहरु निराश बने।

विशेषज्ञहरू बिटकोइनको भविष्यलाई लिएर विभाजित छन्। २०१४ मा विश्व बैंकले यसलाई एक पोंजी स्किम  (धोकाधडीको एक रुप जसमा पछिल्ला लगानीकर्ताहरुका पैसाले सुरुका लगानीकर्ताहरुलाई तुरुन्त भुक्तानी मार्फत अस्तित्वमा नरहेको उद्यमको सफलता प्रति विश्वास जगाइन्छ) सँग तुलना गरेको छ र अन्यले यसलाई एउटा खतरनाक विश्वव्यापी घोटाला , भनेका छन्, जबकि जॉन ल्यानचेस्टर जस्ता अर्थशास्त्रीहरूले यसको भविष्य प्रति भरोसा जनाएका छन्

व्यक्तिगत रूपमा, म पारदर्शी वास्तविक मूल्य भएका वस्तुहरुमा लगानी गर्ने तरिका खोज्दैछु, जस्तै नाइजेरियाको ऊर्जा उत्पादन संयन्त्रहरू, तत्काल वजन-कम गर्ने चक्कीहरु, मोटो मानिसहरुका लागि डिजाइन गरिएका  साइकलहरू, र ब्लक चेन, तर पुस्तकहरूका लागि। आवश्यकता पर्ने कुनै पनि वस्तुहरु।

मैले बुझ्न नसक्ने वस्तुहरुदेखि म टाढैं बस्छु र म जान्न खोज्दैछु जब कुनै वस्तुको चर्चा भइरहेको छ वा समाचारमा छ वा हरेकले खरिद गरिरहेका छन् भने यस्तो गर्न उपयुक्त्त समय नहुन सक्छ। म मेरो वित्तीय ज्ञानको आधार आउटसोर्सिंग मार्फत गर्नुभन्दा लगानी गर्नु अघि सोच विचार गर्न सिक्दैछु।

जब बिटकोइन डिसेम्बर २०१७ मा अहिलेसम्मकै सबैभन्दा बढी १९,७८३ अमेरिकी डलरमा बिक्री भयो, मैले मानिसहरुलाई गिरावट आउने सम्भावना बारे चेतावनी दिन खोजे। मैले यस्तो चेतावनी दिँदा एक व्यक्तिले मेरो विचार प्रति उपहास गर्यो र यो असम्भव छ भन्यो। मलाई आश्चर्य छ कि उक्त्त व्यक्तिले अहिले के सोच्छ।

एन.एम.बास्सी एक नाइजेरियन ब्लगर तथा टिप्पणीकार हुन्। उनी द नाइजा राइटर, मा ब्लग लेख्छिन् र @StNaija मा ट्वीट गर्छिन्।  

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.