- Global Voices नेपालीमा - https://ne.globalvoices.org -

ग्लोबल भ्वाइसेज सम्मेलन २०१७, श्रीलंका: अब केही दिन मात्र बाँकी !

श्रेणी : दक्षिण एशिया, श्रीलङ्का, नागरिक मिडिया, Announcements

अफगानिस्तान, अर्जेन्टिना, अष्ट्रेलिया, अजरबैजान, बांग्लादेश, बोलिभिया, ब्राजिल, क्यानाडा, चिली, चीन, कोलम्बिया, डेनमार्क, इक्वेडर, इजिप्ट, इथियोपिया, फ्रान्स, जर्मनी, ग्रीस, गिनी, भारत, इन्डोनेसिया, इरान, इटाली, जमैका, जापान, जोर्डन, केन्या, लेबनान, म्यासिडोनिया, मडागास्कर, माल्दिभ्स, मेक्सिको, मोजाम्बिक, म्यानमार, नेपाल, नाइजेरिया, पाकिस्तान, प्यालेस्टाइन, पेरु, फिलिपिन्स, रुस, सर्बिया, दक्षिण अफ्रिका, स्पेन, श्रीलंका, ताइवान, ताजिकिस्तान, तान्जानिया, ट्रिनिडाड एण्ड टोबागो, ट्युनिसिया, युगाण्डा, बेलायत, संयुक्त राज्य अमेरिका, भेनेजुएला, भियतनाम।

ग्लोबल भ्वाइसेज सम्मेलन २०१७ [1] मा यी ५० भन्दा बढी राष्ट्रहरू तथा थपको प्रतिनिधित्व रहनेछ।

अबको एक महिना भित्रमा, डिसेम्बर २-३ का दिन, विश्वका चारैतर्फबाट सयौं प्रतिनिधिहरू श्रीलंकाको कोलम्बोस्थित ट्रेस एक्सपर्ट सिटी [2]मा भेला हुनेछन्। र, यी दुई दिनका दौरान खुल्ला इन्टरनेट, अभिव्यक्ति स्वतंत्रता तथा विश्वभरि संचालित अनलाइन नागरिक आन्दोलनका बारेमा छलफल गर्नेछन् र यिनमा समानता खोज्दै एक आपसमा सम्बन्ध स्थापित गर्नेछन्।

सन् २००६ देखि ग्लोबल भ्वाइसेज सम्मेलनहरू [3]ले विश्वभरिबाट नव प्रगतिशील तथा प्रेरणादायी डिजिटल एक्टिभिस्ट तथा नागरिक मिडिया समुदायलाई एक जुट गराउँदै आएको छ। यी बैठकहरू नयाँ अवधारण तथा अन्तरदेशीय साझेदारीका उद्गमस्थलका रूपमा परिचित हुँदै आएको छ र यस वर्ष पनि २०१७ सम्मेलनमा हामीले त्यही परम्परालाई निरन्तरता दिने आशा गरेका छौं।

[4]

रात्रिको समयमा कोलम्बोको बेइरा ताल। विकिमिडिया कमन्समा अपलोड गरिएको Shamli071 को फोटो।

डिजिटल अधिकार तथा अन्तर्राष्ट्रिय नागरिक मिडियामा नाम चलेका व्यक्तिहरूको संलग्नता रहने यस वर्षको कार्यक्रम [5]मा प्यानल, छोटा परियोजनाका उदाहरण, खुल्ला गोल मेच सत्र तथा व्यावहारिक प्रशिक्षण कार्यशालाहरू संचालन गरिनेछन्। र, यस प्रक्रिया अन्तर्गत हामीले रियल टाइममा अनलाइन सहभागिताका लागि सहजिकरण गर्नुका साथै यस बैठकबाट प्राप्त ज्ञान तथा छलफलको अभिलेख राख्ने, त्यसलाई अनुवाद गर्ने र प्रकाशन गर्ने कार्य गर्नेछौ।

यदि तपाईं हामीसँगै कोलम्बोमा सहभागी हुन चाहनुहुन्छ भने सम्मेलनको वेबसाइट [1]मा दर्ता गर्नुहोस् [6]। र, यदि तपाईं व्यक्तिगत तवरमा सहभागी हुनसक्नुहुन्न भने हाम्रो कार्यक्रमका अंशहरूको डिसेम्बर २-३, सन् २०१७ मा लाइभ स्ट्रीमीङ्ग (अनलाइन प्रत्यक्ष प्रसारण) हेर्न सक्नुहुनेछ।

अपडेटका लागि सम्मेलनको वेबसाइट [1], ट्वीटर [7]फेसबूक [8] हेर्नुहोला !

म्याकआर्थर फाउण्डेशन [9], फोर्ड फाउण्डेशन [10], मोजिल्ला फाउण्डेशन [11], ग्राउण्डभिउज [12], गूगल [13], क्याल्सेइ टेक्नोलोजिज [14], लंका बेल [15] तथा ह्याशट्याग जेनेरेशन [16]को उदार सहयोगद्वारा ग्लोबल भ्वाइसेज सम्मेलन २०१७ सम्भव भएको छ।