विषाक्त तुवाँलोले नयाँ दिल्लीवासीहरूमा खोकीको समस्या र समाधानको माग

धूमिलो बिहान धौला कुवां, दिल्ली । फ्लिकर तस्वीर ओटासी४०। CC BY 2.0

विगत केही दिनदेखि भारतको राजनैतिक राजधानी, नयाँ दिल्लीले शहरलाई ढाकेको विषाक्त धुवाँको अनुभव गरेको छ, यसले श्वासप्रश्वास रोग फैलिन सक्ने खतरा छ।

जवाफमा सरकारले विद्यालय बन्द गरेको छ र जनस्वास्थ्य संकट, घोषणा गरेको छ, तर स्थिति समाधान गर्न अधिकारीहरूले पर्याप्त काम नगरेको भन्दै आलोचना शुरु भएको छ।

हालैका वर्षहरुमा हिउदको ठीक पहिले उत्तर भारतका धेरै भागहरूमा तुवाँलोले ढाकिने घटनाहरु बढ्दै गएको छ। २०१७ मा यो समस्या नाटकीय रूपले खराब भएको छ। ट्विटर प्रयोगकर्ता @gandabherunda द्वारा अपलोड गरिएको तलका फोटोहरूले अक्टोबरको अन्त्यमा तुवाँलो कति बाक्लो थियो भन्ने देखाउँछन्।

हवाइजहाज अवतरण हुनु केही मिनट अगाडि आकाशबाट देखिने#Delhi हो यो। आश्चर्य कसरी मानिसहरू यहाँ हरेक दिन श्वास फेर्छन्, बस्छन् र बाँच्छन्!

नयाँ दिल्लीस्थित अमेरिकी दूतावासको वायु प्रदूषण मापन अनुसार, नोभेम्बर ७, २०१७ मा पीएम २.५ (फाइन पर्टिकुलेट म्याटर ) को स्तर ७०३ पुगेको छ, जुन ३०० भन्दा धेरै बढी हो र यो वायु जनस्वास्थ्यको लागि खतरनाक मानिन्छ।विश्व स्वास्थ्य संगठन का अनुसार उच्च तहको पीएम २.५ लगातारको संपर्कले श्वासप्रश्वासजन्य रोगहरू, फोक्सोको सूजन, र मुटुको समस्या समेत पैदा गर्न सक्छ।

तुलना गर्दा नयाँ दिल्लीको तुवाँलो बेइजिङको बदनाम प्रदूषणलाई पछि पारेको छ,  रिपोर्टअनुसार, शहरको हावामा क्यान्सरजन्य प्रदूषक मात्रा चिनियाँ राजधानीको भन्दा १० गुणा बढी छ।

‘दिल्ली ग्याँस च्याम्बर बनेको छ’

राजधानीका मुख्यमन्त्री अरविन्द केजरिवालले २ करोड मानिसहरु बसोबास गर्ने शहर दिल्ली “ग्याँस च्याम्बर” को रूपमा परिणत भएको सामाजिक सञ्जालमा बताएका छन् र यसमा क्रप बर्निङ का लागि छिमेकी भारतीय राज्यहरुलाई दोषी ठहर्याएका छन्:

दिल्ली ग्याँस च्याम्बर बनेको छ। हरेक वर्ष यो समयमा यस्तो हुने गरेको छ। नजिकका राज्यहरूमा क्रप बर्निङ समस्याको हामीले समाधान खोज्नुपर्दछ।

फोहोर मैलाबाट उत्पन्न आगो र कारखाना उत्सर्जनले पनि समस्या बढाउन सहयोग पुर्याउछन्। यसले कम हावाको गति र कम तापमानले बढाएको समस्यालाई अझ खराब बनाउँछ र स्थानियवासीको स्वास्थ्यमा नकारात्मक असर पर्दछ।

बेलायती अखबार गार्जियन का अनुसार, नयाँ दिल्लीका डाक्टरहरूले भनेका छन् कि फोक्सोको क्यान्सरबाट पीडित उनीहरूका आधा बिरामीहरू धूम्रपान नगर्ने व्यक्तिहरू छन्। मेडिकल फेसिलिटीका एकजना फोक्सो सर्जन अरविन्द कुमारले गार्जियनलाई भने:

In the last two years, half my lung cancer patients have been non-smokers. I am seeing a peak in people aged in their 40s, even people in their 30s. Our cancers are occurring earlier, more in non-smokers, and more in females.”

विगत दुई वर्षमा, मेरा फोक्सो क्यान्सरको रोगीहरू आधा धूम्रपान नगर्ने व्यक्तिहरु छन्। म ४० वर्ष उमेरका मानिसहरूमा ज्यादै देख्दैछु, ३० वर्षका मानिसहरूमा समेत। हामी कहाँ चाँडै क्यान्सर भइरहेको छ, धेरै जस्तो धूम्रपान नगर्नेहरूमा र महिलाहरूमा।

यस बीच विश्व स्वास्थ्य संगठनले कायरो, मुम्बई र कोलकातालाई उछिन्दै दिल्ली संसारको सबैभन्दा प्रदूषित मेगा सिटीको सूचीमा राखेको छ। र अन्तर्राष्ट्रिय मेडिकल जर्नल लान्सेट का अनुसार, वायु प्रदूषणले २०१५ मा २५ लाख भारतीय मानिसहरूलाई  नोक्सान पुर्याएको  छ।

धेरै नागरिकहरूले आफ्ना असहमति व्यक्त गर्न ट्विटर प्रयोग गरेका छन्। #SmogInDelhi ह्यासट्याग केही समयको लागि प्रचलनमा थियो। पत्रकार एनी गोवेनले लेखिन्:

“खराब मौसम” को अभिव्यक्ति “पंजाब र हरियाणाका किसानहरूको लागि कैयौं एकडको धानबाली भित्राइसकेपछि अवैध रूपले जलाउनु र उत्तर भारत र लाहौर, पाकिस्तानमा लाखौंलाई खतरामा पार्नु हो?”

पत्रकार अमन शर्माले समस्या समाधान गर्ने कार्यको अभावबारे चिन्ता व्यक्त गरे:

म घर बाहिर त्यति ननिस्के पनि यो धुवाँ र तुवाँलोको कारण अस्वस्थ अनुभव भइरहेको छ। कसैले यसको बारेमा केही गरिरहेको छैन। यूपी, पंजाब, हरियाणा कुनैलाई समस्या छैन। दिल्लीका मुख्यमन्त्रीले प्रयास गर्दैछन् तर एक्लैले धेरै गर्न सक्दैनन्। यो पनि त्यतिकै सामसुम हुनेछ – यो नै सबैको समाधान जस्तो देखिन्छ।

धेरैले भारतीय प्रधानमन्त्री नरेंद्र मोदी र तुवाँलो मुद्दामा उनको सरकारको मौनताबारे असंतोष व्यक्त गरेका छन्:

राजाधानीको घातक प्रदूषणको सवालमा अहिलेसम्म हामीले आपत स्थितिमा केन्द्रिय सरकारको शून्य विवेक देखेका छौं। आपत्कालिन बैठक बोलाउनु पर्दछ र युद्द स्तरमा काम शुरु गर्नु पर्दछ। बातावरण मन्त्री @drharsvardhan ले आफ्नो जर्मनी भ्रमण रद्द गर्नु पर्छ र चाँडो भन्दा चाँडो भारत फर्कनु पर्छ।

ब्लगर शिवम विजले क्वार्ट्जका लागि लेखे :

Headlines even in the international press have been telling for years that India has the worst air quality in the world. The planet’s most polluted cities are concentrated in this country. You’d think prime minister Narendra Modi would at least want to be seen as doing something about this, if not actually doing something. He hasn’t said a word.

अन्तर्राष्ट्रिय प्रेसले पनि प्रमुख समाचारहरूमा वर्षौंदेखि भन्दै आएका छन् कि भारतमा विश्वको सबैभन्दा खराब हावाको गुणस्तर छ। यस ग्रहको सबैभन्दा अधिक प्रदुषित शहरहरू यस देशमा केन्द्रित छन्। तपाईंले सोच्नु भएको थियो होला कि प्रधानमन्त्री नरेन्द्र मोदी कम से कम यस बारेमा केही गर्नेछन्, शायद वास्तवमा नै केही गर्नेछन्। उनले एक शब्द बोलेका छैनन्।

हालै, भारतको उच्च न्यायालयले दीवाली उत्सवमा नया दिल्लीमा प्रदूषण बढाउने पटका पड्काउन रोक लगायो । रफीउल रहमान फेसबुकमा लेख्छन्:

Can't believe it's been close to a month since Diwali and  Delhi is still so polluted! There is smog everywhere. I suddenly feel I am on a different planet. I want to go back to Assam now! Sigh.

दीवाली सकिएको एक महिना हुन लाग्यो दिल्ली अझै पनि प्रदुषित छ, विश्वास लागिरहेको छैन! सबैतिर तुवाँलो छ। अचानक मलाई लाग्छ म अर्कै ग्रहमा छु। म अब असम फर्कन चाहन्छु।

अदालतको फैसला दक्षिणपन्थी समूहहरूद्वारा “सांप्रदायिक” को रूपमा हेरियो, जसले प्रतिकृयास्वरुप पटका वितरण गरे। एक इन्टरनेट प्रयोगकर्ताले उनीहरूका व्यवहारको लागि चुनौती दिए:

अब झुपडीमा बस्ने बच्चाहरुलाई मास्क वितरण गर्ने कुनै योजना छ कि?

‘कसैले पनि यसको बारेमा केही गरिरहेको छैन’

पत्रकार मायांक अस्टेन सोफी, उनको फोटो ब्लगमा, विनाशकारी दिल्ली तुवाँलो लिपिबद्ध गरेका छन्। तपाईं यहाँ ब्लग हेर्न सक्नुहुनेछ। ब्लगको तल तिर एउटा कमेन्ट यस्तो छ:

I have been coughing for over a month, and it is only a week or so back, that I realised that it’s because of the pollution. It’s terrible. It can be brought down, but no one is doing anything about it.

एक महिना अघिदेखि खोकिरहेको छु र एक हप्ता वा त्यसपछि मात्र मैले थाहा पाएँ कि यो प्रदूषणको कारण हो। यो अकथनीय छ। यसलाई कम गर्न सकिन्छ, तर कोही पनि यस बारेमा केही गरिरहेको छैन।

जबकि अनुधारा सेन गुप्ताले मानिसहरु जो आफ्नो उपभोग गर्ने आदतमा व्यक्तिगत जिम्मेवारी लिन सक्षम छन् उनीहरुलाई फेसबुक  मा आग्रह गरिन्:

Don't understand this – helpless many? Give up the car (or do not buy multiple cars), stop so much consumption, shut down factories. … but most people do not want to make changes to their lifestyle. The people who are lowest down the ladder, who have to live (and work) in the open on the roads – they are suffering the most. And of course, the creatures who are not humans – who are probably dying by the droves without being accounted for.

यो बुझ्न सकिरहेको छैन – हतास? कार चढ्न छोड्नुहोस् (वा धेरै वटा कार नकिन्नुहोस्), धेरै खपत रोक्नुहोस्, कारखाना बन्द गर्नुहोस्… तर अधिकांश मानिसहरू आफ्नो जीवन शैलीमा परिवर्तन गर्न चाहँदैनन्। अति निम्न वर्गका मानिसहरु जसले खुल्ला सडकमा जिउनु (र काम गर्नु) गर्नु पर्छ उनीहरु सब भन्दा पीदित छन्। अनि निस्सन्देह, प्राणीहरु जो मानव होइनन् – बिना कुनै लेखाजोखा सम्भवतः समूहमा मरिरहेका छन्।

दैनिक मजदुरहरु र रिक्शा चालकहरू जस्ताका लागि तुवाँलो उनीहरुका स्वास्थ्यलाई असर पार्ने एक दैनिक समस्या हो:

दिल्लीमा अहिले रिक्शा चालकहरू पनि मास्क लगाउछन् तर यो स्पष्ट रूपले #airpocalypse विरुद्ध उनीहरुको सुरक्षा गर्न पर्याप्त छैन।

तुवाँलो बारे अन्य प्रयोगकर्ताले अव्यक्त रुपमा हास्य को सहारा लिए:

दिल्लीमा बिहान सबेरै सवारीको आरम्भ

दिल्लीमा क्षय रोगका बिरामीहरु सुरक्षित छैनन्, जस्तो यी पत्रकारले भने:

फोक्सोको रोगबाट पीडित बिरामीहरु @aims_newdelhi ओपिडी नजिकै पंक्तिमा बाहिर बस्छन् – तिनीहरुमध्ये १५० जनालाई हानिकारक हावामा श्वास फेर्न गाह्रो परिरहेको छ किन भने वायुको गुणस्तर सूचकांक १००० सम्म ह्रास आउँछ

मानिसहरू दिल्ली छोड्ने प्रयास गरिरहेका छन् तर हवाई जहाजको टिकट मूल्य ज्यादै बढेको छ:

तुवाँलोले दिल्ली ढाक्छ। मुम्बई सम्मको हवाई जहाजको टिकट मूल्य १,५०० सम्म बढ्छ।

अनि अतिशी मार्लेनाले जोड दिइन् कि तुवाँलो समस्या नया दिल्ली भन्दा बाहिर जान्छ:

तुवाँलो दिल्लीको मात्र समस्या हो भन्ठानेहरुका लागि कृपया उत्तर भारतको यो नक्शा हेर्नुहोस्।

दिल्ली सरकारले नोवेम्बर १३ – १७ मा बिहान ८ बजेदेखि राति ८ बजेसम्म देशको राजधानीमा पुन: लागू गर्ने  प्रणाली   जोर बिजोर प्रणाली ट्राफिक नियम  को निर्णय गरेको छ। यस नियम अन्तर्गत, नीजि सवारी साधनहरू तिनीहरुको इजाजतपत्र प्लेटको अन्तिम नम्बरको आधारमा गूड्न अनुमति पाउछन्। यस्तो प्रणाली पहिलो पटक बेइजिङमा २००८ मा ग्रीष्म ओलम्पिक भन्दा ठीक पहिले लागू भएको थियो र दिल्लीमा २०१५ र २०१६ मा प्रयास गरियो।

शिवम भीजे , का अनुसार, यो जवाफ नहुन सक्छ किन भने “प्रदूषणको मुख्य कारण सडकको धूलो र खेतीको आगो हो, तर सवारी साधन प्रदूषण भित्र पनि यो ट्रक र दुई- पाङग्रे हो।”

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.