अफ्रिकामा चिकित्सा अनुसन्धान: अवसर तथा भ्रमहरू

जाम्बियामा सन् २०१६ मा रणजित वारियर, उनको अनुमति लिएर प्रयोग गरिएको तस्वीर

अफ्रिकामा गरिने चिकित्सा अनुसन्धानबारे मिडियाले प्रायः सार्वजनिक नगर्ने र बेवास्ता गर्ने गर्दछ, तर यो तीव्र विस्तार भइरहेको क्षेत्र हो जसले महाद्वीपको सबैभन्दा महत्त्वपूर्ण आवश्यकतालाई जोड दिन्छ ।

स्थानीय रूपमा सञ्चालित चिकित्सा अनुसन्धानको लागि माग हुनाको दुई कारणहरू छन्: पहिलो, अहिले विश्व स्वास्थ्यसँग अफ्रिका महाद्वीपका लागि स्वास्थ्य समस्याहरूसँग जुध्न आवश्यक औषधि र भ्याक्सिन छैन। एड्स, क्षयरोग र मलेरिया जस्ता रोगहरूले अफ्रिकाका सबैभन्दा गरीब देशहरूमा अत्यन्त घातक प्रभाव पारेको छ र औषधि कम्पनीहरूका लागि यी रोगहरूलाई लक्षित गरेर उत्पादन गर्न लगानीको अभाव एक प्रमुख समस्या हो।

दोस्रो, अफ्रिकाका वैज्ञानिकहरूद्वारा सञ्चालित अनुसन्धानले अफ्रिकामा अनुसन्धान क्षमताहरू विकास गर्न काम गर्ने छन् र विज्ञान तथा प्रविधिको बढ्दो भूमिका महाद्वीपको आर्थिक विकासको लागि मात्र लाभदायक हुन सक्छ।

डा. रणजित वारियर संक्रामक रोग अनुसन्धान केन्द्र जाम्बिया (सीआईडीआरजेड) स्थित केन्द्रीय प्रयोगशालाका निर्देशक हुन्। उनी १९९० को दशकमा लुसाका, जाम्बियामा हुर्के जतिबेला एड्स महामारीले राष्ट्रिय स्वास्थ्यमा ठूलो क्षति पुर्याउन थालेको थियो। उनी उच्च शिक्षाका लागि जाम्बिया छोडेर संयुक्त राज्य अमेरिकाको लुजियाना त्यसपछि इंडियाना गए। उनले जाम्बियन स्वास्थ्य सेवामा प्रभाव पार्नका लागि घर फर्कने निर्णय गर्नुअघि पेन्सिल्वेनिया विश्वविद्यालयमा पोस्ट-डक्टरल फेलोको रूपमा एचआईभी भाइरसमा अनुसन्धान गरे।

जाम्बियामा चिकित्सा अनुसन्धानको भविष्य र अफ्रिकामा यस्तो अनुसन्धान बारेमा मिडियाले गर्ने गल्ती दुबै विषयमा केन्द्रित रहेर ग्लोबल भ्वाइसेजले डा. वारियरसँग छलफल गरेको थियो। (यी डा.वारियरका व्यक्तिगत विचार हुन्):

ग्लोबल भ्वाइसेज (जीभी ): तपाईंको अनुसन्धानको विषय के हो?

Ranjit Warrier RW: I'm doing a lot of implementation work currently, supporting the Zambian national ART programme with Laboratory testing. I am just starting a research programme in Molecular Diagnostics development for HIV, TB, and other pathogens of interest.

रणजित वारियर (आर डब्लु): म अहिले प्रयोगशाला परीक्षणको साथ जाम्बियन राष्ट्रिय एआरटी कार्यक्रमलाई सहयोग गर्दै कार्यान्वयन गर्ने काम गर्दैछु। म भरखरै एचआईभी, टीबी, र सूक्ष्मजीवद्वारा हुने सरोकारका अन्य रोगका लागि अणुसंबन्धी निदानकारी विकासमा अनुसन्धान कार्यक्रम शुरू गर्दैछु।

जीभी: तपाईं आफ्नो देश र समग्र अफ्रिकामा विज्ञानबारे रुझान र बहसको विषय कस्तो देख्नु/ सोच्नुहुन्छ? पश्चिमी देशहरूसँग यो कसरी फरक छ?

RW: There is no basic R&D. It's all implementation of solutions developed elsewhere. This has to change, otherwise we will always be receivers rather than makers. The received solutions are not usually ideal for our environment and making them work here correctly is sometimes impossible.

आर डब्लु: त्यहाँ कुनै आधारभूत आर एन्ड डी छैन। यो अन्यत्र विकसित समाधानको सम्पूर्ण कार्यान्वयन हो। यसलाई परिवर्तन गर्नुपर्छ, अन्यथा हामी सँधै निर्माणकर्ता भन्दा प्राप्तिकर्ता हुनेछौं। प्राप्त समाधानहरू सामान्यतया हाम्रो वातावरणको लागि उपयुक्त छैनन् र ती समाधानहरू यहाँ सही रूपले कार्यान्वयन गर्न कहिलेकाहीँ असंभव हुन्छ।

जीभी: आर्थिक लगानी र सहयोग कहाँबाट आउँछ? के यो पर्याप्त छ? योग्य वैज्ञानिकहरू नियुक्त गर्न कति सजिलो /गाह्रो छ?

RW: US and Europe. Different projects have different levels of funding. It is difficult to recruit people to come back or to move here, as funding and growth opportunities are better in other countries .

आर डब्लु: अमेरिका र युरोप। विभिन्न परियोजनाहरूका लागि भिन्न स्तरका आर्थिक लगानी छ। मानिसहरू फेरि आउन वा जान यहाँ नियुक्त गर्न गाह्रो छ, किनकि अन्य देशहरूमा आर्थिक लगानी र विकासको अवसर धेरै राम्रो छ।

जीभी: अनुसन्धान पूर्वाधारहरू कस्ता छन्? तपाईंको दैनिक तालिका अनुसन्धान गतिविधिमा अवरोधहरू के छन् जुन तपाईंले पहिले सामना गर्नुभएन?

RW: Basic infrastructure is not up to developed country standards and it costs a lot to get uninterrupted power, water, and Internet. Supplies are expensive and take months to be imported from other countries.

आर डब्लु: आधारभूत पूर्वाधार विकसित देशको स्तरमा छैन र अविच्छिन्न विद्युत, पानी, र इन्टरनेट प्राप्त गर्न धेरै महँगो पर्दछ। आपूर्ति महँगा छन् र अन्य देशहरूबाट आयात गर्न महिनौ लाग्दछ।

जीभी: अफ्रिकामा विज्ञान र वैज्ञानिकहरूका बारेमा जनताको राय कस्तो छ?

RW: There is interest, but an extremely limited understanding of the scientific method. I would suggest critical thinking and the scientific method be taught in school to improve the situation.

आर डब्लु: रुचि छ, तर वैज्ञानिक विधिको अत्यन्त सीमित बुझाइ छ। म स्थिति सुधार गर्न तर्कपूर्ण विचार र वैज्ञानिक विधि विद्यालयमा सिकाउन सुझाव दिन चाहन्छु।

जीभी: तपाईंको विचारमा, अफ्रिकामा वैज्ञानिक अनुसन्धानमा कस्तो सम्भावना छ, कहाँ केन्द्रित हुनुपर्छ र हामी यसको विकास कसरी गर्न सक्छौं?

There is amazing potential. I have seen incredible students of all ages. There is need for dedicated science education starting at all ages. Social sciences, computer sciences, big data, outer space exploration, healthcare (non-communicable and Infectious diseases), and traditional medicine efficacy will pay off big.

आर डब्लु: अद्भुत सम्भावना छ। मैले सबै उमेरका अविश्वसनीय विद्यार्थीहरू देखेको छु। सबै उमेरमा शुरु हुने समर्पित विज्ञान शिक्षाको खाँचो छ। सामाजिक विज्ञान, कंप्यूटर विज्ञान, ठूला तथ्याङ्कहरू, बाह्य अंतरिक्ष अन्वेषण, स्वास्थ्य सेवा (नसर्ने र संक्रामक रोग), तथा पारम्पारिक चिकित्सा प्रभावकारिताले ठूलो महत्व राख्नेछ।

GV: जीभी: तपाईंको आफ्नो अनुभवको आधारमा एक वैज्ञानिकको रूपमा अफ्रिकाको तुलनामा पश्चिमी मुलुकहरूमा जीवनका फाइदा र बेफाइदा बारे बताउन सक्नुहुन्छ?

RW: Mainly it is the speed of doing things and the access to expertise that are big challenges here. The system that journals have to put articles behind paywalls is also limiting the amount of information and the speed with which research can be done.

आर डब्लु: मुख्यतः काम गर्ने गति र विशेषज्ञताको पहुँच यहाँका ठूला चुनौती हुन्। लेखहरू जर्नलको स:शुल्क पेजहरूका पछाडि राख्नु पर्ने व्यवस्थाले जानकारीको मात्रा र अनुसन्धान गर्न चाहिने गतिलाई सीमित गरिरहेको छ।

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.