प्राचीन प्रतिमाहरूमार्फत बुक अफ एक्सोडसमा रहेको पितृसत्ता खोतल्दै नीना पेइलेको फिल्म सेडर म्यासोकिज्म

नीना पेइलेद्वारा भिमियोमा पोस्ट गरिएको “यु गट्टा बिलिभ” गीतको स्क्रीनशट।

ग्लोबल भ्वाइसेजले अमेरिकी स्वतन्त्र संस्कृति अधिकारकर्मी तथा फिल्मनिर्माता नीना पेइलेसँग उनको नयाँ एनिमेटेड फिल्म “सेडर म्यासोकिज्म“बारे कुराकानी गर्यो। यो फिल्म तोराह बाइबलको बुक अफ एक्सोडसमा आधारित छ तथा यसले सो धार्मिक ग्रन्थमा लुकेको पितृसत्तालाई खोतल्छ।

क्रियटिभ कमन्स लाइसेन्स
क्रियटिभ कमन्स (CC) लाइसेन्सले सिर्जनात्मक कार्यहरू साझेदारी गर्न सहजिकरण गर्दछ। सिसिजिरो सबैभन्दा खुल्ला किसिमको लाइसेन्स हो र यसले सर्जकलाई श्रेय नदिइकनै प्रयोगकर्ताहरूलाई मूल तथा व्युत्पादित संस्करणको प्रयोग, साझेदारी तथा व्युत्पादित संस्करण बनाउने अधिकार दिन्छ र व्यावसायिक रूपमा पनि प्रयोग गर्ने अधिकार दिन्छ। अर्को तर्फ क्रियटिभ कमन्स नन् डेरिभेटिभ नन् कमर्शियल सिसि-बिवाइ-एनडि-एनसि क्रियटिभ कमन्समध्ये सबैभन्दा प्रतिबंधात्मक लाइसेन्स हो र यो “सर्वाधिकार सुरक्षित” नजिक रहेको छ।

पेइले सन् २००८ को पूर्ण एनिमेटेड फिल्म “सीता सिंग्स द ब्लुज“का निर्देशक हुन्। उनले यसलाई सन् २०१३ मा पब्लिक डोमेनमा रिलिज गरेकी थिइन्। यस फिल्मले सन् १९२० ताकाको एनेट ह्यानशका ज्याज गीतमार्फत भारतवर्षको महाकाव्य रामायणको कथा प्रस्तुत गरेको छ। यसले पेइलेलाई विश्वव्यापी ख्याति दिलायो, खास गरेर यसको नारी अधिकारवादी ढंगले रामायणको प्रस्तुतीका लागि र फिल्ममा प्रयोग गरिएको एनेट ह्यानशका गीतसँग जोडिएका प्रतिलिपि अधिकारसम्बद्ध दाबाविरुद्ध लामो संघर्षका लागि। पेइलेले तय गरिएको कम्तिमा अमेरिकी डलर ५०,००० कर्जाका रूपमा तिर्नु परेको थियो। अन्त्यमा, उनले सो फिल्मको लाइसेन्सलाई क्रियटिभ कमन्स अट्रिब्युशन सेयर अलाइक ३.० अनपोर्टेड(CC-BY-SA 3.0)बाट क्रियटिभ कमन्स सिसिजिरो (पब्लिक डोमेन बराबर) मा पुनर्वर्गीकरण गरिन्।

यहूदी पोडकाष्ट स्टेशन जुडाइज्म अनबाउन्डसँगको अन्तरवार्तामा पेइलेले भनेअनुसार “सेडर म्यासोकिज्म” एक्सोडसबारे उनको (सिर्जनात्मक) प्रयास हो जुन उनले पासोभर सेडरका दौरान पहिलोपल्ट सिकिन्। यहूदी रीतिरिवाज पासोभर सेडरका बेला प्राचीन इजिप्टमा इजराइलीहरूलाई दासत्वबाट मुक्त गरिएको कथा सुनाइन्छ। उनी आफू फेरि पनि “नास्तिक भई जन्मेको” ठान्छिन् र उनको हालैको बुक अफ एक्सोडसको अध्ययनले उनलाई दुःखी बनाएको कुरा उनले अन्तरवार्तामा भनिन्।

मिनोअन देवीका प्रस्तर प्रतिमालाई फ्ल्याश एनिमेशनमा ढालिएको गीत “यु गट्टा बिलिभ” लगायत नीनाले “सेडर म्यासोकिज्म”का कैयन् गीत तथा दृश्यहरू युट्युबमा अपलोड गरेकी छिन्। यसमा मोजेस तथा पितृसत्ताबाट पराजित हुन गइरहेका प्राचीन देवीहरूलाई “गीत गाइरहेको” देखाइएको छ।

पेइलेको दोश्रो फिल्मबारे जान्न ग्लोबल भ्वाइसेजले उनीसँग कुरा गर्यो।

सुभाशिष पनिग्राही (एसपि) : सर्वप्रथम तपाईंको आउँदो सिर्जनाका लागि बधाई। यसको सम्पूर्ण निर्माणमा तपाईंको कस्तो भूमिका रहेको छ? यो फिल्म के को बारेमा छ?

Nina Paley (NP): Once again I'm producing, directing, writing, animating, everything-ing…I'm hoping the sound designer for “Sita Sings the Blues“, Greg Sextro, is able to do more sound design for Seder-Masochism. The music is all “found” and used without permission [at the moment]. Much or all of my use is Fair use, but ultimately that can only be determined in court.

Seder-Masochism is about the Book of Exodus from the Torah/Bible, and indirectly the Quran (Moses is a prophet of Islam). My interpretation of Exodus is that it's the establishment of complete patriarchy, the elimination of any remaining goddess-worship from older times.

Some of clips from the feature-in-progress are here.

नीना पेइले (एनपि): एक पटक म फेरि निर्माण, निर्देशन, लेखन, एनिमेशन, सबै थोक गर्दैछु मलाई आशा छ “सीता सिंग्स द ब्लुज“का साउण्ड डिजाइनर ग्रेग सेक्स्ट्रोले सेडर म्यासोकिज्मका लागि अझ बढी साउण्ड डिजाइन गर्न सक्नेछन्। यसको सबै संगीत “फेला परिसकेको छ” र [हाललाई] अनुमति बिना प्रयोग गरिएको छ। मेरा सम्पूर्ण र तथा प्रायः प्रयोग न्यायसंगत नै छन्, तर अन्त्यमा यो अदालतमा मात्र निर्णय गर्न सकिन्छ।

सेडर म्यासोकिज्म अप्रत्यक्ष रूपमा कुरान तथा तोराह/बाइबलको बुक अफ एक्सोडस बारेमा बनाइएको छ। एक्सोडसको प्रस्तुतिकरणमा मैले यसमा रहेको पूर्ण पितृसत्ता र पुराना समयमा बाँकी रहेको देवी पूजनको उन्मूलन देखाएको छु।

निर्माणाधीन फिल्मका केही क्लीप यहाँ हेर्न सकिन्छ।

एसपि: तपार्इंलाई यो परियोजना सुरु गर्न के ले प्रेरित गर्यो?

NP: Sita Sings the Blues was denounced by fundamentalists who called my collaborators “self-hating Hindus.” As a Jew, that rhetoric was familiar to me – Jews *invented* that “self-hating” nonsense. Since I'm not a Zionist, I've been called a “self-hating Jew” too. Also, the Hindutvadis called me a “white Christian woman who hates Hindus”, and sent hate emails saying “how would you like it if someone made a film about YOUR religion?!” Of course I love it when someone makes a good film about Abrahamism - Monty Python's Life of Brian is the best I can think of.  I was (am) also frequently accused of “cultural appropriation“, implying that only those of Hindu/Asian descent are qualified to work with Hindu/Asian stories. So it seemed that everyone, right and left, wanted me to make a film about “my” religion, Judaism! I figured if they're offended by Sita Sings the Blues, they'll be REALLY offended by that. I printed up a Jew Card so I could “play” it for this project.

एनपि: रूढिवादीहरूले सीता सिंग्स द ब्लुजको निंदा गरेका थिए र मेरा सहकर्मीहरूलाई “आत्मआलोचना गर्ने हिन्दू”को संज्ञा दिए। म जस्तो एक यहूदीका लागि यो अलंकार सामान्य थियो – यहूदीहरूले यस्ता निरर्थक “आत्मआलोचना”को *आविष्कार* गरेका थिए। म यहूदीवादी नभएकोले मलाई “आत्मआलोचना गर्ने यहूदी”को संज्ञा पनि दिइयो। हिन्दूत्ववादीहरूले मलाई “हिन्दूहरूको आलोचना गर्ने क्रिश्चियन गोरी महिला” भने र मलाई “यदि तिम्रो धर्मको बारेमा कसैले फिल्म बनायो भने तिमीलाई कस्तो लाग्ला ?!” भनी इमेलहरू पठाए। अवश्य नै कसैले अब्राहमवादका बारे कुनै राम्रो फिल्म बनाउछ भने त्यो मलाई राम्रो लाग्छ – मोन्टी पाइथनको लाइफ अफ ब्रायन मैले थाहा पाएको सर्वोत्तम फिल्म हो। मलाई बारम्बार सांस्कृतिक विनियोजन गरेको आरोप लगाइन्थ्यो लगाइन्छ, जसको मतलब हिन्दू एशियाली मूलका मात्र हिन्दू एशियाली कथाहरूमा काम गर्न योग्य छन्। मलाई यस्तो लाग्थ्यो कि वाम र दक्षिणपंथी सबैजना मैले “मेरो” धर्म जुडाइज्मबारे फिल्म बनाओस् भन्ने चाहन्थे! मेरो अनुमानमा सीता सिंग्स द ब्लुजबाट उनीहरू अपमानित भएभने उनीहरू पक्कै पनि त्यसबाट अपमानित भएको महसुस गर्नेछन्। मैले आफ्नो जिउ (यहूदी) कार्ड प्रिन्ट गरे ताकि मैले यस परियोजनाका लागि यसको “प्रयोग” गर्न सकूँ।

नीना पेइलेद्वारा बनाइएको प्राचीन ग्रीक देवीको जिआइएफ। श्रोत: नीना पेइले/विकिमिडिया कमन्स

एसपि: यो गीत हास्यप्रद छ! तपाईंले कसरी हजारौं वर्ष पुराना ढुंगे प्रतिमालाई जीवन्त बनाउनु भयो?

NP: There are already goddesses in the Flash sections of Seder-Masochism I animated a couple of years ago. I needed to put more “goddess” into the film, and was tediously redrawing the Flash goddesses in Moho, the software I'm using now. It occurred to me that instead of redrawing them I could use the source images they're based on, I spent a few days finding the highest resolution images I could, and a few more days manually removing the backgrounds in GIMP. Moho can do things Flash can't, such as this type of animation with raster images. Anyway, they looked cool so I'm using them in the remaining Seder-Masochism scenes.

एनपि: मैले केही वर्षअगाडि एनिमेशन गरेको सेडर म्यासोकिज्मको फ्ल्याश खण्डहरूमा पहिलेदेखि नै देवीहरू छन्। मैले फिल्ममा अझ बढी “देवीहरू” राख्नु थियो, र मैले मिहिनेतका साथ फ्ल्याशमा भएका देवीहरूलाई अहिले प्रयोग गरिरहेको सफ्टवेयर मोहोमा पुनर्चित्रण गरिरहेको थिए। मलाई के लाग्यो भने तिनीहरूको पुनर्चित्रण गर्नुको सट्टा म उनीहरूको श्रोत चित्र नै प्रयोग गर्न सक्छु। मैले केही दिन पाउन सकिने उच्च रेजोल्युशनका तस्वीर खोज्नमा लगाए, र अझ केही दिन जिआइएमपिमा पृष्ठभूमि हटाउनमा लगाए। मोहोले फ्ल्याशले गर्न नसक्ने काम गर्न सक्छ, जस्तो कि रेष्टर गरिएका तस्वीरहरू भएका यस्तो प्रकारको एनिमेशन। जे भए पनि, ती राम्रा देखिएकाले म सेडर म्यासोकिज्मका बाँकीका दृश्यमा तिनीहरूको प्रयोग गर्दैछु।

ती देवीहरूका फ्ल्याश एनिमेशन विकिमिडिया कमन्सबाट डाउनलोड गर्न सकिन्छ

पेइलेले आफै फिल्म निर्माण गरिरहेकोले पुँजीको जोहो गर्न किकस्टार्टर अभियानका साथै संयुक्त राज्यमा रहेको गैरमुनाफामूलक संस्था क्वेश्चनकपिराइट डट ओआरजी जस्ता अन्य संस्कृति अधिकारकर्मीसँग पनि सहकार्य गर्दै छिन्। फिल्म तयार हुदै गर्दा उनले सो फिल्मका खण्डहरू सार्वजनिक तवरमा इन्टरनेटमा अपलोड गर्दै आएकी छिन्

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.