विश्वभरिका नागरिक मिडिया सबैलाई उपलब्ध गराउन हामी ग्लोबल भ्वाइसेजमा प्रकाशित लेखहरू माथिका भाषाहरूमा अनुवाद गर्दछौं ।

संगीत उद्योगमा पूर्वी अफ्रिकन महिला पुरुष प्रभुत्व विरुद्ध आवाज बुलन्द पार्दै

संगीतमा महिला-मुभर्स एण्ड शेकर्स नेटवर्किंग सेसन शनिवार, फेब्रुअरी १०, साउटी जा बुसारा, बायाँबाट दायाँ क्रमश: जैतुन आमोर, प्रतिलिपि अधिकार समाज जंजीबार (सीओएसओजेडए), क्यारोला किनाशा एमसी, साउटी जा बुसारा फेस्टिभल २०१८, आमिना उमर, सिटी एण्ड द ब्यान्डकी मुख्य गायिका र कलाकार साइदा कारोली: फोटो-जामी टोपर अनुमति लिएर।

“संगीतमा महिला: हामी आफैंले आफूलाई संगीत उद्योगमा संसारभर चिनाएका छौं। अझै पनि लैंगिक असमानता, यौनवाद, र असमान तलव कायमै छ,” तान्जानियाकी एक संगीतकार तथा अभियन्ता क्यारोला किनाशाले भनिन् जसले हालै संगीतमा महिला सम्बन्धी प्यानेल छलफलमा सहजकर्ताको भूमिका निभाएकी थिइन्।

यो होइन कि हामी पर्याप्त निपुण छैनौं। यो हो कि सबै निर्णयकर्ता पुरुष छन्।”

प्यानेल तीन-दिने मुभर्स एण्ड शेकर्स नेटवर्किंग सीरीजको हिस्सा थियो; स्टोन टाउन, जंजीबारमा साउटी जा बुसारा (स्वाहिली भाषामा ध्वनिको ज्ञान) संगीत उत्सवको १५ औं संस्करण।

फेब्रुअरी १० मा किनाशाले मुख्य महिला कलाकारहरु अमेरिकी गायिका-गीत रचनाकार सोमी; तान्जानियन गायिका तथा संगीतकार साइदा कारोली; जंजीबार समूह सिटी एण्ड द ब्यान्डकी अमिना उमर र जंजीबार प्रतिलिपी अधिकार समाज (सीओएसओजेडए) की प्रतिनिधि जैतुन आमोरसँग महिलाले संगीत उद्योगमा सामना गर्ने चुनौतीहरुका बारेमा बोलिन्।

किनाशाले आफ्नो मंतव्य माथि प्रकाश पार्दै भनिन् कि संयुक्त्त अधिराज्यमा केवल १६% महिलाले सङ्गीत व्यवसायमा नेतृत्व गर्दछन्। अफ्रिकाभर संगीतमा महिलाको स्थान बारे सिमित तथ्याङ्क उपलब्ध भएतापनि “स्पष्ट रुपले संगीत उद्योगमा पुरुष वर्चश्व एक प्रमुख समस्या हो,” उनले भनिन्।

सोमी, युगान्डा र रुवान्डामा पुर्ख्यौली भएकी ज्याज कलाकार, जो अहिले न्यूयोर्क शहर र जोहानेसबर्गमा बस्ने गर्दछिन्, भन्छिन् संगीतमा अफ्रिकी महिलाको रूपमा परम्पराको विरुद्ध कसरी प्रतिरोध गर्ने भन्ने सवाल उनको सबैभन्दा ठूलो चुनौती रहेको छ:

Being part of an immigrant family and choosing a path as an artist had its challenges. I had to think carefully about when and how and in which spaces we as women are supposed to use our voices.

एक आप्रवासी परिवारको हिस्सा हुनुको नाताले र एउटा कलाकारको जीवन शैली अँगाल्दा चुनौतीहरु रहेका थिए। कहिले, कसरी र महिलाको रुपमा हामीले कुन स्थानमा हाम्रो आवाज उठाउनुपर्दछ भन्ने कुराहरु मैले सावधानीपूर्वक सोच्नु परेको थियो।

साइदा कारोली, तान्जानियाको सबैभन्दा लोकप्रिय गायिकामध्ये एक जसले फेब्रुअरी १० मा रोमाञ्चक रात्रीकालिन प्रस्तुति सँगै उत्सवमा उपस्थित सबैका हृदय जितेकी थिइन। उनले लेक भिक्टोरिया आसपास तान्जानियाको बकोबा क्षेत्र स्थित सुदूरवर्ती गाउँ रवोङ्वे की एक गरीब, अशिक्षित महिला प्रति इन्टरसेक्सनल इनजस्टिस (जाति, वर्ग, धर्म, लिंग तथा अन्य पहिचान जनित सामाजिक वर्गीकरण जस्ता परस्पर सम्वद्द स्वरुप, जसले उत्पीडन वा विभेदको अन्योन्याश्रित प्रणाली निर्माण गर्दछ भन्ने तथ्यमा आधारित एक सैद्धान्तिक दृष्टिकोण) बारे चर्चा गर्दै तान्जानियामा संगीतमा महिलाको रूपमा आफूले  सामना गरेको असंख्य चुनौतीहरूको बारेमा गम्भीर वास्तविकता सुनाइन्।

कारोलीले पाँच वर्षको उमेरमा ड्रम बजाउन सुरु गरिन्, आलोचकका प्रशंसा मिल्ने विश्वास सहित पाँचवटा एल्बमहरूका रचना र बजारमा ल्याउने तयारीमा:

I’m from a small village and I was an orphan. I didn’t have any idea how to make it in the music industry and my manager was like my father, I believed in him wholeheartedly.

म एउटा सानो गाउँबाट आएको हुँ र म एक अनाथ थिएँ। मलाई संगीत उद्योग बारे कुनै ज्ञान थिएन र मेरा प्रबन्धक मेरो पिता जस्तै थिए, मैले उनलाई पूर्ण रुपले विश्वास गरें।

आफ्नो प्रबन्धक मुटाको नेतृत्वमा कारोलीको लोकप्रियता बढ्दै गयो, जब उनले बुरुन्डी देखि रुवान्डा हुँदै युगान्डा सम्मको यात्रा गरिन् कार्यक्रम स्थलमा भिडको कारण श्वास थुनिएर ४ जना व्यक्तिको मृत्यु भएको अनुमान छ। तैपनि कारोलीको अनुसार, उनको सबै गाना र एल्बमहरुमा प्रतिलिपि अधिकार दावी गर्दै प्रबन्धकले उनको प्रतिभाको शोषण र दुर्व्यवहार गरे:

I was young, inexperienced in the music business, and at the end of the day, I didn’t have even 100 shillings [0.10 US dollars] in my pocket. Life has been hard.

म जवान थिएँ, संगीत व्यवसायमा अनुभवहीन, फलत: मेरो खल्तिमा १०० शिलिंग [०.१० अमेरिकी डलर] पनि हुँदैन थियो। जीवन कठिन भएको छ।

कारोलीले खुलासा गरिन् कि आफ्नो प्रबन्धकले उनको लागि अवसर दिएका भएतापनि नेपथ्यमा प्रबन्धकले उनलाई सात महिनाको अवधिभर कैदी जस्तै बनाए, अन्य प्रबन्धकहरु या निर्माताहरुसँग बोल्न अनुमति दिन इन्कार गरे। जब उनले अन्तमा अलग हुने निर्णय गरिन् उनी म्वान्जाको बन्दरगाह शहर गइन्, उनले भनिन्:

I hid from my fame. I was ashamed. I didn’t know how to advocate for myself. I had no rights in this work. When the journalists came asking for interviews, I just ran. I couldn’t face the shame.

मैले मेरो प्रसिद्धि लुकाएँ। म लज्जित थिएँ। मैले कसरी आफैंलाई प्रेरित गर्ने भन्ने थाहा थिएन। मलाई यस कार्यमा कुनै अधिकार थिएन। जब पत्रकारहरू अन्तर्वाताका लागि आउथे, म तुरुन्त भाग्थे। लाजले सामना गर्न सकिन।

जंजीबारको प्रतिलिपि अधिकारका मुद्दाहरूमा आमोरले कारोलीलाई आश्वासन दिइन् कि सम्पूर्ण संगीतको रचनाकारको रूपमा,उनीसँग तान्जानियाको प्रतिलिपि तथा छिमेकी अधिकार ऐन (१९९९) , को आधारमा आधारभूत अधिकारहरू अझै छन्, तर यो प्रचलितअनुबन्धमा निर्भर गर्दछ र मामलाले थप अनुसन्धान र कानूनी प्रतिनिधित्वको माग गर्दछ।  

कारोली, जो अहिले प्रबन्धकसँग काम गर्दिनन् , भनिन् कि उन्नति गर्न र वर्षौंदेखि छायाँमा परेको नाम आफैंले  पुन:  स्थापित गर्नको लागि साउटी जा बुसारामा पुनरागमन  गर्ने कुरामा आशावादी छिन्।

‘हामी मूल रुपले संगीतमा महिलाका निमित्त नयाँ मार्गहरु पहिल्याउन चाहन्छौं’

सिटी एण्ड द ब्यान्डकी मुख्य गायिका आमिना उमर जसले फेब्रुअरी १० मा सोलफुल तराब (जंजीबारको आत्मा) फ्युजन रुटसँग उत्सव स्थल तताइन्। उनले यस क्षेत्रमा अत्यन्त कम महिलाहरुले उल्लेख गर्ने बिषय – महिलाले सामना गर्नुपर्ने दुर्व्यवहार र उत्पीडनका विभिन्न रूपहरू संगीतमा मात्र नभई समाजमा समेत व्याप्त रहेको समस्या प्रति स्पष्ट शब्दमा व्यक्त गरिदिएकोमा कारोलीलाई विशेष रुपले धन्यवाद दिइन्।

उमर आफ्नी बहिनी रहमासँग ११ वर्षको उमेरमा गाएको सम्झिन्छिन्, अहिले आफ्नो ब्यान्डको पुरस्कार विजेता भायोलिन वादक। तर छिमेकी र परिवारका सदस्यहरूले उनीहरुका संगीत प्रतिको झुकावलाई अनुचित सम्झे र अन्ततः जंजीबारको परम्परामा जस्तै उनको परिवारले विवाह गर्न र बाल बच्चा जन्माउन प्रेरित गरे। जंजीबार, एक द्वीपसमूह जहाँ अधिकांश परिवारले रूढिवादी इस्लामीक रीति रिवाज अनुसरण गर्दछन्:

So, I got married. I had my first child. My husband told me he’d support me as a musician, but when our child was grown enough to let me go back to singing, he simply said no. ‘No,’ he said. ‘You are my wife. I own you. You have to do what I like.’

त्यसकारण, मेरो विवाह भयो। मेरो पहिलो बच्चा जन्मेको थियो। मेरो श्रीमानले मलाई बताए कि उनी मलाई एक संगीतकारको रुपमा समर्थन दिनेछन्, तर जब हाम्रो छोरा हुर्केर म गाउन जाँदा छोरालाई छोडेर जान मिल्ने भयो, श्रीमानले सजिलै सित हुन्न भने। तिमी मेरी श्रीमती हो। म तिम्रो मालिक हुँ। मैले जे चाहन्छु त्यो तिमीले गर्नुपर्छ।

जब उमरले दार ए सलाम, तान्जानिया स्थित एक इन्टरेक्टिभ म्युजिकल रियालिटी टेलिभिजन शो “बोंगो स्टार सर्च” मा एक प्रतियोगीको रूपमा भाग लिने निर्णय गरिन्, यसले उनको श्रीमानसँग तीव्र तर्क वितर्क पैदा गर्यो। आमिनाले आफ्नो दाहिने आँखा तर्फ इशारा गर्दै बताइन् “तपाईंलाई थाहा छ, म यस बारेमा वास्तवमा आजसम्म कहिल्यै बोलिन, त्यस रातदेखि म अझै पनि मेरो एउटा आँखाले राम्रोसँग देख्न सक्दिन। उनी दार ए सलाममा आफ्नो श्रीमानलाई छोड्न र जंजीबार स्थित आफ्नो घरमा फर्केर आफ्नो र छोराको जीवन शुरुवात गर्ने प्रयास गरिन्।

I love Zanzibar, I love my society, but there are good aspects to it as well as bad. I don’t like the idea that women are forbidden to speak in public in my society. I don’t like the position of women. I also don’t like that when my society sees me succeed, some want to keep me down. When I came back to Zanzibar, I joined the Dhow Countries Music Academy and got my education, and now I know who I am. I really love singing, it’s my life and it’s in my blood.

म जंजीबारलाई माया गर्छु, म मेरो समाजलाई माया गर्छु, तर यहाँ राम्रा पक्षहरू पनि छन् साथै खराब पक्षहरु पनि छन्। मेरो समुदायमा महिलालाई सार्वजनिक स्थलमा बोल्न निषेध गर्ने विचार मलाई मन पर्दैन। महिलाका स्थिति मलाई मन पर्दैन। जब समाजले मेरो प्रगति देखेर कसैले मलाई अगाडि बढ्नबाट रोक्न चाहन्छ, त्यो पनि मलाई मन पर्दैन। जब म जंजीबर आएँ, धो कन्ट्रिज म्युजिक अकेडेमीमा सन्लग्न भएँ र शिक्षा प्राप्त गरें, अहिले म को हुँ भन्ने थाहा पाएँ। म वास्तवमै गीत गाउँन मन पराउँछु, यो मेरो जीवन हो र यो मेरो रगतमा छ।

संगीतमा महिलाले प्राय: आफुहरुले रोजेको बाटोमा डोऱ्याउने रोल मोडेलहरू खोज्छन्, तर सोमीका अनुसार:

[W]e have so few role models as African women in music, that we’re basically here to carve out new paths, to be the models for future generations. We’re tasked with telling our truth(s) as African women, and there’s not that many of us — it’s a short list.

संगीतमा अफ्रिकी महिलाका रुपमा अनुकरणीय व्यक्तिहरु ज्यादै कम छन्, खास गरी नयाँ मार्ग निर्माण गर्न हामी यहाँ छौं; भविष्यको पीढिहरुका लागि अनुकरणीय बन्न। हामीलाई अफ्रिकी महिलाका रुपमा आफ्नो यथार्थता बताउदै काम सुम्पीइएको छ र यसमा हामीमध्ये धेरै व्यक्त्ति छैनन्, यो एउटा छोटो सूची हो।

सोमी एन्जेलिक किजो लाई ठूलो प्रेरणाको रूपमा उल्लेख गरिन्, जब कि कारोलीले लेडी जेडी लाई उल्लेख गरिन् र उमरले प्रख्यात व्यक्तिहरु जस्तै बी. किदुद सिटी बिन्ती साद, जसका लागि उनको ब्यान्ड नामांकरण गरियो।  

जंजीबारको पहिलो तराब गायिका (१८८० – १९५०) फुम्बा गाउँका सिटी बिन्ती सादले पूर्वी अफ्रिकामा पहिलो महिलाको रूपमा स्वाहिलीमा आफ्नो संगीत रेकर्ड गर्न अग्रसर भइन्, भारतमा १५० भन्दा बढी ग्रामोफोन रेकर्डहरू रेकर्डिङ गरेर। उनलाई कपालमा कालो बुर्का लगाएर स्टेजमा प्रस्तुति दिने भनेर चिनिन्थ्यो, स्वाहिली तटमा मुस्लिम महिलाका लागि यस्तो प्रथा थियो। पुरुषहरुको प्रभुत्व रहेको विश्वमा साद संगीतमा दृढ रहिन् र संगीतको माध्यमबाट महिला विरुद्ध हिंसाको विरोध गर्ने भनेर उनलाई चिनिन्थ्यो।  

फेब्रुअरी १० को शो मा उमरले सिटी बिन्ती सादको उत्साहलाई मार्ग देखाइन् जब उनले सशक्त संदेश सहितको मुख्यत: पुरुष तर्फ इंगित गीत प्रस्तुत गरिन्:

This next song is my story. And I say, a woman is your wife, is your mother, is your sister. Why beat your woman? She should be respected. She needs respect!

यो अर्को गीत मेरो कथा हो। र म भन्छु, महिला तपाईंको श्रीमती हुन्, आमा हुन्, चेली हुन्। किन महिलालाई आघात? उनलाई सम्मान गर्नुपर्दछ। उनलाई सम्मान चाहिन्छ।

जनसमूहले प्रशंसा गर्यो।

सम्पादकको टिप्पणी: यस कथाकी लेखिकाले विगतमा साउटी जा बुसारा उत्सवको लागि काम गरेकी छिन्।

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.