गलत पहिचानका कारण अन्यायपूर्ण ढंगले इटलीमा गिरफ्तार गरिएका इरिट्रियन नागरिकलाई रिहा गर्नका लागि याचिका

सन् २०१६ को जुनमा परिकल्पित मानव बेचबिखन गर्ने व्यक्तिको आगमन। फोटो: altreconomia.it.

आफ्नो नाम मेधानी तेस्फामारियम बेहरे बताउने एक २९ वर्षीय मानिस मानव बेचबिखनको आरोपमा पालेर्मोमा डेढ वर्षदेखि न्यायका लागि सुनुवाइ पर्खिरहेका छन्। गलत पहिचानको मामिला झै देखिने यो मुद्दाअन्तर्गत इटालियन निकायहरूले उनलाई “द जेनरल” भनेर चिनिने मेधानी येहदेगो मेरेद भन्ठानेर गिरफ्तार गरे। मेरेद भूमध्य सागरमा विगत केही वर्षदेखि मानव बेचबिखनका मास्टरमाइण्ड हुन्।

इटालियन निकायहरूले मेरेदलाई सन् २०१३ को अक्टूबरमा लाम्पेदुसामा भएको नाटकीय शैलीको पानीजहाज दुर्घटनापश्चात् खोजिरहेका थिए। यस दुर्घटनामा ३६८ जनाको मृत्यु भएको थियो भने २० हराइरहेका छन्।

इटालियन, बेलायती र सुडानी गुप्तचर संस्थाहरूले लामो अन्तर्राष्ट्रिय अनुसन्धानपछि सन् २०१६ को मेमा बेहरेलाई सुडानको खार्तुममा रहेको आस्मारा कर्नर क्याफेमा सुडानी प्रहरीले गिरफ्तार गरेको थियो। उनलाई सन् २०१६ को जुन ७ मा विशिष्ट फ्लाइटमार्फत इटलीलाई सुपुर्द गरियो।

यस मुद्दालाई पछ्याइरहेका पत्रकारमध्ये स्टेफानो कोलम्बो दसबम्यारिन डट आइटिका लागि लेख्छन्। नोभेम्बर १३ मा प्रकाशित पोस्टमा उनले द गार्जियनका लागि यस मुद्दालाई पछ्याइरहेका पालेर्मोका पत्रकार लोरेन्जो टोन्डोले फेला पारेका तथ्य सेयर गरे

Mi occupo di questa cosa da un anno e mezzo, da quando c’è stato lo scambio di persona,” ci racconta, “doveva essere l’arresto del peggior trafficante di uomini, ma già appena l’abbiamo visto all’aeroporto ci siamo resi conto che con Mered non c’entrava un cazzo.”

[…]

Si scopre poi che mentre la procura di Palermo dava la caccia a Mered, questo — il vero trafficante! — era in carcere a Dubai per una questione di passaporti falsi. Ecco spiegato il suo silenzio totale sui social media. “È tornato in libertà ad agosto 2016,” ci conferma Tondo. Berhe, invece, è ancora in carcere, e non sembra che potrà tornare in libertà a breve. Finora il processo ha cambiato 4 volte giudice, e secondo la legge italiana, ogni volta che il giudice cambia, il processo va rifatto da capo.

“मैले यस मुद्दालाई डेढ वर्षदेखि पछ्याइरहेको छु,” उनी भन्छन्, “यो मुद्दा सबैभन्दा ठूलो मानव बेचबिखनकर्तालाई गिरफ्तार गरिएको हुनुपर्ने थियो, तर जब हामीले उनलाई विमानस्थलामा देख्यौं हामीले महसुस गर्यौ कि मेरेदलाई योसँग केही लिनुदिनु थिएन।”

[…]

जब पालेर्मोको न्यायालयले मेरेदलाई खोजिरहेको थियो, ऊ (वास्तविक मानव बेचबिखनकर्ता) पासपोर्ट जालसाजीको आरोपमा दुबईको जेलमा थियो। यसले सामाजिक सञ्जालमा उसको मौनतालाई प्रष्ट्याउँछ। “उसलाई सन् २०१६ को अगष्टमा रिहा गरिएको थियो,” टोन्डो पुष्टि गर्छन्। बेहरे उसको बदलामा अझै जेलमा छन् र लाग्दैन कि उनी चाडै बाहिरिनेछन्। उनको सुनुवाइका सन्दर्भमा चार जना न्यायाधिश फेरिइसकेका छन्। इटालियन कानुनअनुसार न्यायाधिश फेरिनासाथ सुनुवाइ पहिलादेखि नै सुरु गर्नुपर्ने हुन्छ।

जुलाई ४ का दिन प्रतिवादीले स्वीडेनमा शरण लिईरहेका दुई जना साक्षी प्रस्तुत गर्यो जसअनुसार निश्चित रूपमा गिरफ्तार गरिएको व्यक्ति मेरेद होइन, न्यूसिसिलिया डट आइटिले बतायो।

Fonte: eritrea-chat.com

Fonte: eritrea-chat.com

Oggi, però, ci sarebbero i due testimoni pronti a dimostrare che Mered non sarebbe il latitante ricercato da due anni. Ma un giovane di nome Mered Tesfamarian. Come anticipa il giornale britannico The Guardian, uno dei due testimoni sarebbe Ambesyer Yeman, 23 anni, rifugiato eritreo, arrivato in Italia con l’organizzazione di Mered nel 2013.

“Non conosco il ragazzo che hanno arrestato, l’ho visto nella foto di un articolo pubblicato su Facebook, e ho detto immediatamente: ‘Ma questo non è Mered”, ha detto il ragazzo.

आज दुई जना साक्षी गवाही दिन तयार रहनेछन् कि दुई वर्षदेखि खोजिदैं गरिएको अपराधी मेरेद होइनन् बल्कि उनी मेरेद तेस्फामारियम नाम गरेका अर्का युवक हुन्। द गार्जियनको रिपोर्टअनुसार दुई साक्षीमध्ये एक २३ वर्षीय इरिट्रियन शरणार्थी अम्बेस्येर येमन मेरेदको संस्थामार्फत सन् २०१३ मा इटली आएका थिए।

“म गिरफ्तार गरिएको व्यक्तिलाई चिन्दिन। मैले फेसबूकमा पोस्ट गरिएको उनको फोटो देखे र तुरुन्तै भने यो मेरेद होइन,” उनले भने।

यसका साथै, इटालियन अभियोग पक्षका वकीलले उनका कुराकानीमध्ये एक रेकर्ड गरेका थिए भन्ने टोन्डोले फेसबूकमा खुलाए। उनको पोस्ट धेरैले हेरे र ५०० भन्दा बढीले लाइक गरे।

Ieri è successa una cosa davvero spiacevole. Una cosa che in Italia, nella mia categoria, è considerata oramai pericolosamente ‘’normalità’’, ordinaria amministrazione, un ‘’incidente di percorso’’ come tanti altri: la procura di Palermo ha intercettato alcune mie conversazioni con una fonte, un ragazzo eritreo che mi aiutava anche come interprete nelle interviste in tigrino sul ‘’Caso Mered’’, il clamoroso scambio di persona di un rifugiato arrestato per errore perché ritenuto essere un trafficante di uomini. 

हिजो केही दुर्भाग्यपूर्ण घटना घट्यो। जुन इटलीमा, मेरो पेशागत वर्गमा, खतरनाक तरिकाले “सामान्य” मानिन्छ, सधैं भइरहने जस्तै, धेरै जस्तो गडबडी झै। पालेर्मोका अभियोग पक्षका वकीलले मलाई “मेरेद मामिला”मा (गलत पहिचानका कारण मानव बेचबिखनकर्ता ठानिएको शरणार्थीलाई गल्तीले गिरफ्तार गरिएको) अन्तरवार्ता दिई मद्दत गरिरहेको इरिट्रियन युवकसँगका केही कुराकानी गुप्त तवरले रेकर्ड गरेका छन्।

समान अनुसन्धान प्रविधिमार्फत इटालियन न्यायपालिकाले वास्तविक अपराधी खोजिरहेको छ वा त्यस्ता मुद्दा अन्त्य गर्न बलिको बोको खोजिरहेको छ, भन्न गाह्रो छ।

यस लेखबारे केही ठोस कार्य गर्न यस पोस्टका लेखक अब्दूलाए बाले अधिकारकर्मी, पाठक तथा विज्ञहरूको सहयोगमा एक याचिका सुरु गरेका छन्। हामी तपाईंलाई यसमा हस्ताक्षर गर्नुहुन अनुरोध गर्दछौं: 

Liberate Medhanie Tesfamariam Behre, il falegname eritreo, in carcere per omonimia (Petizione su Avaaz)

समान नाम भएका कारण जेलमा सजाय भोगिरहेका इरिट्रियन काष्ठकर्मी मेधानी तेस्फामारियम बेहरेलाई रिहा गर (आवाजमार्फत पेश गरिएको याचिका)

Chiediamo che venga rilasciato immediatamente e che l’Italia ammetta il proprio errore pubblicamente, presenti le proprie scuse a Medhanie Tesfamariam Behre.

हामी मेधानी तेस्फामारियम बेहरेलाई तुरुन्तै रिहा गरियोस् र इटलीले क्षमायाचनाका साथ सार्वजनिक रूपमा माफी मागोस् भन्ने माग गर्दछौं।

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.