इजिप्ट यौन दुर्व्यवहार र बाल विवाहका समस्याले निरन्तर ग्रसित छ

इजिप्टको सन् २०११ को संसदीय चुनावका दौरान मतदान गर्न लामबद्ध महिला। सन् २०११ डिसेम्बर ११ का दिन युएन वीमेनले पोस्ट गरेको फोटो। क्रियटिभ कमन्स लाइसेन्सअन्तर्गत प्रयोग गरिएको

सन् २०१५ मा इजिप्टका जनसंख्या मन्त्री हाला युसेफले त्यहाँ भएका विवाहमध्ये १५% बाल विवाह रहेको बताए। सन् २००८ मा विवाहका लागि उमेरको हद बढाएर १८ पुर्याइएको भए पनि यो देशभरि खास गरी गरीब क्षेत्रहरूमा व्याप्त रही आएको छ।

यसले बाल अधिकार उल्लंघन गर्नुका साथै बालबालिकामाथि हुने प्रत्यक्ष हिंसातर्फ डोर्याउछ, जसमध्ये सबै संधै बालिकाहरू हुन्छन्।

सन् २००१ को एक अध्ययनले २९ प्रतिशत विवाहित बालबालिका तिनीहरूका पतिबाट पिटिएको देखायो। सन् २०१४ मा अमेरिकन युनिभर्सिटि अफ काइरोज सोसल रिसर्च सेन्टरले १८ वर्ष अगाडि नै विवाह गरेका २७ प्रतिशत किशोरीहरू उनीहरूका पतिहरूद्वारा शारीरिक दुर्व्यवहारको शिकार भएको पत्ता लगायो

सन् २०१६ को एक रिपोर्टमा युएन प्यानलले नाम चलेका महिला मानवाधिकार समर्थकलाई दिइएको उत्पीडनले इजिप्टमा हालैको महिला अधिकारसम्बन्धी खराब रेकर्डलाई सघाएको निष्कर्ष निकालेको छ:

The continuous persecution of women human rights defenders such as Azza Soliman and Mozn Hassan… establishes and reinforces a pattern of systematic repression of the Egyptian women’s rights movement, aiming to silence and intimidate those working tirelessly for justice, human rights and equality.

अज्जा सोलिमनमोज्न हसनजस्ता महिला मानवाधिकार समर्थकलाई दिइएको निरन्तरको उत्पीडनले न्याय, मानवाधिकार र समानताका लागि कटिबद्ध व्यक्तिलाई दबाउने र धम्क्याउने लक्ष्यका साथ महिला अधिकार आन्दोलनलाई सुनियोजित तवरले दमन गरिएको तथ्यलाई स्थापित र सुदृढ गर्दछ।

यी मुद्दालाई सम्बोधन गर्न ग्लोबल भ्वाइसेजले १० वर्षभन्दा अधिक समय महिला अधिकारसम्बन्धी कार्य गरेकी इजिप्सियन अधिकारकर्मी समाह मन्सुरसँग कुरा गर्यो।

इजिप्सियन अधिकारकर्मी समाह मन्सुर। फोटो अनुमति लिएर प्रयोग गरिएको।

मन्सुर एप्रोप्रिएट कम्युनिकेशन टेक्निक्स फर डेभलपमेन्ट सेन्टर (एक्ट) को लैङ्गिक तथा महिला अधिकार एकाइमा अधिकृतका रूपमा कार्यरत छिन्। उनी “से नो टु चाइल्ड ट्राफिकिङ्ग” नामक पहलकी सदस्य हुन्। यस समूहले इजिप्टमा हुने बालबालिका बेचबिखन तथा बाल विवाहको अनुगमन र अभिलेख राख्ने कार्य गर्दछ। मन्सुरले इजिप्टमा महिलालाई जिस्काइने वा महिला उत्पीडनविरुद्ध लड्न र जनचेतना अभिवृद्धि गर्न “आइ स ह्यारेसमेन्ट” नामक पहल सुरु गर्न पनि मद्दत गरेकी छिन्।

सन् २००७ मा महिलाविरुद्ध हुने हिंसासँग लड्नेसम्बन्धी उनको अनुसन्धानका लागि उनलाई युनाइटेड नेशन्स डेभलपमेन्ट फण्ड फर विमेनले पुरस्कृत गर्यो।

नेभेना बोरिसोभा (एनबि): तपार्इंले महिला अधिकारसम्बन्धी कार्य कसरी सुरु गर्नुभयो?

Samah Mansur (SM): I’ve been fortunate to come from a family where volunteering is considered absolutely important. My parents believed that the best gift they could ever give me is to help people in need. I was allowed to spend copious amount of time at charities, and shelters to help orphans, battered women, and people in need, beyond what I was taught in school and so nurtured me into volunteer lover that I am today. Since 2003, I have been involved in the non-profit sector and I joined the Appropriate Communication Techniques for Development (ACT) which works on fighting all types of violence against women. I am lucky because I am able to choose what to do and I am absolutely passionate about everything I do.

समाह मन्सुर (एसएम):म भाग्यले यस्तो परिवारसँग सम्बन्धित छु जहाँ स्वयंसेवालाई अति नै महत्वपुर्ण मानिन्छ। मेरा अभिभावकले विश्वास गर्थे कि मलाई उहाँहरूले दिनसक्ने सबैभन्दा राम्रो उपहार नै परेको बेला कुनै व्यक्तिलाई मद्दत गर्नु हो। विद्यालयमा सिकाइएको अलावा मलाई परोपकारी संस्थाहरू तथा टुहुरा, पीडित महिला र असहायहरूलाई मद्दत गर्ने आश्रयस्थलमा प्रशस्त समय व्यतीत गर्न दिइन्थ्यो जसले मलाई स्वयंसेवा गर्न रुचाउने र आज म जे छु त्यस्तो बनाउन सघायो। सन् २००३ देखि म गैरमुनाफामूलक क्षेत्रमा संलग्न रहेको छु र महिलाविरुद्ध हुने हरेक प्रकारका हिंसासँग लड्ने एप्रोप्रिएट कम्युनिकेशन टेक्निक्स फर डेभलपमेन्ट सेन्टर (एक्ट) सँग सम्बद्ध भए। म भाग्यमानी छु किनकि म जे चाहन्छु त्यो रोज्न सक्छु र मैले गर्ने हरेक कार्यप्रति पूर्ण रूपले समर्पित छु।

एनबि: तपाईं ‘से नो टु चाइल्ड ट्राफिकिङ्ग’ नामक पहलकी सदस्य हुनुहुन्छ। इजिप्टमा हालको समयमा यस समस्याको अवस्था कस्तो छ र यसका लागि कस्तो कदम चालिनुपर्छ?

SM: In Egypt, child marriage and child trafficking are a social phenomenon which primarily affects girls who live in extreme poverty in rural areas, and is becoming more prevalent in urban areas, as well as in Upper Egypt. Twelve percent of them are married before they turn eighteen. One major contributing factor is the wealthy men from Egypt, and the Arab region, including the Gulf Countries, who frequently visit Egypt to acquire “temporary marriages and tourism marriages” with underage girls. Girls below the age of fourteen are forced into marriage. These marriages are often facilitated by the girl’s parents and are arranged through marriage brokers, sheikhs, lawyers, community leaders, etc., who take bribes for registering these illegal marriages of underage girls. After a while, these girl brides are in very vulnerable positions. They are either left abandoned and pregnant, taken by force to serve as maids in faraway households, or in many cases subjected to abortions.

These marriages, considered a form of child trafficking and modern day slavery, force young brides to work as maids and servants in abusive settings where a monthly compensation is received and channeled by special brokers. The money goes to the girl’s unemployed male siblings and father.

एसएम: इजिप्टमा बालविवाह र बालबालिका बेचबिखन सामाजिक समस्या हुन् जसले मुख्यतया ग्रामीण क्षेत्रमा एकदमै गरिबीमा रहेका बालिकाहरूलाई प्रभावित गर्दछ र यी समस्या माथिल्लो इजिप्टका साथै शहरी क्षेत्रहरूमा पनि झन व्याप्त हुँदै गएका छन्। बाह प्रतिशत किशोरीहरू अठार वर्ष नपुग्दै विवाह गर्छन्। एक प्रमुख योगदान पुर्याउने माध्यम खाडी मुलुकसमेत गरी इजिप्ट र अरब क्षेत्रका धनी मानिस हुन् जो उमेर नपुगेका केटीहरूसँग अस्थायी विवाह तथा पर्यटकीय विवाह गर्न बारम्बार इजिप्ट धाइरहन्छन्। चौंध वर्ष मुनिका किशोरीहरूको जबरजस्ती विवाह गराइन्छ। यी विवाहहरू प्रायजसो अभिभावकले नै सहज गराइदिन्छन् र दलाल, शेख, वकिल, समुदायका अगुवा आदिमार्फत यी विवाह सम्पन्न हुने गरेका छन्। उनीहरूले यी उमेर नपुगेका किशोरीहरूको अवैध विवाह दर्ता गराउन घुस लिने गरेका छन्। केही समयपश्चात् यी बालबेहुलीहरू अति असुरक्षित अवस्थामा पुग्छन्। यिनीहरूलाई गर्भवती अवस्थामा छोडिइन्छ वा धेरै टाढाका घरहरूमा जबरजस्ती कामदारका रूपमा काम गर्न बाध्य गराइन्छन्, वा धेरै जसो गर्भपतन गर्न बाध्य बनाइन्छन्।

बाल बेचबिखन र आधुनिक जगतको दासप्रथाका अर्का स्वरुप यी विवाहहरूले बालबेहुलीहरूलाई जबरजस्ती कामदार र दासीका रूपमा काम गर्न लगाइन्छन्। यिनीहरूलाई गालीगलौज गरिन्छ र विशेष दलालमार्फत मासिक तलब दिइन्छ। यो पैसा ती किशोरीहरूका अविवाहित दाजुभाइ र बुवाले पाउँछन्।

एनबि: तपाईंले ‘आइ स ह्यारेसमेन्ट’ नामक पहल सुरु गर्न मद्दत गर्नुभयो। के तपाईं इजिप्टमा महिलालाई जिस्काइने वा महिला उत्पीडनका बारेमा थप केही भन्नुहुन्छ? 

SM: Sexual harassment is a major problem in Egypt. Studies show that large majorities of women have been subjected to it, often on the street or public transportation. And the problem is deeply rooted. For this reason I participated in establishing the I Saw Harassment Initiative which works on monitoring and documenting sexual harassment crimes against women.

एसएम: यौन दुर्व्यवहार इजिप्टको एक मुख्य समस्या हो। अध्ययनहरूका अनुसार बहुसंख्यक महिलाहरू यसका शिकार भएका छन्, प्रायजसो गल्लीहरूमा वा सार्वजनिक यातायातमा। र यो समस्याले जरा गाडेको छ। यस कारण मैले आइ स ह्यारेसमेन्ट नामक पहल सुरु गर्न सहभागी भए। यसले महिलाविरुद्ध हुने यौन दुर्व्यवहारजन्य अपराधको अनुगमन गर्छ र अभिलेख राख्छ।

एनबि: यस देशमा महिलाका लागि पेशागत अवसरका बारे केही भन्नुहुन्छ?

SM: Egypt ranks low in gender equity. The 2015 Global Gender Gap Index, ranks Egypt at 136 out of 145 countries worldwide. Women have significantly lower participation in the labor force than men (26% vs 79%) and lower literacy (65% literacy for women vs 82% of males).

We have 89 (14.9%) women in the parliament, 14 are appointed and 75 are elected.

एसएम: लैंगिक समतामा इजिप्ट धेरै तल छ। सन् २०१५ को ग्लोबल जेन्डर ग्याप इन्डेक्सले इजिप्टलाई विश्वभरिका १४५ देशमध्ये १३६ औं स्थानमा राखेको छ। महिलाहरूको श्रमशक्तिमा पुरुषको तुलनामा उल्लेखनीय तवरले कम सहभागिता (७९% को विरुद्ध २६%) र कम साक्षरता (पुरुषहरूको ८२% को विरुद्ध महिलाहरूको ६५%) रहेको छ।

हाम्रो संसदमा १४ मनोनित र ७५ निर्वाचित गरी ८९ (१४.९%) महिला छन्।

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.