- Global Voices नेपालीमा - https://ne.globalvoices.org -

डकुमेन्ट्री: सोभियत कालखण्डको जर्जियाली चिया उद्योगको भग्नावशेषमा रुमलिंदा

श्रेणी : मध्य एशिया र काकेशस, जर्जिया, टर्की, अर्थशास्त्र र व्यापार, इतिहास, नागरिक मिडिया, प्रवास र अध्यागमन, विकास

लाइटुरी चिया कारखानाका भूतपूर्व निर्देशक पहिलेको लहलहाउँदो चिया बगान रहेको भग्नावशेषतर्फ हेर्दै। चाइखाना डट ओआरजीद्वारा निर्मित डकुमेन्ट्रीबाट लिइएको स्क्रीनशट।

यो साझेदारी पोष्ट [1] चाइखाना डट ओआरजी [2]को वेबसाइटमा प्रथमपल्ट प्रकाशित ‘गड, थ्यांक यु फर टी!’ लेखको अर्को संस्करण हो।

सन् १९५० ताका २६९७ निवासी भएको लाइटुरी गाउँमा खुब चहलपहल हुन्थ्यो। पश्चिम जर्जियाको यस ग्रामीण केन्द्रमा जर्जियन, रसियाली, आर्मेनियाली तथा अजरबैजानीहरू चिया बगानमा काम गर्न ओइरिन्थे। सोभियत संघको समयमा यस क्षेत्र वरिपरि चिया बगानहरू थिए। सोभियत संघ टुक्रिएपछि चियाको उत्पादन स्वात्तै घट्यो — परिवारहरूले महत्वपूर्ण आय गुमाए र भाषा, धर्म, जातीयताहरूको संगमस्थल लाइटुरीले यी सब गुमायो। आजकल यहाँका कैंयन स्थानीयहरू मौसमी कामदारका रूपमा छिमेकी टर्कीका बगानमा चिया टिप्न जान्छन्। गड, थ्यांक यु फर टी ले सुगन्धित चिया बगानहरूमा जीवन बिताएका व्यक्तिहरूको कथा भन्छ।