ग्लोबल भ्वाइसेजमा हामी यत्र, तत्र, सर्वत्र छरिएर बसेका छौं, हामीलाई यस्तै भईरहन सघाउनुहोस्

जीभी सम्मेलन २०१७ का बेला श्रीलंकाको कोलम्बोमा ग्लोबल भ्वाइसेज समुदायका सदस्यहरू सेल्फी लिंदै। फोटो: फारिस अदाम/ इशान वानी।

प्रिय मित्रहरू,

हालैको हाम्रो श्रीलंकाको कोलम्बोमा आयोजित सम्मेलनमा हामीले हाम्रा समुदायका सदस्यहरूलाई प्रश्न गर्यौ कि उनीहरूलाई ग्लोबल भ्वाइसेजमा सहभागी हुन के ले उत्प्रेरित गर्छ। समझदारी, विविधता, स्वीकृति, निष्पक्षता, आदर, समावेशीकरण र कौतुहलता जस्ता मूल्य मान्यताहरूमाझ हाम्रा लागि सबैभन्दा पृथक अस्तव्यस्तता रह्यो।

सांस्कृतिक र भाषिक अवरोधहरूमाझ तथा राष्ट्रिय बोर्डरपारि गरिने संचारको भिन्नतासँग गरिने सम्झौताका अस्तव्यस्तता, सिर्जनात्मकताका अस्तव्यस्तता र केही लड्नै पर्ने सम्बन्ध वा अवस्थाका बेला आइपर्ने अस्तव्यस्तता।

ग्लोबल भ्वाइसेजमा विश्वभरिका १७० देशमा बस्ने हामी १,२०० जना काम गर्छौ।

हाम्रो संस्थालाई प्राप्त हुने अनुदानले यस विश्वव्यापी समुदायलाई संस्कृति, भाषा तथा वैचारिक भिन्नतालाई जोड्ने कथाहरू रिपोर्ट गर्न सघाउँछ। यस विश्वव्यापी कठिन वातावरणमा हामीले सद्भावपूर्ण ढंगले बाँच्ने तौरतरिका खोज्दै गर्दा यो कार्य अत्यन्त जरुरी हुन आउँछ।

सन् २०१७ अन्त्य हुन लाग्दा, कृपया आर्थिक सहयोग गरी यस कार्यलाई निरन्तरता दिन हामीलाई मद्दत गर्नुहोस्।

तपाईंको सहयोगका लागि धन्यवाद, सन् २०१८ खुशी र शान्तिले भरिपूर्ण होस् भन्ने शुभकामनासहित!

Donate now »

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.