देशको पहिलो उपग्रह प्रक्षेपणमा आएको गडबडीपश्चात् एङ्गोलावासीहरु उपेक्षित महसुस गर्दै

एङ्गोस्याट-१ को प्रक्षेपण टेलिभिजाओ पब्लिका दे एङ्गोलाद्वारा प्रत्यक्ष प्रसारण गरिएको थियो। तस्बिर: स्क्रीन ग्राब,  क्लबके क्लबके/यूट्यूब

डिसेम्बर २५ मा एङ्गोलाको पहिलो उपग्रह कक्ष मा पुगेको थियो, र उक्त प्रक्षेपणलाई यो शहरको मुख्य मार्गमध्ये एक मार्गिनल दे लुअन्डामा आतिशबाजीको साथ ठूलो स्क्रीनमा प्रत्यक्ष प्रसारण गरेर उत्सव मनाइयो।

एङ्गोस्याट-१ नामकरण गरिएको रूसनिर्मित उपग्रह रूस-एङ्गोलाबीच सन् २००९ मा सुरु भएको साझेदारीको परिणाम हो, र यसले अफ्रिका तथा यूरोपका विभिन्न भागहरूमा उच्च गतिको इन्टरनेट र रेडियो तथा टेलिभिजन प्रसारण गर्ने उद्देश्य लिएको छ।

तथापि, कजाखस्तानबाट प्रक्षेपण गरिएको केही घण्टापछि उपग्रहले आफ्नो पृथ्वी प्लेटफार्मसँग संचार गुमायो र कैयौं घण्टा संपर्कविहीन भयो।

एङ्गोलावासीहरुले प्रक्षेपण र यन्त्रमा भएको गडबडी प्रति ठट्टा गरे, तर विश्व संचारको कथन र देशमा मानवीय विकास ज्यादै कमजोर हुँदाहुँदै एउटा उपग्रहमा रकम खर्च गर्ने विवेकबारे प्रश्न गर्ने अवसर पनि पाए।

उपग्रहमा खराबी आएको समाचार फैलिनासाथ सामाजिक संजाल हास्य प्रतिक्रियाहरूले भरिएको थियो:

मेमे रचनाकारहरु हास्यकलामा अझ छरिता र सक्रिय हुँदैछन्। “उपग्रहले मोभिसेल चिप प्रयोग गर्यो त्यसैले यो संपर्क बिच्छेद बन्यो” [मोभिसेल एङ्गोलाको सेल फोन संचालक हो]; “उपग्रह क्वान्जा-सुल (एङ्गोलास्थित प्रान्त) को कुनै स्थानमा भेटिएको थियो, यसले सोबा (सामुदायिक नेता) र प्रशासकका वाहनहरु ध्वस्त गर्यो।”

हिजो एङ्गोलाले पहिलो एङ्गोलन उपग्रह प्रक्षेपणको स्मरण गर्न आतिशबाजी गर्यो।
आज रसियन अन्तरिक्ष एजेन्सी उपग्रहसँग संपर्क बिच्छेद बन्यो।

“मस्कोले एङ्गोलन उपग्रहको सिग्नल गुमायो” यसमा लज्जित बन्नु पर्ने केही छैन।

प्रणाली रहित हुनुपर्छ…
आखिर उपग्रह एङ्गोलन हो

तथापि, उपग्रहमा आएको खराबीबारे ज्यादै नै चासो दिइएको भन्दै केहीले आलोचना गरे-रसियन निर्माणकर्ता आरएससी एनर्जियाका अनुसार उक्त उपग्रहले अन्ततः दुई दिन पछि सम्पर्क पुनःस्थापित गर्यो।

धेरै अन्तर्राष्ट्रिय मिडियाले अचानक एङ्गोलन उपग्रहको विफलतामा मात्र रुचि राखे … द्वेष र एक अफ्रिकन देश विफल भएको हेर्ने यत्ति ठूलो चाहना छ?

अल्जेरिया, दक्षिण अफ्रिका, मिश्र, मोरक्को, नाइजेरिया र ट्यूनीशिया सँगै कक्षमा आफ्नो संचार उपग्रह हुने एङ्गोला सातौं अफ्रिकी देश भएको छ।

एङ्गोला सरकारको रिपोर्ट अनुसार यस परियोजनामा ३२० मिलियन अमेरिकी डलर लगानी भएको छ, दुई वर्षमा लगानी प्राप्त हुने अनुमान गरेको छ। राज्य मंत्री कार्वाल्हो डा रोचाका अनुसार, एङ्गोलाको दूरसंचार संचालकहरूले यस क्षेत्रको अन्य उपग्रहलाई अंतरिक्ष भाडामा हरेक महिना १५ देखि २० मिलियन अमेरिकी डलरको हाराहारी खर्च गर्छन्।

यसबाहेक, मंत्रीले भने कि उपग्रह क्षमताको ४०% पहिले नै राष्ट्रिय दूरसंचार संचालकहरूद्वारा प्रयोग गर्न बिक्री गरिसकिएको छ, र बाँकी अफ्रिकाको अन्य संचालकहरू र युरोपका केही भागहरूले भाडामा लिनु पर्नेछ। एङ्गोस्याट -१, १५ वर्षको लागि कक्षमा रहनुपर्छ।

एङ्गोस्याटको विशेष तस्बिरहरू।
एङ्गोलन उपग्रह अर्को महिना प्रक्षेपण गरिनेछ। प्राविधिकहरूले एङ्गोस्याटको तयारीको निम्ति अन्तिम रुप दिइरहेका छन्।

तथापि, केहीले चिन्ता व्यक्त गरेका छन् ,जस्तै पेद्रोव्स्की टेका:

Pergunto:
1 – O que é que a bandeira russa ?? está a fazer no nosso satélite?
2 – Por que que a bandeira da Rússia ?? está em primeiro plano e a de Angola ?? em segundo lugar?
3 – Por que que as escritas no satélite ? estão em língua estranha (parecendo russo)?

मेरो प्रश्न:
१ – रूसी झण्डा हाम्रो उपग्रहमा के गर्दैछ?
२ – रूसी झण्डा किन सबैभन्दा प्रमुख र अंगोला दोस्रो स्थानमा छ?
३ – उपग्रहमा विदेशी भाषामा (रसियन जस्तो प्रतीत हुने) किन लेखियो?

राउल दन्द का लागि, उपग्रह एङ्गोलियन नागरिकको रूपमा उनको प्राथमिकता छैन:

[…] Se é um motivo de orgulho, porque não é qualquer país que leva um satélite próprio ao espaço, o episódio lembra-me o CAN 2010: muita banga para nada ou quase nada. Muitos dos estádios que custaram milhões e milhões de dólares (de custo “custado” e de custo roubado) andam aí com o capim a crescer para pasto de cabritos. Naquele momento, o Executivo do Presidente Eduardo dos Santos (agora “ex”) pretendia apenas mostrar que “nós também podemos”! Desta vez a coisa repete-se. Lançar um satélite é uma coisa boa, super boa até. Mas é preciso primeiro fazer outras realizações. Comprar um BMW quando, em casa, os filhos não têm pão, mais do que absurdo é irracional. Lançar satélite no espaço quando no chão não há medicamentos, comida, educação de qualidade, saúde digna desse nome, saneamento básico…. e outras coisas realmente básicas, parece-me ser de uma irracionalidade terrível…

[…] यदि यो गर्व को विषय हो भने, यो केवल कुनै एउटा देशले आफ्नो उपग्रह अन्तरिक्षमा पठाएको कारणले मात्र हुनु हुँदैन, यो प्रकरणले मलाई २०१० को अफ्रिकी कप अफ नेसन्सको सम्झना दिलाउँछ; बिना अर्थ धेरै तामझाम गरियो। लाखौं डलर (“लागत” लागत र चोरी मूल्य) का धेरै रंगशालाहरु घाँसले पुरिएका छन् बाख्रा चराउनको लागि। त्यस समयमा, राष्ट्रपति एडुअर्दो डोस सैंटोस (हाल “भूतपूर्व”) को सरकारले केवल “हामी पनि” गर्न सक्छौं भन्ने देखाउनको निमित्त गर्यो। अहिले आफै दोहोरिन्छ। उपग्रह प्रक्षेपण गर्नु एउटा राम्रो कुरा हो, वास्तवमा नै राम्रो। तर पहिले अन्य कुराहरु प्राप्त गर्न आवश्यक छ। घरमा बच्चाहरु खान नपाएर भोकभोकै भएको अवस्थामा बीएमडब्लु गाडी किन्नु मूर्खता सिवाय अरु केही होइन। यहाँ औषधि, खाना, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, आधारभूत स्वच्छता … र अन्य अत्यावश्यक आधारभूत वस्तुहरुको अभाव भैरहँदा एउटा उपग्रह प्रक्षेपण मलाई अत्यन्तै अर्थहीन लाग्छ …

अर्का एङ्गोलन कार्यकर्ताले प्रश्न गरे सरकारले प्रक्षेपण समारोहमा भाग लिन किन धार्मिक नेताहरू ल्याएको थियो

ती “धार्मिक नेताहरू” जो उपग्रह प्रक्षेपणको निम्ति मस्को-रूसमा ल्याइएका थिए, जुन उपग्रह पहिले नै हराएको छ, के गर्न त्यहाँ ल्याइएका थिए? यस सरकारले अनावश्यक रूपमा पैसा खर्च गर्ने आफ्नो बानी रोक्न नसकेको जस्तो देखिन्छ, वा के उनीहरूले आफ्नो यात्राको लागि आँफै खर्च व्योहोरेका थिए?

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.