ल्याटिन अमेरिकी मिडियामा स्टेफन हकिङप्रति श्रद्धांजलि, सीमा छिचोल्दै शोक-सन्तप्त

स्टेफन हकिङ। फ्लिकर प्रयोगकर्ता Lwp Kommunikáció द्वारा सेयर गरिएको तस्वीर, CC BY 2.0 अनुमतिमा प्रयोग गरिएको।

स्टेफन हकिङको निधनको समाचार १४ मार्च २०१८ मा प्रसारित भए सँगै विश्वभर शोक छायो, र ल्याटिन अमेरिका अपवाद थिएन।

हकिङ ७६, लाई वैज्ञानिक समुदायमा ब्ल्याक होलबाट निस्कने रेडियसन सम्बन्धी उनको प्रगतिशील सिद्दान्त साथै उनको ब्रह्माण्डको उत्पति र बिग ब्याङ्ग थ्योरीको अध्ययनका लागि जानिन्छ।

तथापि, ब्रिटिश सैद्धान्तिक भौतिक शास्त्री र ब्रह्माण्डविद्ले विज्ञानलाई सर्व साधारण बीच प्रस्तुत गर्ने र अक्सर कम बुझिने विभिन्न प्रक्रिया बारे जागरूकता बढाउने प्रयासको माध्यमले जनमानस बीच पनि प्रसिद्धि पाएका थिए । यसमा कृत्रिम बुद्धि र मानव जातिको अस्तित्व प्रगति समावेश छ।

केही व्यक्त्तिले धेरै विवादास्पद विषयको रूपमा मान्ने गरेका बिषय वस्तु जस्तै ब्रह्माण्डको सृष्टिको सन्दर्भमा ईश्वरीय अस्तित्वको बारेमा पनि हकिङले चर्चा गरेका थिए।

स्पेनिश-भाषाको वेबसाइट सोपितासले समानान्तर ब्रह्माण्डहरूको सम्भावित अस्तित्व बारे रोचक विङ्क प्रयोग गर्दै यस्तै समाचारहरू प्रकाशित गर्यो:

No sabemos si en otros universos, pero al menos en éste, ayer el gran Stephen Hawking murió y, con la triste noticia millones de internautas salieron a expresar su admiración por tan genial personaje… y cuando decimos genial, no sólo hacemos referencia a su presencia y personalidad, sino a su trabajo como astrofísico que, incluso para quienes poco/nada saben de ciencia, no deja de parecer fascinante.

हामीलाई अन्य ब्रह्माण्डका बारेमा थाहा छैन तर यस ब्रह्माण्डमा महान् स्टेफन हकिङको हिजो निधन भयो। यस दु:खद समाचार सँगै लाखौँ इन्टरनेट प्रयोगकर्ताहरूले यस्तो अद्भुत व्यक्तिको लागि आफ्नो श्रद्धा प्रकट गरे।जब हामी अद्भुत भन्छौं, हामी केवल उनको उपस्थिति र उनको व्यक्तित्वको मात्र उल्लेख गर्दैनौं, तर एक खगोल भौतिक शास्त्रीको रूपमा उनको कामलाई पनि सम्झन्छौं जसले सधैं सबैलाई यहाँ सम्म कि विज्ञानको बारेमा ज्यादै कम वा केही पनि ज्ञान नभएका व्यक्त्तिहरुलाई समेत वशीभूत बनाउदथ्यो।

अर्को लेखमा; आरोहण, पर्वतारोहण र अन्य खेलकुदमा समर्पित एक स्पेनिश भाषाको साईटमा राउल मोरालेस ले हकिङको निधनमा यसरी आफ्नो प्रतिक्रिया व्यक्त गरेका छन्:

El físico y divulgador británico falleció […] después de más de medio siglo superando el pronóstico que daba la enfermedad que le aquejaba, y llevando a la humanidad varios pasos adelante en la exploración mayor a la que aspiramos: aquella que describe la realidad misma.

Si para descubrir cumbres empleamos la escalada, lo mismo que la espeleología para adentrarnos en cuevas, para explorar el universo utilizamos la ciencia, que no es más que la sistematización racional del mismo espíritu humano que nos hace cruzar un río o ir a ver qué hay detrás del cerro. Y sus practicantes son, al igual que un montañista, exploradores, pero de cumbres distintas, cumbres que, con frecuencia no se encuentran en nuestro planeta o, en el caso de Stephen Hawking, ni siquiera en nuestro espacio-tiempo.

ब्रिटिश भौतिक शास्त्री तथा प्रसिद्द वैज्ञानिक व्यक्तिको निधन। रोगले थलिएका पूर्वानुमान गरेभन्दा आधा शताब्दी बढी बाँचेर र मानव जातिलाई सबैभन्दा महत्त्वपूर्ण अन्वेषण जसको हामी आकांक्षा राख्छौं: जसले वास्तविकतालाई बताउँछ, को निमित्त अग्रसर हुँदै बिदा भएका छन्।
यदि हामी शिखर चढ्नु छ भने, गुफाहरू पत्ता लगाउनको लागि गुफामा जान्छौं, त्यसपछि हामी ब्रह्माण्डको अन्वेषण गर्नको निम्ति विज्ञानको उपयोग गर्छौं जुन मानव स्वभावको युक्तिसंगत व्यवस्थित पद्दति भन्दा कम छैन जसले हामीलाई नदी पार गर्ने बनाउँदछ, वा पहाडको अर्को तर्फ के छ भनेर हेर्न जाने बनाउँदछ। यो कार्य एक पर्वतारोही, एक अन्वेषकको जस्तै हो तर फरक चुचुरोहरु, चुचुरोहरु जसलाई हामी प्रायः हाम्रो ग्रहमा भेट्टाउन सक्दैनौ, वा स्टेफन हकिङको सम्बन्धमा, हाम्रो स्पेसटाइम भित्र पनि।

एल नुइभो दिया भनिने प्यूर्टो रिकोको समाचारपत्रले “ब्रह्माण्ड स्टेफन हकिङको प्रयोगशाला थियो” शीर्षकको एक लेखमा हकिङको सिद्धान्तका जटिलता यस प्रकार वर्णन गरेको थियो:

Todo el mundo conocía la brillantez cósmica de Stephen Hawking, pero pocos podían comprenderla. Ni siquiera astrónomos de primera línea.

सबैले स्टेफन हकिङको ब्रह्माण्डीय प्रतिभा बारे जान्दथे, तर कमैले यसलाई बुझे। उत्कृष्ट खगोलविद्हरुले समेत।

यसबाहेक, उक्त्त साइटमा उनीहरुले हकिङको प्रसिद्ध भनाइहरुका संकलन गरेका छन्, यो सहित:

Si los extraterrestres nos visitan alguna vez, creo que el resultado sería parecido a cuando Cristóbal Colón llegó por primera vez a América, lo que no salió muy bien para los nativos americanos.

यदि अर्को ग्रहवासीले कतै हामीलाई भेट्टाएमा मलाई लाग्छ क्रिस्टोफर कोलम्बस अमेरिकामा पुगेजस्तै परिणाम हुनेछ जुन मूल अमेरिकीहरुका लागि राम्रो भएन।

ट्विटरमा प्रयोगकर्ताहरूले यस्तो प्रतिक्रिया व्यक्त गरे:

संभवत केवल सर आइज्याक न्यूटनसँग तुलना गरिने सबैभन्दा प्रतिभाशाली वैज्ञानिकहरुमध्ये एकलाई हामीले गुमाएका छौं। चिर शान्तिको कामना स्टेफन #Hawking

मेक्सिकन समाचार वाचक कार्मेन अरिस्टिगुइलाई सम्झना भयो जब हकिङ आफैंले अमेरिकी टिभि शो “द बिग ब्याङ्ग थ्योरी” मा अभिनय गरे, प्रमुख अभिनेत्रीमध्ये एक केली कोकोलाई उद्धरण गर्दै लेखे:

“उनले हामीलाई हँसाए र हामीले उनलाई हँसायौं। उनको जीवन र सक्रियता बिग ब्याङ्ग थ्योरीमा धेरै समेटिएका छन् र हामी सबैका लागि यो अझ राम्रो हो।”

ट्विटर प्रयोगकर्ता इश्माले निम्न लिखित अनौठो तथ्यको जानकारी सेयर गरिन्:

मार्च १४ मा हकिङको निधन भयो: पाइ (π) र आइन्स्टाइनको जन्म दिनमा। साथै यूरानस अन्वेषण वाषि॔कीको एक दिन अघि।

हकिङ, विज्ञानको चमकिला तारा, आफ्नो जीवनकालमा धेरै पुरस्कारहरूबाट सम्मानित भएका थिए। ती मध्ये, क्याम्ब्रिज विश्वविद्यालयको लुकासियन चेयर अफ म्याथम्याटिक्स (यो स्थान सर आइज्याक न्यूटन ले आफ्नो समयमा पाएका थिए) र प्रेसिडेन्सियल मेडल अफ फ्रीडम ( बराक ओबामा द्वारा २००९ मा प्रदान गरिएको) संयुक्त राज्य अमेरिकाको सबैभन्दा ठूलो नागरिक सम्मान । पदक अन्य वैज्ञानिकहरू जस्तै मेक्सिकन रसायन शास्त्री मारियो जे मोलिना,लाई पनि प्रदान गरिएको छ जसले उक्त्त पदक २०१३ मा प्राप्त गरिन्।

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.