म्यानमारको बचेका हात्तीहरु संरक्षित गर्ने प्रयासमा ‘भ्वाइसेज फर मोमोस’ अभियान

टिम्बर एलिफेन्ट्स्, म्यानमार। फोटो जेम्स एन्डरसन, वर्ल्ड रिसोर्सेस ईन्स्टिच्युट। स्रोत फ्लिकर (CC BY-NC-SA 2.0) (CC BY-NC-SA 2.0)

विभिन्न संरक्षण तथा पर्यावरण समूहले घट्दै गइरहेको म्यानमारको हात्तीका संख्या संरक्षणमा पहल गर्नको लागि अभियान सुरु गर्न एकजुट बनेका छन्। उक्त्त अभियानलाई बर्मिज भाषामा “मोमोस” भनिन्छ।
“भ्वाइसेज फर मोमोस” अभियान ले सर्वसाधारणलाई हात्तीको अंगहरु तथा अन्य वन्य जन्तुका अवैध व्यापारलाई अस्वीकार गर्न प्रेरित गर्दछ। अभियानले सरकारलाई शिकारीहरुका निमित्त वैकल्पिक रोजी रोटीको व्यव्स्था गर्दै हात्तीका चोरी शिकारी रोक्ने उद्देश्यले अझै धेरै कार्यक्रमहरु लागू गर्न पनि अनुरोध गर्दछ।

म्यानमारमा जंगली हात्तीको संख्या अनुमानित १४०० देखि २,००० सम्म रहेको छ। प्रत्येक हप्ता एउटा हात्ती मारिने गर्छ र यदि मार्ने क्रम नरोकिए दुई दशक भित्रमा म्यानमारको हात्तीहरु पूर्ण रुपले लोप हुन सक्ने चेतावनी केहीले दिएका छन्।

हालैको समाचार विवरणले म्यानमारमा हात्तीको चोरी शिकारी बढ्न सक्ने चेतावनी दिएको छ किनभने छिमेकी चीनले वन्यजन्तुका अवैध बेच विखन माथि कडा कार्यवाही गर्ने आदेश दिएको छ। हात्तीका अंगहरु तथा अन्य संकटापन्न जनावरका खोजिमा रहेका हरुको कारण म्यानमारमा यी आकर्षक वस्तुहरुका मांग बढ्न सक्दछ।
समाचारले याङ्गोनको पगोडाहरु तथा अन्य तीर्थ स्थल आस पास जहाँ स्वदेशी तथा विदेशी पर्यटकहरु प्राय: भ्रमण गर्दछन्, हात्तीका अंगहरुको बिक्री बढीरहेको जानकारी पनि दिएको छ । याङ्गोन देशको प्रमुख शहरी केन्द्र हो।

सर्वसाधारणलाई हात्ती संरक्षणको बारेमा चेतना जगाउनु भोईसस फर मोमोस अभियानको मुख्य उद्देश्य हो। सर्वसाधारणको ध्यान खिंच्न गरिएका गतिविधि मध्ये एक याङ्गोनभर रंगीन कागजको टुक्राहरुबाट निर्मित हात्तीका प्रतिमाहरुको प्रदर्शनी थियो। स्थानीय कलाकारहरूका अनुसार, रिसाइकल गरिएका समाचारपत्रहरू एकत्रित गरेर बनाइएको कागजको टुक्राबाट निर्मित विश्वको सबैभन्दा ठूला हात्तीहरु थिए।

https://www.instagram.com/p/BdFr0CJhw0y/?taken-by=voicesformomos

भ्वाइसेजफरमोमोस आश्चर्य, यहाँ को छ हेर्नुहोस् … हो हाम्रा विशाल मोमोसहरु फेरि आए! हाम्रो प्रिय हात्तीहरुका लागि आवाज उठाउने हाम्रो साझेदार स्वी टा ग्रुपलाई धन्यवाद। आउनुहोस्, हेर्नुहोस् र खेल्नुहोस् हाम्रो हात्तीहरुसँग जन्कसन स्क्वायरमा। तिनीहरुसँग सेल्फी लिनुहोस् र ट्याग गर्न नबिर्सनुहोस्।

प्रदर्शनी बालबालिकामाझ सफल साबित भयो।

https://www.instagram.com/p/BexVv1Sh1dT/?tagged=formomos

भ्वाइसेजफरमोमोस आउनुहोस् बिग ब्रिटिश डे आउटमा ब्रिटिश राजदूत निवासमा सम्मिलित होऔं! आज मात्र, सबैलाई स्वागत छ। खाद्य बजार, खेलकुद, हात्तीको मुहार चित्रकला अन्य धेरै!

सरकारलाई चोरी शिकारी विरुद्दको आफ्नो अभियान बढाउन तथा सर्वसाधारणलाई वन्य जन्तुका अवैध उत्पादन खरिद गर्नबाट रोक्न अनुरोध गर्दै अभियानको हिस्साको रुपमा याचिका पनि सुरु गरिएको थियो। यस लेख तयार गर्दासम्म २,००० जना भन्दा बढीले दस्तखत गरिसकेका छन्।

यस अभियानको भिडियो ले स्थानीय कलाकारहरूलाई देखाएको छ जसले दर्शकहरूलाई म्यानमारका हात्तीहरू बचाउन आग्रह गर्दछन्।

अभियानले १४ फेब्रुअरीमा भ्यालेन्टाइन उत्सवको लागि हात्तीहरु प्रति प्रेमभाव व्यक्त गर्न पनि प्रोत्साहित गर्यो।

ह्याप्पी #valentinesday हाम्रा सबै फलोअरहरुलाई। आज संसारभर #elephantlove फैलाउन! #formomos#valentinesday2018

मोबाइल फोन प्रयोगकर्ताले “भ्वाइसेज फर मोमोस” को समर्थनमा भाइवर स्टिकरहरू पनि प्रयोग गर्न सक्दछन्।

https://www.instagram.com/p/Be5YQGMB2JW/?tagged=formomos

भ्वाइसेजफरमोमोस हाम्रा साझेदार डब्लुडब्लुएफ म्यानमार अब भाइवरमा र यसका अत्यन्त आकर्षक हात्तीका (अर्थात मोमोस म्यानमारमा) स्टिकरहरु छन्। डाउनलोड गर्न भाइवरको भ्वाइसेज फर मोमोस स्टिकर मार्केटमा सर्च गर्नुहोस् र मोमो लभ प्रचार गर्नुहोस्।

मोमोस बारे जन जागरूकता बढाउने अभियान प्रारम्भिक चरण मात्र हो। अर्को चुनौती स्थानीय अधिकारीहरु र शिकारीहरुलाई हात्ती मार्न रोक्नुपर्ने आवश्यकता बारे सहभागी गराउनु हो।

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.