ज जको यस लेख म्यानमारको एक स्वतन्त्र समाचार वेबसाइट द एर्रावाडीबाट लिइएको हो र ग्लोबल भ्वाइसेजमा सामग्री साझेदारी सम्झौताअन्तर्गत पुन:प्रकाशित गरिएको छ।
म्यानमारको पात्रो अनुसार आठौं महिनाको पूर्णिमाको दिन तजाउङमोनको आसपास आयोजित वार्षिक बेलुन उत्सव मनाउन यस हप्ता हजारौं मानिसहरू शान राज्यको राजधानी ताउन्जीमा जम्मा भए।
यस वर्ष बेलुन उत्सव अक्टोबर २६ देखि नोभेम्बर ४ सम्म हुन्छ र यो तजाउङदेङ, वा “फेस्टिभल अफ लाईटस्” बौद्ध समारोहको अंश हो। यस हप्ताले काहतिन अन्त्य भएको जनाउँछ, जहां बौद्ध भिक्षुहरूलाई वस्त्र दिने गरिन्छ।
हरेक वर्ष स्थानीय समूहहरूले प्रतियोगितामा कागज र बाँसबाट घरमै निर्मित हट एयर बेलुन उडाउँछन् जुन पूर्णिमाको दिनपछि समापन भएको जनाउँछ। यो यस वर्ष शुक्रबारको दिन पर्छ।
वार्षिक बेलुन प्रतियोगिता ब्रिटिश औपनिवेशिक कालमा शुरू भएको विश्वास गरिएतापनि यो अभ्यास बौद्ध आत्माहरूलाई लक्षित प्रकाश अर्पणको रूपमा पनि मानिन्छ।
उत्सवको दिन बेलुन उडाइन्छन् र उत्सव स्थलको मैदानमा मेला संचालन हुन्छ – पर्वतमा अवस्थित ताउन्जी शहरको बाहिरी भागमा।
यो उत्सव म्यानमारमा सबैभन्दा प्रसिद्ध र महत्त्वपूर्ण सांस्कृतिक उत्सव हो। यो जति भव्य छ, त्यत्ति नै सबैभन्दा खतरनाक उत्सवमध्ये एक पनि हो, जहाँ मानिसहरु बेलुन उडाउदा दुर्घटनामा परेर कहिलेकाहीं घाइते —हुन्छन् – र मर्छन् पनि।
उत्सवको थप तस्वीरहरू तल हेर्नुहोस्:
Natural objective fact