जापानी मिडियालाई ट्रम्पको “शिटहोल” अनुवाद गर्न सकस

“डोनाल्ड ट्रम्प, अप्रिय रुप।” ग्राफिक लिफ्टर्न। पब्लिक डोमेन।

बिहीवार, जनवरी ११ मा संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको अभिव्यक्त्तिले तत्काल विवाद उत्पन्न भयो जब उनले कथित रुपमा हाइटी, एल साल्भाडोर र अफ्रिकी देशलाई “काम नलाग्ने देशहरू” भन्दै उल्लेख गरे। अंग्रेजी भाषाको दुनियाँमा धेरै न्यूजरूमहरूले अमेरिकी राष्ट्रपतिको अपशब्दलाई पुनःप्रकाशित गर्ने या नगर्ने बारे  छलफल गरिरहँदा अन्य भाषाहरूमा काम गर्ने पत्रकारहरूले “शिटहोल” शब्दलाई ठीकसँग अनुवाद गर्न प्रयत्न गरे। जापानी मिडिया कुनै अपवाद थिएन।

धेरै अंग्रेजी भाषीहरुले राष्ट्रपतिद्वारा प्रयोग भएको शब्दको अर्थ सहजै बुझ्ने भएतापनि गैर-अंग्रेजी भाषीहरुका लागि “शिटहोल” शब्दको सूक्ष्म अर्थ बुझ्न गाह्रो हुन सक्छ। अक्सफोर्ड शब्दकोशले यस शब्दलाई यसरी परिभाषित गरेको छ “एक अत्यन्त फोहोर, जर्जर वा अप्रिय स्थान”।

यद्यपि, केही प्रमुख जापानी मिडियाले शब्दको सीधा अनुवाद प्रयोग गर्न खोजेका छन्। उदाहरणका लागि, एक जापानी दैनिक समाचार पत्र असाही शिम्बुन ,र देशको प्रमुख वायर सर्भिसमध्ये एक जीजी , दुबैले “शिटहोल” लाई “बेन्जो” (便 所), “लाभेटोरी” को अपरिष्कृत शब्दको रूपमा अनुवाद गरे, जसलाई “शौचालय” भनी अनुवाद गर्न सकिन्छ।

तर राष्ट्रपतिको अशिष्टता कसरी अनुवाद गर्ने भन्ने बारे जापानी मिडियामा कुनै सहमति नभएको जस्तो देखिन्छ।
रोयटर्सका जापान ब्यूरो प्रमुख विलियम मलार्डले जापानी मिडियामा आएका “शिटहोल” को विभिन्न अनुवादहरू साथै विदेशी मिडियाको जापानी-भाषा संस्करणहरूका अभिलेख राखे र उनको ट्वीटले एक पछि अर्को गर्दै अन्य पत्रकारहरू र पर्यवेक्षकहरूका बीच ट्वीटर वहस सुरु गरायो।

रोयटर्स「不潔な諸国」: “खराब र फोहोर देशहरु”
हफिंगटन पोस्ट 「汚 い 便 所」: “फोहोर शौचालय”
सान्केई 「便 所 の よ う の 汚 い」 」: “शौचालय जस्तै फोहोर देशहरु”
निक्केई 「肥 だ め の よ う な え」: “मानव मलमूत्र भण्डार स्थल”
एएफपी 「肥 だ め 国」: “मानव मलमूत्र भण्डार स्थल”
बीबीसी 「肥 溜 め み た 啶 え 啶 え 啶 距 う 啶 え: “मानव मलमूत्र भण्डार स्थल”

मलार्डले देखेका सबैभन्दा समान अनुवाद “मानव मलमूत्र भण्डार स्थल”, वा “कुदामे” (肥 溜 め) थियो, एउटा खाल्डो जसलाई मानव मलमूत्र मलको रूपमा भण्डार गर्न  लामो समयदेखि जापानी किसानहरू प्रयोग गर्ने गर्दथे । मलार्डले अनुमान गरे यो शब्द प्रयोग भएको थियो किनभने “शिटहोल”,शब्द सोझै जापानी भाषामा अनुवादित छ, उक्त्त भाषामा लेख्दा “मानव मलमूत्र भण्डार गर्ने खाल्डो” भन्ने अर्थ लाग्थ्यो जसरी किसानहरुले कुनै समयमा भण्डार गर्दथिए।

अन्य टिप्पणीकारहरूले क्यारिबियन, मध्य अमेरिकी र अफ्रिकी केही देशहरू बारे ट्रम्पको अभिव्यक्त्तिलाई “मानव मलमूत्र भण्डार स्थल” (肥 溜 め) अनुवाद गरिएको प्रति सवाल उठाए, जबकि अन्य टिप्पणीकारहरूले “शिटहोल” शब्दको जापानी भाषामा भिन्नता प्रति अभिलेख जारी राखे।

हामी आश्चर्यचकित भयौं: डब्लुएसजे 「便 所 の よ う の 汚 い」 “शौचालय जस्तै फोहोर देशहरु”
सुरुमा यो कुदामे 「肥 溜 め」 पनि थियो तर यो ज्यादै प्राविधिक शब्द झैं सुनिन्थ्यो, एउटा शब्द किसानले प्रयोग गर्दथिए। कामको सिलसिलामा यो शब्दलाई कसरी अनुवाद गर्ने भनेर बहस गर्नेछु भन्ने कहिल्यै सोचिन।

एफवाईआई
माईनिची: शौचालय जस्ता देशहरु
क्योदो: गएगुज्रेको देशहरु
न्यूजवीक जेपी: अत्यन्तै फोहोर देशहरु

थप सटीक परिभाषा पेश गरिएको थियो:

शब्दहरू पहिले नै बढाइचढाइ गरिएका हुनाले (कुनै पनि तरिकाले राष्ट्रपतिको शब्दहरू अनुवाद गर्न), “निराशाजनक देश” भन्ने अभिप्राय त थिएन?

जापानी पुस्तकका एक प्रमुख अनुवादक दामियन फ्लानागनले पनि सुझाव दिए कि जापानी साहित्यको अविवादित तथा स्थापित मान्यतामध्ये एक ” बोत्चान,” अमेरिकी राष्ट्रपतिका अशिष्ट भाषाको लागि उपयोगी अनुवाद प्रदान गर्दछ:

जापानीले शब्दको सीधा अनुवाददेखि टाढा रहेर अविवादित तथा स्थापित मान्यताको सहारा लिनु पर्दछ । “बोत्चान” को अन्तमा हिरो भन्छन् “मैले यो शिटहोल” (不浄な地を離れた) लाई छाडी दिएँ। पुन: प्रचलनको निम्ति शिष्ट वाक्यांश “不浄な地”(अस्वच्छ भूमि) प्रति प्रेमभाव जनाऔं ।

ट्रम्पको नस्लवादी, अशिष्ट भाषा प्रति असहमति

तथापि, अन्यले ट्रम्पको शब्दहरूलाई कसरी अनुवाद गर्ने भन्दा पनि उनका शब्दहरुका अभिप्रायमा बढी ध्यान दिए।
प्रमुख जापानी वृत्तचित्र फिल्म निर्माता सोडा काजुहिरो सैकड़ों पटक सेयर गरिएको आफ्नो ट्वीटमा भने, चर्चामा आएको “शिटहोल” ट्रम्पको मस्तिष्क भित्र छ।

कानून निर्माताहरुसँग छलफलको क्रममा ट्रम्पले हाइटी तथा केही अफ्रिकी देशलाई काम नलाग्ने देशहरु वा “मानव मलमूत्र भण्डार स्थल” का रुपमा उल्लेख गरे र यी देशहरु भन्दा नर्वे जस्तो देशका नागरिकलाई आउन प्रोत्साहित गर्नु पर्दछ। तथापि, यहाँ शिटहोल केवल ट्रम्पको मस्तिष्क भित्र छ। तल्लो स्तरको गालीगलौज र बकवास बाहेक उनको अभिव्यक्त्तिमा केही छैन।

ट्रम्पको अभिव्यक्त्ति प्रति विश्वभर र संयुक्त राज्य अमेरिकामा कडा प्रतिक्रिया जनाइयो।
हाइटीमा जन्मेकी क्यानाडाका पूर्व गभर्नर जनरल तथा अर्गनाइजेसन इन्टरन्यासनल दे ला फ्रान्कोफोनीका वर्तमान महासचिव मिचेल जनले ट्रम्पको अभिव्यक्त्तिलाई  ” मानव जातिको अपमान”  भनिन्।

न्यूयोर्क शहरका एक लोकप्रिय मिडिया व्यक्तित्व तथा अमेरिकी मिडिया टिप्पणीकार प्रमुख ब्रायन स्टेलटर जीवन संगिनी जमी स्टेलटरले ट्वीट गरिन्:

म आज डोनाल्ड ट्रम्पको भाषा प्रयोग गर्न गइरहेकी छैन – म खराब भाषाको प्रयोग कहिल्यै गर्दिन भनेर होइन, तर हाइटी र जुनसुकै देशका नागरिक सम्मानको हकदार हुन्छन्।

लेखक जोनाथन एम काज, ले हाइटीलाई २०१० को भूकम्पले तहस नहस बनाएको बेला संयुक्त राष्ट्रसंघको प्रतिक्रियालाई अभिलेख राख्दै पुस्तक लेखेका छन्, उनी भन्छन् क्यारिबियन देश प्रति विगतको अमेरिकी नीतिहरूको प्रत्यक्ष परिणाम स्वरुप हाइटीको जीवनस्तर अमेरिकाको तुलनामा कम छ:

कुल ग्राह्यस्थ उत्पादन असमानता बारेमा विजयोल्लास मनाउनको लागि मानौ नर्वे र हाइटी बीचको असमानता, तपाईले संसारको इतिहास बारेमा केही जानि राख्नु पर्दैन।
विशेष गरी, संयुक्तराज्य अमेरिकाको यथार्थ इतिहास बारे केही पनि थाहा पाइराख्नु पर्दैन।

हजारौं पटक सेयर गरिएको एउटा पोस्टमा, एक ट्वीटर प्रयोगकर्ताले “शिटहोल” शब्दको चर्चा बारे पूर्णतया बेवास्ता गरिएको कुरा प्रति संकेत गर्दै सार प्रस्तुत गरेका छन् – ट्रम्पको टिप्पणी खुल्लमखुल्ला नस्लवाद:

रमाइलो पक्ष यो छ कि मिडिया आउटलेटले यसलाई “नस्लवादी” वा “नस्लवाद” भन्दा “शिटहोल” छाप्न सजिलो ठान्यो।