
सन् १९६४ को हरर फिल्म ओनिबाबाको एक दृश्य। युट्युबबाट लिइएको स्क्रीनक्याप।
यदि तपाईं जापानी हरर फिल्ममा रुचि राख्नुहुन्छ भने युट्युब च्यानल वन हन्ड्रेड इयर्स अफ सिनेमाको १५ मिनेट लामो डकुमेन्ट्री शैलीको संक्षिप्त विवरण हेर्नुहोस्।
“अ सर्ट हिस्ट्री अफ जापानीज हरर“ले जापानी संस्कृतिमा वर्षौदेखि चलिआएका लोककथा तथा काबुकी नाटकमा आधारित यस विधाबारे वर्णन गर्दछ।
यस भिडियोमा “काइदान“, सन् १९५० तथा १९६० ताकाको जापानी सिनेमाको स्वर्णिम युगको “ओनिबाबा“देखि समकालीन विख्यात हरर फिल्म “तेत्सुओ: द आइरन म्यान” र “रिंगु“समेतका जापानी हरर क्लासिक्सहरू समेटिएका छन्।
यस युट्युब च्यानलमा समेटिएका अन्य छोटा डकुमेन्ट्रीमा “हाउ मेट्रोपोलिस चेन्ज्ड द वे वी सी द फ्युचर“, “द इन्भेन्सन अफ सिनेमा (१८८८ टु १९१४)” र “ह्वाट डु पोजेज्ड ह्यान्ड मुभिज टेल अस अबाउट फियर?” पर्दछन्।
यदि तपाईं यसबारे थप जानकारी लिन चाहनुहुन्छ भने सुरुवातका लागि साइन्स फिक्सन तथा फ्यान्टेसी कभरेज गर्ने वेबसाइट अनबाउन्ड वल्र्ड्सका लागि फेलिजा कासानो लिखित “सो यु वान्ट टु रीड जापानीज हरर: हेयर्स ह्वेयर टु स्टार्ट” राम्रो गन्तव्य हुनसक्छ।