- Global Voices नेपालीमा - https://ne.globalvoices.org -

जापानका डरलाग्दा हरर फिल्मको संक्षिप्त इतिहास

श्रेणी : पूर्व एशिया, जापान, कला र संस्कृति, नागरिक मिडिया, फिल्म
onibaba [1]

सन् १९६४ को हरर फिल्म ओनिबाबा [2]को एक दृश्य। युट्युबबाट लिइएको स्क्रीनक्याप [1]

यदि तपाईं जापानी हरर फिल्ममा रुचि राख्नुहुन्छ भने युट्युब च्यानल वन हन्ड्रेड इयर्स अफ सिनेमा [3]को १५ मिनेट लामो डकुमेन्ट्री शैलीको संक्षिप्त विवरण हेर्नुहोस्।

अ सर्ट हिस्ट्री अफ जापानीज हरर [4]“ले जापानी संस्कृतिमा वर्षौदेखि चलिआएका लोककथा तथा काबुकी नाटकमा आधारित यस विधाबारे वर्णन गर्दछ।

यस भिडियोमा “काइदान [5]“, सन् १९५० तथा १९६० ताकाको जापानी सिनेमाको स्वर्णिम युग [6]को “ओनिबाबा [7]“देखि समकालीन विख्यात हरर फिल्म “तेत्सुओ: द आइरन म्यान [8]” र “रिंगु [9]“समेतका जापानी हरर क्लासिक्सहरू समेटिएका छन्।

यस युट्युब च्यानलमा समेटिएका अन्य छोटा डकुमेन्ट्रीमा “हाउ मेट्रोपोलिस चेन्ज्ड द वे वी सी द फ्युचर [10]“, “द इन्भेन्सन अफ सिनेमा (१८८८ टु १९१४) [11]” र “ह्वाट डु पोजेज्ड ह्यान्ड मुभिज टेल अस अबाउट फियर? [12]” पर्दछन्।

यदि तपाईं यसबारे थप जानकारी लिन चाहनुहुन्छ भने सुरुवातका लागि साइन्स फिक्सन तथा फ्यान्टेसी कभरेज गर्ने वेबसाइट अनबाउन्ड वल्र्ड्स [13]का लागि फेलिजा कासानो लिखित “सो यु वान्ट टु रीड जापानीज हरर: हेयर्स ह्वेयर टु स्टार्ट [14]” राम्रो गन्तव्य हुनसक्छ।