विश्वभरिका नागरिक मिडिया सबैलाई उपलब्ध गराउन हामी ग्लोबल भ्वाइसेजमा प्रकाशित लेखहरू माथिका भाषाहरूमा अनुवाद गर्दछौं ।

विज्ञानको क्षेत्रमा महिलाहरूको स्थिति सुदृढ भएको छ तर अझै पनि आदर्शपूर्ण छैन

 

शिल्पा अय्यर उनको अनुमतिमा

अफ्रिकास्थित चिकित्सा शोधकर्ताहरूसँगको दुई भागमा विभाजित अन्तर्वाता श्रृंखलाको एक भाग (यहाँ पहिलो भाग पढ्नुहोस्) को रूपमा हाल जाम्बियामा कार्यरत डा. शिल्पा अय्यरसँग ग्लोबल भ्वाइसेजले गरेको साक्षात्कार।

अय्यर पुणे, भारतमा हुर्किन् जहाँ उनले क्रमशः जीव विज्ञान र अणु जीव विज्ञानमा स्नातक र मास्टर्स डिग्री प्राप्त गरिन्। त्यसपछि उनी अमेरिका गइन् र उनले पेंसिल्वेनिया विश्वविद्यालयबाट सूक्ष्म जीव विज्ञानमा पीएचडी डिग्री हासिल गरिन्। उनी हाल येल विश्वविद्यालयमा पोस्ट डक्टरल रिसर्च फेलो हुन् र फोगर्ती ग्लोबल हेल्थ रिसर्च फेलोशिपअन्तर्गत लुसाका, जाम्बियामा अनुसन्धान गर्दैछिन् ।

भारत, अमेरिका र अब जाम्बियामा अनुसन्धान अनुभव भएको एक अल्पसंख्यक महिलाको रूपमा शिल्पाले विज्ञानको क्षेत्रमा महिला, विज्ञान तथा सार्वजनिक मान्यता र अफ्रिकामा विज्ञानले के गर्न सक्छ भन्ने बारेमा आफ्नो अद्वितीय विचार पोख्छिन्।

ग्लोबल भ्वाइसेज (जीभी ): विज्ञानलाई पेशाको रुपमा रोज्न तपाईंलाई के ले आकर्षित गर्यो?

Shilpa Iyer (SI): I grew up in India and every year the monsoon season would be followed by an increase in the incidence of mosquito-borne diseases such as malaria, dengue and chikungunya. As a child, I observed how interventions like the distribution of mosquito bed nets and the introduction of fish larvae into standing water puddles to eat mosquito larvae helped with vector control and reduced disease incidence. I was impressed with how public health interventions using existing technologies can have a massive impact on human health. After the completion of my master's degree in molecular biology, I worked on a project to identify a novel drug target for Mycobacterium tuberculosis at AstraZeneca, India. My internship at the company taught me that multidisciplinary team efforts from basic laboratory researchers to public health workers are necessary to address critical global health concerns in a sustainable manner. I had the opportunity to spend a year in Lusaka, Zambia from 2008-2009 and I noticed the direct and indirect impact of HIV/AIDS that cut across all strata of society. This galvanized me to be part of the improvement of health care in resource-limited countries by combining basic research and public health skills. While I Iived in Lusaka, I volunteered at an NGO that provided peanut butter and jelly sandwiches and milk to the children that visited the clinic with their parents to obtain [antiretroviral therapy]. These meals provided both nutrition and a positive experience for the children attending the clinic, helping retain them in care. This experience drove home how diverse the range of helpful interventions can be, each with their own benefit and scope. I knew then that I wanted to pursue a career in infectious diseases and its translation into global health research. Understanding and following the scientific method has provided a satisfying way of answering questions to indulge my curiosity in a way that is rigorous and well-defined.

शिल्पा अय्यर (एसआई): म भारतमा हुर्के र हरेक वर्ष मनसूनको अन्त्यसँगै मच्छरको कारण हुने मलेरिया, डेंगू र चिकनगुनिया जस्ता रोगहरूका घटनाहरुमा वृद्धि हुने गर्थ्यो। एउटा बच्चाको रुपमा मैले देखें कि मच्छरदानी वितरण र वर्षाको पानी जमेको स्थानमा मच्छरको लार्भा खाने फिस लार्भा छोड्ने जस्ता पहलले कसरी उन्मूलनमा सहयोग पुर्यायो र रोगको घटनामा कमी ल्यायो। जन स्वास्थ्य पहलले मौजूदा प्रविधिहरु प्रयोग गरेर कसरी मानव स्वास्थ्यमा ठूलो प्रभाव पार्न सक्छन् भनेर म प्रभावित भएको थिएँ। मोलीक्यूलर बायोलोजीमा मास्टर्स डिग्री गरेपछि मैले भारतस्थित अस्ट्रजनेका कम्पनीमा माइकोबेक्टेरियम ट्युबरकुलोसिसको नयाँ औषधि पहिचानको लागि एउटा परियोजनामा काम गरें। कम्पनीमा मेरो इन्टर्नशिपले मलाई सिकाएको छ कि मूलभूत प्रयोगशाला अनुसन्धानकर्ताहरूले जन स्वास्थ्यकर्मीलाई बहु-आयामी समूहका प्रयासहरूद्वारा दिगो रूपले महत्वपूर्ण विश्वव्यापी स्वास्थ्य चिन्तालाई सम्बोधन गर्न आवश्यक छ। मलाई २००८ देखि २००९ सम्म लुसाका, जाम्बियामा एक वर्ष बिताउने अवसर मिलेको थियो र मैले एचआईभी/ एड्सको प्रत्यक्ष र अप्रत्यक्ष प्रभावको असर समाजको सबै तप्कामा परेको देखें। यसले मलाई आधारभूत अनुसन्धान तथा जन स्वास्थ्य उपाय संयोजनको माध्यमले संसाधन सीमित देशमा स्वास्थ्य सेवाको सुधारको एक हिस्सा बन्ने प्रेरणा मिल्यो। म लुसाकामा बस्दा एन्टीरेट्रोभाइरल थेरापी लिन आफ्ना अभिभावकहरूसँग क्लिनिक धाउने बालबालिकाहरूलाई पिनट बटर, जेली स्यान्डविच र दुध वितरण गर्ने एक गैर सरकारी संस्थामा स्वयंसेवा गरें। यी खानाले क्लिनिकमा आउने बालबालिकाहरूलाई पोषण र सकारात्मक अनुभव दुबै मिल्थ्यो र उनीहरुको हेरचाह पुगिरहन्थ्यो। यस अनुभवले घरमा प्रेरित गर्यो, उपयोगी पहलहरुका विविध दायरा कति हुन सक्छन्, प्रत्येकका आफ्ना फाइदा र अवसरसहित। मलाई थाहा थियो कि म संक्रामक रोग सम्बन्धी पेशा अपनाउन र विश्वव्यापी स्वास्थ्य अनुसन्धानमा यसको व्यावहारिक उपयोगिता सिद्ध गर्न चाहन्छु। वैज्ञानिक पद्धतिको बुझाइ र खोजले मेरो जिज्ञासामा शसक्त र स्पष्ट रूपले लिप्त हुन प्रश्नहरूका चित्तबुझ्दो जवाफ दिने तरिका प्रदान गरेको छ।

जीभी: तपाईंको विचारमा, ती देशहरूमा चिकित्सा अनुसन्धानले के गर्न सक्छ जहाँ प्राथमिक स्वास्थ्य सेवाको आवश्यकता धेरै छ?

SI:  Research can help build resources in less fortunate countries. This includes the introduction of technology and instrumentation, training and knowledge-building among local researchers, the generation of opportunities for employment and education (even through exchange programs). The development of research capacity can foster global partnerships and collaborations and result in the building of an organization's reputation. Outcomes with a more direct benefit include therapeutic (vaccines and drugs), public health interventions (mosquito bed nets, affordable water filters, assessment of gender-based violence) and income generating (generic drugs for instance).

एसआई: अनुसन्धानले कम समृद्ध देशहरूमा संसाधनहरू निर्माण गर्न मद्दत गर्न सक्छ। यसमा प्रविधि र उपकरणको परिचय, स्थानीय शोधकर्ताहरू बीच प्रशिक्षण र ज्ञान विस्तार, रोजगारी र शिक्षाका लागि अवसरहरू (आदानप्रदान कार्यक्रमहरू मार्फत पनि) सिर्जना समावेश हुन्छ। अनुसन्धान क्षमताको विकासले विश्वव्यापी साझेदारी र सहयोगलाई प्रोत्साहन दिन सक्छ र यसको परिणामस्वरूप संगठनको प्रतिष्ठा निर्माण हुन्छ। प्रत्यक्ष लाभमा चिकित्सकीय (भ्याक्सिन र औषधि), जन स्वास्थ्य पहल (मच्छरदानी, किफायती पानी छान्ने फिल्टर, लैंगिक हिंसाको मूल्यांकन) र आय आर्जन (उदाहरणको लागि सामान्य औषधि) पर्दछन्।

जीभी: अझैसम्म वैज्ञानिक अनुसन्धानलाई पुरुषको कामको रुपमा हेरिएको छ। के तपाईं सोच्नुहुन्छ कि यो गलत धारणा परिवर्तन भएको छ र के तपाई सोच्नुहुन्छ महिला वैज्ञानिकहरू अब उनीहरूका योगदानको लागि चिनिएका छन्?

SI: I think that the position of women in science has changed for the better in recent years. However, their place in a scientific society is still far from ideal. Even in developed countries, tenured women scientists are not paid salaries comparable to their male counterparts. They are more frequently overlooked for promotions and administrative positions. This situation is even worse in the developing world, where women's rights and the idea of equality are still a new/foreign concept. Women with strong, assertive and demanding personalities earn unflattering reputations, which could hurt their chances of making tenure, collaborations and attracting research students. Men with these same qualities are, however, revered and respected. Growing up in the developing world, I experienced women being required to toe their male supervisor's line (even though they were far more accomplished/brighter), discriminated against because they were female and subject to harassment from male professors/supervisors. In general, it felt like an uphill battle to be a woman scientist and these struggles had nothing to do with what should be gender neutral issues like funding and publications. In the US, I definitely felt more secure voicing my opinion, defending my research and applying for awards. This was largely due to my female mentor (and other professors) who inspired me to believe that women could occupy an equal place in the research world as their male colleagues. There is still a way to go, but women scientists are in a better place than they were 50 years ago.

एसआई: मलाई लाग्छ कि हालैका वर्षहरूमा विज्ञानमा महिलाहरूको स्थिति सुदृढ भएको छ। तथापि वैज्ञानिक समाजमा उनीहरूको स्थान अझै पनि अनुकूल छैन। विकासशील देशहरूमा समेत स्थायी महिला वैज्ञानिकहरूले आफ्ना पुरुष समकक्षीका तुलनामा तलब पाउदैनन्। उनीहरूलाई पदोन्नति तथा प्रशासनिक पदहरुका लागि बारम्बार उपेक्षा गरिन्छ। यो अवस्था विकासशील देशमा झन् खराब छ, जहाँ महिला अधिकार र समानताको विचार अझै पनि एक नयाँ/ अनौठो अवधारणा हो। प्रतिभाशाली, दृढ, दक्षतापूर्ण व्यक्तित्व भएका महिलाहरू अपमानित हुन्छन्, जसले उनीहरुका कार्यकाल, सहयोग र शोधकर्ताहरूलाई आकर्षित गर्ने सम्भावनालाई हानि पुर्याउन सक्छ। तथापि यी गुणहरू भएका पुरुषहरू सुरक्षित र सम्मानित हुन्छन्। विकासशील देशमा हुर्केर, मैले महिलाहरूलाई उनीहरूको पुरुष पर्यवेक्षकका मार्गमा हिंड्न आवश्यक पर्ने अनुभव गरे (यद्यपि उनीहरू धेरै निपुण/ तीक्ष्ण बुद्धिका थिए), उनीहरू विरुद्ध भेदभाव हुन्थ्यो किनभने उनीहरु महिला थिए र पुरुष प्रोफेसर / पर्यवेक्षकहरूबाट उत्पीड़नमा पर्न सक्थे। सामान्यतया, महिला वैज्ञानिकको निम्ति एउटा अप्ठ्यारो युद्ध जस्तै महसुस हुन्थ्यो र यी संघर्षका कुनै लेनदेन थिएन जुन आर्थिक सहायता तथा प्रकाशन जस्ता लैंगिक तटस्थ मुद्दाहरूमा हुनु पर्दथ्यो। अमेरिकामा मेरो अभिमत जाहेर गर्दा, मेरो अनुसन्धान साबित गर्दा र पुरस्कारको लागि आवेदन गर्दा निश्चित रूपले मैले धेरै सुरक्षित महसुस गर्छु। यो केही हदसम्म मेरो महिला सल्लाहकार (र अन्य प्राध्यापकहरू) को कारण थियो जसले मलाई महिलाहरु उनीहरुका पुरुष साथीहरू जस्तै अनुसन्धानको दुनियामा समान स्थान बनाउन सक्छन् भन्ने विश्वास गर्न प्रेरित गरे । अझै पनि धेरै हुन बाँकी छ, तर महिला वैज्ञानिकहरू ५० वर्षअघि भन्दा राम्रो अवस्थामा छन्।

जीभी: हामी अहिले यस्तो युगमा बस्छौँ जहाँ वैज्ञानिक तर्क र तथ्यहरु संदेहपूर्ण राजनीतिक उद्देश्यले सोधपुछ गरे जस्तो लाग्छ। के तपाईं सोच्नुहुन्छ कि गलत समाचार फैलन नदिन वैज्ञानिकहरूको अहम् भूमिका हुन्छ?

SI: Absolutely, as scientists, we are trained to consider all the facts before we make an opinion. We are taught to avoid prejudice, and to consider all points of view. Most importantly, we are trained to not blindly accept a hypothesis, but to do the research and if required, change our hypothesis. In this age, where people with political agendas to further seem willing to bend the facts and falsely represent data, more than ever, we owe it our training, and to the people out there, to help them understand the fallacies of ‘fake news’, to help them understand how to do their own research and the importance of a balanced and informed decision. We cannot ignore the facts we do not like, this is crucial for us to explain to the public. We cannot be experts in every topic, but the scientific method teaches us to consider every possibility, to determine the correct answer based on facts. We can apply this process to every topic though.

एसआई: निश्चित रूपले, वैज्ञानिकका रूपमा, हामीले अभिमत बनाउनु पूर्व सबै तथ्यहरूलाई विचार गर्न हामीलाई प्रशिक्षित गरिन्छ। हामीलाई पूर्वाग्रहबाट बच्न र सबै दृष्टिकोणबाट विचार गर्न सिकाइन्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा, हामीलाई अन्धाधुन्ध रूपमा परिकल्पना स्वीकार नगर्न, तर अनुसन्धान गर्न र यदि आवश्यक भएमा, हाम्रो परिकल्पना परिवर्तन गर्न प्रशिक्षित गरिएको हुन्छ। यस युगमा, जहाँ राजनीतिक एजेन्डाहरू भएका व्यक्तिहरू ले तथ्यहरु बङ्ग्याउन र झूटा विवरण प्रस्तुत गर्न चाहन्छन्। हामी यस बारेमा पहिलेभन्दा ज्यादा हाम्रा प्रशिक्षणमा मानिसहरूलाई सिकाउँछौं – उनीहरूलाई गलत समाचारका भ्रम बुझ्न, कसरी उनीहरुका आफ्ना अनुसन्धान गर्ने र सन्तुलित तथा सूचित निर्णयको महत्व बुझ्न मद्दत गर्न। हामीले ती तथ्यहरुलाई बेवास्ता गर्न सक्दैनौं जुन हामीलाई मन पर्दैनन्, यो हाम्रा लागि जनतालाई व्याख्या गर्न महत्वपूर्ण छ। हामी हरेक विषयमा विशेषज्ञ हुन सक्दैनौं, तर तथ्यहरुका आधारमा सही जवाफ निर्धारण गर्न वैज्ञानिक विधिले हामीलाई प्रत्येक सम्भावना विचार गर्न सिकाउँछ। यद्यपि हामी यस विधिलाई हरेक विषयमा लागू गर्न सक्छौं।

जीभी: तपाईंको विचारमा, अफ्रिकामा वैज्ञानिक अनुसन्धानको सम्भावना के हो? अनुसन्धानले कुन कुरामा ध्यान दिनुपर्छ र हामी यसको विकास कसरी गर्न सक्छौं?

SI: I will begin by saying I am a novice global health researcher, and my limited experience only applies to Zambia and South Africa. There is tremendous potential among local researchers to conduct and develop research studies, both basic and translational. Despite limitations in technology and funding, people are incredibly creative and innovative and work extremely hard. The involvement of the local communities and counselors (particularly in public health research) is both encouraging and critical to a project's success. Some of the areas that research should/could focus include infectious disease prevention and treatment, mental health awareness and treatment, maternal and child health and prevention of mortality, sustainable economic development and the creation of local jobs by foreign and local employers. The education and support of local mentors and scholars will help foster the development of research in Africa. Well-trained, intelligent scientists should be retained through scholarships and funding opportunities and provided opportunities to advance their training through short training courses. But they should be provided the necessary infrastructure and monetary support to conduct their research in their country, and not feel like they have to move abroad to further their careers.

एसआई: म यसो भन्छु, म एक सिकारु विश्व स्वास्थ्य शोधकर्ता हुँ र मेरा सीमित अनुभव जाम्बिया र दक्षिण अफ्रिकामा मात्र उपयोग हुन्छ। स्थानीय शोधकर्ताहरुमा मूलभूत तथा व्यावहारिक उपयोगिता दुबै अध्ययन अनुसन्धान संचालन र विकास गर्नका लागि धेरै सम्भावना छ। प्रविधि र आर्थिक स्रोतको सीमितताका बाबजूद मानिसहरु आश्चर्यजनक रुपले रचनात्मक तथा प्रतिभाशाली र अत्यन्त मेहनत गर्छन्। स्थानीय समुदाय र सल्लाहकारहरूको संलग्नता (विशेष गरी जन स्वास्थ्य अनुसन्धानमा) एक परियोजनाको सफलताको लागि उत्साहजनक र महत्त्वपूर्ण छ। अनुसन्धान केन्द्रित गर्नुपर्ने केही क्षेत्रहरुमा – संक्रामक रोगको रोकथाम र उपचार, मानसिक स्वास्थ्य जागरूकता र उपचार, मातृ तथा बाल स्वास्थ्य र मृत्यु-दर रोकथाम, दिगो आर्थिक विकास र विदेशी तथा स्वदेशी रोजगारदाताद्वारा स्थानीयलाई कामको अवसर सिर्जना समावेश हुन/ पर्न सक्छ। स्थानीय सल्लाहकारहरू र विज्ञहरूका शिक्षण तथा सहयोगले अफ्रिकमा अनुसन्धानको विकासलाई प्रोत्साहन दिन सहयोग पुर्याउनेछ। राम्ररी प्रशिक्षित, मेधावी वैज्ञानिकहरूलाई छात्रवृत्ति तथा आर्थिक अवसरको माध्यमबाट राखिएको हुनुपर्छ र छोटो प्रशिक्षण पाठ्यक्रमहरूमार्फत आफ्नो प्रशिक्षण अघि बढ्ने अवसरहरू प्रदान गरिनुपर्छ। तर उनीहरूलाई आफ्नो देशमा आफ्ना अनुसन्धान सञ्चालन गर्न आवश्यक पूर्वाधार तथा आर्थिक सहयोग प्रदान गर्नुपर्दछ, र उनीहरूले आफ्नो पेशा अगाडि बढाउनको निम्ति विदेश जाने सोचाइ नलिऊन्।

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.