- Global Voices नेपालीमा - https://ne.globalvoices.org -

बार्बाडोसको ढल सङ्कटले निम्त्याएको समस्या

श्रेणी : क्यारेबियन, बार्बाडोस, नागरिक मिडिया, यात्रा, राजनीति, वातावरण, स्वास्थ्य
[1]

बारबाडोसको दक्षिण तटस्थित लोकप्रिय लालटेन मलअगाडि ढलको ढक्कनबाट बगिरहेको फोहोर पानी। यो स्क्रीनशट जनवरी ७, २०१८ मा प्रकाशित होलिडे ट्राभल नेटवर्क यूट्यूब भिडियोबाट लिइएको हो।

क्यारिबियनको सबैभन्दा लोकप्रिय गन्तब्यहरूमध्ये एक क्षेत्रमा सोच्दै नसोचिएको घटना घटेको छ – र यस्तो पर्यटक मौसमको मुख्य सिजनमा भएको छ। सन् २०१८  ढल फुटेर चुहिने [2] समस्या सहित शुरू भयो – टापुको लोकप्रिय दक्षिण तटको भागहरुमा विस्तारै बग्दै – जसलाई बार्बाडोस जल प्राधिकरण (बीडब्लुए) ले “सङ्कट” भन्यो।

यस घटनाले पहिले नै देशमा गम्भीर समस्या उत्पन्न गरेको छ; बासिन्दाहरू अनुकूल क्षेत्रहरूमा सर्नु [2] परेको छ, दक्षिणी तटमा आधारित धेरै व्यवसायहरू बन्द भएका छन् [3], टापुमा यात्रा गर्ने आगन्तुकहरुले ग्यास्ट्रोइन्टेरिटिस संकुचनको सिकायत गरेका छन्, र पर्यटक-मैत्री गन्तव्यले यात्रा वेबसाइटहरूमा प्रतिकूल समीक्षा गरिएको हेर्नु परेको छ।

छिमेकी ट्रिनिडाड एण्ड टोबागोका विशेषज्ञहरूले समस्या समाधान गर्नका लागि बीडब्लुएको प्रयासलाई सहयोग गरिरहेका [4] छन्; तथापि, बीडब्लुएको दूषित जल विभाग प्रमुख पेट्रिसिया इन्निस स्पष्ट थिइन् कि “हरेक पर्यटक, व्यवसायी, घरधनी” ले समाधानको निमित्त भूमिका निभाउनु पर्दछ। उनले थपिन् [2], “हामी सबैलाई गम्भीरतापूर्वक अपील गर्दैछौं – वासिन्दाहरु मात्र नभएर ठूला व्यापारिक घरानाहरु, होटेलहरू, ठूला अतिथि गृहहरू – हामी यस अवस्थामा विशेष गरी कसैलाई पहिचान गर्न गइरहेका छैनौं किनभने हामीलाई थाहा छैन कि वास्तवमा मुख्य योगदानकर्ताहरू को को हुन्।”

हालको घटनाले विगतका रोकावटको स्मरण गराउछ त्यस समयमा अनुपयुक्त्त फोहोर नालीमा मिसिएको कारणले गर्दा ढलको पम्पहरू र फिल्टरिङ उपकरणहरूमा क्षति पुर्याउथ्यो। इन्निस ती बार्बाडियनहरूलाई अपील गरेकी छिन् [5] जसले उपयुक्त्त तरिकाले फोहोर व्यवस्थापन गर्दैनन् र उनीहरूलाई सिकाउन आफ्नो संगठनको सहायता प्रस्ताव गर्छिन्।

तर केही देशहरूले तत्कालै प्रतिक्रिया दिँदैनन्। तत्काल क्यानाडा [6], संयुक्त राज्य अमेरिका [7], र संयुक्त अधिराज्य [8] ले बार्बाडोस भ्रमणको जोखिमबारे उनीहरूका नागरिकलाई चेतावनी सहित ट्राभल एडभाइजरी जारी गरे।

सम्पूर्ण गढबढीलाई यस तथ्यले अझ खराब बनाएको छ कि केही विशेषज्ञहरूलाई समस्या बारे पहिले नै जानकारी थियो। जनवरी २०१७ मा, बीडब्लुए अधिकारीहरूले आफ्नो नाम गोप्य राखेर बार्बाडोस टूडे [9] लाई बताए कि देशको फोहोर व्यवस्थापन प्रणाली विनाशको संघारमा थियो। तीनै बीडब्लुए अधिकारीहरूले देशका विपक्षी नेता [10], मिया मोटलेद्वारा लगाइएको आरोपको पुष्टि गरे कि सरकारले खराब डिफ्युजरहरुको पुनर्निर्माणमा खर्च गर्ने र पश्चिम तटको लागि एक उचित ढल प्रणाली निर्माण गर्ने प्रस्तावलाई अस्वीकार गरेको छ।

दक्षिण तटको बारेमा, जुन अहिले ढल फुटेको स्थान हो, स्रोतले भन्यो [9], “कसरी दक्षिण तट र ब्रिजटाउन [राजधानी] मा होटलको निर्माण गर्न सक्नुहुन्छ जब कि पूरै ब्रिजटाउन र दक्षिणी तट सीवेज प्लान्ट पुरानो र जीर्ण छन्। यी प्लान्टहरुका लागि तत्काल ध्यान दिन जरुरी छ।“

यस असावधानीले विवाद राजनीतिक खेलमा बदलिएको छ, मोटले विश्वास दिलाउछिन् [11] कि आगामी आम चुनावमा विजय हासिल गर्न सके उनको सरकारले ढलको संकट समाधान गर्नेछ; अर्को तर्फ जब स्थिति बिग्रियो वा सार्वजनिक भयो उद्योग, वाणिज्य तथा लघु व्यवसाय विकास मन्त्री डोनभिल इन्निस आफ्नो सरकारको बचाव गर्दै [12] छन्। डेमोक्रेटिक लेबर पार्टी [13] (डीएलपी) को सरकारलाई समस्या बारे अवगत थियो र यसलाई बेवास्ता गर्यो भन्ने कुरा पनि उनले अस्वीकार गरे।

बार्बीडियनले यस मुद्दामा अनलाइन छलफल गर्दा धूर्त कुरा गरेनन्। लोकप्रिय बार्बाडोस अन्डरग्राउन्ड ब्लगको एउटा पोस्ट अ शिटी साउथ कोस्ट [14], शीर्षकमा वर्तमान स्थिति प्रति खेद व्यक्त गर्यो:

The South Coast of Barbados […] has been known at home and abroad as the place to wine, dine and party by locals and tourists alike. Regrettably in the last year the South Coast has been making the news because of sewage overflowing onto public spaces; roadways, residential and business premises. […]

The reality is that the sewage system in Barbados has been poorly maintained through the years and the hodgepodge approach of the BWA has been significantly affected by a lack of funds and pertinent expertise.

बार्बाडोसको दक्षिण तट […] मदिरा, भोजन र भोज भतेर स्थलको रुपमा देश तथा विदेशमा स्थानीयहरु र पर्यटकहरुद्वारा पनि चिनिएको छ। दुर्भाग्य गत वर्ष दक्षिण तटको सार्वजनिक स्थलहरु, सडक, आवासीय तथा व्यवसायिक परिसरहरुमा ढल बगेको कारण समाचार बनिरहेको छ। […]
वास्तविकता यो हो कि बार्बाडोसमा ढल प्रणाली वर्षौंदेखि पर्याप्त मर्मत हुने गरेको छैन र बीडब्लुएको गोलमाल योजना कोष र निपुण विशेषज्ञताको कमीले अत्यन्त प्रभावित भएको छ।

उक्त्त साइटले ढल चुहिरहेको भिडियो पनि   [15]पोस्ट गर्यो [16] र सरकारको जनसंपर्क प्रवृति प्रति रोष [14] प्रकट गर्यो:

Many of us were bemused by the decision of ministers of government Richard Sealy and John Boyce to bath in the shitty waters of the South Coast in order to convince a suspicious public that all was well.

We await PR stunt number 2!

जागरुक जनतालाई सबै ठिकठाक थियो भन्ने कुरा विश्वस्त पार्नको लागि दक्षिण कोस्टको फोहोर पानीमा नुहाउने सरकारका मन्त्रीहरू रिचर्ड सिली र जोन बोयसका निर्णयले हामीमध्ये धेरैलाई हतप्रभ बनायो।
हामी पीआर स्टंट नम्बर २ को प्रतिक्षा गरिरहेका छौं!

बार्बाडोसको दक्षिणी तटका केही भागहरूमा लगातार ढल प्रवाह जारी रहँदा, फेसबुक प्रयोगकर्ताहरूले यस स्थितिमा सरकारको अकर्मण्यता प्रति निराशा व्यक्त गरे [17] :

I refuse to eat or even partake in any event on that side of the island this is a down right national shame the government of Barbados should take full responsibility for this national disaster! And this is the perfect example of how they have managed the affairs of Barbadians!

म द्वीपको त्यस क्षेत्रमा खाना खान वा कुनै पनि कार्यक्रममा भाग लिन इन्कार गर्छु, यो एक नितान्त राष्ट्रिय लज्जा हो, बार्बाडोसको सरकारले यस राष्ट्रिय असफलताको लागि पूर्ण जिम्मेवारी लिनु पर्छ!

केही नेटिजेन्सले जन स्वास्थ्य खतरा एक गम्भीर राष्ट्रिय सुरक्षा मुद्दाको रुपमा लिए [18] र धेरै व्यक्तिहरु देशको पर्यटन क्षेत्रमा ढल चुहिने समस्याको प्रभाव बारेमा चिंतित [19] थिए – एक क्षेत्र जसले बार्बाडोसको कुल ग्राह्यस्थ उत्पादन (जीडीपी) को एउटा ठूलो हिस्सा ओगट्छ। अन्यले उल्लेख गरे [20] कि उनीहरू सबै भन्दा प्रतिकूल रुपले प्रभावित भएका तथ्यको बावजूद “आम समुदायसँग अझै धेरै वास्तविकता बताइएको छैन।”

Editor's Note: The original feature photo [21] accompanying this post — apparently mislabelled by the Flickr user as a 2005 aerial shot of Barbados’ south coast — showed an area situated much further away from where the sewage issue is currently being experienced. To avoid any confusion, we have changed the photo to reflect the position of the 2018 leak.