धानखेत र भैंसीहरू: फिलिपिन्सको ग्रामीण जीवनको एक झलक

सुन्नुस् त, के तपाईंले खेत र पहाडबाट गुञ्जिएका नयाँ जीवनका गीत सुन्नुभएन? फोटो र क्याप्शन: लिटो अकाम्पो, अनुमति लिएर प्रयोग गरिएको।

राजधानी मनिलाको कोलाहल र फोहोरबाट भाग्न अनुभवी फोटोग्राफर र अधिकारकर्मी लिटो ओकाम्पॊ फिलिपिन्सको लुजोन द्वीपको मध्यभागमा रहेको आफ्नो गृहनगर बारम्बार गइरहन्छन्।

उनका भ्रमणहरूले आफ्नो जन्मस्थलको सुन्दरतामा रमाउँदै गर्दा उनलाई बाल्यकालको स्मरण ताजा गरायो।

ग्लोबल भ्वाइसेजसँग उनले सेयर गरेका तस्वीरहरूमा ओकाम्पॊले समतल क्षेत्रका कृषि गाउँका दृश्यमात्र खिंचेका छैनन् परन्तु सायद नजानिकन उनले फिलिपिन्सको कृषिको अवस्था पनि क्यामेरामा कैद गरेका छन्।

उदाहरणका लागि, भैंसीको प्रचलित प्रयोगको निरन्तरताले कृषि क्षेत्रको पिछडिएको अवस्थालाई प्रतिबिम्बित गर्दछ। बाली सुकाउनका लागि सडकको प्रयोगले किसानहरूको लागि उपलब्ध सुविधाहरूको कमी देखाउँछ।

रमणीय ग्रामीण जीवनमा प्रकाश पार्नुको अलावा ओकाम्पो युवा फोटोग्राफरहरूलाई ग्रामीण बासिन्दा, विशेष गरी किसानहरूका दुःख सम्झाउँछन् जो देशका गरिबमध्ये पर्छन् र उनीहरूले खेतमा गर्ने गाह्रो कामले गर्दा स्वास्थ्यसम्बन्धी जोखिम भोग्छन्।

बढ्दो शहरीकरणका कारण धेरै कृषि गाउँ तथा अकाम्पोका गृहनगरजस्तै हरियालीयुक्त वासस्थानलाई तुरुन्तै व्यावसायिक जमीन वा पर्यटन केन्द्रमा परिणत गर्न सकिन्छ। तसर्थ, अकाम्पोका फोटो जमीनको प्रयोगसम्बन्धी समस्या, भूमिसुधार कार्यक्रमको अवस्था तथा वातावरण जोगाउनुपर्ने आवश्यकताबारे सर्वसाधारणलाई शिक्षा दिन पनि प्रयोग गर्न सकिन्छ।

पाम्पांगा प्रान्तमा रहेको स्टा रिटा शहरको परोक्ष भ्रमण गर्नुहोस्:

फिलिपिन्समा माझीपछि किसानहरू सबैभन्दा गरिब समुदायमा पर्छन्। फोटो: लिटो अकाम्पो, अनुमति लिएर प्रयोग गरिएको।

भैंसीमाथि ट्यागक (बकुल्ला)। फोटो: लिटो अकाम्पो, अनुमति लिएर प्रयोग गरिएको।

सुविधाको कमीका कारण किसान आफ्ना बाली सडकमा सुकाउन बाध्य छन् । फोटो: लिटो अकाम्पो, अनुमति लिएर प्रयोग गरिएको।

खेतमा प्रयोग गरिनुअगाडि भैंसीलाई नुहाउनु जरुरी छ। फोटो: लिटो अकाम्पो, अनुमति लिएर प्रयोग गरिएको।

धानका बाला लुछ्न बिजुलीका तारमा प्रतीक्षारत चराहरू। फोटो: लिटो अकाम्पो, अनुमति लिएर प्रयोग गरिएको।

धान खेतमा चराहरू। फोटो: लिटो अकाम्पो, अनुमति लिएर प्रयोग गरिएको।

‘कार’ पार्किङ्ग। भैंसीको गोठ। फोटो: लिटो अकाम्पो, अनुमति लिएर प्रयोग गरिएको।

सिंचाइ नहरमा उभिएका फोटोग्राफार लिटो अकाम्पो।

 

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.